Archive for August 28th, 2008

एन.डि.एफ. बेल्जियमको अधिवेशनको तयारी

एस, बेल्जियम / एचकेनेपाल डट कम -
नेकपा एमालेको भातृ संगठन नेपाली लोकतान्त्रिक मञ्च, बेल्जियमको दोस्रो अधिवेशन आगामी सेप्टेम्बर १४ तारिखका दिन आयोजना गरिने भएको छ।

मञ्चका अध्यक्ष याम दाहाल (अर्जुन) ले अधिवेशनको तयारी भै रहेको जनाउंदै यहाँस्थित मञ्चका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुलाई कार्यक्रमको दिन उपस्थित हुन हार्दिक आग्रह गरेको छ। साथै मञ्चमा संगठित भैसकेका सदस्यहरुलाई आ-आफ्ना क्षेत्रीय कमिटीमार्फत समयमै सदस्यता नवीकरण गराउनसमेत सूचना जारी गरेको छ।

कार्यक्रम सम्बन्धी थप जानकारी
मितिः १४ सेप्टेम्वर २००८ आइतबार
समयः दिनको ठीक १२ बजे
स्थानः Langsstraat 102 ,
2140 Borgarhout, Antwerpen
Borgarhout
कम्यून नजिक

Popularity: 8%

Add comment August 28th, 2008

नेपालबाट कतार हुँदै कुवेतको जेलसम्म पुग्दा…

- हरिकृष्ण न्यौपाने (घायल)
देशमा जनयुद्ध चर्किरहेको अनि बन्द हड्तालले वाक्क पारेको र नेपालमा उचित रोजगार अनि पारिश्रमिक नपाउनले धेरै युवा शक्ति बाहिरिरहेको अबस्थामा म पनि खाडी राष्ट्रमै भएपनि जाने सोचमा थिएं। यतिकैमा २०६१ बैशाख १४-१५ मा कान्तिपुरको बिज्ञापनमा आखाँ पुग्यो। “कुवेतमा रोजगार, फ्रि-भिसा अनि इन्टर्भ्यूमा सेलेक्ट भएं १५ दिनमा फ्लाईट” के खोज्छस कानो आँखो भनेझै ! (more…)

Popularity: 8%

Add comment August 28th, 2008

एमाले मन्त्रीहरुको शपथ ग्रहण भोलि

एस, काठमाडौं / एचकेनेपाल डट कम -
मर्यादा विवादमा कुरा मिलेपछि एमाले मन्त्रीहरुले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

प्रधामन्त्री प्रचण्ड र एमाले महासचिव झलनाथ खनालबीच आज भएको छलफलमा एमालेबाट सरकारमा नेतृत्व गर्ने बामदेव गौतमलाई दोश्रो मर्यादा क्रममा राख्न माओवादीले मञ्जुरी दिएपछि विवादको अन्त्य भएको हो। मर्यादा विवादमा कुरा मिलेपछि एमालेले सरकारमा सामेल हुने निर्णय गरेको छ।

प्रधानमन्त्रीले चीन भ्रमणअघि माओवादी र मधेसी जनअधिकार फोरमका मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। प्रधानमन्त्रीले शपथ ग्रहण गराउंदा माओवादी र एमालेबीच भएको सहमतिको उलङ्गन गरेको भन्दै एमाले मन्त्रीहरुले शपथ ग्रहण बहिस्कार गरेका थिए। गौतमलाई दोश्रो मर्यादामा नराखे एमाले सरकारमा सहभागी नहुने भन्दै आईरहेका थिए। माओवादी र एमालेबीच सरकारमा सामेल हुनुअघि गौतमलाई दोश्रो मर्यादामा राख्ने सहमति भएको थियो।

एमालेले आफ्नो पार्टीको तर्फबाट मन्त्रीमण्डलमा गौतमसहित ६ जनालाई पठाउने यसअघि नै निर्णय गरिसकेको छ भने गौतमले गृहमन्त्रालय सम्हाल्ने भएका छन्।

Popularity: 8%

1 comment August 28th, 2008

कोशी समाधान “प्याकेज” मै गरिने

एस, पोखरा / एचकेनेपाल डट कम -
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा दैवी प्रकोप उद्धार समितिको आज सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले कोशी नदीको तटबन्ध फुटेर उत्पन्न भएको समस्यालाई “प्याकेज” मै समाधान गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीले सप्त कोशीको तटबन्धन फुटेर भएको क्षतिग्रस्त संरचनाको निर्माण, पीडितहरुलाई राहत वितरण, यातायात पुनर्व्यवस्था र नदीको तटबन्धन कटाई रोक्नेलगायतका विषयमा प्याकेजमै कार्यक्रम बनाउन सचिव तथा प्राविधिकहरुलाई आज निर्देशन दिएका छन्। सचिवहरुद्वारा तयार गरिएको एकीकृत राहत प्याकेज कार्यक्रमलाई भदौ १५ गते मन्त्रीपरिषदको बैठकमा प्रस्तुत गरिने भौतिक योजना मन्त्री विजयकुमार गच्छेदारले बताए।

मन्त्री गच्छेदारले अल्प, मध्य र दीर्घकालीन योजना ल्याईने बताउंदै सचिव तथा प्राविधिक टोलीहरुले तयार पारेको अनुमानित बजेटपछि श्रोत जुटाउन सरकारले पहल गर्ने बताएका छन्। मन्त्री गच्छेदारले कोशी तटबन्ध फुटेर विस्थापित भएका परिवारलाई कम्तीमा ६ महिनासम्म खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको बताए। सो क्षेत्रमा भारतीय तथा गैरबाढी पीडितहरुको समेत घुसपैठ भई राहत वितरणमा अप्ठ्यारो परेकोले बाढी पीडितहरुलाई राहत वितरणमा सही सदुपयोग हुन परिचय पत्रको व्यवस्था गरिने बताए।

Popularity: 8%

Add comment August 28th, 2008

कार्यकर्ता छुटाउन श्रृंखलाबद्ध बम विस्फोटन

एस, काठमाडौं / एचकेनेपाल डट कम -
जनतान्त्रिक तराई मुक्ति मोर्चाले प्रहरी हिरासतमा रहेका आफ्नो एक कार्यकर्ता छुटाउन गएराति रौतहतका विभिन्न ठाउंहरुमा श्रृंखलाबद्ध बम बिस्फोट गरेको छ।

गत हप्ता शिवपुर प्रहरी चौकीमा भएको दोहोरो झडपको क्रममा मोर्चाका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका आफ्नो कार्यकर्ताको रिहाईको माग गर्दै श्रृंखलाबद्ध बम बिस्फोट गराईएको मोर्चाले जनाएको छ।

शिवपुर, सखुहवा टोल, विसम्पुर्वालगायतका ठाउंहरुमा गरिएको तीन वटा श्रृंखलाबद्ध बम विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

Popularity: 8%

Add comment August 28th, 2008

एमालेलाई दोश्रो मर्यादा क्रम

एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेका वरिष्ठ नेता बामदेव गौतमलाई सरकारमा दोश्रो मर्यादामा राख्न सकारात्मक भएको गौतमले बताएका छन्।

प्रधानमन्त्री र गौतमबीच आज बिहान भएको छलफलमा गौतमलाई सो आश्वसन दिएको हो। गौतमले आफ्नो पार्टीका नेताहरुसंग छलफल गरी सरकारमा सामेल हुने वा नहुनेबारे पछि जानकारी दिईने बताएका छन्।

प्रधानमन्त्रीले चीन भ्रमणअघि नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबाट सरकारमा सामेल भएका मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। शपथ ग्रहणमा माओवादी र एमालेबीच भएको सहमति विपरीत अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई दोश्रो मर्यादाक्रममा राखी शपथ ग्रहण गराईकोले एमालेबाट सरकारमा सामेल भएका भनिएका मन्त्रीहरुले शपथ ग्रहण कार्यक्रमलाई वहिस्कार गरेका थिए।

यसअघि पनि एमालेलाई राष्ट्रपति दिने माओवादी र एमालेबीच भएको सहमति उलङ्गन गरेर माओवादीले अर्कैलाई राष्ट्रपतिमा उम्मेदवारी दिएर सहमति तोडेको थियो। पछिल्लो पटक माओवादीले एमालेलाई दोश्रो मर्यादा क्रममा राख्ने भनेर सहमतिमा जनाएको भएपनि नराखेर धोखा दिएको दिएको थियो।

Popularity: 8%

Add comment August 28th, 2008

४ घण्टाबाट बढेर २१ घण्टा लोडसेडिङ

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सातामा ४ घण्टा लोडसेडिङ हुंदै आएकोमा अबदेखि १४ घण्टासम्म उपभोक्ताले लोडसेडिङको मार खेप्नु पर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले आजदेखि १४ घण्टा लोडसेडिङको अवधि बढाएको छ।

सप्तकोशी बाँध भत्केर आएको बाढीले बिद्युत आपूर्ति गर्ने ट्रान्समिसन लाईनमा क्षति पुर्‍याएको र कुलेखानी जलाशयमा पानीको सतह कम भएको भन्दै नेपाल विद्युत प्राधिकरणले एकैचोटी ४ घण्टाबाट १४ घण्टा लोडसेडिङको अवधि बढाएको हो।

प्राधिकरणले आजैदेखि हेटौडा - वीरगञ्ज करिडोरमा साताको २१ घण्टा लोडसेडिङ गराउने भएको छ भने अन्यतिर पनि छिट्टै १४ घण्टाबाट २१ घण्टा लोडसेडिङको अवधि बढाउने तयारी गरिरहेको छ।

Popularity: 8%

1 comment August 28th, 2008

परराष्ट्रमन्त्री यादव आज भारत जाँदै

एस, काठमाडौं / एचकेनेपाल डट कम -
परराष्ट्रमन्त्री उपेन्द्र यादवको आज भारतको नयाँ दिल्ली जाने कार्यक्रम रहेको छ। दक्षिण र दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको आर्थिक संगठन विमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन यादव त्यसतर्फ जानु थाल्नुभएको हो।

भारत भ्रमणको बेला उहाँले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री प्रणय मुखर्जी, भारतीय जनता पार्टी र कांग्रेस आईका नेताहरुसंग भेट गर्ने कार्यक्रम रहेको छ।

भेटमा उहाँले नेपालको राजनैतिक अवस्था, सप्तकोशी डुबानको समस्या र समाधानलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

भोलि विहीबार सुरु हुने मन्त्रीस्तरीय विमस्टेक बैठकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारका परराष्ट्रमन्त्रीहरु सहभागी रहने छन्।

Popularity: 8%

Add comment August 28th, 2008

प्रधानमन्त्री बालुवाटारमा सर्न १३ दिने साइत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोदेखि बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा सर्नुभएको छ।

उहाँ यसअघि नयाँबजारस्थित एकघरमा डेरा गरी बस्दै आउनुभएको थियो।

प्रधानमन्त्री प्रचण्ड सपथग्रहण भएको १३ दिनपछि बालुवाटार सर्नुभएको हो।

Popularity: 8%

1 comment August 28th, 2008

हराएको ट्रक भेटियो, तीन बेपत्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हिजो बिहानदेखि त्रिशूली नदीमा परेर हराइरहेको ट्रक दिउँसो फेला परेको छ। ट्रकमा यात्रा गर्ने तीनजना बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार धान लिएर नवलपरासीबाट काठमाडौँ आउँदै गरेको ना२ख २४७७ नं.को ट्रक नदीमा खसेर हराइरहेको थियो। हराइरहेको ट्रक दिउँसो स्थानीय उद्धारकर्मीले पत्तालगाएका थिए।

ट्रकमा रहेका चालक चन्द्रिकाप्रसाद तिवारी, सहचालक र एक महिला अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।

सिमसिम पानी परेका बेला काठमाडौँबाट बेसीसहरतर्फजाँदै गरेको एउटा माइक्रोबसले ओभरटेक गर्दा सो ट्रक दुर्घटनामा परेको हो।

Popularity: 8%

Add comment August 28th, 2008

गोली हानी हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कपिलवस्तुको चन्द्रौटामा हल्लानगरमा अज्ञात समूहले चलाएको गोली लागी एक जना माओवादी कार्यकर्ताको मृत्यु भएको छ। लु४प ७१७२ नं. को मोटरसाइकलमा सवार एमबहादुर घर्ती (आषिश) लाई अज्ञात समूहले गोली हानेका थिए।

उनीसँगै मोटरसाइकलमा सवार जीवन केसी सो घटनामा घाइते भएकाले उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको छ।

सो घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले शैलेन्द्र चौधरीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ।

निज चौधरीबाट प्रहरीले गोलीसहित एक थान पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ।

Popularity: 8%

Add comment August 28th, 2008

राष्ट्रिय शङ्ख सम्मेलन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको तर ओझेलमा पर्दै गएको शङ्ख बाजाको संरक्षण गर्ने उद्देश्यले नेपाली लोकबाजा सङ्ग्रहालयले राष्ट्रिय शङ्ख सम्मेलन-२०६५ को आयोजना गर्यो।

सो सम्मेलनमा काठमाडौँ, ललितपुर, नुवाकोट, खोटाङ र ओखलढुङ्गाका नौ जनाले शङ्ख वादन गरेकोमा ललितपुर, लामाटारका रामचन्द्र घिमिरेले सर्वोत्कृष्ट शङ्ख वादन ठहरिएका थिए।

लोक संस्कृतिविद् डा. जयराज पन्तले शङ्ख बाजा आध्यात्मिक रूपमा मात्र नभइ वैज्ञानिक हिसाबले समेत मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

शङ्ख बाजाविज्ञद्वय प्रल्लाह चालिसे र रामप्रसाद कँडेलले शङ्ख बाजाको महत्वका बारेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नरेन्द्र राई, योगी सोमनाथ, रामप्रसाद कँडेल, र्सूयकुमार श्रेष्ठ, रमण भट्टराई, दुर्गा थापा वइक, सुदर्शन रावत र यानुकीराज थपलियाले शङ्ख वादन गर्नुभएको थियो।

Popularity: 8%

Add comment August 28th, 2008

पाँच दिनको कैद छल्न २९ वर्ष फरार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बैतडीका एक व्यक्ति पाँच दिनको कैद छल्न २९ वर्षसम्म फरार भएका छन्। दशरथचन्द नगरपालिका-१२ का चिमासिंह कार्की २९ वर्षपछि पक्राउ परेको हुँदा पाँच दिन कैद बसेका छन्।

पुनरावेदन अदालत महेन्द्रनगरले कार्कीलाई चोरी मुद्दामा २९ वर्षअघि पाँच दिनको कैद सजाय सुनाएको थियो।

विसं. २०३६ असार १ गते सुनाएको फैसला अनुसार कैद बस्न डराएर कार्की भागेका थिए। अहिले आएर भारतबाट घर फर्केपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

स्थानीय बासिन्दासँग जानकारी लिएर मुद्दा फछ्र्यौट गर्न पक्राउ गरिएको बैतडीका प्रहरी नायव उपरीक्षक रामदत्त जोशीले बताउनुभयो।

पाँच दिनको कैद काटेर हिजो बेलुका कैदमुक्त भएका ५१ वर्षीय कार्कीले त्यति बेला कारागारमा बस्नु पर्ने डरले भागेको बताए।

Popularity: 8%

1 comment August 28th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....