Archive for August 22nd, 2008

९ सदस्यीय मन्त्रीमण्डल गठन, एमाले मन्त्रीहरुले शपथ खाएनन्

एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री प्रचण्ड - पुष्पकमल दाहालले आज नौ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्। प्रधानमन्त्रीले माओवादी र मधेसी जनअधिकार फोरमका ८ जना मन्त्रीहरुलाई राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

सरकारमा सामेल हुने भनिएका एमालेका मन्त्रीहरुले माओवादीले सहमति तोडेको भन्दै शपथ ग्रहण गरेका छैनन्। प्रधानमन्त्री पछिको दोस्रो मर्यादाक्रममा एमालेका तर्फबाट सरकारमा नेतृत्व गर्ने वामदेव गौतम रहने सहमति भएपनि माओवादीले सहमति तोडेर आफ्नै पार्टीकै व्यक्तिलाई दोस्रो वरियातमा राखेको भन्दै शपथ ग्रहण नगरेको एमालेले जनाएको छ।

आज शपथ ग्रहण गर्ने माओवादीको तर्फबाट मन्त्रीहरुमा अर्थमन्त्री डा. बाबुराम भट्टराई, रक्षा मन्त्री रामबहादुर थापा - बादल, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री देव गुरुङ रहेका छन्। त्यसै गरी, मधेसी जनअधिकार फोरमका तर्फबाट परराष्ट्रमन्त्री उपेन्द्र यादव, कृषि तथा सहकारी मन्त्री जयप्रकाश प्रसाद गुप्ता, भौतिक योजना मन्त्री विजयकुमार गच्छेदार र शिक्षामन्त्री रेणु यादव रहेका छन्।

एमाले स्थायी समितिको बैठकले सिफारिस गरेको तर शपथ ग्रहण नगरेकाहरुमा गृह मन्त्रालय- बामदेव गौतम, जलस्रोत- विष्णु पौडेल, स्थानीय विकास- रामचन्द्र झा, उद्योग- अष्टलक्ष्मी शाक्य, युवा तथा खेलकुद- गोपाल शाक्य र बन मन्त्रालय- किरण गुरुङ रहेका छन्।

Popularity: 9%

6 comments August 22nd, 2008

टाईफुनले हङकङको जनजीवन अस्तव्यस्त (News update)

एस, हङकङ / एचकेनेपाल डट कम -
दिनभर जसो चलेको ९ नम्वर सिग्नलको टाईफुन (आँधी बेहरी) ले हङकङको जनजीवन अस्तव्यस्त बनाएको छ।

पानी, हूरी र बतासका कारण अधिकांश सार्वजनिक सवारी साधनहरु गुडेनन् भने विद्यालय, विश्वविद्यालय, सरकारी कार्यालय तथा व्यापारिक प्रतिष्ठानहरु बन्द रहे। त्यसैगरी ३ सयभन्दा बढी हवाई उडानहरु स्थगित भएका छन्। क्याथे र ड्रयागोन एयरले सम्पूर्ण सेवाहरु बन्द गराएका छन्। दर्जनभन्दा बढी अन्य देशबाट आएका बिमानहरु हङकङ बिमानस्थलमा अवरतण गर्न नसक्ने स्थिति भएपछि यहाँबाट फर्काइ दिएको छ।

मौसमविज्ञहरुले नौं नम्वरको टाईफुन बढेर १० नम्वरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्। समाचार स्रोतका अनुसार प्रति घण्टा १ सय २९ किलोमीटर बेगमा आएको यो टाईफुनलाई सन् २००३ सेप्टेम्बरपछिको सबभन्दा ठूलो टाईफुनको रुपमा हेरिएको छ।

टाईफुनले रुख र स्काफफोल्डिङ भत्काउंदा ८ जना सामान्य घाइते भएको समाचार स्रोतले जनाएको छ। साम सुइ पोमा स्काफफोल्डिङ भत्कदा एउटा कार र भ्यान काम नलाग्ने गरी क्षति भएको छ भने एउटा यात्रुवाहक मिनीबसमा सामान्य क्षति भएको छ। दुर्घटनाबाट बच्न सरकारले झ्याल ढोका राम्ररी बन्द गरेर घरभित्र सुरक्षित रहन सूचना जारी गरेको छ।

Popularity: 9%

6 comments August 22nd, 2008

विद्रोही प्रहरी नेता जेलबाट फरार

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपालगञ्ज प्रहरी गणको विद्रोहमा संलग्न एक प्रहरी आज बिहान सौचालयको झ्याल फोडेर जिल्ला प्रहरी कार्यालय बाँकेबाट फरार भएका छन्।

बिहान करीव साढे ३ बजे प्रहरी हवल्दार खुसीराम थारु सौचालयको झ्यालको ग्रील तोडेर त्यहाँबाट फरार भएका हुन्। उनीसंग तीन जना कैदीसमेत फरार भएको प्रहरी नायव उपरीक्षक गोविन्दराम परिवारले बताएका छन्।

हवल्दार थारु दंगा नियन्त्रण प्रहरी गण नेपालगञ्जमा भएको विद्रोहका नेता मानिन्छन्। थारुसहित फरार कैदीहरुको खोजी भै रहेको प्रहरीले बताएको छ।

Popularity: 9%

3 comments August 22nd, 2008

सरकारमा एमालेको नेतृत्व गौतमले गर्ने, ६ मन्त्रीको टुंगो (News update)

एस, काठमाडौं / एचकेनेपाल डट कम -
गठबन्धन सरकारमा नेकपा एमालेको नेतृत्व वरिष्ठ नेता बामदेव गौतमले गर्ने भएका छन्।

एमालेको आज बसेको स्थायी समितिको बैठकले गौतमको नेतृत्वमा एमाले गठबन्धन सरकारमा सामेल हुने निर्णय गरेको हो। नेता गौतमले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका छन्। यसअघि सरकारमा एमालेको नेतृत्व अमृतकुमार बोहराले गर्ने अड्कलबाजी चलेको थियो।

एमाललेको भागमा उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय परेका छन्। स्थायी समितिको बैठकले गृह मन्त्रालयमा बामदेव गौतम, जलस्रोतमा विष्णु पौडेल, स्थानीय विकासमा रामचन्द्र झा, उद्योगमा अष्टलक्ष्मी शाक्य, युवा तथा खेलकुदमा गोपाल शाक्य र बन मन्त्रालयमा किरण गुरुङलाई पठाउने निर्णय गरेको छ।

Popularity: 9%

1 comment August 22nd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....