Archive for February 5th, 2009

वाईसीएल पूरै राजनीतिक संगठन होः प्रधानमन्त्री

एस, काठमाडौं / एचकेनेपाल डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी भातृ संगठन वाईसीएल पूर्णरूपमा राजनीतिक संगठन रहेको दावी गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले जर्मन संसदीय टोलीसँग बिहीबार भएको भेटमा वाईसीएलमा अर्ध सैनिक संरचना कायम नरहेको दावी गरेका हुन्। टोलीले राखेको जिज्ञासामा प्रचण्डले वाईसीएल पूरै राजनीतिक संगठन रहेको बताउदै सो संगठन हाल विकास निर्माणमा लागेको बताएका हुन्।

प्रधानमन्त्रीसंगको भेटमा जर्मन टोली प्रमुख डा.वल्फ गेङले सेना समायोजन, नयाँ संविधान निर्माण प्रकृया, भातृ संगठनका क्रियाकलाप, वेपत्ता व्यक्तिको खोजी तथा दलहरुबीचको सम्बन्धमा चासो राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले बताए।

Recent Videos:

Popularity: 9%

Add comment February 5th, 2009

अन्तर्राष्ट्रिय मिसन टोलीद्वारा प्रेस स्वतन्त्रताको माग

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपाल आएको अन्तर्राष्ट्रिय मिसन टोलीले नयाँ संबिधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरेको छ।

मिसन टोलीले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङसंग विहीवार भेटी नयाँ संबिधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरेको हो। मिसन टोलीले प्रेसमाथि भइरहेको आक्रमण नेपालमा पनि जारी रहेको भन्दै चिन्ता ब्यक्त गरेको छ।

त्यसैगरी, विभिन्न जिल्लामा स्थलगत अध्ययन भ्रमण गरेर राजधानी फर्केको नेपाल पत्रकार महासंघको टोलीले दलहरु जिम्मेवार नभएका कारण पत्रकारहरुको सुरक्षा अवस्था नाजुक हुदै गएको मिसन टोलीलाई बताएका छन्। महासंघको टोलीले तयार पारेका अध्ययन प्रतिवेदनमाथि महासंघ र अन्तर्राष्ट्रिय मिसन टोलीबीच छलफल भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चार र मानवअधिकार क्षेत्रका प्रतिनिधिहरूको नौ सदस्यीय टोली नेपालको प्रेस स्वतन्त्रता र पत्रकारहरूको अवस्थालगायतका विषयमा अध्ययन गर्न बुधबार नेपाल आइपुगेको हो।

Recent Videos:

Popularity: 8%

Add comment February 5th, 2009

तस्वीर छापेकोमा धम्की

एस, काठमाडौं / एचकेनेपाल डट कम -
माओवादी समर्थित अनेरास्ववियू क्रान्तिकारीले अन्नपुर्ण पोष्ट दैनिकका पोखरास्थित पत्रकार कृष्णमणि बराललाई धम्की दिएको छ।

पत्रिकामा तस्वीर छापेको विषयमा क्रान्तिकारी कास्कीका सचिवले बिहीबार बिहान बराललाई फोन गरी धम्क्याएका हुन्। पृथ्वीनारायण क्याम्पसको स्ववियू कार्यालयमा भएको आगजनीको तस्वीरको विषयमा प्रमाण लिएर क्रान्तिकारीको कार्यालयमा बोलाइएको छ।

पोष्टका पोखरा ब्यूरो प्रमुख रुपनारायण ढकाललाई पनि फोन गरी समाचार लेख्ने पत्रकार को हुन् भन्दै पत्रिका जलाउने धम्की दिएको बताइन्छ।

Popularity: 8%

Add comment February 5th, 2009

अर्थमन्त्री आज जापान जाने

एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री डा.बाबुराम भट्टराई जापान सरकारको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। त्यहाँ उहाँले एक गाउँ एक उद्योगलाई जापानले गरिरहेको कार्यान्वयन पक्षलाई बुझ्ने कार्यक्रम छ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार अर्थमन्त्री डा.भट्टराई यही माघ २९ गते स्वदेश फर्कनुहुनेछ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल अन्तर्राष्ट्रिय स्वास्थ्य साझेदारीसम्बन्धी मन्त्रीस्तरीय बैठकमा भाग लिने सिलसिलामा हिजो स्वीजरल्याण्डको जेनेभामा पुग्नुभएको छ।

Popularity: 8%

Add comment February 5th, 2009

तराईमा विशेष सुरक्षा अभियान

एचकेनेपाल डट कम संवाददाता-
तराईका छ जिल्लामा शान्ति सुरक्षाको स्थिति सुदृढ बनाई राख्न विशेष सुरक्षा अभियान सञ्चालन गरिएको मध्यक्षेत्र प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

तराईका बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र धनुषामा विगतका तुलनामा हत्या, हिंसा, लुटपाट, अपहरण र आतङ्क बढेकाले उक्त जिल्लाहरूलाई विशेष सम्वेदनशील जिल्ला मानी उक्त अभियान सञ्चालन गरिएको बताइएको छ।

माघ महिनादेखि सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत प्रत्येक जिल्लामा अत्याधुनिक सुविधा सहितको दुइ-दुइ वटा मोवाइल गस्ती थालिएको, ३० जनाको सङ्ख्यामा प्रहरीहरू रहेको उक्त गस्ती चौबिसै घण्टा गस्तीमा रहने मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक नरेश गुरुङले जानकारी दिए।

उक्त गस्तीले शङ्कास्पद स्थान र्सच गर्नुका साथै शङ्कास्पद व्यक्तिसँग सोधपुछ, खानतलासीसमेत गर्ने नायब महानिरीक्षक गुरुङले बताए।

मध्यामाञ्चल विकास क्षेत्रका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका १६ जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म हतियार देखाएर लुटपाट गर्ने चन्दा आतङ्क मच्चाउने र अपहरणका घटनामा संलग्नसमेत गरी चार जनाको प्रहरी कारबाहीमा मृत्युभएको, ५५ जना सशस्त्र समूहका कार्यकर्ता पक्राउ परेको मध्यक्षेत्र प्रहरी कार्यालयले जनाएको छ।

Popularity: 8%

Add comment February 5th, 2009

अध्यादेश विवादलाई थाती राखेर मन्त्रिपरिषद बैठक बस्ने

एचकेनेपाल डट कम संवाददाता-
सरकारले जारी गर्न लागेका पाँचवटा अध्यादेशका विषयमा थप अध्ययन गर्न आवश्यक भएको भन्दै सरकारमा सहभागी दलबाट अनुरोध भएपछि हिजो अपराह्न बस्ने गरी तय भएको मन्त्रिपरिषद्को बैठक स्थगन भयो। बैठक अध्यादेश विवादलाई पछि सुल्झाउने गरी थाती राखेर आज बस्दैछ।

राज्य पुनःसंरचना एवं संस्कृतिमन्त्री गोपाल किराँतीले नेकपा एमालेका महासचिवले प्रधानमन्त्रीलाई हिजो मन्त्रिपरिषद् बैठक बस्नुअघि टेलिफोन गरेर अध्यादेशका विषयमा थप छलफल गर्न बाँकी रहेकाले पारित नगर्न अनुरोध गर्नुभएको जानकारी दिनुभयो।

सरकारले नागरिकलाई राहत प्रदान गर्ने भन्दै पाँचवटा अध्यादेश ल्याउने तयारी गरिरहेको छ । यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्ड, विशेष आर्थिक क्षेत्र र सार्वजनिक सेवामा आरक्षण दिनेसम्बन्धी तीनवटा अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको थियो भने बेपत्ता छानबिन र समाज सुधार ऐनमा संशोधन सम्बन्धी दुईवटा अध्यादेश ल्याउन सैद्धान्तिक निर्णय गरेको थियो।

उक्त पाँचवटा विधेयकका सम्बन्धमा सत्तारुढ दल नेकपा (एमाले)र विपक्षी नेपाली काङ्ग्रेसले विरोध गरेका थिए । जारी गर्न लागिएका पाँचवटै विधेयकमा थप अध्ययन गरी आवश्यक संशोधन गर्न सत्तारुढ दलका शीर्ष नेताले सहमति जनाइसकेका छन्।

Popularity: 8%

Add comment February 5th, 2009

काँग्रेसको संसदीय दल विधान पारित

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेस संविधानसभा संसदीय दलको आज बसेको बैठकले दलको विधान संशोधन समितिबाट तयार गरिएको दलको विधान (संशोधन तथा परिमार्जनसहित २०६५) को मस्यौदालाई सर्वसम्मतिबाट पारित गरेको छ।

पारित मस्यौदासहितको विधान स्वीकृतिका लागि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिमा तत्काल पठाउने निर्णय बैठकले गरेको छ।

‘’संसदलाई छल्ने नियत राखी” अध्यादेश ल्याउने सरकारको कार्य भन्दै अध्यादेश फिर्ता लिई संसदीय प्रक्रियामा लान दलले माग गरेको छ।

स्ववियुको निर्वाचनमा कुनै पनि विद्यार्थी वा युवा सङ्गठनको नाममा हुने हिंसाको प्रयोगलाई सम्पूर्ण रुपमा कानुनी नियन्त्रण गर्न बैठकले सरकारसँग माग गरेको छ।

Popularity: 8%

Add comment February 5th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....