Archive for February 1st, 2009

मनोज गुरुङ भए ‘गण्डकी तारा’

एस, पोखरा / एचकेनेपाल डट कम -
पाँचौ लेखनाथ महोत्सवमा आइतवार सम्पन्न गण्डकी तारा प्रतियोगितामा कास्की माझठानाका मनोज गुरुङले ‘गण्डकी तारा उपाधि’ जितेका छन्।

मनोज गुरूङले दर्शकको प्रवेश टिकटको भोटिङको आधारमा गण्डकी ताराको उपाधि जितेका हुन्। उनले १२ हजार ३ सय ३६ र उनका निकटत्तम प्रतिस्पर्धी स्याङजाका नरजंग गुरुङले ९ हजार दुइ सय ४५ दर्शक भोट प्राप्त गरेका थिए। उपाधि विजेतालाई नगद रु.४० हजारसहित प्रमाणपत्र रहेको छ।

एक सय २५ जनाको आवेदन परेको प्रतियोगीतामा स्वर छनोटपछि ५५ जनाले सहभागीता जनाउने अवसर पाएका थिए। आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन आयोजना गरिएको पाँचौ लेखनाथ महोत्सव माघ ९ गतेदेखि आजसम्म सञ्चालन भएको थियो।

Popularity: 9%

Add comment February 1st, 2009

अपहरणको विरोधमा भैरहवा बजार बन्द

एस, काठमाडौं / एचकेनेपाल डट कम -
रुपन्देही क्याम्पसमा स्नातक तहमा अध्ययनरत नागेन्द्र केवटको अपहरणको विरोधमा विद्यार्थीहरुले आइतवार भैरहवा बजार बन्द गराएका छन्।

विद्यार्थीहरुले आफ्ना सहपाठी केवटको सकुशल रिहाइका लागि पहल गर्न सरकारसित माग गर्दै भैरहवा बन्दको आह्वान गरेका हुन्। बन्दका कारण बिहानैदेखि भैरहवाका सम्पूर्ण शैक्षिक संघसंस्थामा पढाइ ठप्प भएको छ भने सवारी यातायातमा प्रभाव परेको छ। सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्डमा सवारी साधनहरू कम चलेका छन्।

रुपन्देही गोनाहा-२ का केवट माघ १३ गते क्याम्पस आउने क्रममा बाटामै अपहरणमा परेका थिए। उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

Popularity: 9%

Add comment February 1st, 2009

एमाले र माओबादीबीच आरोप प्रत्यारोप नगर्ने सहमति

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सत्ताधारी दुई प्रमुख दल एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच सार्वजनिक ठाँउहरूमा आरोप प्रत्यारोप नगर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको छलफलमा सत्ताधारी दुई दलबीच सार्वजनिक ठाँउहरूमा आरोप प्रत्यारोप नगर्ने सहमति हो। दुई दलहरू सरकारको न्यूनत्तम मूल्य र मान्यतालाई पालना गर्न सहमति भएका हुन्।

आपसी आरोप प्रत्यारोपले कार्यकर्ताहरू भड्किने भएकाले यस्ता स्थितिहरूलाई निरूत्साहित गर्न उनीहरूबीच सहमति भएको हो। सहमतिपछि आफ्ना कार्यकर्ताहरूलाई दुबै पार्टीले सामूहिक आहृवान गर्दै दिनहूं जस्ता भैरहेका कार्यकर्ता झडपको अन्त्यको आग्रह गरिने छलफलमा सहभागी एक नेताले बताए।

Popularity: 9%

Add comment February 1st, 2009

बजारको बहस सुनेर प्रम अचम्ममा

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई तुरुन्तै राहत पुग्ने गरी परिवर्तनको अनुभूति दिने र अध्यादेशमार्फत् आर्थिक क्षेत्र विकास कोष बनाई विकास निर्माण गर्ने योजनाका साथ अध्यादेश ल्याइएको स्पष्ट गर्नुभएको छ।

मागपत्र बुझाउन प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका कर्णालीका विभिन्न राजनीतिक दल एवं नागरिक समाजका प्रतिनिधिसँग कुराकानी गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

संविधानविपरीत चल्ने सरकारको कुनै सोच नरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-'’राष्ट्रका नाममा सम्वोधन गरेलगत्तै मैले राष्ट्रपतिसँग भेटेर केही अध्यादेश ल्याइन लागेको जानकारी गराएको थिएँ, त्यसक्रममा राष्ट्रपतिले वर्तमान संविधानले जनताको हित र पक्षमा अध्यादेश ल्याउन सरकारलाई पूर्ण अधिकार दिएको छ, ठीकै त छ भन्नुभएको थियो।'’

जनतालाई राहत दिन र राष्ट्रको विकासका लागि संसद नचलेको अवस्थामा अध्यादेशमार्फत् नयाँ योजना ल्याइनु तर्कसंगत भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-’अध्यादेश आएपछि बजारमा चलेको बहस सुन्दा अनौठो लाग्छ।’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानी एवं सहकारी बोर्डमार्फ् देशको आर्थिक विकासको प्रक्रियालाई केन्द्रीत गर्ने सोचका साथ देशका विभिन्न स्थानमा ‘इकोनोमिक जोन’ बनाउने गरी छिट्टै अध्यादेश ल्याएर त्यसमा कर्णालीजस्तै पछि पारिएका उत्पीडित क्षेत्र, वर्ग, समुदायमा प्याकेज कार्यक्रम लैजाने प्रक्रिया थाल्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो।

कर्णालीबासीले प्रधानमन्त्री प्रचण्डसमक्ष १५ बुँदे माग पत्र बुझाउँदै कर्णालीलाई स्वायत्त विशेष गणराज्य घोषणा गर्न माग पनि गरेका छन्।

Popularity: 9%

Add comment February 1st, 2009

सात हजार रुपैयाँमा सम्बन्धबिच्छेद

एचकेनेपाल डट कम संवाददाता-
कालीकोटका ग्रामीण बस्तीमा महिला अधिकारविरुद्धका घटनाहरु बढ्न थालेका छन्। पुरुषहरुले विवाहपछि मन नपराउँदा केही रकम दिई पत्नीलाई सम्बन्धबिच्छेद गर्ने गरेको पाइएको छ।

पछिल्लोपटक कालीकोट जिल्लाको सदरमुकामसँग जोडिएको वदालकोट गाविस-५ की राजिमा खड्का र सोही गाविस-८ का पूर्ण कठायतबीच ०६३ सालमा प्रेम विवाह भए पनि श्रीमानदे पछि मन नपराउँदा दुई वर्षपछि राजिमालाई सात हजार रुपैयाँ दिएर सम्बन्ध बिच्छेद गरिएको थाहा भएको छ। विगतमा पनि यस्ता घटना भएका उदाहरण पाइन्छन्।

स्थानीय बासिन्दाहरुको सहभागितामा उक्त निर्णय भएकोमा स्थानीय महिला अधिकारकर्मी तथा महिला अगुवाहरुको उपस्थितिबिना सात हजारमा सम्बन्धबिच्छेद गरिएको भन्दै सोही गाउँकी रमा कठायतले कडा आलोचना गर्नुभएको छ।

पारालिगल सङ्गठन (पारो) कालीकोटले आयोजना गरेको गाउँ एकाई अभिमुखीकरण गोष्ठीका समयमा स्थानीय महिलाहरुको भेलामा महिलामाथि आइपर्ने समस्या समाधान गर्न महिलाहरुले सक्षम हुनुपर्नेमा जोड दिँदै पुरुषहरुलाई महिलाको सहभागिताबिनाको छलफलमा यस्ता निर्णय नलिन आग्रहसमेत गरेका छन्।

Popularity: 9%

Add comment February 1st, 2009

अँध्यारोविरुद्ध कविता र मैनबत्ती

एचकेनेपाल डट कम संवाददाता-
विद्युत् लोडसेडिङविरुद्ध कविहरु पनि बिस्तारै जुर्मुराउन थालेका छन्। शुक्रबार त्रिपुरेश्वरमा र शनिबार कपनमा अँध्यारोविरुद्ध थुप्रै कविता पाठ गरिए।

कपन साहित्य समाजको आयोजनामा शनिबार भएको सो विशेष कविगोष्ठीमा मञ्जुल, श्याम रिमाल, विप्लव ढकाल, दीपक लोहनी, चेतनाथ आचार्य, विमला तुम्खेवा, आर एम डङ्गोल, बुनु लामिछाने, देवकी आचार्य, थरेन्द्र बराल, प्रकाश थाम्सुहाङ, सौरभराज शर्मा, गणेश मिश्रलगायत करिब ३० जनाले अँध्यारोको विरोधमा कविता तथा प्यारोडी प्रस्तुत गरेका थिए।

सो अवसरमा कविहरुले दिउँसै मैनबत्ती पनि बालेका थिए।

Popularity: 9%

Add comment February 1st, 2009

इलामका कुखुरा भकाभक मर्न थाले

एचकेनेपाल डट कम संवाददाता-
इलामको आमचोक गाउँ विकास समितिमा भकाभक कुखुरा मर्न थालेका छन् । स्थानीय प्रहरीचौकीमा पालिएका ११ , स्थानीय धनपति घिमिरेका १४, र इन्द्र अधिकारीका चारवटा कुखुरा मरेका छन्।

ती कुखुरा पहिला एउटा, दुई वटा गर्दै मर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।

कुखुरा मर्न थालेपछि पशुसेवा उपकेन्द्रमा जानकारी गराउँदा त्यहाँ कोही कर्मचारी नभेटिएको र केन्द्रमा कार्यरत रामवृक्ष यादव महिनौंदेखि काजमा रहेको बुझिएको छ।

जिल्ला पशुसेवा कार्यालय इलामका डाक्टर रामपरीक्षण साहले यसबारे आफू अनभिज्ञ रहेको बताएका छन्।

Popularity: 9%

Add comment February 1st, 2009

एउटै कम्युनिस्ट केन्द्र खोल्ने पहल

एचकेनेपाल डट कम संवाददाता-
नेपालका सबै शीर्षस्थ वाम नेताहरुबीच संयुक्त छलफल भएको छ ।बाम बुद्धिजीवीको पहलमा राजधानीमा भएको चियापान कार्यक्रममा सहभागी नेताहरुले भविष्यमा एउटै कम्युनिस्ट केन्द्रको स्थापना गर्ने उद्देश्य तय गर्नुपर्नेमा जोड दिएका छन् ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा एउटै कम्युनिस्ट केन्द्रको आवश्यकता औंल्याउनुभयो ।

प्रवृत्ति र विचारको बहसलाई एउटै केन्द्रमा सञ्चालन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले कम्युनिस्टहरु मिलेर अघि बढ्नुको विकल्प नरहेकामा जोड दिनुभयो ।

पार्टीबीच सहमति हुन नसके मुलुकमा ठूलो दुर्घटना हुनसक्ने खतरा रहेको बताउँदै प्रधानमन्त्रीले दर्ुघटनाबाट जोगिन पनि कम्युनिस्टहरु मिल्नु अपरिहार्य रहेको बताउनुभयो ।

नेकपा (एमाले) र माओवादीबीच बढ्दै गएको दूरीप्रति सङकेत गर्दै एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले अहङ्कार र पूर्वाग्रह त्यागेर अगाडि बढ्नुपर्ने बेला आएको छ भन्नुभयो ।

नेकपा (मसाल)का भूमिगत महामन्त्री मोहनविक्रम सिंहले सही सिद्धान्त र नीतिको आधारमा वाम पार्टीबीच एकताको पहल आवश्यक रहेको बताउनुभयो ।

उहाँले सही सिद्धान्त र स्पष्ट नीतिका आधारमा सबै वाम पार्टीबीच एकताको पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले कम्युनिस्ट केन्द्र स्थापनाका लागि एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

नयाँ संविधानमा कम्युनिस्ट विचारधारा आउनुपर्ने र यसका लागि एकले अर्काको सम्मान र मर्यादा गर्नुपर्छ-नेता अधिकारीले भन्नुभयो ।

नेता अधिकारीले अहिले पनि कम्युनिस्टहरुले केही गर्न नसके जनताले नेपालका कम्युनिस्टमाथि प्रश्न उठाउने बताउनुभयो ।

वाम बुद्धिजीवी श्याम श्रेष्ठ, पद्मरत्न तुलाधर, हेमबहादुर विष्टलगायतको सक्रियतामा भएको चियापान कार्यक्रममा बामपन्थी नेता विष्णुबहादुर मानान्धर, रामसिंह श्रीस, चन्द्रदेव जोशी, नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यलगायतले नेपालका सवै बाम पार्टीबीच एकताको खाँचो औल्याउनुभएको थियो ।

Popularity: 9%

Add comment February 1st, 2009

डिपोर्टेशन बन्द गर्न जनप्रगतिशिल मचं बेल्जियमको आग्रह

दधिराज घिमिरे, ब्रसेल्स / एचकेनपाल डट कम -
नेपाली दूतावास र नेपाली जनप्रगतिशिल मचं, बेल्जियमका प्रतिनिधीहरुबीच नेपालको बर्तमान स्थिति र प्रवासमा रहेका नेपालीहरुले खेल्नुपर्ने भुमिकामा केन्द्रीत रही छलफल सम्पन्न भएको छ।

वेल्जियमका लागि नेपाली राजदूत प्रवेश हमालले नेपाललाई अहिले यूरोपियनहरुले लोकतन्त्रिक दिशातर्फ अघि बढेकोमा खुसी ब्यक्त गर्न थालेका छन भन्नु भयो। भर्खरै मात्र यूरोपियन यूनियनले प्रदान गरेको छ करोड यूरोले पनि बर्तमान सरकारलाई पूर्ण सहयोग रहेको पुष्टी गर्दछ भन्नु भयो। साथै उहाँले भर्खरै नेपालका प्राधानमन्त्रीले जनताको नाममा गर्नु भएको संबोधनले नेपाली जनताको परिवर्तको चाहना बमोजिम आएको भन्नु भयो। त्यस्तै उहांले नयां संबिधान निर्माण हुन गईरहेको यस अवस्थामा नेपाली जनप्रगतिशिल मचं, बेल्जियमको भूमिका अत्यन्तै महत्वपूर्ण हुने र बेल्जियममा यस संगठन लामो समयदेखि नपाली मुक्ति आन्दोलनमा हातेमाला गर्दै प्रवाशमा बस्ने नपालीहरुलाई राजनैतिक चेतना प्रदान गरेको उल्लेख गर्नुभयो। उहांले कुटनैकतिक र आर्थिक अभियानलाई अगाडि बढाउन नेपाली जनप्रगतीशिल मचं, बेल्जियमलाई आग्रह गर्नुभयो।

भेटघाट कार्यक्रममा नेपाली जनप्रगतिशिल मचं, बेल्जियमका अध्यक्ष बिष्णु भुजेलले नेपाली जन प्रगतिशील मञ्च वेल्जियमको विगतका गतिविधि तथा आगामी योजनाको वारेमा जानकारी गराउनु भएको थियो। उहांले यस संगठनको मुख्य कार्य भनेको वेल्जियमवासी नेपाली तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको राजनैतिक परिवर्तनको वारेमा प्रष्ट्याउंदै नेपालको विकासमा सहभागी गराउने र वेल्जियमवासी नेपालीहरुको हकहितका लागि संर्घषरत रहने हो भन्नुभयो। दूतावासले कानुनी प्रकृया मिलाएमा वेल्जियमवासी नेपालीले गर्न सक्ने विविध गतिविधिको वारेमा पनि वहांले प्रष्टयाउनु भयो। त्यस्तै गरेर नेपाली दुतावासहरुले युरोप स्तरीय कार्यक्रमहरुको आयोजना गरेमा संयुक्त नेपाली मोर्चा युरोपले सहयोग गर्ने कुरामा पनि विश्वस्त पार्नु भयो। मञ्चका प्रतिनिधीहरुले नेपालको बर्तमान स्थितिबारे आफ्ना बिचारहरु राखेका थिए।

त्यसैगरी मञ्चले बिगत लामो समयदेखि युरोपियन लगायतका देशहरुवाट अमानवीय तवरले नेपाली भाषामा वयान दिएको आधारमा जर्वजस्त नेपाल डिपोर्टेशन गर्ने कार्यलाई नेपाल सरकारले तत्काल बन्द गरोस् भन्दै प्रधानमन्त्रीलाई नपाली दूतावासमार्फत ज्ञापनपत्र बुझाएको छ।

Popularity: 9%

Add comment February 1st, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....