Archive for August 23rd, 2008

ओलम्पिकबाट रित्तै फर्कदैछन् हङकङका खेलाडीहरु

एस, हङकङ / एचकेनेपाल डट कम-
मूख्य भूमि चीनको राजधानी बेइजिङमा भैरहेको बेइजिङ २००८ ओलम्पिक बाट बिना पदक हङकङका खेलाडीहरु फर्कदै छन्। चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अन्तिम खेलाडी चान चुङ हिङ आज सम्पन्न कन्ट्री क्रस साइक्लिङ प्रतिस्पर्धामा ४०औं स्थानमा पछि पर्नुका साथै हङकङका खेलाडीहरुले ओलम्पिकमा सहभागीता जनाएको खेल समाप्त भएको छ। उक्त प्रतिस्पर्धामा फ्रान्सका जुलिएन एबसेलोनले स्वर्ण पदक जितेका छन्।(more…)

Popularity: 8%

Add comment August 23rd, 2008

प्रधानमन्त्री दाहालसहित ११ सदस्यीय सरकारी टोली चीन प्रस्थान

एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री प्रचण्ड - पुष्पकमल दाहाल आज चीनको बेइजिङतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल चीन सरकारको निमन्त्रणामा बेइजिङ ओलम्पिक २००८ को समापन समारोहमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

अगष्ट ८ तारिख सुरु भएको बेइजिङ २००८ ओलम्पिक भोलि अगष्ट २४ तारिख आइतबार समापन हुंदै छ। सोही समापन समारोहमा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा ११ सदस्यीय सरकारी टोली चाइना एयरलाइन्सको नियमित उडानबाट आज बेइजिङ प्रस्थान गरेको हो।

टोलीमा प्रधानमन्त्री दाहाल, दाहालकी पत्नी सीता पौडेल, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, परराष्ट्र सचिव ज्ञानचन्द्र अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव माधव पौडेललगायत रहेका छन्।

प्रधानमन्त्री दाहालको चीन भ्रमणको क्रममा चीनियाँ राष्ट्रपति हु जिन्ताओ र चीनियाँ अधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ। यसअघि उद्घाटन समारोहमा राष्ट्रपति डा. रामवरण यादव चीन भ्रमणमा जाने भनिएपनि राष्ट्रपतिको सहभागीता नरहेपछि छिमेकी मुलुक चीनले चासो प्रकट गरेको थियो।

प्रधानमन्त्रीको टोली बुधवार थाईल्याण्डको बैंकक हुंदै स्वदेश फर्कने कार्यक्रममा रहेको छ। प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन्। भट्टराई हिजोमात्र अर्थमन्त्रीमा नियुक्त भएका थिए।

Popularity: 9%

Add comment August 23rd, 2008

राष्ट्रको नाममा प्रधानमन्त्रीको पहिलो सम्बोधन (Breaking News)

एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री प्रचण्ड - पुष्पकमल दाहालले राष्ट्रको नाममा पहिलो पटक आज सम्बोधन गर्नुभएको छ। सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट गरिएको प्रत्यक्ष सम्बोधनमा उहाँले देश नरहे गणतन्त्र नरहने बताउंदै देशको स्वाधिनता रक्षा प्रमुख प्राथमिकता भएको बताउंनुभयो।

करीव पच्चीस मिनेट लामो सम्वोधनमा प्रधानमन्त्री दाहालले राष्ट्रियता, गणतन्त्र र आर्थिक योजनाबारे जोड दिनुभएको थियो। चीन भ्रमणमा जानुअघि सम्बोधन गरेका प्रधानमन्त्री दाहालले नयाँ नेपाल निर्माणको लागि नयाँ विचार गर्ने पार्टीलाई सहयोग र समर्थन गर्न आहृवान गर्नुभयो। नयाँ नेपाल निर्माण गर्न कुनै दल, व्यक्ति वा संस्थाको पहलबाट मात्र सम्भव हुन नसक्ने बताउंदै पार्टीगत स्वार्थ र संकीर्णताबाट माथि उठेर नयाँ सरकारलाई सहयोग र समर्थन गर्न आग्रह गर्नुभयो।

उहाँले लोकतन्त्र मुठ्ठीभर हुने खानेको नभई बहुसंख्यक जनताको लागि बनाउनु पर्ने बताउनुभयो। गाउंका कुनाकाप्चाका निमुखा र गरिवलाई लोकतन्त्रको आभास दिलाउन सक्नु पर्नुपर्छ उहाँले भन्नुभयो। प्रधानमन्त्रीले राजनीतिक र आर्थिक क्रान्तिलाई सँगै बढाएर लैजाने बताउंदै देशविकासको बाधक भष्टाचार भएको उल्लेख गर्नुभयो। उहाँले राज्य र अर्थतन्त्रका हरेक क्षेत्रमा फैलिएको भष्टचारको क्यान्सर निर्मुल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सम्बोधनको क्रममा उहाँले मुलुक र जनताले विश्वासपूर्वक दिएको जिम्मेवारी पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

Popularity: 9%

4 comments August 23rd, 2008

सडक दुर्घटनामा एकै परिवारको ३ जनाको मृत्यु

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नवलपरासी अमरापुरीमा आज बिहान भएको सडक दुर्घटनामा एकै परिवारको ३ जनासहित ४ जनाको मृत्यु भएको छ।

अमरापुरीस्थित पेट्रोल पम्पनेर बुटवलबाट काठमाडौं आउदै गरेको म१ख ३९३ नं. को यात्रुवाहक बसले ठक्कर दिंदा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा अमरापुरीका ३५ वर्षीय चन्द्रदत्त अधिकारी, उनका पत्नी र १३ वर्षीय छोरा प्रदीप अधिकारी रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

घटनामा गम्भीर रुपमा घाइते भएका चोकबहादुर सोमाहीसहित ३ जनालाई उपचारको लागि भरतपुर अस्पतालको सिफारिस काठमाडौंमा ल्याएको छ।

घटनापछि आक्रोशित स्थानीयबासीले नवलपरासी राजमार्ग अवरुद्ध पारी नाराबाजी गरेका छन्। प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

Popularity: 9%

1 comment August 23rd, 2008

एनआरएन अध्यक्ष महतोद्वारा ५१ लाख सहयोग (+Photo)

एस, काठमाडौं / एचकेनेपाल डट कम -
गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष उपेन्द्र महतोले बाढीपीडित राहत तथा पुनर्स्थापनाका लागि व्यक्तिगत तहबाट ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।

महतोले हिजो शुक्रवार राष्ट्रपति डा. रामवरण यादवलाई भेटी गैरआवासीय नेपाली संघबारे अवगत गराएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई ५१ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए। महतोले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको संस्थाबाट सहयोग जुटाउनका लागि पनि पहल भइरहेको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए।

सोही कार्यक्रममा रुसमा कारोबार गर्ने अर्का गैरआवासीय नेपाली अरुण ओझाले तीन लाख रुपैयाँ बाढीपीडितका लागि सहयोग गरेका थिए।

प्रधानमन्त्री दाहालले सहयोगको निम्ति धन्यवाद दिंदै आफूले शपथ लिएकै दिन परेको यो विपत्तिलाई चुनौतीका रुपमा लिएको र सबैको सहयोगबाट मुलुक यस्ता आपत विपतबाट पार पाउने आशा व्यक्त थिए।

Popularity: 8%

4 comments August 23rd, 2008

ओलम्पिकमा पदक जित्ने बिष्टको सपना टुट्यो (News update)

एस, काठमाडौं / एचकेनेपाल डट कम, अगष्ट २३ -
बेइजिङ ओलम्पिकमा नेपालीले पदकको ठूलो आशा राखेको तेक्वान्दो खेलाडी दीपक विष्टको सपना चक्नाचुर भएको छ। बिष्टले शुक्रबार भएको प्रतियोगितामा पहिलो चरणमा पराजित भए पनि कास्य पदकका लागि दोश्रो पटक भिड्ने अवसर पाएका थिए। दोश्रो पटक चिनियाँ खेलाडी चु गुओसंग ६-२ ले पराजित भएपछि बिष्टको ओलम्पिक पदक जित्ने सपना चक्नाचुर भएको हो।

फाइल तस्विरः एचकेनेपाल डट कम।
(more…)

Popularity: 9%

Add comment August 23rd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....