Archive for February 6th, 2009

भूकम्पको सबैभन्दा जोखिम काठमाडौँ र जुम्लामा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ र जुम्ला जिल्ला भुकम्पीय रुपमा पहाडी जिल्लाहरू भू-क्षय र तराईका जिल्लाहरू बाढीका कारण जोखिममा परेको प्रकोप व्यवस्थापन क्षेत्रमा कार्यरत विज्ञहरूले औंल्याएका छन्।

प्रकोप व्यवस्थापन नेटवर्क नेपालद्वारा नेपालमा प्रकोप जोखिम व्यवस्थापन विषयक छलफलमा सहभागी विज्ञहरूले सो जोखिम औंल्याउँदै नेपालका सबै क्षेत्र प्रकोपका दृष्टिकोणले जोखिममा रहेको बताए।

प्रधानमन्त्री तथा परिषद् कार्यालयका सचिव प्रतापकुमार पाठकले छलफलको उद्घाटन गर्दै प्राकृतिक प्रकोप हुनुपूर्व यसबारे व्यवस्थापन गर्न सकिएमा न्यूनीकरण कम गर्न सकिने उनले बताए।

नेपाल रेडक्रस सोसाइटीका केदारबाबु ढुङ्गानाले नेपालमा प्रकोप जोखिम व्यवस्थापनमा रेडक्रसले काम गरिरहेको जानकारी दिए।

नेर्टवर्कका डा.मीनबहादुर पौडेलले प्रकोप जोखिम न्यूनीकरण गर्न पूर्व तयारीमा ध्यान दिन सुझाव दिएका छन्।

गत वर्ष कोशी र पश्चिमका विभिन्न जिल्लामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो।

Recent Videos:

Popularity: 8%

Add comment February 6th, 2009

कोषका गाडी र कम्प्युटर अझै पूर्वराजा कै कब्जामा

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रकृति संरक्षण कोषले पूर्वराजा ज्ञानेन्द्र एवम् पूर्व युवराजले प्रयोग गरेका कोषका गाडी तथा कम्प्युटर अझै पनि उनीहरुकै नियन्त्रणमा रहेकाले फिर्ता गराउन सरकारका तर्फबाट आवश्यक पहल गरिदिन आग्रह गरेको छ।

यसअघि उनीहरु कोषका संरक्षक हुने गरेका भए पनि राजसंस्थाको अस्तित्व कानुनी रुपमा नै नरहेपछि ती सामान फिर्ता पाउनु पर्ने कोषको जिकिर छ।

पूर्वराजा ज्ञानेन्द्र एवम् पूर्व युवराजले प्रयोग गरेका कोषका गाडी तथा कम्प्युटर फिर्ता गर्न कोषका तर्फबाट पटकपटक पत्राचार एवम् ताकेता गर्दा पनि गाडी तथा कम्प्युटर अझै फिर्ता गरिएको छैन।

कोषका सदस्य-सचिव गुरुङले पूर्व राजा एवम् युवराजलाई कोषका गाडी फिर्ता गर्न आग्रह गर्दै पत्र लेखिएको तर सो पत्रको कुनै सुनुवाइ नभएको बताउनुभयो।

कोषले भन्सार सुविधामा करिब रू.७० लाखमा खरिद गरेका तीनवटा ल्यापटप कम्प्युटर, एउटा डेस्कटप कम्प्युटर, एउटा एअर कम्प्रेसर र बा.१च ६४१८ नम्बरको टोयोटा क्राउन, बा ३ च ७८१२ नम्बरको टोयोटा ल्यान्डक्रुजर र बा३च ७९६२ नम्बरको टोयोटा कार अहिले पनि निर्मलनिवासले प्रयोग गरिरहेको बताइएको छ। त्यसैगरी करिब रू.१० लाख ४७ हजार पर्ने ‘एग्रो भेइकल’ सुरुदेखि नै दरबारले प्रयोग गरिरहेको जानकारी गुरुङले दिनुभयो।

अस्ट्रेलियामा ‘क्वाड’ भनेर चिनिने विशेष प्रकारको सो सवारीसाधन कृषिजन्य कामका लागि प्रयोग गरिन्छ। खोला किनार, हिमाली भेग, पहाडमा समेत यो सवारीसाधन गुडाउन मिल्छ।

Recent Videos:

Popularity: 8%

Add comment February 6th, 2009

तोकिएकै समयमा सेना समायोजन हुन्छः रक्षामन्त्री

एचकेनेपाल डट कम संवाददाता-
रक्षामन्त्री रामबहादुर थापाले तोकिएकै समयमा सेना समायोजन हुने बताएका छन्। कैलालीको खैलाङमा, पत्रकारहरूसँग कुराकानी गर्नु हुँदै मन्त्री थापाले सेना समायोजनका लागि गठन भएको विशेष समितिले सेना समायोजनसम्बन्धी आवश्यक काम गरिरहेको स्पष्ट पारे।

पत्रकारहरूको प्रश्नमा मन्त्री थापाले भने- अर्को आदेश नभएसम्म सेनामा भर्ति नगर्न सरकारले आदेश दिइसकेको छ, सरकारको नजरमा अहिले पनि सेना भर्ती बन्द छ।

एक अर्को प्रसङ्गमा उनले रक्षा मन्त्रालय र सेनाबीच देखिएको विवाद एवम् असमझदारी सुल्झाउन सरकारले कोसिस गरिरहेको बताए।

Popularity: 8%

Add comment February 6th, 2009

वार्तामा बस्न तयार भएको विद्रोहीको भनाई

एचकेनेपाल डट कम संवाददाता-
सरकारले युद्धविरामको घोषणा गरी वार्ताको वातावरण बनाए आफूहरु वार्तामा बस्ने सशस्त्र सङ्घर्षरत मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)ले जनाएको छ।

पार्टी प्रवक्ता विवश विद्रोहीले सरकारले हालसम्म पनि वार्ताको उचित वातावरण बनाउन नसकेको आरोप लगाउनुभयो।

वार्ताको आह्वान गरेर पनि कार्यकर्ता समात्ने र मार्ने क्रम जारी राखेकाले सरकार वार्ता गर्ने मनस्थितिमा नरहेको ठहर गर्दै विद्रोहीले भन्नुभयो- उचित वातावरण बनाएमा अहिले पनि वार्तामा बस्न हामी तयार छौँ।

सरकारी वार्ता टोलीका संयोजकले आफ्ना कार्यकर्ताको सुरक्षा गर्ने प्रतिबद्धता जनाए पनि कार्यकर्ता समात्‍ने र मार्ने क्रम जारी राखिएको प्रवक्ता विद्रोहीले बताउनुभयो।

प्रवक्ता विद्रोही र शान्ति तथा पुननिर्माणमन्त्रीबीच गत मङ्सिरमा सीमावर्ती तिलाठी गाविसको बेल्हीमा अनौपचारिक वार्ता भएको थियो।

काठमाडौँमा पक्राउ परेका मनोज मेहता आफ्नो सङ्गठनको उपत्यका इन्चार्ज रहेको दावी गर्दै विद्रोहीले कथित रणवीर सेनाजस्तो आपराधिक गिरोहसँग मुछ्न खोजेकामा आपत्ति जनाउनुभयो।

Popularity: 8%

Add comment February 6th, 2009

माओवादी सरकार चलाउन असक्षमः कोइराला

एचकेनेपाल डट कम संवाददाता-
सहकार्यको राजनीति नगरेकाले माओवादी सरकार चलाउन असक्षम हुँदै गएको नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले बताउनुभएको छ।

सङ्खुवासभा काङ्ग्रेसले खाँदबारीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यवाहक सभापति कोइरालाले संविधानसभाको निर्वाचन भएको एक वर्ष बित्‍न लागे पनि देशमा कुनै परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभयो।

Popularity: 8%

Add comment February 6th, 2009

संविधानसभा उपनिर्वाचन कार्यतालिका सार्वजनिक

एस, काठमाडौं / एचकेनेपाल डट कम -
निर्वाचन आयोगले संविधानसभामा रिक्त रहेका ६ स्थानमा गरिने उपनिर्वाचनको कार्यतालिका शुक्रवार सार्वजनिक गरेको छ।

कान्तिपथस्थित कार्यालयमा सर्वपक्षीय छलफल गरी सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार चैत १ गते उम्मेदवारको मनोनयन, २ गते मनोनित उम्मेदवारको नामावली सार्वजनिक, ६ गते उम्मेदवारउपर छानबीन, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण र चैत्र २८ गते बिहान ८ बजेदेखि ५ बजेसम्म मतदान गरिने रहेको छ।

मोरंगको क्षेत्र नं ५ र ७, धनुषाको क्षेत्र नं ५, कास्कीको क्षेत्र नं १, रोल्पाको २ नम्बर क्षेत्र र कंचनपुरको क्षेत्र नं ४ मा गरी ६ स्थानमा उपनिर्वाचन हुने भएका छन्।

Popularity: 8%

Add comment February 6th, 2009

दक्षिण कोरियामा ‘नेपाल डे’ साँस्कृतिक कार्यक्रम (+Photo)

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरियामा विभिन्न विश्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको समाज सोनसिकको आयोजना तथा योन्से विश्व विद्यालय ग्लोवल लन्जको सहकार्यमा ग्लोवल लन्ज योन्से विश्व विद्यालयमा बुधवार ‘नेपाल डे’ नामक सांस्कृतिक कार्यक्रम सम्पन्न भयो।

नेपालको विविध सांस्कृतिक सम्पन्नता र नेपालको अन्तर्राष्ट्रिय पहिचान तथा प्रवर्द्धन गर्ने गराउने प्रमुख उद्देश्यका साथ आयोजित कार्यक्रमको विषेश लक्ष्य नेपाली र कोरियनभन्दा पनि कोरियास्थित अन्य मुलुकका नागरिकहरु सहभागी थिए। ४० भन्दा वढी मुलुकका नागरिकहरुबाट २ सयको संख्यामा सहभागिता भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि द. कोरियाली राजदूत कमलप्रसाद कोइरालाले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रमको उद्धेश्य ताम झाम देखाउने भन्दा कोरियन शैलिमा भएको थियो।

कार्यक्रममा नेपालको वारेमा सोनसिकका तर्फबाट सूचनामूलक पावर प्वाइण्ट प्रस्तुति, सांस्कृतिक कार्यक्रम र नेपाली स्वादिष्ट खानाका परिकार समाविष्ट डिनरको व्यवस्था थियो। डिनर व्यवस्थापन फस्ट नेपाल रेष्टुरेण्टले गरेको र फोटो तथा नेपाली कला प्रदर्शनी व्यवस्था पर्यटन व्यवसायी केपी सिटौला र फोटो र कलापूर्ण बस्तुहरु नेपाली राजदूतावासले उपलव्ध गराइएको थियो। नेपाल चिनाउने धेरै फोटो तथा पोष्टकार्डहरु विदेशी सहभागीहरुलाई निशुल्क वितरण गरिएको थियो।

फोटो तथा कला प्रदशर्शनीबाट झपक्क सिंगारिएको योन्से विश्व विद्यालयको ग्लोवल लन्ज, नेपाली भेषभूषा र औपचारिक पोशाकमा उपस्थित सोनसिक पदाधिकारीहरु तथा सांस्कृतिक कलाकारहरु बीचै बीच नेपाली खाना र नेपाली गानामा मस्त बहुराष्ट्रिय नागरिकको सहभागिता रहेको नेपाल डे कार्यक्रम यसअघि आयोजित धेरै कार्यक्रमहरु भन्दा राम्रो र नेपालको चिनारीका खातिर उपलव्धिमूलक भएको विदेशी तथा स्वदेशीसहभागीहरुको प्रतिक्रिया थियो। उता योन्से, ग्लोवल लन्जले पनि यसरी विदेशी विद्यार्थीहरु मार्फत आ-आफ्ना मुलुकको पहिचानका लागि कार्यक्रम सम्पन्न गर्न उत्पेरणा दिदै आएको सोनसिक पांचौ क्रममा रहेको तर सवैभन्दा रामो सहभागिता र आकर्षक कार्यक्रम सोनसिकको नै भएको पतिक्रिया ग्लोवल लन्ज परिवारले दिए।

यस्ता खालका रचनात्मक गतिविधिहरुसहित आफनो वार्षिक कार्यक्रम पारित गरी योजनाबद्ध रुपमा काम गर्न कम्मर कसेको सोनसिक आगामी दिनमा समेत आफनो पारित वार्षिक योजना अनुसारको लक्ष्य पूरा गर्न कटिबद्ध देखिन्छ। कार्यक्रममा फस्ट नेपली रेष्टुरेन्टका कार्यकारी निर्देशक रुद्र शर्माले एक सय एक हजार वन, एनआरएन ध्यान राईले वीसहजार वन, सिओल विश्व विद्यालयमा पशु चिकित्सामा विद्यावारिधि गर्दै गरेका डिल्ली भण्डारीलगायतले दश दश हजार प्रदान गरी कार्यक्रमलाई सहयोग गरेका थिए।


तस्वीरः रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

Add comment February 6th, 2009

नेपालका स्वतन्त्र रेडियोहरुद्वारा वार्ताको स्वागत

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपालका स्वतन्त्र रेडियोहरुले विद्युत संकटलगायत अहिले भोगिरहेका नीतिगत, व्यवहारिक, मूलगत र धारणागत समस्याहरु वार्ताकै टेवलमा बसेर समाधान गर्न सूचना तथा संचार मन्त्रालयले वार्ताका निम्ति गरेको आव्हानलाई सकारात्मक रुपमा लिँदै ब्रोडकाष्टिङ्ग एशोसियसन अफ नेपालले सरकारको तत्परतालाई स्वागत गरेको छ।

नेपालका स्वतन्त्र रेडियोहरुका ३ संगठन ब्रोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारक संघ र काठमाडौं उपत्यका एफएम प्रसारक मञ्चले गएको पुस २३ गते सूचना तथा संचार मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ मूल्य, मान्यता अनुसार हुने गरी आम संचारमाध्यमहरुप्रति राज्य र सरकारको दृष्टिकोण, धारणा, नीति, कानून र व्यवहार परिवर्तन गर्न ज्ञापनपत्र प्रस्तुत गरेका थिए।

लोडसेडिङ्गको समस्याको समाधान, राष्ट्रिय प्रसारण नियमावलीको संशोधनको खारेजी, नयाँ संविधान निर्माणमा रेडियोको भूमिका, सरकारको भेदभावपूर्ण व्यवहारको अन्त्य, परम्परागत दृष्टिकोणमा परिवर्तन लगायत ज्ञापनपत्रमार्फत १० मागहरु प्रस्तुत गरेका थिए।

स्वतन्त्र रेडियोहरुका तीनै संगठनहरुलाई आज एक पत्र पठाई सूचना तथा संचार मन्त्रालयले उपयुक्त हुने समयमा वार्ता गर्न पत्र पठाएको छ।

Popularity: 8%

Add comment February 6th, 2009

धमलाको मुद्दा नियोजित हो: कोइराला

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलालाई सरकारले नियोजित रुपमा फसाएको दाबी गरेका छन्।

कोइरालाले नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय मिडिया मिशन टोली र नेपाल पत्रकार महासंघका प्रतिनिधिसित शुक्रवार कुराकानी गर्दै सरकारले धमलालाई नियोजित रुपमा फसाएको दाबी गरेका हुन्।

उनले नेपाली कांग्रेस प्रेस स्वतन्तत्राको पक्षमा रहेको बताएउदै पछिल्लो समयमा प्रेस र न्यायपालिका माथि आक्रमण बढ्दै गएकाले लोकतन्त्र संकटमा परेको टिप्पणी गरे। उनले भने- ‘राजाको शासन जस्तै अहिले पनि प्रेस र न्यायपालिकामाथि आक्रमण हुँदैछ, यसले प्रजातन्त्रलाई संकटमा पार्दैछ।’

नेपालमा प्रेस स्वतन्त्रताको पछिल्लो अवस्था र पत्रकार सुरक्षाको विषयमा अध्ययन गर्न नेपाल आएको अन्तर्राष्ट्रिय मिसन टोलीसंग कुरा गर्दै कोइरालाले पत्रकारका मागहरु जायज भएकाले उनीहरूको माग पूरा गराउन आफूले सकेको सहयोग गर्ने वचन दिएको भटेवार्ता एक सहभागीले भने। कोइरालाले आफ्नो पार्टी नेपाली कांग्रेसले सदनमा प्रेस स्वतन्त्रताको पक्षमा सशक्त आवाज उठाउने मिशनलाई आश्वासन दिएको उनले बताए।

Popularity: 8%

2 comments February 6th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....