Archive for February 3rd, 2009

कोलोराडोमा नेपाली साहित्यिक कार्यक्रम

प्रभा आचार्य, कोलोराडो / एचकेनेपाल डट कम -
सरस्वती पूजाको अवसर पारेर डेन्बरबासी र बोउल्डरबासीको संयुक्त आयोजनामा कोलोराडो डेन्वरमा आइतवार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

गीतकार तथा कवि ज्ञानेन्द्र गदालको निवासमा भएको कार्यक्रममा करीव ५० जना साहित्यकर्मीहरु भेला भएका थिए। सरस्वती बन्दनाबाट सुरू कार्यक्रममा गायक बिजय अधिकारीले सरस्वती बन्दना फेरि एकलरूपमा गाएका थिए।

कार्यक्रममा कवि तथा कवयित्रीहरू प्रमिला शर्मा, डा. बिजयराज शर्मा, भूपेन्द्र महत, रमेश पल्लव, साबु कार्की, प्रमोद घिमिरे, केशब आचार्य, आचार्य प्रभा, कृष्ण मुरारी ढुङेल, बिजयदेव अधिकारी, निर्मला शर्मा, बिनिता अधिकारी, जितेन्द्र कार्की, साकार शर्मा, ज्ञानेन्द्र गदाल, तारा अधिकारीलगायतले रचनाहरू पाठ गरेका थिए।

कार्यक्रमको अन्त्यमा साहित्यिक कार्यक्रम आचार्य प्रभा, ज्ञानेन्द्र गदाल, केशब आचार्यको सल्लाहमा प्रत्येक महिनाको अन्तिम शनिबार कबिता गोष्ठी गर्ने निर्णय गरेको छ। फेब्रुवरी अन्तिम शनिबार केशब आचार्य एवं आचार्य प्रभाको बोउल्डरस्थित निवासमा आयोजना गरिने प्रस्ताव पारित गरिएको छ। कार्यक्रम कबिहरुको घर-घरमा पालै पालो सञ्चालन गरिने भएको छ।

Popularity: 8%

Add comment February 3rd, 2009

पत्रकार ऋषि धमला गिरफ्तार

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपाल प्रहरीले रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालाई मंगलबार साँझ गिरफ्तार गरेको जनाएको छ।

धमलालाई अनुसन्धानको लागि हिरासतमा राखिएको उपरिक्षक नवराज सिलवालले बताए। धमलालाई साँझ ५:४५ मा रिपोर्टर्स क्लबबाट सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेका थिए।

यसअघि १९ गते साँझ पत्रकार सुभक महतो र बीरेन्द्र केएम पक्राउ परेका थिए। दुई पत्रकारको बयानको आधारमा धमला पक्राउ परेको प्रहरीले बताएको छ। तराईमा सशस्त्र संघर्षरत रणवीर सेनाको आपराधिक गतिविधिमा धमलाको सम्बन्ध रहेकाले उनलाई गिरफ्तार गरिएको प्रहरी स्रोतले जनाएको छ। दुई चार दिनदेखि प्रहरीले धमलाको गतिविधि निगरानी गरिरहेको र तथ्य भेटेपछि पक्राउ गरिएको दावी गरेको छ। प्रहरीले ट्याप गरिएका फोनबाट पनि उनको संलग्नता रहेको जनाएको छ। ठमेलमा गिरफ्तार भएका केही व्यक्तिहरूले धमलालाई आफ्नो राजधानीको मुख्‍य स्रोत रहेको प्रहरीसमक्ष बयान दिएको स्रोतले बताएको छ।

Popularity: 8%

1 comment February 3rd, 2009

बम विस्फोटमा महिलाको मृत्यु, एक घाइते (Breaking News)

एस, रोल्पा / एचकेनेपाल डट कम -
रोल्पाको खुमेल गाविसस्थित नेपाली सेनाको गोरख गण क्षेत्रमा मंगलबार बम विस्फोट हुंदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खुमेल- ५ चोरापानीकी २७ बर्षीया कुमारी रानामगर रहेको प्रहरीले बताएको छ। विष्फोटमा स्थानीय चमेली रोक्का घाइते भएकी छिन्।

उनीहरू ब्यारेक क्षेत्रमा घाँस काट्ने बेला विष्फोटनमा परेका थिए। प्रहरीले सशस्त्र युद्धकालमा छाडिएको बम विस्फोट भएको हुनसक्ने अनुमान गरेको छ। तारले बेरिएको अवस्थामा शव रहेकोले तत्काल निकाल्न नसकिएको र त्यहाँ अन्य माइनहरू पनि विस्फोट हुन सक्ने भएकोले थप सतर्कता अपनाउनु पर्ने प्रहरीले बताएको छ।

Popularity: 8%

Add comment February 3rd, 2009

एनवीए युकेद्वारा नेपाली व्यवसायीहरु सम्मानित

नविन पोखरेल लन्डन/ एचकेनेपाल डट कम-
बेलायतस्थित नेपालीहरुको साझा संस्था नेपलिज विजनेश एसोसिएसन युके (एनवीए युके) ले आफ्नो वाषिर्क अवार्डस् कार्यक्रम अर्न्तर्गत विभिन्न व्यवसायीको सम्मान गरेको छ।

इलिङ टाउनहलमा हालै आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत मुरारीराज शर्माले प्रशंसापत्र प्रदान एवं एनआरएन युके अध्यक्ष डमर घले र संस्थाका अध्यक्ष नरेन्द्र कंडेलले खादा ओढाएर ति व्यवसायीको सम्मान गरेका हुन्।

सम्मानित हुनेमा शिक्षा तथा तालिम क्षेत्रबाट बोस्टन कलेज अफ लन्डनका संस्थापक निर्देशक गोपाल पौड्याल, क्याटरिङ तथा रेष्टुरेन्ट क्षेत्रबाट एभरेष्ट इनका निर्देशक पशुपति भण्डारी, ट्राभल एण्ड टुरिजम क्षेत्रबाट विराज भट्ट छन्। क्यास एण्ड क्यारी एण्ड होलसेलबाट एभरेष्ट क्यास एण्ड क्यारी गु्रप र प्रोफेशनल र्सर्भिसेस्बाट पहिलो नेपाली सोलिसिटर राजु थापा छन्।

सम्मानपछि राजदुत शर्माले संस्थाको वाषिर्क कार्यक्रमबाट आफू ज्यादै प्रभावित भएको बताउंदै यसलाई निरन्तरता दिन आग्रह गरे। कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष नरेन्द्र कंडेलले एनवीए युके स्थापनाको महत्वबारे टिप्पणी गर्दै विभिन्न देशमा रहेका नेपाली व्यवसायीबीच सामञ्जस्यता ल्याई अघि बढ्न सके सबै व्यवासायीको हित र सफलता चुम्न सकिने बताए।

कार्यक्रममा महासचिव अरुण न्यौपानेले संगठनका वर्तमान गतिविधिका साथै भावी चुनौतीबारे प्रकाश पार्दै संगठनलाई मजवुत बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गरे। उनले एनवीए युके शुद्ध व्यवसायिक संगठन भएको र यसलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रक्रिया शुरु भइसकेको जनाउंदै सबै देशमा रहेका नेपाली व्यवसायीलाई युकेमा जस्तै संगठित बनाउन ‘एनबीए ग्लोवल’ को संरचना तयार गरिने स्पष्ट पारे। आगामी कार्यक्रममा बेलायतका विभिन्न स्थानमा छरिएका व्यवसायीहरुलाई संगठित गर्ने उद्धेेश्यले क्षेत्रीय समितिहरु गठन प्रक्रिया अघि बढिसकेको उनको भनाई थियो।

बेलायतस्थित रेष्टुरेन्ट व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था ‘बिसिए’ का संयोजक सेख अहमदले कार्यक्रममा निम्तो गरिएकोमा संस्थाप्रति आभार व्यक्त गर्दै संस्थाले नेपाली र बंगाली रेष्टुरेन्ट व्यवसायी एवं अन्य व्यवसायीहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्ने शुभ संकेतका रुपमा लिएको बताए। यादव श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए। संस्थाका क्षेत्रीय संयोजक रोशन सापकोटाले आगन्तुकहरुलाई स्वागत गरे। सम्मानित व्यक्तित्व पौड्याल, भट्ट, भण्डारीले यो सम्मानबाट आफूहरुलाई व्यवसायमा थप हौसला बढेको बताए।

Popularity: 8%

Add comment February 3rd, 2009

मृगौला पीडितलाई आर्थिक सहयोग

किसु, सिउल कोरिया / एचकेनेपाल डट कम -
बाग्लुङ सम्पर्क समिति कोरियाले मृगौला पीडित कृष्ण मल्ललाई ३७ हजार रुपैयाँ सहयोग जुटाएको छ।

वाग्लुङ हरिचौर - ५ का ५५ वर्षीय मल्लको दुबै मृगौलाले काम नगरेपछि उनको उपचारको लागि समितिले आर्थिक सहयोग जुटाएको हो।

त्यसै गरी, गत वर्षयाममा पहिरोमा परी बेघर भएका परिवारजनलाई पनि एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने समितिले निर्णय गरेको छ। वाग्लुङ पाण्डव खानी - १ मा गएको पहिरोले २४ घरमा क्षति पुर्‍याएको थियो।

Popularity: 8%

Add comment February 3rd, 2009

बेलायतका नेपालीद्वारा सहारा क्लबलाई सहयोग (+Photo)

एस, पोखरा / एचकेनेपाल डट कम -
बेलायतमा रहंदै आएका सहारा क्लवका सदस्यहरुले सहारा क्लब पोखरालाई प्रतियोगिताको पुरस्कार राशि वृद्धि र एकेडेमी निर्माणका लागि सोमवार दुई लाख रुपैयाँ नगदसहित सामग्री हस्तान्तरण गरेका छन्।


तस्वीरः राम गुरूङ, पोखरा / एचकेनेपाल डट कम।

सहारा युकेका हिमाल गुरुङले एक लाख ५० हजार, नवीन गुरुङले ५० हजार रुपैयाँ र भुपाल कुँवरले ७० हजार बराबरको बोर्ड सहारा क्लब पोखराका अध्यक्ष विक्रम थकालीलाई प्रदान गरे।

प्राप्त सहयोगमध्ये ५० हजार रुपैयाँ आहा गोल्डकपको विजेतालाई दिइने पुरस्कार राशि वृद्धिको लागि हो।

आहा गोल्डकपको लागि म्यान अफ दि म्याचको ट्रफी र सहारा एकेडेमीमा फुटबल प्रशिक्षण लिइरहेका २० अनाथ बालबालिकाको लागि विभिन्न सामग्री पनि सहारा युकेद्वारा सो अवसरमा प्रदान गरियो।

सहारा युकेका सल्लाहकार नवीन गुरुङले सहाराले पोखरामा बनाउन लागेको एकेडेमीका लागि बेलायतमा आगामी नोभेम्बरसम्म साँस्कृतिक लगायतका क्रार्यक्रम गरी झन्डै ३०-३५ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको जानकारी दिए। हालसम्म सहारा युकेले झन्डै २० लाख रुपैयाँ र अन्य खेल सामग्रीलगायतका सहयोग गरेको पनि गुरुङले जानकारी दिए। क्लबका अध्यक्ष विक्रम थकाली र सल्लाहकार महेश गुरुङले बेलायतमा बसेका नेपालीहरुले सहाराले गरेको फुटबल प्रतियोगिता, २० बालवालिकाको सहारा एकेडेमी र मैदानसहितको एकेडेमी बनाउन गरेको सहयोगको प्रशंसा गरेका थिए।

Popularity: 8%

1 comment February 3rd, 2009

न्यूयोर्कको जमाईकामा सृजनाका यात्राहरू

एस, न्यूयोर्क जमाईका / एचकेनेपाल डट कम -
न्यूयोर्कस्थित जमाईकामा सृजनाका यात्राहरूको दोश्रो साहित्यिक कार्यक्रम आइतवार सम्पन्न भएको छ।

मणि बाङ्देल “सागर” को संयोजनमा सम्पन्न कार्यक्रम रेडियो समुद्रपारी र www.iawns.com प्रयोजनको लागि स्रष्टाहरूले रचनाहरु वाचन गरेका थिए।

कार्यक्रममा मधुबन पौडेल, मणि बाङ्देल् सागर बिनोद रोका, निलम कार्की निहारीका, नगेन्द्र ईङ्नाम “आठराईली”, गीता खत्री, राजेन्द्र श्रेष्ठ, सीता खरेल, परिता राजभण्डारी, पुष्पा अधिकारी गौतम, रामचन्द्रथापा, सहदेव पौडेल, हिमांशु निभा कुंवर र अनुराग शर्मा गौत्तमले कविताहरू, अमरबिक्रम अधिकारीले गजल र विद्याबिमल बरालले कथा वाचन गरेका थिए।

तेश्रो स्रिजनाका यात्राहरू कार्यक्रमको संयोजनका लागि सीता खरेललाई जिम्मेवारी सुम्पेको छ। न्यूयोर्कमा अप्रिल ५ तारिख सम्पन्न हुने महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्षिकीको कार्यक्रमको संयोजन र यसको तयारीका लागि निलम कार्की “निहारीका” लाई संयोजकको जिम्मेवारी सुम्पेको छ।

Popularity: 8%

Add comment February 3rd, 2009

नेपाली जनसम्पर्क समिति कोरियाद्वारा अन्तर्क्रिया

कृष्ण आचार्य, दक्षिण कोरिया/ एचकेनेपाल डट कम -
दक्षिण कोरियामा रहेका नेपाली कांग्रेस समर्थकहरुको संस्था नेपाली जनसम्पर्क समितिले सियोलमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माणका लागि आइतवार वृहत अन्तर्क्रिया कार्यक्रम र परिचय कार्यक्रम सम्पन्न गर्यो।

जनसम्पर्क समितिका सभापति नरेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न सो एक दिने कार्यक्रममा नेपाली कांग्रेससँग निकट सम्वन्ध राख्ने व्यक्तिहरुको उल्लेख सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि नन्द्रकृष्ण जोशीले मैनवत्ती बालेर वीपी कोइराला, गणेशमान सिंह र सुवर्ण शम्शेरको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।

अन्तर्क्रिया कार्यक्रममा समितिका वरिष्ठ सल्हाहकार साम्राज्य विक्रम पाण्डेले नेपाली कांग्रेस विगत वर्तमान र भविष्य नामक कार्यपत्र प्रस्तुत गरेका थिए। सो कार्यक्रममा इतिहासमा नेपाली कांग्रेसले लोकतन्त्र प्रजातन्त्र र मानव अधिकारको रक्षका लागि नेतृत्वदायी भूमिका खेल्दै आएका विषयहरु समेटिएका छन्। त्यसैगरी, प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि तथा जनआन्दोलन २०६२-०६३का चर्चित व्यक्ति नन्दकृष्ण जोशीले नयाँ संविधान निर्माणमा नेपाली कांग्रेशको भूमिका शीर्षकको कार्य पत्र पेश गरेका थिए। कार्यपत्रमा संघीय लोकतन्त्र नेपालमा संघीयता र समानुपातिक मान्यताका आधारमा रहेका नेपाली जनताको मौतिक अधिकार सुनिश्चित गरिनु पर्ने कुराहरु संविधानमा अटाउनु पर्ने कुरा उल्लेख गरिएको थियो। दुवै कार्यपत्रमाथि सुनिल कर्माचार्य, बम लावती, के पी सिटौला, आनन्द गुरुङ, मणिचन्द्र चेम्जोङ, सुरमणि पाठक, डि वी थापा, टंक वानिया, संजीव चापागाई लगायतका सहभागीले टिप्पणी तथा सुझाव पेश गरेका थिए।

सुनिल कर्माचार्यद्धारा स्वागत मन्तव्य र एलबी गुरुङद्धारा संचालन गरिएको कार्यक्रमको दोश्रो समयमा सहभागीहरुलाई केन्द्रीय प्रतिनिधि जोशीले प्रशंसा पत्र वितरण गरे। देशमा संविधान सभाको चुनाव सम्पन्न भएपछि पहिलो पटक सियोलमा प्रजातन्त्रवादी समूहले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा र कार्यवाहक सभापति सुशील कोइरालाको शुभकामना सन्देश समितिका प्रवक्ता सुरजमणि पाठकले वाचन गरेका थिए।

Popularity: 8%

Add comment February 3rd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....