Archive for February 8th, 2009

‘एमालेले बल्खुबाट मुलुकको नयाँ नेतृत्व गर्ने’

एचकेनेपाल डट कम संवाददाता-
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा सभासद् प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा ध्रुवीकरण बढ्दैगएको भन्दै अब आठौँ महाधिवेशनपछि नेकपा एमालेले बल्खुबाट मुलुकको नयाँ नेतृत्व गर्ने तयारी गरिरहेको बताउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

नेता ज्ञवालीले विगतदेखि वर्तमानसम्म, सरकार सधैँ बालुवाटार र सिंहदरबारबाट मात्र सञ्चालित भएको बताउँदै त्यसले मुलुकलाई नयाँ नेतृत्व र गति प्रदान गर्न नसकेको समेत बताउनुभयो।

उहाँले ‘माओवादी समस्या मात्र हो तर समाधान हैन’ भन्दै त्यसको नेतृत्वमा रहेको सरकारले गणतन्त्रको चाहना पूरा गर्न र शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउनसमेत नसक्ने बताउनुभयो।

उहाँले माओवादीले राष्ट्रवादी र गणतन्त्रवादीको नाममा पूर्व राजावादीलाई समेट्न खोजेको र काङ्ग्रेसले वृहद् लोकतान्त्रिक गठबन्धनको नाममा दक्षिणपन्थीसँग सहकार्य गर्न खोजेकोले यस्ता प्रकृयालाई र्सार्थक हस्तक्षेप गर्न नसकेमा मुलुक गम्भीर दुर्घटनामा पर्ने खतरा रहेको समेत बताउनुभयो।

Recent Videos:

Popularity: 8%

Add comment February 8th, 2009

कलियुगका श्रवणकुमार

एचकेनेपाल डट कम संवाददाता-
त्रेता युगमा आफ्ना नेत्रहीन बाबुआमालाई संसारका धार्मिकस्थलको भ्रमण गराउन हिँडेका श्रवणकुमारको कथालाई जीवन्तता दिँदै कलियुगका एक श्रवणकुमार आफ्नी नेत्रहीन आमालाई लिई महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेका छन् ।

भारतको मध्यप्रदेश राज्यको जवलपुर निवासी ४० वर्षीय कैलाश गिरी ब्रह्मचारी आफ्नी ८३ वर्षीया नेत्रहीन आमा कीर्तिदेवीलाई खर्पनमा राखी भारतको करिब प्रत्येक प्रसिद्ध धार्मिकस्थल तथा शक्तिपीठको भ्रमण र दर्शन गराउँदै नेपालको जनकपुरस्थित प्रसिद्ध जानकी तथा राम मन्दिरको दर्शन पश्चात हिजो महोत्तरी पुगेका हुन् ।

सानै उमेरमा बुबा परलोक भइसकेका गिरीले एउटा खर्पनमा आमा कीर्तिदेवीलाई राखेका हुन् भने अर्को खर्पनमा आफ्ना मृतक बुबाको तस्वीर र उनी बराबरको भारी राखी आफ्नो यात्रा आरम्भ गरेका हुन् ।

आफ्नी आमालाई खर्पनमा राखी भारतको रामेश्वर, देवघर, वैष्णोदेवी, गया, प्रयाग, चित्रकुट, बनारस, गङ्गासागर, तिरुपति, जगन्नाथधाम, चण्डीगढ, इलाहावाद, कोलकातालगायतका देवस्थलमा यात्रा गर्दै गिरी यात्राको १३ वर्ष दुई महिना १० दिनमा हिजो नेपालको जलेश्वरस्थित प्रसिद्ध शिवालय जलेश्वर नाथमा आइपुगेका हुन्।

Recent Videos:

Popularity: 8%

Add comment February 8th, 2009

देश सय टुक्रामा विभाजन हुने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले “सङ्घीय राज्यप्रणालीमा जाँदा देश टुक्रिने हुँदा” एकात्मक राज्यप्रणाली नै ठीक भएको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा नेपालको तेस्रो जिल्ला अधिवेशनको बाग्लुङमा उद्घाटन गर्दै अध्यक्ष केसीले “जातीय राज्यप्रणालीमा गए देश १०० टुक्रामा विभाजन हुने भएकाले” यस्तो खालको सङ्घात्मकता आफ्नो पार्टीले नचाहेको बताउनुभयो ।

भारत र अमेरिकाको इसारामा माओवादी चल्न थालेको आरोप अध्यक्ष केसीले लगाउनुभयो ।

सरकारले संसद अधिवेशन छँदाखेरि विधेयक नल्याउने तर छलछाम गरी शासन चलाउन रातारात अध्यादेश ल्याएको हुँदा माओवादी अधिनायकवादतर्फउन्मुख हुँदै गएको पनि उहाँले व्यक्त गर्नुभयो ।

Popularity: 8%

Add comment February 8th, 2009

यात्रुवाहक बस जलाइयो

एचकेनेपाल डट कम संवाददाता-
थारु कल्याणकारिणी सभाका कार्यकर्ताले यातायात बन्द आह्वानका क्रममा गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा सडकखण्डमा दुई वटा यात्रुबाहक बसमा आगजनी गरेका छन् ।

काठमाडौँबाट काकडभित्तातर्फजाँदै गरेको ना. ३ ख ५४४९ र ना. ३ ख ५५६० नं.को परेली यातायातका दुई वटा बसमा उनीहरुले राति करिब ७ बजे आगजनी गरेका हुन् ।

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

राजविराजबाट गएको वारुणयन्त्रले बसमा लगाइएको आगो नियन्त्रणमा लिएको जनाइएको छ ।

Popularity: 8%

Add comment February 8th, 2009

अमेरिकामा भुटानी शरणार्थीको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
अमेरिका पुनर्वास गराइएका एक भुटानी शरणार्थीको मृत्यु भएको छ। गएको डिसेम्बरमा अमेरिकाको टेक्सास राज्यअन्तर्गत डल्लास भन्ने ठाउँमा पुनर्वास भएका झापाको गोलधाप शिविरका ४७ वर्षीय धनबहादुर खड्काको गत आइतबार मृत्यु भएको हो।

उनलाई मुटुसम्बन्धी रोग भएको पारिवारिक स्रोतले बताएको छ।

यसअघि साता दिनअघि दमकको बेलडाँगी शरणार्थी शिविरबाट पुनर्वास गराइएकी विष्णुमाया अधिकारीको पनि टेक्सासमा त्यहाँ भृत्यु भएको थियो।

Popularity: 8%

Add comment February 8th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....