Archive for February 7th, 2009

आहा गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबलाई (News update+Photo)

आहा गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबलाई- February 7
एस, पोखरा / एचकेनेपाल डट कम -
नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबलाई ५-० ले पराजित गर्दै शनिवार सातौं आहा गोल्ड कपको उपाधि जितेको छ।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

जुमानु राईको ह्याट्रिकमा नेपाल पुलिस क्लबले तेस्रो पटक आहा गोल्ड कपको उपाधि उचाल्ने अवसर पाएको हो। पोखराको रंगशालामा भएको प्रतियोगितामा भोला सिलवालले २५ मिनेटमा, चेतन घिमिरेले ३१ मिनेटमा र जुमानु राईले क्रमशः ४९, ६१,७२ मिनेटमा गोल गरेका थिए।

जुमानुको प्रतियोगिताकै पहिलो ह्याट्रिक हो। उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि भएका छन्। उनले प्रतियोगितामा कुल ५ गोल गरेका थिए।

नेपाल पुलिस क्लवले आहा गोल्पको उपाधि गत वर्ष र ०५९ मा पनि जितेको थियो।

आर्मी क्लबद्वारा सहारा युके पराजित- February 5
एस, पोखरा / एचकेनेपाल डट कम -
आर्मी क्लव विहीवार पोखरामा जारी सातौं आहा गोल्ड कप फुटबल प्रतियोगितामा सहारा युकेलाई ४-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। आर्मीका खेलाडी सन्तोष नेपाली, राजु तामाङ, बिकर्ण श्रेष्ठ र चक्र तामाङले क्रमशः पहिलो हाफको ४० र ४३ मिनेटमा र दोश्रो हाफको ७५ र ९० मिनेटमा गोल थपेका थिए।
तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

बेलघारियालाई हराउदै नेपाल पुलिस क्लब फाइनलमा- February 4
एस, पोखरा / एचकेनेपाल डट कम -
नेपाल पुलिस क्लव बुधवार पोखरामा भएको सातौं आहा गोल्ड कप फुटबल प्रतियोगितामा बेलघारिया स्पोर्टिङ क्लव कलकोत्ता टिमलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। खेलको १६ मिनेटमा पेनाल्टी बललाई हेडिङ गरी गोल गरेका नेपाल पुलिस क्लवका खेलाडी जुमानु राई म्यान अफ द म्याच घोषित भए।
तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

सहारा युकेद्वारा बंगलादेशको बिएन स्पोर्टिङ पराजित - February 3
एस, पोखरा / एचकेनेपाल डट कम -
सहारा युके पोखरामा भएको सातौं आहा गोल्ड कप फुटबल प्रतियोगितामा मंगलवार बंगलादेशको बिएन स्पोर्टिङलाई २-१ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ।
तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

नेपाल पुलिस क्लबद्वारा थ्री स्टार पराजित - February 2
एस, पोखरा / एचकेनेपाल डट कम -
नेपाल पुलिस क्लब सोमबार नबिल थ्री स्टार क्लबलाई २-० ले पराजित गरेर पोखरामा भैरहेको सातौं आहा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

आर्मीसँग सशस्त्र पराजित - February 1
एस, पोखरा / एचकेनेपाल डट कम -
नेपाल आर्मी क्लब आइतबार सशस्त्र प्रहरीलाई २-१ ले पराजित गर्दै सातौं आहा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

Popularity: 11%

4 comments February 7th, 2009

दुर्घटनामा दुई जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता
गजुरीबाट सामान लिएर सोही गाविसको राक्सीङतर्फ जाँदै गरेको अनटेस्ट मिनी ट्रक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय, गजुरीका अनुसार गजुरी गाविस वडा नं. २ मा भएको दुर्घटनामा जगतबहादुर तामाङको घटनास्थल मै र साइला भन्ने अर्को एक व्यक्तिको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी काठमाडौँबाट महादेव वेसीतर्फ जाँदै गरेको बा२ख ७७४ नम्बरको ट्रिपर थाक्रे गाविस वडा नं. ४ आठ किलाबाट महेशखोलामा खसी दुर्घटना हुँदा सीताराम केसी र जनक थापा घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ।

Recent Videos:

Popularity: 8%

Add comment February 7th, 2009

शिक्षकहरुद्वारा चक्काजाम

एचकेनेपाल डट कम संवाददाता
डोटीका शिक्षकहरुले आज बिहानैदेखि दिपायल र सिलगडीमा चक्काजाम गरेका छन्। शिक्षकहरु सदरमुकाम सिलगडी र क्षेत्रीय सदरमुकाम दिपायलमा जम्मा भएर उनीहरूले बिहीबारदेखि क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन्।

चक्काजामका कारण सवारी साधनहरु चलेका छैनन्। शिक्षकहरुको आन्दोलनले सरकारी विद्यालयसमेत बन्द भएका छन्।

शिक्षकहरुले अघि सारेका सातबुँदे माग पूरा नभए थप आन्दोलनको घोषणा गरिने सङ्घर्ष समितिका संयोजक गोपाल खडकाले बताए। सवारी साधन नचलेपछि दर्जनौ सवारी साधन र सयौँ यात्रु दिपायलमा अलपत्र परेका छन्।

Popularity: 8%

Add comment February 7th, 2009

राज्य माग्दै थारुहरुद्वारा बन्दको आयोजना

एचकेनेपाल डट कम संवाददाता
थरुहट राज्य घोषणा माग गर्दै आजदेखि आह्वान गरिएको दुई दिने थरुहट बन्दका कारण इटहरीको यातायात ठप्प भएको छ।

विभिन्न राजनीतिक दलले थरुहट राज्यको अस्तित्व समाप्त पार्ने उद्देश्यले अरु नै राज्यको कुरा उठाइ रहेकाले थरुहट राज्य कायम गर्न सरकारलाई दबाब दिन बन्द आह्वान गरिएको थरुहटद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

थरुहट बन्दका कारण पूर्वी क्षेत्रको विभिन्न स्थानमा चल्ने सवारी साधनहरु चलेका छैनन् । सडकमा साइकल, रिक्सा तथा अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालनमा आएका छन्।

थरुहटको बन्दलाई अन्य विभिन्न जनजातिको सङ्गठनहरुले समेत समर्थन गरेकाले बन्दको प्रभाव पूर्ण रूपमा परेको छ।

Popularity: 8%

Add comment February 7th, 2009

ब्रोडकास्टिङ विषयमा सर्वोच्च अदालतको कारण देउ आदेश

एस, काठमाडौं / एचकेनेपाल डट कम -
राष्ट्रिय प्रसारण ऐन २०४९ सँग बाझिने गरी हालै सरकारले प्रसारण नियमावलीमा गरेको तेस्रो संसोधन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले माग गरेअनुसार किन खारेज नगर्ने भनी १५ दिनभित्र कारण प्रस्तुत गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश मोहनप्रकाश सिटौलाको एकल इजलासले आज सरकारको नाममा कारण देखाउन आदेश दिएको हो।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले राष्ट्रिय प्रसारण नियमावलीको तेस्रो संसोधनमार्फत राष्ट्रिय प्रसारण ऐनलाई नियमले संसोधन गर्न खोज्दै नेपालका स्वतन्त्र रेडियोहरुका बीच विभेद गर्न खोजेकोले शुरुदेखि नै नियमावली खारेज गरी पाँऊ भनी निवेदन शुक्रबार सर्वोच्च अदालतमा प्रस्तुत गरेको थियो।

निवेदक ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको तर्फबाट अधिवक्ता माधव बस्नेतले अदालतमा बहस गरेका थिए।

Popularity: 8%

Add comment February 7th, 2009

आक्रमणकारीको खोजी तीब्र, हेलिकप्टरको प्रयोग (News update)

आक्रमणकारीको खोजी तीब्र, हेलिकप्टरको प्रयोग
एस, प्युठान / एचकेनेपाल डट कम -
प्युठानको स्याउलेबाङ प्रहरी चौकीमा आक्रमण गर्ने सशस्त्र समूहको खोजी कार्यलाई तीब्र पारेको छ।
सशस्त्र समूहको खोजीका लागि काठमाण्डौबाट आएको स्पेशल टास्क फोर्स र प्युठान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेका छन्।

सुरक्षा टोलीसहितको हेलिकोप्टरले खोजी कार्य तीब्र पारेको छ। उनीहरूले घटनास्थल वरपरका क्षेत्रलाई घेराबन्दी गरी अपरेशन सुरू गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक मदनबहादुर खड्काले बताए। दाङ, रोल्पा र प्युठानबाट पनि प्रहरी टोली घटनास्थल तर्फ गएका छन्।

सशस्त्र समूहद्वारा चौकीमा आक्रमण, एक प्रहरीको मृत्यु
एस, प्युठान / एचकेनेपाल डट कम -
अज्ञात सशस्त्र समूहले गएराति प्रहरी चौकीमा आक्रमण गर्दा प्यूठानको स्याउलेबाङमा एक प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्यूठान चिसावान घर भएका प्रहरी जवान सुमन जिसी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घटनामा प्रहरी सहायक निरिक्षक देब बहादुर खड्का घाइते भएका छन्।

सशस्त्र समूहले राति ११ बजेतिर आक्रमण गरी चौकी ध्वस्त गरेका छन्। उनीहरूले त्यहाँका हतियार तथा सञ्चारसेट समेत लुटेर लगेका छन्। सहायक निरीक्षकको कमाण्डमा त्यहाँ १० प्रहरी कार्यरत थिए। आक्रमणपछि प्रहरी जवान कृष्ण कठायत सम्पर्क बाहिर छन्। ६-७ जना प्रहरीहरू उनीहरूको कुटपिटबाट घाइते भएका छन्।

सदरमुकामदेखि करिव ६ घण्टाको दूरीमा चौकी रहेको छ। घटनापछि प्यूठानका प्रहरी नायव उपरीक्षक माधव श्रेष्ठको नेतृत्वमा एक प्रहरी टोली त्यसतर्फ गएका छन्।

Popularity: 8%

Add comment February 7th, 2009

नेपालद्वारा हङकङ २८ रनले पराजित

एस, काठमाडौं / एचकेनेपाल डट कम -
राजधानीमा जारी एसीसी यु-१७ इलाइट कप क्रिकेट प्रतियोगितामा शनिवार नेपालद्वारा हङकङ २८ रनले पराजित भएको छ।

प्रतियोगितमा टस जितेर व्याटिङ रोजेको नेपाल २३।१ ओभरमा ७७ रनमा सिमित भएपनि हङकङले ४९ रनभन्दा बढी बनाउन सकेन।

नेपालका लागि भुवन कार्कीले १६ आकाशिसंह परियारले १४ र ओपनर कृतेन गुरुडले १२ रन बनाएका थिए। अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। हडकडका ओपनर बलरद्वय मोहमद औजाजले ३ र उवाइस रहमानले २ विकेट लिएका थिए।

Popularity: 8%

Add comment February 7th, 2009

अमेरिकी सहायक मन्त्री बौचर नेपाल आउने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
अमेरिकी सहायक विदेशमन्त्री रिचर्ड बौचर दुईदिने नेपाल भ्रमणका लागि आगामी साता काठमाडौं आउने भएका छन्।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने बौचर माघ २९ गते काठमाडौं आउने र भोलिपल्टै फर्किने कार्यक्रम तय भएको परराष्ट्र प्रवक्ता सुरेश प्रधानले जनाएका छन्।

यसअघि गत मंसिर २५ मा बौचरको नेपाल भ्रमण कार्यक्रम तय भएपनि अन्तिम समयमा स्थगित भएको थियो। बौचर निवर्तमान अमेरिकी राष्ट्रपति जर्ज बुसको पालामा र अहिले नयाँ राष्ट्रपति बाराक ओबामाका पालामा समेत सहायक विदेश मन्त्री रहेका छन्।

Popularity: 8%

Add comment February 7th, 2009

तेलको मूल्य समायोजन गर्न ३२ महिना लाग्ने

एस, वीरगंज / एचकेनेपाल डट कम -
आपूर्ति मन्त्री राजेन्द्र महतोले तेलको मूल्य अन्तर्राष्ट्रिय बजारसँग समायोजन गर्न कम्तीमा ३२ महिना लाग्ने बताएका छन्।

पत्रकारसंग शनिवार वीरगञ्जमा बोल्दै आपूर्ति मन्त्री महतोले आयल निगम ऋणमा रहेकाले मूल्य समायोजन गर्न दुई वर्ष ८ महिना लाग्ने बताएका हुन्।

अहिले पेट्रोलमा १५ र डिजलमा ७ रुपैयाँ नाफा रहेको मन्त्री महतोले जानकारी दिए। उनले आयल निगमको पुरानो १६ अर्ब रुपैयाँ ऋण चुक्तापछि मात्र अन्तर्राष्ट्रिय मूल्यसँग ठीक रुपमा समायोजन हुने बताए। ऋण तिर्न दुई वर्ष ८ महिना लाग्ने उनले बताए।

Popularity: 8%

Add comment February 7th, 2009

गैर आवासीय नेपाली संघ युएइको अध्यक्षमा पिएस लिम्वू

कुमार कार्की, कतार / एचकेनेपाल डट कम -
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको शुक्रवार सम्पन्न चुनावले पिएस लिम्वूलाई अध्यक्षमा निर्वाचित गरेको छ।

लिम्बूको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। जसमा उपाध्यक्षमा सुदिप पन्त, रमाकान्त न्यौपाने, सचिव अर्जुन दाहाल, सहसचिव तेज सुवेदी, कोषाध्यक्ष शेषनारायण झा र सदस्यहरुमा विष्णु दाहाल, विकास अधिकारी, एल राज पौडेल, विनोदराज आचार्य, खेमराज न्यौपाने, देवनाथ महतो, नुनप्रसाद सोमाई मगर, घनश्याम चौधरी, मोहमम्मद तैयव, तारा न्यौपाने, जयकिशोर पहिदार, भोजराज घर्ति, कृष्ण न्यौपाने, निमेश गिरी तथा छत्रवहादुर दमाई (मनोज दर्नाल) रहेका छन्।

गैर आवासीय नेपाली संघ युएइ निर्वाचनको पर्यवेक्षणका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाल तथा मध्यपूर्व क्षेत्रीय संयोजकको उपस्थिती रहेको थियो। निर्वाचनको पर्यवेक्षणका लागि संघका सचिव कतारवाट युएइ पुग्नु भएको थियो भने मध्यपूर्व क्षेत्रीय संयोजक चन्द्रप्रसाद सापकोटा युएइमा नै रहनुहुन्छ। सम्पन्न निर्वाचनको निर्वाचन प्रमुखमा जाकिर हुसैन रहेका थिए।

Popularity: 8%

Add comment February 7th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....