Archive for August 24th, 2008

मिस ट्यालेन्ट हण्ट २००८ बनिन् रिना गुरूङ ( News update..)

एचकेनेपाल डट कम, अगष्ट २४ -
ड्रिम्स अनलिमिटेड हङकङको आयोजनामा आज साँझ सम्पन्न ट्यालेन्ट हण्ट मेघा मोडल कन्टेस्ट (प्रतियोगिता) मा भैरहवाकी रिना गुरूङले यस वर्षको उपाधि जितेकी छिन्। प्रतियोगितामा मनाङकी सोफिया गुरूङ फस्ट रनर अप र धरानकी रजुना राइ सेकेन्ड रनर अप भएका छन्। (more…)

Popularity: 8%

Add comment August 24th, 2008

शारदा अधिकारीलाई बालसाहित्य प्रवर्द्धन सम्मान

एस, काठमाडौं / एचकेनेपाल डट कम -
कविताराम वालसाहित्य प्रवर्द्धन अनुष्ठान, बालमंच, नेपालले ०६४ सालको वालसाहित्य प्रवर्द्धन सम्मान साहित्यकार श्रीमति शारदा अधिकारीलाई प्रदान गर्ने निर्ण्य गरेको छ। त्यसैगरी, यसै सालको बालसाहित्य प्रवर्द्धन कदरपत्र टेम्पस इन्टनेशनल र बालसाहित्य प्रवर्द्धन केन्द्र (बाल संसार) लाई र बालप्रतिभा पुरस्कार उदयपुरका बालप्रतिभाद्वय विनया बस्नेत र प्रतिभा खालिंगलाई प्रदान गर्ने निर्णय गरेको छ।

०२१ साल माघ ३ गते सुन्दरीजल काठामाडौँमा जन्मनुभएका बालसाहित्यकार शारदा अधिकारीका हालसम्म १३ वटा पुस्तकहरू प्रकाशित छन्। उहाँले चारवटा ग्रन्थहरूको सम्पादनसमेत गर्नुभएको छ। उहाँ हाल नेपाल वालसाहित्य समाजका सचिव, साझा प्रकाशनका संचालक, रुनु प्रकाशनका उपाध्यक्ष, नेपाल वांगमय प्रतिष्ठानका सचिव र त्रिविसेवा अन्तर्गत पद्मकन्या क्याम्पसमा प्राध्यापन पेशामा हुनुहुन्छ। बालसाहित्य प्रवर्द्धन केन्द्र (बाल संसार) ले एक दशकदेखि पुस्तक प्रदर्शनी, पुस्तक वितरण र बालसाहित्य प्रवर्द्धनात्मक कार्याशाला गोष्ठी आदि संचालन गर्दै आएको छ। त्यस्तै टेम्पस इन्टरनेशनलले गत केही वर्षदेखि उच्चमावि, मावि र निम्न माविका छात्र र छात्रहरूको लागि हरेक वर्ष ६ वटा छुट्टाछुट्टै राष्ट्रियस्तरको साहित्य रचना प्रतियागिताहरू संचालन गर्दै आएको छ। हालसम्म यसले निवन्ध र कथा विषयको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको छ।

बालप्रतिभाद्वय विनया बस्नेत र प्रतिभा खालिंग टेम्पस इन्टरनेशनल र रिडद्वारा आयोजित ०६४ सालको माविस्तरीय छात्रा समूहको राष्ट्रिय कथालेखन प्रतियोगिता क्रमशः प्रथम र द्वितीय पुरस्कार विजयी हुन्।

डा. कविताराम श्रेष्ठद्वारा ०५४ मा स्थापित यस अनुष्ठानले हालसम्म १० जना साहित्यकारहरू, १० वटा संस्थाहरू र ९ जना बालप्रतिभाहरूलाई सम्मान एवम पुरस्कृत गरिसकेको छ। साहित्यकारहरूमा शान्तदाश मानन्धर, डा. चुडामणि वन्धु, रमेश विकल,श्यामप्रसाद शर्मा, जनकप्रसाद हुमागाईँ, कृष्णप्रसाद पराजुली, देवकुमारी थापा, दुर्गालाल श्रेष्ठ, भिक्टर प्रधान र विश्वम्भर चंचल हुनुहुन्छ भने संस्थाहरुमा बासु मावि भक्तपुर, बुढानीलकण्ठ काठमाडौँ, हिन्दुविद्या पीठ काठमाडौँ, शुभतारा स्कुल ललितपुर, नोबल एकेडेमी काठमाडौँ, चितवन इ. आ. मावि भरतपुर, रुम टु रीड काठमाडौँ, रीड नेपाल काठमाडौँ, सीवीन काठमाडौँ, रत्नपुस्तक भण्डार काठमाडौँ र भोलिको नेपाल टिभि कार्यक्रम र वालप्रतिभाहरुमा झमक घिमिरे, विभुति सिँह, निरज बलामी, रश्मी आमात्य, श्लेष्मा क्षेत्री, अस्मिता पन्थी, उदेश पाण्डे, अन्जना राजवंशी र नीभा शर्मा छन्।

Popularity: 8%

Add comment August 24th, 2008

बेल्जियममा नेपाली “लाल झण्डा” (+Photo)

एस, व्रसेल्स वेल्जियम / एचकेनेपाल डट कम -
वर्कस पार्टी अफ वेल्जियमको आयोजनामा नेपालमा लाल झण्डा फहराइरहेको छ भन्ने विषयमा व्यापक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

हरेक वर्षको गृष्मकालीन छुट्टीमा एकहप्ते मार्क्सवादी अध्ययन र छलफल कार्यक्रमको आयोजना गर्दै आएको उक्त पार्टीले नेपाल सम्वन्धी छलफलको आयोजना गरेको हो। सो पार्टीका नेता तथा कार्यकर्तालगायत विभिन्न देशका कम्युनिष्ट पार्टी नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपालमा जनयुद्धको शुरुवात देखिनै अत्यन्तै निकट रहेर सहयोग गरिरहेका उक्त पार्टीका नेता डा. क्रिस मेर्क्सको संयोजनमा सम्पन्न कार्यक्रममा नेपाली जनमुक्ति सेनाको सातौ वाषिर्कोत्सव समारोहको भिडियोका दृष्यहरु, नेपाली जनप्रगतिशील मञ्च वेल्जियमका गतिविधिहरु संकलित भिडियोका दृष्यहरु, नेपालमा संविधान सभाको पहिलो वैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि नेकपा माओवादी केन्द्रीय समितिद्वारा काठमाडौंमा आयोजित विजय सभामा नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले दिनुभएको मन्तव्यको केही भिडियो क्लिपहरु प्रदर्शन गरिएका थिए।

सोही अवसरमा क. क्रिस मेर्क्सले नेपालको भौगोलिक अवस्थाको समेत जानाकारी दिंदै विश्वको राजनैतिक परिवेशमा नेपालको रणनैतिक महत्वको विषय तथा साम्राज्यवादीहरुको दाउपेच र नेकपा माओवादीले ती सवै दाउपेचहरुलाई आफ्ना कार्यनीतिहरुले असफल बनाएको वारेमा चर्चा गर्नुभएको थियो।

करीव तीन घण्टासम्म चलेको उक्त कार्यक्रममा नेपाली जनयुद्धको पृष्ठभूमिदेखि नेकपा माओवादीका अध्यक्ष क. प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएर आज मन्त्रिमण्डलको गठन हुंदासम्म नेकपा माओवादीले लडेको पेचिलो लडाई र अवका सम्भावना र चुनौतीका विषयमा नेपाली जनप्रगतिशील मञ्च वेल्जियमका अध्यक्ष विष्णु भुजेलले विस्तृत रुपमा व्याख्या गर्नुभएको थियो। कार्यक्रममा नेपाली जनजाति सरोकार मञ्च युरोपका अध्यक्ष रामवहादुर गुरुङको पनि उपस्थिति रहेको थियो।

Popularity: 8%

1 comment August 24th, 2008

प्रधानमन्त्री प्रचण्डको चीनियाँ समकक्षीसंग भेट (+Photo)

एस, काठमाडौं / एचकेनेपाल डट कम -
बेइजिङ २००८ ओलम्पिकको समापन समारोहमा सहभागी हुन शनिवार बेइजिङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चीनियाँ नेताहरुसंग भेटघाटमा व्यस्त रहेका छन्।

प्रधानमन्त्री प्रचण्डले आज बिहान चीनियाँ समकक्षी वेन जियाबाओसंग भेटवार्ता गरेका छन्। भेटवार्तामा दुई देशबीचको सबन्ध, चीनको सहयोग र नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


चीनियाँ प्रधानमन्त्री वेन जियाबाओसंग प्रधानमन्त्री प्रचण्ड। Photo Credit: (Xinhua/Rao Aimin)
चीनियाँ प्रधानमन्त्री जियाबाओले प्रचण्डलाई गणतान्त्रिक नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएकोमा बधाई ज्ञापन गरेका थिए। त्यसैगरी, प्रम प्रचण्डले विश्वकै प्रतिष्ठित ओलम्पिक खेल चीनले सफलतापूर्वक सम्पन्न गरेकोमा चीनियाँ प्रधानमन्त्री बाओलाई बधाई ज्ञापन गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपति हु जिन्ताओसंग अपरान्ह २ बजे भेटवार्ता हुने बताएको छ।

प्रम प्रचण्डको आज साँझ “बेइजिङ २००८ ओलम्पिक” को समापन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ भने भोलि सोमबार चीनका वरिष्ठ नेताहरुसंग भेटवार्ताको कार्यक्रम रहेको छ। करीव ४ दिनको चीन भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड बुधवार स्वदेश फर्कने छन्।

Popularity: 8%

6 comments August 24th, 2008

गाई जात्रे पत्रकारहरु कुटिए

एस, काठमाडौं / एचकेनेपाल डट कम -
गाई जात्रा विशेषाङ्कमा आफूहरुलाई अपमान गरिएको भन्दै मोरङ थपरीका शिक्षकहरुले शनिवार ४ जना पत्रकारहरुलाई कुटपिट गरेका छन्।

पथरीबाट प्रकाशित अनमोलमणि साप्ताहिकमा प्रकाशित गाई जात्रा विशेषाङ्कमा आफूहरुलाई अपमान गरिएको भन्दै स्थानीय अन्नपूर्ण बोर्डिङ स्कूलका शिक्षकहरुले ४ जना पत्रकारहरुलाई कुटपिट गरेका हुन्। सोही स्कूलका सञ्चालक इश्वर आँसु मगरले नेतृत्व गरेको करीव १५ जनाको समूहले पत्रिकाको कार्यालयमा गई पत्रकारहरुलाई कुटपिट गरेका छन्।

कुटपिटबाट पत्रकारहरु मिलन के राउत, दीपेन्द्र तिल्सिना, मोहन भट्टराई र रोहित घिमिरे घाइते भएका छन्। घाइतेमध्ये पत्रकार भट्टराईलाई थप उपचारको लागि विराटनगर लगिएको छ।

घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Popularity: 8%

Add comment August 24th, 2008

पोखरामा शहीद भीमसेन दाहाल कप सुरु (+Photo)

एकराज गिरी, पोखरा/ एचकेनेपाल डट कम, अगष्ट २४ -
सहारा क्लव पोखराको आयोजनामा शनिवारदेखि तेस्रो विद्यालय स्तरिय शहीद भीमसेन दाहाल स्मृति रनिङग कप फुटवल प्रतियोगिता सुरु भएको छ। पोखरा रगंशालामा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँच खेलहरु सम्पन्न भएका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा रामेश्वरी माविले र गुडसेफर स्कुललाई ० का ६ गोलको फराकिलो गोल अन्तरले पराजित गदै दोस्रो चरणमा प्रवेश गरेको छ। रामेश्वरीका लागि हरी केसीले १९ औ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए भने ओम गुरुङ १९ औ मिनेट, गणोश केसीले २८, प्रदिप तामाङले ४३, राजन तामाङले ४८ मिनेटमा गोल गदै रामेश्वरीको जितलाई सुनिश्चित पारेका थए। भने गुडसेफरले कुनै पनि गोल गर्न सकेन। खेलको सफल म्यान अफ द म्याच रामेश्वरीका निश्चल तुलाचन भए। दोस्रो खेलमा मेट्रोपोलिटन स्कुललाई १ का विरुद्ध २ गोलले पराजित गदै भाष्कर मेमोरिएर स्कुल दोस्रो चराण प्रवेश गरेको छ।

भाष्करका लागि पहिलो गोल आकाश तझ्याले खेलको १५ औ मिनेटमा पहिलो गोल गरे भने उनै तझ्याले ३१ औ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गर्न सफल भएका थिए। यता मेट्रो स्कुलको तर्फबाट एक मात्र गोल निदेश गुरुङले २२ मिनेटमा गदै गोल अन्तर घटाएका थिए।

त्यसैगरी, तेस्रो खेलमा अमर ज्योति स्कुललाई ० का बिरुद्ध ३ गोलले पराजित गदै ताराकुञ्ज स्कुल विजयी भएको छ। तारापुञ्का लागि राजन गुरुङले ९ र २९ औ मिनेटमा दुइ गोल गरे भने नरेश गुरुङले २३ औ मिनेटमा गोल गर्दै स्कुललाई दोस्रो चरण प्रवेश गराउन सफल भए।

खेलको सफल म्यान अफ द म्याचको उपाधि ताराकुञ्जका सजिश गुरुङले हात पारे।

चौथो खेलमा सवलाइम स्कुललाई ० का बिरुद्ध ५ गोलको फराकिले गोल अन्तरले हराउदै पोखरा एकेडेमी विजयी भएको छ।

खेलमा पोखरा एकेडेमीका लागि विनल थापाले हृयाट्रीक गर्दै दोस्रो चरण प्रवेशलाई सहज बनाएका थिए। उनले खेलको १९, ५६ र ६० औ मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो हृयाट्रीक गर्न सफल भएका थिए। पोखरा एकेडेमीका लागि नै सुरथ गुरुङले १० र ५४ मिनेटमा गोल गदै गोल थपेका थिए। खेलको सफल म्यान अफ द म्याच सुरथ गुरुङ भएका थिए।

अन्तिम पाचौ खेलमा कुमिदिनी होम्सले टाइब्रेकरमा ३ का बिरुद्ध ४ गोलले पराजित गदै कठिन जित हात पादै दोस्रो चरणको यात्रा तय गयो। खेलको सफल म्यान अफ द म्याच संजय रन्जितले हात पारे। यसअधि प्रतियोगिताको उद्घाटन पश्चिम प्रहरी प्रमुख डिआइजी दिपेन्द्र बहादुर विष्टले गर्नु भएको थियो। उद्घाटन मन्तव्य राख्दै विष्टले विद्यालय स्तरदेखि यस्ता प्रतियोगिताले खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

कार्यक्रममा अखिल नेपाल फुटवल संघ कास्कीका अध्यक्ष खेमबहादुर गुरुङले खेलकुदको विकास विद्यालय स्तरबाटै हुनुपर्ने मान्यताका साथ यो प्रतियोगिता आयोजना गरिएको बताउनु भयो। उहाँले फुटवलको आधार स्तर बिधालय रहेकाले विद्यालय स्तरको खेलकुदले फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

सोही कार्यक्रममा पेसिडेन्ट कपको अभ्यासका क्रममा हातमा गम्भीर चोट लागेर उपचार गराइ रहेका पोखरेली राष्ट्रिय खेलाडी अनिल गुरुङलाई सहारा क्लवले सहयोग स्वरुप रु ५ हजार प्रदान गरेको थियो।

उद्घाटन कार्यक्रम क्लवका कार्यवाहक अध्यक्ष केशवराज बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव केशवबहादुर थापाले गर्नु भएको थियो।
तस्विरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम

Popularity: 8%

2 comments August 24th, 2008

देशव्यापी मिसेज तीज प्रतियोगितामा अनुपमा विजयी

एस, काठमाडौं / एचकेनेपाल डट कम -
हिन्दू महिलाहरुको महान चाड तीजको अवसरमा आयोजित देश व्यापी मिसेज तीज प्रतियोगितामा बुटवलकी अनुपमा ज्ञवाली विजयी भएकी छिन्।

प्रतियोगितामा काठमाडौंकी अमृता श्रेष्ठ र वीरगंजकी निशा खडकी क्रमशः द्वितीय र तृतीय भए। प्यानो प्लाई इभेन्ट प्रालिद्वारा शनिवार आयोजित प्रतियोगिताको निर्णायकहरुमा पूर्व मिस नेपाल उषा खड्की, उद्योगपति विश्वकिरण जैन र डा. सरस्वती थापा रहेका थिए।

प्रतियोगिता विगत ३ वर्षदेखि राजधानीमा आयोजना हुदै आएको छ।

Popularity: 8%

Add comment August 24th, 2008

प्रसाद खाँदा २ को ज्यान गयो, ३ दर्जन विरामी

एस, काठमाडौं / एचकेनेपाल डट कम -
श्रीकृष्ण अष्टमीको अवसरमा बाँडेको पूजाको प्रसाद खाँदा कैलालीमा दुई जनाको ज्यान गएको छ। कैलालीको पवेरा र सुलिया गाउंका गाउंलेहरु पूजाको प्रसाद खाएपछि बिरामी परेको बताईन्छ। बिरामीमध्ये २ जनाको ज्यान गएको छ भने करीव ३ दर्जन बिहोस अवस्थामा रहेका छन्।

बनस्पति घ्युमा पकाएको हलुवा खाएपछि विरामी परेको स्थानीय गाउंलेले बताएका छन्। बिरामीहरुलाई उपचारको लागि सेती अञ्चल अस्पतालमा लगिएको छ।

Popularity: 8%

Add comment August 24th, 2008

मुक्तिनाथको कृपाले मर्दामर्दै बाँचे: नायक अमृत लामा

निर्मल श्रेष्ठ / एचकेनेपाल डट कम
करीब दश बर्षअघि चलचित्र ‘भगवान’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अमृत लामा थोरै चलचित्रमा अभिनय गरेर बढी चर्चा पाउने कलाकारको रुपमा चिनिन्छन्। आफ्नै लगानीमा निर्माण गरेको पहिलो चलचित्र ‘पापी’ अत्यधिक सफल भएपछि ‘कलिउड सिने अवार्ड’ अन्तर्गत ‘उत्कृष्ट नव नायक’ लगायत चलचित्रले हात पारेको थप चारवटा अवार्डबाट हौसिएर निर्माण एवं अभिनय गरेको अन्य चलचित्रहरु ताल, जीवन साथी, पाईला भने औसत रहे। लामो समयपछि एकैपटक दुई चलचित्र मार्फत अभिनय एवम निर्माणमा पुनः प्रवेश गरेका नायक/निर्माता अमृत लामासंग एचकेनेपाल डट कम का लागि निर्मल श्रेष्ठले गरेको कुराकानी। (more…)

Popularity: 8%

Add comment August 24th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....