Archive for February 2nd, 2009
बीरेन्द्र पौडेल, मुम्बई / एचकेनेपाल डट कम -
बसन्तपञ्चमीको अवसर पारेर गत शनिबार श्रीकृष्ण भजन मण्डलीले आयोजना गरेको श्रीमद् भागवत महापुराण एकाहा एवं लक्षदिप प्रज्योलित महायज्ञ भव्य रुपमा सम्पन्न भएको छ।

दिनभर महापुरण र पूजा कार्य गरिएपछि साँझ ६ बजे लक्ष्वर्ती महादीप प्रज्वल गरिएको सो महायज्ञमा मुम्बईका विभिन्न स्थानहरुबाट फूल प्रसाद ग्रहण गर्न सयौं सद्धालु भक्तजनहरुको घुइचो लागेको थियो। पूजाको मुख्य पुजारीको रुपमा प. प्रेमनारायण शर्मा ढकाल र प. बासुदेवशरण उपाध्याय रहनु भएको थियो भने सो अवसरमा स्थानीय शिवसेनाका नगर सेवक गनपत वारिसे, नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष मास्टर थापा, संयुक्त नेपाली महासंघका अध्यक्ष तारा शर्मा, संघ आत्मबोधी रेयूकाईका प्रमुख शंकर जोशी बस्याल, पत्रकार दिनमणी पाण्डे लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो। महायज्ञ परामर्श दातृ कृष्ण कुमारी ढकाल तथा मुख्य कर्ताको रुपमा नारायण पाण्डे, लेखनाथ पन्त, कमला पन्त, दुर्गा ज्ञवालीलगायत रहेका थिए। श्रीप्रसाद न्यौपाने, देवराज पौडेल, विष्णु प्रसाद लम्साल, टेकराज ज्ञवाली, ध्रुव ज्ञवाली, दिवाकर बराल, विन्दुप्रसाद पौडेल, नारायण पाण्डे, हरिप्रसाद गैह्रेलगायतका पण्डितहरु सहभागी रहेको सो महापुराणमा दिपक गिरी र दिलिप सिंहले विशेष सक्रियता देखाएका थिए।

तस्वीरः बीरेन्द्र पौडेल, मुम्बई / एचकेनेपाल डट कम
श्रीपञ्चमीको अवसर पारेर मलाड पूर्वस्थित दुर्गा माता मन्दिर पिम्प्री पाडामा भएको सो महापुराणका विशेषगरी महिला श्रद्धालु भक्तजनहरुको सहभागी रहको थियो। महापुराण पश्चात सोहिस्थलमा अबेर रातसम्म भजन कृतन गरिएको थियो। श्रीकृष्ण भजन मण्डलीले प्रस्तुत गरेको भजनमा कविता रावत, देवी पाण्डे, कमला पाण्डे, आरती पाण्डे लगायतले विशेष नृत्य गरेका थिए।
Popularity: 16%
February 2nd, 2009
एस, पोखरा / एचकेनेपाल डट कम -
नेकपा माओवादी निकट अखिल नेपाल स्वास्थकर्मी संघले सोमबार बिहानदेखि पोखराको मणिपाल शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि ठप्प पारेको छ।
सरकारले निर्णय गरेको न्युनत्तम पारिश्रमिक पाउनुपर्ने र २ सय ४० दिन काम गरेकालाई स्थायी गर्नुपर्ने माग राख्दै उनीहरूले अस्पताल ठप्प पारेका हुन।
उनीहरूले एक महिनाअघि बुझाएको मागपत्रप्रति व्यवस्थान पक्षले ध्यान नदिएको भन्दै हिजो पनि दुई घण्टा अस्पताल ठप्प पारेका थिए। अस्पताल ठप्प पारिएपछि उपचारका लागि अस्पताल ल्याइएका विरामीहरू अलपत्र परेका छन्।
Popularity: 15%
February 2nd, 2009
एचकेनेपाल डट कम संवाददाता-
लोकसेवा आयोगका अध्यक्ष तीर्थमान शाक्यले लोकसेवा आयोगको विश्वसनियतालाई जोगाइ राख्नुपर्ने बताउनुभयो। उक्त कुरा उहाँले निजामति सेवाः राष्ट्र सेवा र वृत्ति विकासको सर्वोत्तम अवसर विषयक अन्तरक्रियामा बताउनुभएको हो।
लोकसेवा आयोगलाई सुदृढ गर्न जिल्लाबाट लोकसेवा आयोगको दरखास्त फारम सङ्कलन गरिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो।
समावेशीका आधारमा लोकसेवा आयोगले महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको वर्गसमुदायका नागरिकलाई क्रमशः ३३, २७, २२, ९, ५, ४ प्रतिशत कोटा छुट्याइएको जानकारी दिनुभयो।
सोही अवसरमा शाक्यले नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरीको भर्ती पनि लोकसेवा आयोगमार्फत् गर्न सरकारलाई सुझाव दिइएको उहाँले बताउनुभयो।
Popularity: 15%
February 2nd, 2009
एचकेनेपाल डट कम संवाददाता-
विक्रम सम्वत् २०६६ को चैत महिना लोप गरी एघार महिनाको एक वर्षको पञ्चाङ्ग (क्यालेन्डर) तयार गर्ने नेपाल सरकारको निर्णयविरुद्ध गठित सङ्घर्ष समितिले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई भेटी ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा नेपाल सरकारले हालै गरेको सरकारी निर्णय बदर गर्नेतर्फ सदन तथा सरकार समक्ष आवश्यक पहलका लागि अनुरोध गरिएको दक्षिण एसियाली ज्योतिष महासङ्घले जनाएको छ।
सङ्घर्ष समितिका प्रतिनिधिमण्डललाई संविधानसभाका अध्यक्ष नेम्बाङले सो सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आफ्नोतर्फबाट आवश्यक पहल हुने बताउनुभएको महासङ्घले जनाएको छ।
Popularity: 15%
February 2nd, 2009
एचकेनेपाल डट कम संवाददाता-
सरकारले नेपालभरिका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा उपलव्ध गराएको निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी हुननसकेको ठहर नेपाल स्वास्थ्यकर्मी युनियनको छ।
सो युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा ती स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा उपलव्ध गराएको औषधिको मात्र न्यून भएकाले पछि आउने विरामीलाई आवश्यक औषधि उपलव्ध गराउन कठिन भएको जनाएको छ।
उक्त युनियनका अध्यक्ष भागिरथ बानियाँ, महासचिव उज्ज्वलकुमार शर्मालगायतका पदाधिकारीले एउटा उपस्वास्थ्य चौकीमा उपलब्ध गराइएको २०० वटा नेमोक्स जस्तो एन्टीबायोटिक कति जना बिरामीलाई उपलब्ध गराउने हो भनी प्रश्न गर्नुभयो।
तीन महिनाको अन्तरालमा स्वास्थ्य चौकीका लागि ३२ र उपस्वास्थ्य चौकीलाई २२ प्रकारका औषधि उपलव्ध गराउने तर महिना दिनभित्रै कतिपय औषधि सकिने हुँदा बिरामीका आफन्तबाटै लखेटिनुपर्ला कि भन्ने चिन्ताले बाँकी समय गुजार्नु पर्ने गुनासो पनि उहाँहरूको छ।
Popularity: 15%
February 2nd, 2009
एचकेनेपाल डट कम संवाददाता-
पेन नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा ‘पेन देवकोटा अवार्ड’ स्थापना गरेको छ। पेन नेपाल स्थापना गरिएपछि पहिलोपटक आयोजना गरिएको वार्षिक साधारणसभामा अध्यक्ष प्रा.रामकुमार पाँडेले अवार्ड स्थापना गरिएको घोषणा गर्नुभयो।
वि.सं २०४८ मा पेन नेपाल विधिवत रुपमा दर्ता भएको हो। संस्थामा कवि,निबन्धकार तथा उपन्यासकार सम्मिलित छन्।
साधारणसभामा अध्यक्ष पाँडेले विश्वस्तरको नेपालीमा लेखिएका साहित्यलाई विश्वमा पुर्याउन पेन नेपाल अझ क्रियाशिल रहने बताउनुभयो।
पेन नेपालका उपाध्यक्ष डा. रामदयाल राकेशले नेपाली साहित्यले सार्क क्षेत्रमा पनि बजार पाउन नसकेको चर्चा गर्दै सार्क राइटस एसोसिएसनसँग मिलेर पेन नेपालले नेपाली साहित्यको बजार विस्तारका लागि काम गर्ने बताउनुभयो।
सो अवसरमा सचिव प्रकाश ए राजले एक वर्षको अवधिमा पेन नेपालले गरेका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो।
सदस्य ग्रेटा राणाले नेपालमा पेन स्थापनको अनुभव सुनाउनुभएको थियो।
Popularity: 15%
February 2nd, 2009
एचकेनेपाल डट कम संवाददाता-
जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन ‘पासाङ’ले राष्ट्रपति डा.रामवरण यादवलाई राष्ट्रपति भवनमा भेटी आगामी फागुन १ गते जनसेनाको स्थापना दिवसको अवसरमा नवलपरासीस्थित चौथो डिभिजनमा हुने कार्यक्रमको प्रमुख अतिथि बनिदिन निमन्त्रणा दिनुभएको छ।
राष्ट्रपतिलाई भेटी सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पासाङले आफूहरुको निमन्त्रणालाई राष्ट्रपतिले सहर्ष स्वीकार गर्नुभएको दावी गर्नुभयो।
पासाङ्ले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतलाई पनि जनसेना दिवसमा आउन निमन्त्रणा दिइसकिएको जानकारी दिनुभयो।
तेह्रौँ जनयुद्ध दिवसको अवसर पारेर जनमुक्ति सेनाले यस वर्ष नवलपरासीको कावासोतीस्थित चौथो डिभिजनअर्न्तर्गत परिवर्तन स्मृति बिग्रेडमा जनमुक्ति सेना दिवस मनाउने तयारी गरिरहेको छ।
Popularity: 15%
February 2nd, 2009
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) को केन्द्रीय सचिवालय बैठकले अन्तरक्रियामा आएका सुझावलाई समेटेर छुट्टै प्रस्ताव पेस गर्न प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिएको छ। बैठक मधेसमा उत्पन्न समस्याका बारेमा केन्द्रित रह्यो।
बैठकमा यही माघ १६ र १७ गते एकीकृत नेकपा (माओवादी) भक्तपुरद्वारा आयोजित “मधेस समस्या, चुनौती र समाधान” विषयक अन्तरक्रियामा उठेका सुझावबारे छलफल भएको माओवादी स्रोतले जनाएको छ।
त्यस्तै बैठकमा मधेसमा एक प्रदेश नभई ‘एक मधेस अनेक प्रदेश’ हुनुपर्ने विषयसमेतमा छलफल भएको बताइएको छ।
बैठकमा सरकारद्वारा जारी गरिने अध्यादेश फिर्ता नगर्न सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको बुझिएको छ।
सचिवालय बैठक आज माघ २० गते बस्ने बताइएको छ।
Popularity: 15%
February 2nd, 2009
बिनोद ढकाल, स्पेन / एचकेनेपाल डट कम -
गैरआवासीय नेपाली संघ स्पेनको नव निर्वाचित कार्य समितिको प्रथम बैठक नवनिर्वाचित अध्यक्ष भिषमकुमार गुरुङ (अनिल) को अध्यक्षतामा र अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य (आईसीसी सदस्य) एवमं निवर्तमान अध्यक्ष गणेशमान ताल्चाभडेल तथा निवर्तमान उपाध्यक्ष नारायण प्रसाईको उपस्थितिमा बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।
बैठकले निवर्तमान समिति तथा अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै महानुभावहरूलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सबै पक्षबाट यस्तै सहयोगको निरन्त्रताको अपेक्षा गरेको थियो। निवर्तमान अध्यक्ष तथा गैरआवासीय नेपाली संघ आईसीसी सदस्य गणेशमान ताल्चाभडेलले नव निर्वाचित सबै पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो।
बैठकले उपाध्यक्ष मुक्तबहादुर गुरुङको संयोजकत्वमा सरला सापकोटा र युवराज गुरुङसहितको शक्तिशाली अनुशासन समिति गठन गरेको छ। त्यसै गरी, बैठकले अध्यक्ष अनिल गुरुङको संयोजकत्वमा म्याडरिड्, भ्यालेन्सिया, अलिकान्ते(बेनिड्रम्), तथा ग्रेनक्यानरियामा क्षत्रीय समितिहरु बिस्तार गर्ने निर्णय गरेको छ।
साथै संघको आन्तरिक गतिबिधी, समाचार तथा सूचना सम्प्रेषण महासचिव दिनेश गुरुङ र सचिव बिनोद ढकाललाई संयुक्त रुपमा पूर्ण जिम्मेवारि दिई उहाँहरुबाट आएको समाचारहरु मात्र आधिकरिक हुने निर्णय गरिएको छ।
बैठकमा उपस्थित नेपाली जन संपर्क समिति स्पेनका अध्यक्ष पुष्पराज भण्डारी नेपाली लोकतान्त्रिक मञ्च स्पेनका अध्यक्ष पुष्पराज तिमील्सिना, नेपाली जन प्रगतीशिल मञ्च स्पेन, तथा तमु समाज बार्सिलोनाका अध्यक्ष बेनीबहादुर गुरुङलगायत निवर्तमान एनआरएन पदाधिकारीहरु र सम्पूर्ण स्पेनबासी नेपालीहरुबाट भोलिका दिनमा पनि सहमति सहयोग तथा सल्लाह सुझावको सदैव संघले आशा गर्नेप्रति अध्यक्ष भिषमकुमार गुरुङले जोड दिनु भयो। त्यसै गरी, प्रथम महा-अधिवेशनको लागि गठित निर्वाचन समितिले यस अवधिमा सम्पूर्ण भए गरेका कृयाकलाप तथा खर्च बिवरणका साथ आफ्नो आय-ब्यय पेश गरी सम्पूर्ण कागजात समितिलाई हस्तान्तरण गरेको छ।
Popularity: 14%
February 2nd, 2009