Archive for August 29th, 2008

कोसी पीडितलाई भारतले क्षतिपूर्ति दिनु पर्ने माग

आनन्द श्रेष्ठ, धरान / एचकेनेपाल डट कम -
सप्तकोसी नदीको तटबन्धन भत्केर विचल्लीमा परेका सुनसरीका बाढी पिडितलाई कोसी सम्झौता अनुसार भारतले क्षतिपूर्ति दिनु पर्ने शुक्रवार यहाँ अयोजित कार्यक्रममा वक्ताले माग गरेका छन्।

मिर्मिरे मिडिया क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सिमाविद् बुद्धिनारयण श्रेष्ठले तटबन्धन मर्मत सम्भार गर्न भारतले चासो र संवेदनसिलता नदेखाएको दावी गर्नुभयो। उहाँले कोसी नदीमा बनाएको बाँधमा ढोका खोल्ने तर्फ भारतले चासो नदेखाएको प्रष्ट देखिएको चर्चा गर्दै कोसी सम्झौतामा पुनरावलोकन गरी तत्काल कोसी बाँधमा दुबै देशका प्राविधिक कर्मचारी राखिनु पर्ने बताउनु भयो।

सीमाविद् श्रेष्ठले भन्नु भयो - समयमै ढोका खोलेको भए तटबन्धन भत्किने अवस्था थिएन। श्रेष्ठले कोसी नदीको बाँधले झण्डै ३ लाख क्युसेक पानी सहज रुपमा थेग्न सक्ने रहेको तर तटबन्धन फुटेको दिन कोसी नदीमा करीब १ लाख ८६ हजर क्युसेक मात्र पानी रहेको जनकारी दिदै बाँधका पर्याप्त ढोका खोलेको भए तटबन्धन फुट्ने अवस्था थिएन भन्नुभयो।

प्रधानमन्त्री पुष्प कमल दाहालले गर्न लाग्नु भएको भारत भ्रमणका अवसरमा कोसी सम्झौतालगायतका जल श्रोत सम्बन्धी अन्य सन्धी सम्झौताका विषयमा छलफल गर्नुपर्न धारणा समेत श्रेष्ठले व्यक्त गर्नु भयो।

यसै गरी कोसी पीडितहरुको स्थितिको स्थलगत अध्ययन गरेर फर्कनु भएका नेकपा एमालेका नेता एवं सभासद भीम आचार्यले कोसी सम्झौता अनुसार स्थानीय जनताले राहत र मुआब्ज प्राप्त गर्न नसकेको चर्चा गर्दै कोसी पीडितलाई भारत सरकारले तत्काल राहत र क्षतिपूर्ति तथा भत्केका संरचनाको पुन निर्माण गर्नु पर्ने बताउनुभयो। विगत पनि कोसी नदीको तटबन्धन फुट्ने खतरामा रहेको तर सबै पक्षको भरमग्दुर प्रयासबाट नियन्त्रणमा आएको जनकारी दिदै उहाँले यस पटक भारतले तटबन्धन मर्मत गर्न पूर्णता वेवास्ता गरेको आरोप लगाउनु भयो।

यसै गरी, नेपाली काग्रेसका नेता जीप छिरिङ लामाले कोसी नदीका कारण उत्पन्न विषय परिस्थितिबाट भएको जनधनको सम्पूर्ण क्षतिपूर्ति भारत सरकारले तिर्नु पर्ने बताउदै भारतले एक तर्फी रुपमा नेपाल माथि गरिरहेको अन्ययालाई हरेक नेपालीले टुलुटुलु हेरेर बस्न नहुने बताउनुभयो। उहाँले अक्रोसित मुद्रामा भन्नुभयो - भारतका तर्फबाट अन्यया पूर्ण ढंगबाट निर्माण गरिएका सबै त्यस्ता बाँध नेपाली जनताले भत्काउनु पर्छ। नेता लामाले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त हुनुभएकोमा भारतीय प्रधानमन्त्रीले तत्काल बधाई दिए पनि कोसी तटबन्ध फुटेर भएको जनधनप्रति एक शव्द व्यक्त नगरेर भारतले आफ्नो असली चरित्र देखाएको दाबी गर्नुभयो।

Popularity: 8%

Add comment August 29th, 2008

कोसी पीडितको वेदना - आनन्द श्रेष्ठ

- आनन्द श्रेष्ठ, धरान / एचकेनेपाल डट कम -
सुनसरी श्रीपुर ५ बस्ने १७ वर्षीय अरविन्द कुमार यति बेला सडकमा अलपत्र परेका छन् । ७ विगाहा जमिन भएका अरविन्दको कोसीको बाढीले घरखेत बगाएको छ। बुबा पनि लापत्ता भएकाले उनी दिनभर लौकहीको सडकमा चक्कर काटिरहेका भेटिन्छन्। (more…)

Popularity: 8%

Add comment August 29th, 2008

बेलायतबाट एभरेष्ट टाईम्स साप्ताहिक पत्रिका सुरु (+Photo)

एस, फानवोरो / एचकेनेपाल डट कम -
बेलायतमा नेपाली भाषी साप्ताहिक पत्रिका एभरेष्ट टाईम्सको प्रकाशन आरम्भ भएको छ। एभरेष्ट टाईम्स पत्रिकालाई नेपाली राजदूत मुररीराज शर्माले एक समारोहबीच विमोचन गरेर सार्वजनिक गरेका थिए।

एभरेष्ट टाईम्स साप्ताहिक पत्रिकामा प्रधानसम्पादक डा. चन्द्रबहादुर गुरुङ, सम्पादकमा हरिकुमार गुरुङ (काजि), शशी पौडेल, प्रबन्धक निर्देशक लिलामान शेरपुञ्जा मगरसहित स्थानीय नेपाली पत्रकारहरु आवद्ध रहेका छन्।

विमोचन समारोहमा साहित्यकार तथा समालोचक डा. गोविन्दराज भट्टराई, प्रोफेसर गणेशबहादुर गुरुङ, बिएफबिएस गोर्खा रेडियोका प्रमुख खेमराज गुरुङलगायत विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।


तस्विरः मिलन तमु, युके / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

3 comments August 29th, 2008

एमाले आज सरकारमा सहभागी हुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सत्ता साझेदारी गर्न सहमत भएका प्रमुख राजनीतिक दल नेकपा (माओवादी) र नेकपा एमालेबीच मर्यादाक्रमको विवाद दुवै दलका शीर्ष नेताहरुको हिजो साँझ बसेको बैठकले टुङ्गो लगाएपछि नेकपा (एमाले)आज सरकारमा सहभागी हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का महासचिव झलनाथ खनालबीच भएको वार्तामा नेकपा (एमाले)लाई मन्त्रिमण्डलमा दोस्रो दर्जा दिन सहमति भएपछि एमाले सरकारमा सहभागी हुन लागेको बैठकपश्चात् एमालेका महासचिव खनालले जानकारी दिनुभयो।

एमालेका मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुहुने महासचिव खनालले बताउनुभयो।

एमालेका तर्फबाट पार्टी स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेतृत्व गर्दै हुनुहुन्छ। नेता गौतमले गृहमन्त्रालयको जिम्मेवारी लिनुहुनेछ।

नेकपा (एमाले)ले वर्तमान मन्त्रिपरिषदमा छवटा मन्त्रालयको जिम्मेवारी पाएको छ। एमालेले अन्य मन्त्रालयमा वन तथा भूसंरक्षण, स्थानीय विकास, जलस्रोत, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय पाउने छ।

उक्त मन्त्रालयहरुका लागि एमालेले नेता गौतमसमेत विष्णु पौडेल, रामचन्द्र झा, गोपाल शाक्य,किरण गुरुङ र अष्टलक्ष्मी शाक्यलाई पठाउने निर्णय गरिसकेको छ।

Popularity: 8%

Add comment August 29th, 2008

श्रीमानलाई कन्डम पठाउने साहसी महिला

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कामको खोजीमा भारत वा तेस्रो मुलुकमा रहेका श्रीमानलाई ‘सुरक्षित यौन सम्पर्कबाट बच्न आवश्यक परे आफैले अस्थायी साधन कण्डम पठाइदिन्छु’ भन्ने साहस गाउँले महिलामा बढ्दै गएको छ।

रुपन्देहीको पश्चिम अमुवा, मैनहिया, हर्नैया, मक्रहर र गंगोलियाजस्ता शिक्षामा पछि परेका थारुबस्तीका महिलासमेत अहिले एचआइभी/एड्स र यौनरोगका बारेमा खुलेर कुरा गर्ने भएका छन्।

उनीहरुले विदेशमा रहेका आफ्ना श्रीमानलाई टेलिफोनमा त्यहाँ रहँदा असुरक्षित यौन सर्म्पर्क कसैसँग नगर्न आग्रह गर्दै आवश्यक परे बरु आफैले असुरक्षित यौन सर्म्पर्कबाट बच्न कण्डम पठाइदिन्छु भन्ने गरेको बताए।

‘नमूना एकीकृत विकास परिषद्’ नामक गैरसरकारी संस्थाले विगत एक वर्षेखि ती गाविसमा एचआइभी/एड्स र यौनबाट कसरी बच्ने भन्ने खालको शिक्षामूलक कार्यक्रम सञ्चालन गरेपछि महिलामा जनचेतना बढ्दै गएको हो।

दुइ वर्षअघिसम्म यौन रोग भन्ने शब्दसमेत उच्चारण गर्न हिच्किचाउने ती महिलाहरुको अहिले गाउँमा भेला बोलाएर एचआइभी/एड्स र यौन रोगबारेमा खुलेर छलफल गरिरहेका छन्।

Popularity: 8%

1 comment August 29th, 2008

भिसी सेना पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
इलाम बाँझोस्थित लारुम्बाबाट हतियारधारी भिसी सेनाका पाँचजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

बाँझो लारुम्बास्थित किराँत धर्मावलम्बीको धर्मस्थलको सुरक्षार्थ भन्दै एक वर्षअगाडि गठन भएको भिसी सेनाले गाउँमा आतङ्क मच्चाएको स्थानीयवासीले सूचना दिएको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको साकफारा प्रहरीचौकीले हतियारसहित तिनलाई पक्राउ गरेको हो।

गाउँमा आतङ्क मच्चाएको खबर आएपछि सोधपुछ गर्न बोलाउँदा नआएपछि साकफारा प्रहरी चौकीका सहायक निरीक्षक नेत्रबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले तिनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सन्दीप भण्डारीले बताउनुभयो।

Popularity: 8%

1 comment August 29th, 2008

नेपालमा २२ टेलिभिजन च्यानललाई अनुमति

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षमा ४२ लाख ६७ हजार ८० लाइन टेलिफोन वितरण गरिएको बताएको छ। त्यसैगरी अनुमतिप्राप्त टेलिभिजन च्यानल २२ मा सात सञ्चालनमा रहेको छ।

एफएम रेडियो प्रसारणका लागि २७० लाई इजाजत दिइएकामा १३८ मात्र नियमित प्रसारणमा रहेको, ११९ कथानक र १५९ विज्ञापन चलचित्र जाँच भएको र ५२ विदेशी चलचित्र छायाङ्कनको इजाजत प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, हुलाक कार्यालयहरुमा टेलिसेन्टर स्थापना गरिएको, वाषिर्क राजस्व करिब रु. पाँच करोड ६३ लाख भएको तथा करिब रु. २६ करोड ५७ लाख बेरुजुमध्ये रु. १० करोड २६ लाख फछ्र्यौट भएको छ।

Popularity: 8%

1 comment August 29th, 2008

एकीकृतको महाधिवेशन मंसिरमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एकीकृत) महाधिवेशन आयोजक समितिको आठौँ बैठक र केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठकले “एकताको सातौँ महाधिवेशन” आगामी मंसिर २८ देखि पुस ४ गतेसम्म जनकपुरमा गर्ने निर्णय गरेको छ।

“प्रतिक्रियावाद र सबैखाले अवसरवादलाई परास्त गरौँ, नयाँ जनवादी गणतन्त्र स्थापनाको तयारीमा जुटौँ” भन्ने मूल नाराका साथ हुने सो महाधिवेशन सुव्यवस्थित गर्न ऋषि कट्टेलको संयोजकत्वमा पाँचसदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ।

समितिका सदस्यमा चित्रबहादुर आले, विष्णुबहादुर तामाङ, कमल चौधरी र डाचाराज वाग्ले रहनुभएको छ।

त्यसरी नै महाधिवेशन सम्पन्न गर्न सीताराम तामाङको संयोजकत्वमा ९ सदस्यीय मूल अर्थ समिति गठन गरिएको छ। सोको सह-संयोजकमा नवराज सुवेदी, सचिवमा पर्शु कार्की र सदस्यमा परी थापा, टङ्क र्राई, केशबहादुर परियार, रत्नप्रसाद जोशी, ओम गुरुङ र लोचन केसी रहनुभएको छ।

वैठकले महाधिवेशनको लागि राजनीतिक प्रतिवेदन, नेपालको सामाजिक संरचना र अन्तरविरोध, तात्कालिक कार्यनीति, सङ्गठनात्मक प्रस्ताव, नयाँ जनवादी कार्यक्रम, राष्ट्रिय र अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको समीक्षा र पार्टी विधानमा संशोधनसम्बन्धी प्रस्तावको मस्यौदा पारित गरेको छ।

Popularity: 8%

Add comment August 29th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....