Archive for January, 2009
प्रभातको भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
प्रभात पुन गठित लेखेर भ्रम हटाउन आग्रह
हालै संचारमाध्यमहरुमा “प्रनेसासमा नयाँ नेतृत्व, चौथो प्रभात पुरस्कार चाडै घोषणा हुने” हुने भ्रमपूर्ण समाचारप्रति हाम्रो ध्यान गएको छ र वास्तविक कुरा बाहिर ल्याउन जरुरी भएको छ।
प्रभात (प्रवासी नेपाली साहित्य समाज) र कसासंघ(नेपाली कला,साहित्य तथा संगीत मञ्च,यु.के )बीच सेप्टेम्बर १३, २००८ मा संयुक्त बैठक बसी यी दुई साहित्यिक संस्थाहरुलाई अझै फराकिलो, सशक्त र बृहत वनाउने उद्धेश्यअनुरुप दुबै संस्थालाई मिलाएर नेपाली प्रतिभा प्रतिष्ठान वेलायतको गठन गरेको कुरा सर्वविदितै छ। यसरी प्रतिष्ठानमा मिली सकेको संस्थालाई पुनः नयाँ कार्यसमितिसहित गठन गरी भ्रमपूर्णरुपले समाचार संप्रेषाणा गर्नु साहित्यकारको नैतिकताले नदिनु पर्ने हो तर सुरेन्द्र इङनामको नेतृत्वमा प्रभातको नयाँ कार्यसमिति चयन गरिएको छ।
विधान, प्रक्रियामा र नैतिक अनुशासन पालन नगरिने कुनै पनि संघसंस्था वास्तविक रुपमा संघसस्थाको नाममा धब्बामात्र हुन जान्छ। म यो विधान र प्रक्रियाको कुरा किन उठाउदैछु भने प्रभात र कसासंघको संयोजन भएर प्रतिभा प्रतिष्ठानको गठन हुंदा प्रभातको विशिष्ट अध्यक्षसहित सदस्यहरुको पूर्ण बहुमतले उक्त कुरा पारित गरेको हो। हालै गठन गरिएको भनिएको प्रभातको नयाँ कार्यसमितिको महासचिव नवराज राई स्वयम पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो र प्रतिष्ठानको गठनमा हस्ताक्षार गर्नु भएको छ। उहाँ पनि प्रतिभा प्रतिष्ठानको सदस्य हुनुहुन्छ। तर प्रतिष्ठानमा मिलिसकेको प्रभातको नाम लिएर सुरेन्द्र इङनामको नेतृत्वमा गठन गरिएको भनिएको प्रभातको नयाँ कार्यसमितिको महासचिवमा नाम देख्दा आश्चर्य लागेको छ।
यदि उहाँहरुको फरक विचार हो या प्रतिष्ठानसंग असहमति हो भने कुनै नयाँ साहित्यक संस्था खोलेर अगाडि बढ्नु भएको भए या त यो प्रभातको बहुमत पक्ष प्रतिष्ठानमा मिलेपनि असन्तुष्ट पक्षले प्रभात नै लाने भए पनि प्रभात (पुनर्गठित) भन्ने पुच्छर लिएर अगाडि बढ्नु भएको भए यो किचलो हुने थिएन र त्यो नै विधान सम्मत, प्रक्रियापूर्ण र डेमोक्रेटिक र विवादरहित हुने थियो।
साथै “चौथो प्रभात पुरस्कार चाडै घोषाणा हुने” भन्ने समाचारको खण्डन गर्न चाहन्छु। प्रभातले बार्षिकरुपमा दिदै आएको प्रभात पुरस्कार प्रभात प्रतिभा प्रतिष्ठानमा मिलेपछि प्रतिष्ठानले प्रभात पुरस्कारलाई निरन्तरता दिने निर्णयसहित यो बर्षको प्रभात पुरस्कार पत्रकार तथा साहित्यकार नविन विवसलाई यहि माघ ८ गते वृहत कार्यक्रम गरी प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रक्षा राईको उपस्थिति र डा.गोविन्द भट्टराइको प्रमुख आथित्यमा प्रदान गरेको छ।
स्मरणीय रहोस् प्रभात पुरस्कार पाउने विवस चौंथा हुन्। यसअघि प्रभात पुरस्कारबाट सम्मानित हुनेहरुमा सुजन वाला (०५), शशि लुमुम्बु (०६) र रमेश पौडेल (०७) रहेका छन्। यसरी प्रतिष्ठानले दिइसकेको प्रभात पुरस्कार फेरि दिन्छु भन्नु कति गैरजिम्मेवार हो? आम बौद्धिक जमातले पनि मूल्याङकन गर्न सक्नुहुन्छ। अन्त्यमा, म के भन्न चाहन्छु भने फरक विचार हुनु स्वाभाविक हो, स्वतन्त्ररुपमा कुनै पनि संघसस्था चलाउनुमा कसैको विरोध, आपत्ति हुदैन तर कुनै पनि मिलिसकेको संस्थाको नाममा कानुनी प्रक्रियाले नछुने भन्दैमा अप्रजातान्त्रिक, प्रक्रियाविहीन, अवैधानिक काम नगन हुन अनुरोध गर्दछु। यसले किचलो थप्ने काम मात्र गर्छ। यो प्रभात पहिले नै प्रतिष्ठानमा मिलिसकेकोले अन्य नाममा संस्थाखोलेमा या प्रभात (पुनगठित) लेखेमा कसैलाई आपत्ति हुने थिएन।
– प्रतिभा प्रतिष्ठान वेलायतको लागि
अप्जसे कान्छा
Popularity: 16%
January 31st, 2009
सन्तोष दाहाल, बहराइन / एचकेनेपाल डट कम -
देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख भइरहेको अवस्थामा यसको असर कामको सिलसिलामा खाडी मुलुक बहराइन छिरेका नेपालीहरु माझ पनि गरमागरम रुपमा देखिएको छ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराइनको पहलमा शुक्रवार संविधान सभा बिषयगत एक दिने विचार गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा बुद्धिजीवी महानुभावहरुले दिएका विचारहरु नेपालमा नयाँ संबिधान बनाउनका लागि प्रयोग गरिने छ।
नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न गोष्ठीमा स्वतन्त्र नेपाली साथै बिभन्न बुद्धिजीवी, संघसंस्थाको प्रतिनिधिहरु सहभागी थिए। गोष्ठीको सञ्चालन गैर आवासीय संघ बहराइका अध्यक्ष बासुदेव भट्टराईले गरेका थिए। “हाम्रो संविधान कस्तो हुनुपर्छ” भन्ने मूल बिषय रहेको विचार गोष्ठीमा सहभागीहरुले आफ्ना विचार र जिज्ञासाहरु राखे। नयाँ नेपालको निर्माणको आधारभूमि मानिएको संविधानसभाले तय गर्ने संवैधानिक स्वरुप र ढाँचा बारे छफफल भएको थियो। गोष्ठीमा खास गरी संवैधानिक समिति, जनमत संकलन तथा समन्वय, व्यवस्थापिका अंगको स्वरुप निर्धारण, राष्ट्रिय हितको संरक्षण जस्ता बिषयमा छलफल केन्द्रीत रहेको थियो।
परदेशमा रगत र पसीना बगाउँदै आएका नेपालीहरुले सबै भन्दा बढी राष्ट्रिय हितको संरक्षण शीर्षकको बूँदामा चासो राखेका थिए। त्यसमा पनि सार्वभौम सत्ता, राष्ट्रिय एकता र अखण्डताको संवैधानिक संरक्षणका उपायहरुमा परदेशी नेपालीको चिन्ता थियो। सहभागी वक्ताहरुले धेरै बिषयमा आफ्नो राय, सल्लाह र सुझाव दिए पनि देशमा बढेको दण्डहीनताको स्थितिप्रति दुःख व्यक्त गरे। विचार गोष्ठीका सहभागी मध्येमा बहराइन नेपाली एकता समाजका महासचिव एल. बी. रानाले देशमा केही गर्छु भन्ने असल भावनाका नेताले स्थान पाउन नसक्नुमा पार्टीमा अलोकतान्त्रिक पद्धतिको प्रभाव हो भनी आफ्नो राजनितीप्रतिको चासो व्यक्त गरे।
त्यस्तै अर्का सहभागी वीरध्वज सिवाले संकटकालीन अवस्थाको घोषणा गर्ने अधिकार राष्ट्रपतिमा हुनु पर्ने सुभाव दिए। अर्का सहभागी दुर्गा गिरीले वैदेशिक रोजगारीको नियन्त्रण सरकारले नै लिएर व्यवस्थित गर्नु पर्ने बताए। सहभागी प्राय सबैले बहराइनमा नेपाली दूताबास खोलिनु पर्ने र बहराइनसंग कुटनीतिक संबन्ध अझ गाडा बनाउनु पर्नेमा जोड दिए। नेपालको राज्यव्यवस्था सही ढंगले अघि बढ्न नसक्नुको कारणमा नातावाद, कृपावाद, भ्रष्टाचार, नेतृत्वको सत्ता प्राप्तिको दौडधुप, व्यक्तिगत र पार्टीगत मात्र चिन्तन रहेकोले हो भन्ने बिषय सबै सहभागीको साझा असन्तुष्टी थियो।
बहराइनबाट सन्तोष दाहाल
Popularity: 16%
January 31st, 2009
एस, पोखरा/ एचकेनेपाल डट कम -
पोखरामा जारी सातौं आहा गोल्ड कप फुटबल प्रतियोगितामा कोलकत्ताको बेलगेरिया टिमले आयोजक सहारा क्लबलाई शनिवार पराजित गरेको छ।
बेलगेरिया टिमले पहिलो क्वार्टरफाइनलमा सहारालाई १-० ले पराजित गरेपछि आयोजक सहारा क्लव प्रतियोगिताबाट बाहिरिएको छ भने बेलगेरिया टिमले सेमिफाइनलमा प्रवेश पाएको छ।
बेलगेरियाका टिम कप्तान इजीले पहिलो हाफको ३४औं मिनेटमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्न पुगेको थियो। उनले पेनाल्टी-बक्सभित्र इच्छा गुरुङले ह्यान्ड गरेपनि प्राप्त पेनाल्टीमा गोल गरेका थिए।
भारत कोलकत्ताको बेलगेरिया टिममा तीन नाइजेरियन र एक यु १९ का राष्ट्रिय खेलाडी समावेश छन्। उक्त टिमले आहा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको हो।
Popularity: 16%
January 31st, 2009
- लोकनारायण सुवेदी
बाल बच्चाको बिकासमा पारिवारिक, सामाजिक तथा शैक्षिक परिवेशको गहिरो प्रभाव पर्दछ भन्ने कुरामा कसैको बिमति छैन। एउटा बच्चा भबिष्यमा गएर देशको कस्तो नागरिक बन्ने हो भन्ने यथार्थ के कुरामा निर्भर गर्दछ भने त्यस बच्चाका आमाबाबुले त्यसमा कस्तो संस्कार पैदा गर्दछन् र उसको पालन पोषणमा कत्तिको ध्यान दिने गर्दछन् - जस्तो परिवेशमा बच्चा रहन्छ त्यस्तै प्रकारको बानी ब्यहोरा र आचरण उसमा बिकसित हुनेछ र उसले पनि त्यस्तै ब्यवहार गर्न थाल्दछ। (more…)
Popularity: 16%
January 31st, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम -
जहाज अवतरण सूचक टावर, नेपाल टेलिकम र रेडियो नेपाल टेलिभिजनका टावर रहेको फुलचोकीको जंगलमा शुक्रबार साँझदेखि आगलागी भएको छ।
आगो नियन्त्रण गर्न शनिबार विहानै ललितपुरस्थित बाणेगाउँबाट प्रहरीको टोली त्यसतर्फ गएको छ।
हालसम्म टावरहरू रहेको ठाउंमा आगलागी नभएकोले कुनै क्षति नपुगेको र जहाज अवतरण तथा उडान नियमित भएको विमानस्थल स्रोतले जनाएको छ। यदि टावरसम्म आगो फैलिए ठूलो क्षति हुने बताएका छन्। आगो नियन्त्रणको प्रयास जारी रहेको छ।
Popularity: 16%
January 31st, 2009
रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
कोरियामा अध्ययनरत नेपाली बिद्यार्थीहरुको साझा सस्था सोनसिकको आयोजनामा आगामी फेब्रुवरी ४ तारिख बुधवारका दिन युन्जे यूनिभर्सिटिमा नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
युन्जे यूनिभर्सिटीको सहयोग तथा सहकार्यमा आयोजना हुन लागेको नेपाल डे नामक उक्त कार्यक्रमको प्रमुख उद्धेश्य नेपालको कला साँस्कृतिक सम्पन्नतालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउँने रहेकोछ।
बहुराष्ट्रिय दर्शकहरुको सहभागिता रहने गरी युन्जे यूनिभर्सिटीले प्रचारप्रसार गरिदिने उक्त कार्यक्रम हेर्न आउँने दर्शक तथा पाहुनाहरुका लागि नेपाली खाना तथा कार्यक्रम हेर्न निःशुल्क ब्यवस्था गरिएको छ।
कार्यक्रम चलाउँन लाग्ने न्यूनत्तम खर्चको लागि संघ सस्था तथा ब्यक्तिहरुले आफ्नो स्वइच्छाले सहयोग गर्न सकिने सोनसिकका अध्यक्ष टेक घिमिरेले जानकारी दिएका छन्। समय तथा आर्थिक अभावका बावजुत पनि विद्यार्थी समाजले निःशुल्क गर्न लागेको उक्त कार्यक्रम नेपाल एक्सप्लोरका लागि भएको बताइएको छ। बिद्यार्थी समाजले गर्न लागेको सो कार्यक्रम सफलताको लागि कोरियामा बिभिन्न पेशामा आवद्ध रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।
Popularity: 16%
January 31st, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम -
पाल्पाका केशव कार्कीले गाउँमै उत्पादन गरिएको सजिवनको तेलबाट गाडी पनि चल्छन् भन्ने प्रमाणित गरेका छन्।
कार्कीले बिहीबार सजिवनको तेल प्रयोग गरी पाल्पादेखि तीन सय किलोमिटर १६ यात्रुसहित माइक्रोबस गुडाएर काठमाडौं ल्याए।
उनले सजिवनको तेलबाट पनि गाडी गुड्न सक्छ भनेर सरकार, नीति निर्माता र सर्वसाधारणलाई देखाउन पाल्पादेखि काठमाडौंसम्म माइक्रोबस गुडाएर ल्याएका थिए। त्यसैगरी, कार्कीले शुक्रवार सजिवनको तेल प्रयोग गरी बनमन्त्री किरण गुरूङलाई गाडीमा घुमाएका थिए।
उनले एक लिटर सजिवनको तेलबाट पक्की सडकमा सातदेखि १० किलोमिटर गाडी कुद्न सक्ने बताए। डिजेल र पेट्रोलबाट कुदाउन र सजिवन तेलबाट गाडी कुदाउनमा केही फरक नरहेको उनले बताए।
सजिवनको गेडा पेलेर तेल निकालेको बताउदैं १० किलो सजिवनको गेडाबाट तीन लिटरसम्म तेल निकाल्न सक्ने उनले बताए।
देशमा सजिवनको उत्पादन गरेर गाडीमा सजिवनको तेल प्रयोग गर्न सकिए देशमा खपत हुंदै गरेको डिजेल पाँच प्रतिशत विस्थापित गर्न सकिने कार्कीले बताए।
Popularity: 15%
January 30th, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तराईमा सुरक्षा व्यवस्था कडा गर्न शुक्रवार सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।
तराईका विभिन्न ठाउंहरूमा राजनीतिका नाममा भइरहेका अपराधिक घटनाहरू बृद्घि भएपछि कडाईका साथ प्रस्तुत हुन प्रधानमन्त्री प्रचण्डले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले शुक्रवार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान बिभागका प्रमुखहरुलाई बालुवाटार बोलाएर गैरराजनीतिक घटनालाई कडाईका साथ नियन्त्रण गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले सुरक्षा प्रवन्ध मिलाउन जारी बन्द हड्ताल र बिरोधप्रति कडा रवैया अपनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।
महत्तोरीको सदरमुकाम जलेश्वरमा सदरमुकाम सार्ने विरोधमा त्यहाँका स्थानीयवासीले विरोध प्रदर्शन गर्दै पार्टी कार्यालय र प्रहरी प्रहरीपोष्टहरू जलाउन थालेपछि प्रधानमन्त्रीले कडाईका साथ प्रस्तुत हुन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका हुन्।
Popularity: 15%
January 30th, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम -
सरकारले जारी अध्यादेश फिर्ता नलिइने सूचना तथा संचार मन्त्री कृष्णबहादुर महराले बताएका छन्।
मन्त्री महराले नेपाल टेलिभिजन स्थापनाको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सरकारले कुनै पनि हालतमा अध्यादेशहरु फिर्ता नलिने बताएका हुन्। महराले मन्त्रिपरिषदमा सैद्धान्तिक सहमति भएका थप तीन वटा अध्यादेश पनि छिट्टै जारी हुने जानकारी दिए।
सरकारलाई काम गर्न नदिन अध्यादेशको विरोध गरिएको बताउदै मन्त्री महराले उपयुक्त अवस्थामा सबै अध्यादेश सदनमा पेश गरिने बताए। बुधबार पारित भएका अध्यादेशको सत्तारुढ नेकपा एमाले र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुले विरोध जनाउँदै आएका छन्।
Popularity: 15%
January 30th, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम -
वीरगञ्जको माईस्थानमा शुक्रबार दिउसो भएको बम बिष्फेटमा दुई बालबालिकासहित कम्तीमा पाँच जना घाइते भएका छन्।
बिष्फोटनमा फलफूल बेच्न बसेकी सात वर्षीया सेवी खातुन, जयमती देवी र प्रज्ञा ठाकुर घाइते भएका छन् भने अन्य दुई जनाको नाम खुल्न सकेको छैन।
घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ। बिष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
Popularity: 15%
January 30th, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम-
श्रम तथा यातायात ब्यवस्था मन्त्री लेखराज भट्टले कैलालीका पत्रकार जगतप्रकाश जोशीको हत्यामा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।
क्रान्तिकारी पत्रकार संघद्वारा कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पत्रकार जोशीको हत्यामा आफ्नो संलग्नता देखिए फांसीमा झुण्डिन तयार रहेको बताए। उनले जोशीको हत्याको कुनै कारण नरहेको बताए। आपसमा मतभेद भए, त्यसलाई वैचारिक लडाईमार्फत साम्य पारिन सक्छ। हत्या नै गर्नुपर्ने कारण नरहेको बताए।
मन्त्री भट्टले माओवादीको नीति र योजनामा अहिले कुनै पनि पत्रकारको हत्या गर्ने नभएको बताए। उनले कैलालीको मालाखेतीस्थित सामुदायिक वनमा भेट्टिएको शब पनि जेपी जोशीकै हो भन्न नसकिने मन्त्री बताए। पाइन्ट र सर्ट भेट्टिएकै भरमा जोशीको शब हो भन्न नमिल्नेसमेत बताए। डिएनए रिपोर्ट नआएसम्म जोशीको शव हो भन्न नसकिने उनले दावी गरे।
मन्त्री भट्टले कुनै कार्यकर्ताले स्वइच्छाले हत्या गर्छ भने त्यसमा माओवादीको संलग्नता छ भन्न नमिल्ने बताए।
Popularity: 15%
January 30th, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम-
महोत्तरीको सदरमुकाम जलेश्वरमा स्थानीय प्रशासनले विहीवार अनिश्चितकालिन कर्फ्यू लगाएको छ।
त्यहाँको सदरमुकाम जलेश्वरबाट बर्दिवासमा सार्न लागेको भन्दै विरोधमा उत्रेका स्थानीयबासी र प्रहरीबीच बिहीबार पटक पटक झडप भएपछि जलेश्वर नगर पालिका क्षेत्रभित्र कर्फ्यू जारी गरेको हो। प्रदर्शनमा उत्रेका भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौ राउन्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी प्रहारसमेत गरेको थियो।
आक्रोशित भीडले माओवादीको जिल्ला कार्यालय तोडफोड गरी फर्निचर र कागजपत्र जलाइदिएका छन्। उनीहरूले एमाले र मधेसी जनअधिकार फोरमका कार्यालयमा पनि अवरोध पुर्याएका थिए।
झडपमा एक दर्जन भन्दा बढी प्रदर्शनकारी घाईते भएका छन्। उनीहरूको महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। गम्भीररूपमा घाइते भएका राम ठकन यादव र एक महिलासहित चार जनालाई जनकपुर अञ्चल अस्पतालमा लगिएको छ।
Popularity: 16%
January 29th, 2009
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा.रामवरण यादवलाई एघार महिने वर्ष विरुद्ध सङ्र्घर्ष समितिले नेपाल सरकारले विक्रम सम्बत् २०६६ साल चैत महिनालाई लोप गरी ११ महिनाको पञ्चाङ (क्यालेन्डर) तयार गर्ने निर्णय लगायत पर्व सुधारसम्बन्धी सम्पूर्ण निर्णय रद्द गर्नका लागि आवश्यक पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ।
सङ्र्घर्ष समितिका पदाधिकारीहरूको एक प्रतिनिधिमण्डलले हिजो भेट गरी सो ज्ञापनपत्र दिइएको समितिले जनाएको छ।
दक्षिण एसियाली ज्योतिष महासङ्घ काठमाडौँ नेपाल, नेपाल ज्योतिष परिषद्लगायतका सम्बद्ध क्षेत्रका सरोकारवाल सङ्घसंस्थाहरू मिलेर सो सङ्र्घर्ष समिति गठन गरिएको हो।
सरकारको उक्त निर्णयले धर्म संस्कृति, चार्डपर्व, जात्रा, उत्सव, परम्परा र ज्योतिषशास्त्रको मूल मर्ममा मर्मान्त प्रहार गरेकाले सो अपरिपक्व र एकाङ्गी भएको दक्षिण एसियाली ज्योतिष महासङ्घले जनाएको छ।
सरकारले उक्त निर्णय फिर्ता नलिएमा सङ्र्घर्षका अन्य विविध कार्यक्रमहरू समेत गरिने महासङ्घले जनाएको छ।
Popularity: 16%
January 29th, 2009
एचकेनेपाल डट कम संवाददाता-
मन्त्रिपरिषद्को हिजोको बैठकले सरकारी सार्वजनिक सेवाका सबै अङ्गमा पदपूर्ति गर्दा समावेशी र समानुपातिक विधि अपनाइने गरी विगतमा भएकै निर्णयलाई आधार मानेर अध्यादेशद्वारा थप व्यवस्थित गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराका अनुसार सार्वजनिक पदमा नियुक्त गर्दा ४५ प्रतिशत आरक्षण दिइने र ५५ प्रतिशत खुल्ला प्रतियोगिताबाट पूर्ति गरिने विगतकै ऐनलाई टेकेर निर्णय भएको छ ।
उहाँले भन्नुभयो, “सरकारले अबदेखि आरक्षण अन्तर्गत छुट्याइएका पदमा महिलालाई २० प्रतिशत, आदिवासी जनजातिलाई ३२ प्रतिशत, मधेशीलाई २८ प्रतिशत, दलितलाई १५ प्रतिशत र पिछडिएको क्षेत्रलाई ५ प्रतिशत दिनेछ ।”
साथै बैठकले लगानी बोर्ड विधेयक र विशेष आर्थिक क्षेत्र विधेयकलाई स्वीकृति प्रदान गरेको छ भने वेपत्ता आयोग अध्यादेश स्वीकृत गर्न सैद्धान्तिक सहमति दिएको छ । वेपत्ता आयोगका सम्बन्धमा एक दुई दिनभित्रै अध्यादेश स्वीकृत गरिने मन्त्री महराले बताउनु भयो ।
बैठकले छात्रबृत्ति सम्बन्धी तेस्रो संशोधन नियमावलीलाई समेत स्वीकृति दिएको छ ।
यसैगरी बैठकले सामाजिक व्यवहार सुधार ऐनमा भएको व्यवस्थालाई कर्डाईका साथ कार्यान्वयन गर्नेगरी केही संशोधन गर्न सैद्धान्तिक सहमति दिएको मन्त्री महराले बताउनुभएको छ।
Popularity: 16%
January 29th, 2009
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले राष्ट्रिय सेनामा माओवादी लडाकूलाई समायोजन गरेमा देशमा गृहयुद्ध निम्तिने बताउनुभएको छ ।
पत्रकार सम्मेलनका क्रममा उहाँले राष्ट्रिय सेनाको विषयमा अनर्गल कुरा गर्न नहुने धारणा बताउनु भयो ।
पत्रकारहरूको प्रश्नमा कावा सभापति कोइरालाले माओवादीको भनाई र गराईमा एकरुपता नभएको व्यवहार देखिएकाले कब्जा गरिएका सम्पत्ति फिर्ता हुनेमा फेरि पनि शङ्का रहेको स्पष्ट पार्नुभयो ।
उहाँले माओवादीकै कारण देशको अवस्था बिग्रँदै गएको पनि बताउनुभएको छ।
Popularity: 16%
January 29th, 2009
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले देशमा मानवअधिकारको अवस्था सन्तोषजनक नभएमा चिन्ता व्यक्त गर्नुभएको छ ।
सञ्चारकर्मीहरूसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले सही र तथ्य सूचना प्रसारण प्रकाशन गर्ने सञ्चारकर्मीहरूमाथि धम्की, हत्या, हिंसाका घटना भइरहनुले मानवअधिकारको स्थिति दयनीय बनाएको स्पष्ट पार्नुभयो ।
मानवअधिकारको विषय सरकारको प्रमुख एजेन्डा (कार्यसूची)को विषय नभएको रुपमा आफूले पाएको उल्लेख गर्दै आयोगका अध्यक्ष उपाध्यायले मानवअधिकारलाई राजनीतिक र सत्तालाई सञ्चालन गर्ने विषयको रुपमा लिइएको बताउनुभयो।
राजनीति र अपराधलाई फरक ढङ्गले हेरिनुपर्ने उल्लेख गर्दै उहाँले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने कार्यले दण्डहीनता बढाउने धारणा व्यक्त गर्नुभयो।
मानवअधिकारको अवस्था बुझ्न यहाँ आउनुभएका आयोगका अध्यक्ष उपाध्यायले सुरक्षा निकायका प्रमुखसँग पनि छलफल गर्नुभयो।
आयोगको टोलीमा आयोगका सदस्य रामनगिना सिंहको पनि सहभागिता थियो।
Popularity: 16%
January 29th, 2009
एचकेनेपाल डट कम संवाददाता-
तराई मधेस लोकतान्त्रिक पार्टी मधेसी समुदायको मागका सम्बन्धमा सरकार गम्भीर नरहेको आरोप लगाउँदै आन्दोलन गर्ने भएको छ। पार्टी प्रवक्ता सर्वेन्द्रनाथ शुक्लका अनुसार यही माघ २३ देखि १६ गतेसम्म गरिने आन्दोलनमा धर्ना, जुलुस, विरोधसभा, बन्द र हडताललगायतका दबाबमूलक कार्यक्रम रहने छ।
उहाँले पार्टीले आन्दोलन र जनमत सङ्कलनका कार्यको विस्तृत खाका प्रस्तुत गर्न महामन्त्री महेन्द्र यादवलाई जिम्मेवारी दिएको जानकारी दिनुभयो।
महामन्त्री यादवको प्रस्तावमा आज बिहान बस्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अन्तिम निर्णय गर्ने प्रवक्ता शुल्कले बताउनुभयो।
सो पार्टी एक मधेस एक प्रदेशका साथै राज्यका प्रत्येक अङ्गमा समावेशी र समानुपातिक व्यवस्था हुनुपर्ने माग गर्दै आएको छ।
Popularity: 15%
January 29th, 2009
एचकेनेपाल डट कम संवाददाता-
शिक्षण करवापत शिक्षा क्षेत्रमा लगाइएको पाँच प्रतिशत अतिरिक्त करको व्यवस्था हटाउन निजी शिक्षण संस्थाका तर्फबाट सरकारसँग आग्रह गरिएको छ। खुद मुनाफाको २५ प्रतिशत र छात्रवृत्तिवापत १० प्रतिशत कर तिरी मुलुकको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका निजी शैक्षिक प्रतिष्ठानमा पुनः पाँच प्रतिशत कर लगाउनु न्यायसङ्गत नभएकाले त्यसमा पुनःविचार हुने निजी क्षेत्रले विश्वास गरेको छ।
प्याब्सनका अध्यक्ष भोजबहादुर शाहले ‘सबैका लागि शिक्षा’ भन्ने अवधारणाका साथ अघि बढिरहेको सरकारले न्यायिक मूल्य र मान्यताविपरीत पाँच प्रतिशत अतिरिक्त कर लगाएर गुणस्तरीय शिक्षा पाउने जनताको अधिकार हनन् गर्न खोजेको आरोप लगाउनुभयो।
उहाँले प्याब्सन, एन प्याब्सनलगायत सात संस्थाले पाँच प्रतिशत कर तिर्न नसक्ने भनी सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइसकेको जानकारी दिँदै खुद मुनाफाको नभई प्राप्त रकमको नै पाँच प्रतिशत बुझाउनुपर्ने कानुनी व्यवस्थाका कारण अभिभावक वर्ग मर्कामा पर्ने बताउनुभयो।
सरकारले सार्वजनिक विद्यालयको गुणस्तर सुधार गर्न र दुर्गमलगायत सीमान्तकृत वर्गलाई शिक्षामा पहुँच पुर्याउन मद्दत पुगोस् भनी निजी क्षेत्रका शिक्षणसंस्थालाई पाँच प्रतिशत करको व्यवस्था गरेको छ।
समानतामुखी एवम् जनपक्षीय शिक्षा प्रदान गर्न पाँच प्रतिशत करको व्यवस्था गरिएको बताउँदै शिक्षा मन्त्रालयले नयाँ नेपाल निर्माण प्रक्रियामा साथ दिन निजी क्षेत्रसँग आग्रह गरेको छ।
अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घलगायत सात विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूले नयाँ नेपाल निर्माणका लागि नयाँ शिक्षानीति ल्याउनु पर्ने माग गर्दै निजी शैक्षिक प्रतिष्ठानले पनि अभिभावकलाई थप आर्थिक भार नपर्ने गरी पाँच प्रतिशत शुल्क बुझाउन आनाकानी गर्न नहुनेमा जोड दिएको छ।
Popularity: 16%
January 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
आफ्नै ससुरा र बुहारीबीचमा अनैतिक सम्बन्ध भएको सुन्दा सम्भवतः कसैलाई पत्यार लाग्दैन । तर यस्तै नपत्याउँदो घटना चितवन जिल्लामा भएको छ। चितवन जिल्लाको ब्रहृमपुरी बगौडा गाविस, वडा नं. ८ निवासी ५९ वर्षीय चन्द्रकान्त लामिछानेलाई भतिजा पर्ने केशव लामिछानेकी २७ वर्षीया पत्नी हीरा लामिछानेलाई भगाई ल्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ।
वीरगञ्जस्थित नयाँ बसपार्कमा रहेको शान्तिलजमा बसिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको हुलियाका आधारमा पक्राउ गरिएको बताइएको छ। हीराको पतिले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
दुई छोरी र एक छोरा गरी तीन बच्चाकी आमा हीराले आफूले चन्द्रकान्त लामिछानेको पाँच महिनाको गर्भ बोकेको बताइन्। चन्द्रकान्तले आफूहरूबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र यतै घरजम गरी बस्ने योजना बनाई आएको बताए।
Popularity: 16%
January 28th, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम-
वीरगन्जको भेडियाहीस्थित नेशनल मेडिकल कलेजमा प्रहरीले आन्दोलनरत कर्मचारीहरुमाथि बुधवार हवाइ फाइरिङ र लाठीचार्ज गरेको छ।
स्थानीय वासिन्दा र स्वास्थ्यकर्मीहरु नारावाजी गर्दै अस्पताल परिसरमा प्रवेश गरेपछि प्रहरीले हवाइ फाइरिङ र लाठीचार्ज गरेका हुन्। आक्रोसित स्वास्थ्यकर्मीहरुले नेशनल मेडिकल कलेजको गेट वाहिर नारावाजी गर्दै माग पूरा नभएसम्म हड्ताल जारी बताएका छन्।
कर्मचारीमाथि भएको कुटपिट र दुर्व्यवहारको विरोधमा हिजोदेखि स्वास्थ्यकर्मी र कर्मचारीहरु संयुक्तरुपमा हड्तालमा उत्रिएका छन्। उनीहरूले दोषीविरुद्ध तत्काल कारवाहीको माग राख्दै विहानदेखि अस्पताल परिसरभित्रै धर्ना बसेका छन्। यसअघि उनीहरुले माघ १० गते २१ बुंदै मागपत्र बुझाउदै ७ दिने अल्टिमेटम दिएका थिए। व्यवस्थापन पक्षले माग पूरा नगरेसम्म हड्ताल जारी राख्ने आन्दोलनरत कर्मचारी र स्वास्थ्यकर्मीले बताएका छन्।
आन्दोलनका कारण कलेजको बहिरङ विभागको स्वास्थ्य सेवा आज दोश्रो दिनपनि ठप्प रहेको छ।
Popularity: 16%
January 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
सिन्धुलीको कपिलाकोट गाउँ विकास समितिमा विगत केही दिनदेखि फैलिएको अज्ञात रोगका कारण एक हजारभन्दा बढी स्थानीय कुखुरा मरेका छन्। उक्त रोग कपिलाकोट गाविसका ६,७ र ९ वडाका स्थानीयबासिन्दाको मरेको र रोग अन्यत्रसमेत फैलँदै गएको स्थानीय बासिन्दा नीरा मैनालीले बताइन्।
आफ्नो घरका मात्र ७५ वटा स्थानीय कुखुरा मरेको बताउँदै उनले भनिन्- घाँटी सुन्निएर पानी जम्ने र झोक्रिएर मर्ने गरेका छन् । कस्तो रोग हो भन्ने पहिचान हुन नसकेकाले अहिले गाउँ नै आतङ्कित भएको छ।
हालसम्म उक्त क्षेत्रमा जिल्ला पशुसेवा कार्यालयबाट प्राविधिक टोली पुगेको छैन।
जिल्ला पशुसेवा कार्यालयका प्राविधिक टीका श्रेष्ठले समयमा कुखुरालाई औषधि नखुवाएकाले उक्त रोग प्रकोपका रुपमा फैलिएको हुनसक्ने बताए।
Popularity: 16%
January 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाली सेनाले सरकारको आदेशको पालना गर्नुपर्ने बताउनुभएको छ। संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको बैठकमा उहाँले नयाँ सैन्य भर्ना प्रक्रिया स्थगित नभए सरकार कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिदैं भन्नुभयो-’आदेश दिने काम सरकारको हो, आदेश उल्लङ्घन गर्न पाइँदैन। सरकारको आदेश पालना नगरे चिज अर्कै बन्छ।’
सैन्य भर्ना प्रक्रिया स्थगन गर्न रक्षा मन्त्रालयले निर्देशन दिइसकेकाले मन्त्रालयको निर्देशनलाई सेनाले पालना गर्नुपर्ने बताउँदै रक्षामन्त्री थापाले सेना भर्नाको विषयलाई उचालेर रक्षामन्त्री र प्रधानसेनापतिलाई जुधाउने प्रयास भइरहेकामा आपत्ति जनाउनुभयो।
नेपाली सेनाका उच्च अधिकारीले सरकारको निर्देशन पालना गर्न तयार रहेको बताए पनि केही विषयमा सरकारी निर्देशन पालना नभएकामा रक्षामन्त्रीले आपत्ति प्रकट गर्नुभयो।
उहाँले सेनाका लागि कानुनको नभई सेनाका उच्चअधिकारीमा विचार र प्रवृत्तिको समस्या रहेको स्पष्ट पार्दै नयाँ संविधानमा सेनालाई सामाजिक संरचनाअनुसार चल्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिनुभयो।
Popularity: 16%
January 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय जनशक्ति पार्टी केन्द्रीय कार्यसमितिको बैठकले प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताप्रति विश्वास गर्ने सम्पूर्ण दलसमक्ष समझदारीका आधारमा ‘बृहत् प्रजातान्त्रिक शक्ति’ निर्माण गर्न आह्वान गरेको छ। सो प्रयोजनका लागि पार्टीका तर्फबाट आवश्यक सम्पूर्ण भूमिका खेल्न पार्टी अध्यक्ष सूर्यबहादुर थापालाई पार्टी केन्द्रीय समितिको बैठकले जिम्मेवारी र अधिकार प्रदान गरेको छ।
बैठकले पार्टीको राष्ट्रिय सम्मेलन आगामी २०६६ साल बैशाख महिनाको तेस्रो सातामा काठमाडौँमा गर्ने निर्णय गरेको छ।
बैठकले पार्टीको प्रथम केन्द्रीय महाधिवेशन आगामी २०६६ साल भदौमा गर्ने र मिति आगामी बैशाखमा निर्धारण गर्ने निर्णय पनि गरेको छ।
फागुन र चैतमा अञ्चलगतरुपमा कार्यकर्ता भेला गर्ने तथा माघको बाँकी समय, फागुन र चैतमा सङ्गठन विस्तार अभियान सञ्चालन गरी प्रत्येक जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने निर्णय पनि भएको छ।
स्वतन्त्र प्रेस र मानवअधिकारलाई उच्च सम्मान प्रदान गर्दै विना कुनै बाधाअड्चन अहम भूमिका खेल्न दिनुपर्छ भन्ने माग पनि बैठकले गरेको छ।
Popularity: 16%
January 28th, 2009
एस, काठमाडौं / एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघले मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलका लागि यात्रुको सामान ओसार्ने १ सय थान ट्रली निःशुल्क प्रदान गरेको छ।
संघका अध्यक्ष उपेन्द्र महतोले एक कार्यक्रमबीच मंगलबार त्रिभुवन विमानस्थलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीलाई ती ट्रली हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष महत्तोले नयाँ पर्यटन वर्ष सफल पार्न संघले संसारभर निःशुल्क प्रचार प्रसार गर्ने बताए। सरकारले ग्यारेन्टी दिए आफूहरूले देशमा ढुक्क भएर लगानी गर्न तयार रहेको उनले बताए। विश्व आर्थिक मन्दीका कारण विदेशबाट नेपाली कामदार फर्काउने क्रम जारी रहेकाले संघले रोक्ने पहल गरिरहेको अध्यक्ष महतोले बताए।
संघले १ सय ट्रली उपलव्ध गरेपछि अब विमानस्थलमा चालु हालतमा रहेको ट्रली संख्या ३ सय २५ पुगेको छ। विमानस्थलमा १ हजार ट्रली आवश्यक रहेको बताएको छ। संघले आगामी अप्रिलमा थप २ सय ट्रली उपलव्ध गराउने जनाएको छ।
विमानस्थलले पनि थप ५ सय ट्रलीका लागि टेन्डर खोलेर कम्पनी छनोट गरिसकेको छ। स्मार्ट कार्ड टेक्नोलोजी कम्पनीले पनि विमानस्थलको लागि निःशुल्क ५ सय ट्रली उपलव्ध गराउने प्रस्ताव राखेको विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक त्रिरत्न मानन्धरले जानकारी दिएको छ।
Popularity: 16%
January 28th, 2009
एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमलाई थप उपचारको लागि बुधवार दिउँसो थाइल्याण्डको राजधानी बैंकक लगिने भएको छ।
महारागन्जस्थित न्युरो अस्पताल भर्ना हुनुभएका गौतमलाई थप उपाचारको लागि थाई एयरवेजबाट पौने २ बजे बैंकक लगिने तयारी भैरहेको स्रोतले बताएको छ।
उहाँलाई केही दिनदेखि निरन्तर टाउको दुख्ने, ज्वरो आउने गरेकाले स्वास्थ्य परीक्षणका सिलसिलामा अस्पताल भर्ना हुनुभएको थियो। उहाँ करीव एक सातादेखि अस्पतालमा हुनुहुन्छ।
Popularity: 19%
January 28th, 2009
Previous Posts