Archive for January 31st, 2009

प्रभातको भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण

प्रभातको भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
प्रभात पुन गठित लेखेर भ्रम हटाउन आग्रह

हालै संचारमाध्यमहरुमा “प्रनेसासमा नयाँ नेतृत्व, चौथो प्रभात पुरस्कार चाडै घोषणा हुने” हुने भ्रमपूर्ण समाचारप्रति हाम्रो ध्यान गएको छ र वास्तविक कुरा बाहिर ल्याउन जरुरी भएको छ।

प्रभात (प्रवासी नेपाली साहित्य समाज) र कसासंघ(नेपाली कला,साहित्य तथा संगीत मञ्च,यु.के )बीच सेप्टेम्बर १३, २००८ मा संयुक्त बैठक बसी यी दुई साहित्यिक संस्थाहरुलाई अझै फराकिलो, सशक्त र बृहत वनाउने उद्धेश्यअनुरुप दुबै संस्थालाई मिलाएर नेपाली प्रतिभा प्रतिष्ठान वेलायतको गठन गरेको कुरा सर्वविदितै छ। यसरी प्रतिष्ठानमा मिली सकेको संस्थालाई पुनः नयाँ कार्यसमितिसहित गठन गरी भ्रमपूर्णरुपले समाचार संप्रेषाणा गर्नु साहित्यकारको नैतिकताले नदिनु पर्ने हो तर सुरेन्द्र इङनामको नेतृत्वमा प्रभातको नयाँ कार्यसमिति चयन गरिएको छ।

विधान, प्रक्रियामा र नैतिक अनुशासन पालन नगरिने कुनै पनि संघसंस्था वास्तविक रुपमा संघसस्थाको नाममा धब्बामात्र हुन जान्छ। म यो विधान र प्रक्रियाको कुरा किन उठाउदैछु भने प्रभात र कसासंघको संयोजन भएर प्रतिभा प्रतिष्ठानको गठन हुंदा प्रभातको विशिष्ट अध्यक्षसहित सदस्यहरुको पूर्ण बहुमतले उक्त कुरा पारित गरेको हो। हालै गठन गरिएको भनिएको प्रभातको नयाँ कार्यसमितिको महासचिव नवराज राई स्वयम पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो र प्रतिष्ठानको गठनमा हस्ताक्षार गर्नु भएको छ। उहाँ पनि प्रतिभा प्रतिष्ठानको सदस्य हुनुहुन्छ। तर प्रतिष्ठानमा मिलिसकेको प्रभातको नाम लिएर सुरेन्द्र इङनामको नेतृत्वमा गठन गरिएको भनिएको प्रभातको नयाँ कार्यसमितिको महासचिवमा नाम देख्दा आश्चर्य लागेको छ।

यदि उहाँहरुको फरक विचार हो या प्रतिष्ठानसंग असहमति हो भने कुनै नयाँ साहित्यक संस्था खोलेर अगाडि बढ्‍नु भएको भए या त यो प्रभातको बहुमत पक्ष प्रतिष्ठानमा मिलेपनि असन्तुष्ट पक्षले प्रभात नै लाने भए पनि प्रभात (पुनर्गठित) भन्ने पुच्छर लिएर अगाडि बढ्‍नु भएको भए यो किचलो हुने थिएन र त्यो नै विधान सम्मत, प्रक्रियापूर्ण र डेमोक्रेटिक र विवादरहित हुने थियो।

साथै “चौथो प्रभात पुरस्कार चाडै घोषाणा हुने” भन्ने समाचारको खण्डन गर्न चाहन्छु। प्रभातले बार्षिकरुपमा दिदै आएको प्रभात पुरस्कार प्रभात प्रतिभा प्रतिष्ठानमा मिलेपछि प्रतिष्ठानले प्रभात पुरस्कारलाई निरन्तरता दिने निर्णयसहित यो बर्षको प्रभात पुरस्कार पत्रकार तथा साहित्यकार नविन विवसलाई यहि माघ ८ गते वृहत कार्यक्रम गरी प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रक्षा राईको उपस्थिति र डा.गोविन्द भट्टराइको प्रमुख आथित्यमा प्रदान गरेको छ।

स्मरणीय रहोस् प्रभात पुरस्कार पाउने विवस चौंथा हुन्। यसअघि प्रभात पुरस्कारबाट सम्मानित हुनेहरुमा सुजन वाला (०५), शशि लुमुम्बु (०६) र रमेश पौडेल (०७) रहेका छन्। यसरी प्रतिष्ठानले दिइसकेको प्रभात पुरस्कार फेरि दिन्छु भन्नु कति गैरजिम्मेवार हो? आम बौद्धिक जमातले पनि मूल्याङकन गर्न सक्नुहुन्छ। अन्त्यमा, म के भन्न चाहन्छु भने फरक विचार हुनु स्वाभाविक हो, स्वतन्त्ररुपमा कुनै पनि संघसस्था चलाउनुमा कसैको विरोध, आपत्ति हुदैन तर कुनै पनि मिलिसकेको संस्थाको नाममा कानुनी प्रक्रियाले नछुने भन्दैमा अप्रजातान्त्रिक, प्रक्रियाविहीन, अवैधानिक काम नगन हुन अनुरोध गर्दछु। यसले किचलो थप्ने काम मात्र गर्छ। यो प्रभात पहिले नै प्रतिष्ठानमा मिलिसकेकोले अन्य नाममा संस्थाखोलेमा या प्रभात (पुनगठित) लेखेमा कसैलाई आपत्ति हुने थिएन।

– प्रतिभा प्रतिष्ठान वेलायतको लागि
अप्जसे कान्छा

Popularity: 16%

Add comment January 31st, 2009

बहराइनमा संबिधानसभा बारे एक दिने विचार गोष्ठी

सन्तोष दाहाल, बहराइन / एचकेनेपाल डट कम -
देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख भइरहेको अवस्थामा यसको असर कामको सिलसिलामा खाडी मुलुक बहराइन छिरेका नेपालीहरु माझ पनि गरमागरम रुपमा देखिएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराइनको पहलमा शुक्रवार संविधान सभा बिषयगत एक दिने विचार गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा बुद्धिजीवी महानुभावहरुले दिएका विचारहरु नेपालमा नयाँ संबिधान बनाउनका लागि प्रयोग गरिने छ।

नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न गोष्ठीमा स्वतन्त्र नेपाली साथै बिभन्न बुद्धिजीवी, संघसंस्थाको प्रतिनिधिहरु सहभागी थिए। गोष्ठीको सञ्चालन गैर आवासीय संघ बहराइका अध्यक्ष बासुदेव भट्टराईले गरेका थिए। “हाम्रो संविधान कस्तो हुनुपर्छ” भन्ने मूल बिषय रहेको विचार गोष्ठीमा सहभागीहरुले आफ्ना विचार र जिज्ञासाहरु राखे। नयाँ नेपालको निर्माणको आधारभूमि मानिएको संविधानसभाले तय गर्ने संवैधानिक स्वरुप र ढाँचा बारे छफफल भएको थियो। गोष्ठीमा खास गरी संवैधानिक समिति, जनमत संकलन तथा समन्वय, व्यवस्थापिका अंगको स्वरुप निर्धारण, राष्ट्रिय हितको संरक्षण जस्ता बिषयमा छलफल केन्द्रीत रहेको थियो।

परदेशमा रगत र पसीना बगाउँदै आएका नेपालीहरुले सबै भन्दा बढी राष्ट्रिय हितको संरक्षण शीर्षकको बूँदामा चासो राखेका थिए। त्यसमा पनि सार्वभौम सत्ता, राष्ट्रिय एकता र अखण्डताको संवैधानिक संरक्षणका उपायहरुमा परदेशी नेपालीको चिन्ता थियो। सहभागी वक्ताहरुले धेरै बिषयमा आफ्नो राय, सल्लाह र सुझाव दिए पनि देशमा बढेको दण्डहीनताको स्थितिप्रति दुःख व्यक्त गरे। विचार गोष्ठीका सहभागी मध्येमा बहराइन नेपाली एकता समाजका महासचिव एल. बी. रानाले देशमा केही गर्छु भन्ने असल भावनाका नेताले स्थान पाउन नसक्नुमा पार्टीमा अलोकतान्त्रिक पद्धतिको प्रभाव हो भनी आफ्नो राजनितीप्रतिको चासो व्यक्त गरे।

त्यस्तै अर्का सहभागी वीरध्वज सिवाले संकटकालीन अवस्थाको घोषणा गर्ने अधिकार राष्ट्रपतिमा हुनु पर्ने सुभाव दिए। अर्का सहभागी दुर्गा गिरीले वैदेशिक रोजगारीको नियन्त्रण सरकारले नै लिएर व्यवस्थित गर्नु पर्ने बताए। सहभागी प्राय सबैले बहराइनमा नेपाली दूताबास खोलिनु पर्ने र बहराइनसंग कुटनीतिक संबन्ध अझ गाडा बनाउनु पर्नेमा जोड दिए। नेपालको राज्यव्यवस्था सही ढंगले अघि बढ्न नसक्नुको कारणमा नातावाद, कृपावाद, भ्रष्टाचार, नेतृत्वको सत्ता प्राप्तिको दौडधुप, व्यक्तिगत र पार्टीगत मात्र चिन्तन रहेकोले हो भन्ने बिषय सबै सहभागीको साझा असन्तुष्टी थियो।

बहराइनबाट सन्तोष दाहाल

Popularity: 16%

Add comment January 31st, 2009

कोलकत्ता टिमद्वारा आयोजक सहारा टिम पराजित

एस, पोखरा/ एचकेनेपाल डट कम -
पोखरामा जारी सातौं आहा गोल्ड कप फुटबल प्रतियोगितामा कोलकत्ताको बेलगेरिया टिमले आयोजक सहारा क्लबलाई शनिवार पराजित गरेको छ।

बेलगेरिया टिमले पहिलो क्वार्टरफाइनलमा सहारालाई १-० ले पराजित गरेपछि आयोजक सहारा क्लव प्रतियोगिताबाट बाहिरिएको छ भने बेलगेरिया टिमले सेमिफाइनलमा प्रवेश पाएको छ।

बेलगेरियाका टिम कप्तान इजीले पहिलो हाफको ३४औं मिनेटमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्न पुगेको थियो। उनले पेनाल्टी-बक्सभित्र इच्छा गुरुङले ह्यान्ड गरेपनि प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

भारत कोलकत्ताको बेलगेरिया टिममा तीन नाइजेरियन र एक यु १९ का राष्ट्रिय खेलाडी समावेश छन्। उक्त टिमले आहा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको हो।

Popularity: 16%

Add comment January 31st, 2009

पश्चिमा समाजमा बाल बिकासको बिग्रदो बातावरण

- लोकनारायण सुवेदी
बाल बच्चाको बिकासमा पारिवारिक, सामाजिक तथा शैक्षिक परिवेशको गहिरो प्रभाव पर्दछ भन्ने कुरामा कसैको बिमति छैन। एउटा बच्चा भबिष्यमा गएर देशको कस्तो नागरिक बन्ने हो भन्ने यथार्थ के कुरामा निर्भर गर्दछ भने त्यस बच्चाका आमाबाबुले त्यसमा कस्तो संस्कार पैदा गर्दछन् र उसको पालन पोषणमा कत्तिको ध्यान दिने गर्दछन् - जस्तो परिवेशमा बच्चा रहन्छ त्यस्तै प्रकारको बानी ब्यहोरा र आचरण उसमा बिकसित हुनेछ र उसले पनि त्यस्तै ब्यवहार गर्न थाल्दछ। (more…)

Popularity: 16%

Add comment January 31st, 2009

फुलचोकीको जंगलमा आगलागी

एस, काठमाडौं / एचकेनेपाल डट कम -
जहाज अवतरण सूचक टावर, नेपाल टेलिकम र रेडियो नेपाल टेलिभिजनका टावर रहेको फुलचोकीको जंगलमा शुक्रबार साँझदेखि आगलागी भएको छ।

आगो नियन्त्रण गर्न शनिबार विहानै ललितपुरस्थित बाणेगाउँबाट प्रहरीको टोली त्यसतर्फ गएको छ।

हालसम्म टावरहरू रहेको ठाउंमा आगलागी नभएकोले कुनै क्षति नपुगेको र जहाज अवतरण तथा उडान नियमित भएको विमानस्थल स्रोतले जनाएको छ। यदि टावरसम्म आगो फैलिए ठूलो क्षति हुने बताएका छन्। आगो नियन्त्रणको प्रयास जारी रहेको छ।

Popularity: 16%

Add comment January 31st, 2009

सोनसिकले नेपाल एक्सप्लोरका लागि कार्यक्रम गर्ने

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
कोरियामा अध्ययनरत नेपाली बिद्यार्थीहरुको साझा सस्था सोनसिकको आयोजनामा आगामी फेब्रुवरी ४ तारिख बुधवारका दिन युन्जे यूनिभर्सिटिमा नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

युन्जे यूनिभर्सिटीको सहयोग तथा सहकार्यमा आयोजना हुन लागेको नेपाल डे नामक उक्त कार्यक्रमको प्रमुख उद्धेश्य नेपालको कला साँस्कृतिक सम्पन्नतालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउँने रहेकोछ।

बहुराष्ट्रिय दर्शकहरुको सहभागिता रहने गरी युन्जे यूनिभर्सिटीले प्रचारप्रसार गरिदिने उक्त कार्यक्रम हेर्न आउँने दर्शक तथा पाहुनाहरुका लागि नेपाली खाना तथा कार्यक्रम हेर्न निःशुल्क ब्यवस्था गरिएको छ।

कार्यक्रम चलाउँन लाग्ने न्यूनत्तम खर्चको लागि संघ सस्था तथा ब्यक्तिहरुले आफ्नो स्वइच्छाले सहयोग गर्न सकिने सोनसिकका अध्यक्ष टेक घिमिरेले जानकारी दिएका छन्। समय तथा आर्थिक अभावका बावजुत पनि विद्यार्थी समाजले निःशुल्क गर्न लागेको उक्त कार्यक्रम नेपाल एक्सप्लोरका लागि भएको बताइएको छ। बिद्यार्थी समाजले गर्न लागेको सो कार्यक्रम सफलताको लागि कोरियामा बिभिन्न पेशामा आवद्ध रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।

Popularity: 16%

Add comment January 31st, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2009
M T W T F S S
« Dec   Feb »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....