Archive for February 13th, 2009

पोखरामा खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता हुने

एस, पोखरा / एचकेनेपाल डट कम -
ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टरले फागुन ८ गतेदेखि तीन दिनसम्म नेपाल दशौं खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता गर्ने भएको छ।

पोखरामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक टानका अध्यक्ष बसन्तराज दवाडीले दशौं प्याराग्लाइडिङ च्याम्पियनसिपमा एकसय भन्दा बढी स्वदेशी तथा विदेशी पाइलटहरुले सहभागिता जनाउने बताए।

सराङकोटबाट उडान गरी लेकसाइडको खहरेमा अवतरण गरिने प्याराग्लाइडिङ प्रतियोगिता पोखरामा आन्तरिक तथा बाहृय थप पर्यटक भित्र्याउन आयोजना गरिएको जानकारी संयोजक हिराबहादुर केसीले दिए। च्याम्पियनसिपलाई नेपाल एयर स्पोर्टस एशोसियसनको प्राविधिक सहयोग रहने उनले बताए।

प्रतियोगितामा विशेष गरी बेष्ट एक्रोव्याटिक, बेष्ट स्पोट ल्याण्डिङ र बेष्ट फन शो गर्नेलाई पुरस्कृत गरिने छ। ४० हजार दर्शकले अवलोकन गर्ने आशा गरिएको उक्त प्रतियोगिताको लागि ११ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

Recent Videos:

Popularity: 8%

Add comment February 13th, 2009

आगजनीबाट ४२ घर नष्ट, दुईसय परिवार विस्थापित

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सर्लाहीको शंकरपुर गाविस-९ मलाही टोलमा आज बिहान भएको आगजनीबाट ४२ घर जलेर नष्ट भएका छन् भने त्यहाँका झण्डै दुई सय परिवार विस्थापित भएका छन्।

मलाही टोलमा चोर, डकैत र अपराधीलाई संरक्षण दिएको भन्दै वरपरका बासिन्दाले सो टोलमा आगजनी गरेको समाचार स्रोतले जनाएको छ।

चोरीको आरोपमा सोही टोलका हरेन्द्र सहनी हतियारसहित पक्राउ परेका छन्। सहनीबाट प्रहरीले पेस्तोल १ थान, गोली ३ राउण्ड, मोबाइल २ थान र सुनको तिलहरी २ थानसमेत बरामद गरेको छ। सहनी पक्राउ परे लगत्तै आक्रोशित भीडले मलाही टोलमा आगो लगाएका थिए।

सशस्त्र प्रहरी र जनपद प्रहरी टोलीले अहिले आगो नियन्त्रणमा लिइसकेका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भैसकेको छैन।

Popularity: 8%

Add comment February 13th, 2009

विद्यार्थी कुटपिटको विरोधमा बिराटनगर बन्द

एस, काठमाडौं / एचकेनेपाल डट कम -
धरानमा पटक पटक मधेसी विद्यार्थीमाथि भैरहेको कुटपिटको विरोधमा मधेसी जनअधिकार फोरम समर्थित बिद्यार्थीहरुले आज दोश्रो दिन पनि विराटनगर बन्द गरेका छन्।

उनीहरूले कुटपिटमा संलग्न दोषीहरूमाथि कारवाहीको माग गर्दै आह्वान गरेको विराटनगर बन्दका कारण यातायात तथा शैक्षिक संस्थाहरू ठप्प भएका छन्। बन्दका कारण कोशी राजमार्गको विराटनगर-इटहरी सडक खण्डमा यातायात चलेका छैनन्। विराटनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनसमेत ठप्प भएको छ।

फोरम सम्बद्ध विद्यार्थीहरूले विराटनगरमा शुक्रबार बिहानै को.१.ज ९३८ नम्बरको माइक्रोबस तोडफोडगरी क्षति पुर्याएका छन्। सवारी साधन तोडफोडमा संलग्न चन्दन मण्डल र रुपेश यादवलाई हिजो पक्राउ गरी साँझा छाडेको थियो।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अध्ययनरत मधेसी विद्यार्थीमाथि पटक पटक भैरहने कुटपिटप्रति प्रसाशन गम्भीर नभएको र कुटपिटमा संलग्न दोषीहरूमाथि कारवाही नभएको भन्दै उनीहरूले हिजोदेखि विराटनगर बन्द गराएका हुन्।

Popularity: 8%

Add comment February 13th, 2009

अपहरणमा संलग्न चारजना पक्राउ

एस, काठमाडौं / एचकेनेपाल डट कम -
महोत्तरी जिल्ला इनरुवाकट्टी गाविसस्थित जनता माविका प्रधानाध्यापक लालबाबु झाको अपहरणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुका महोत्तरी रामनगर बस्ने अरुण महतो, माधव शर्मा, स्थानीय गौशाला बस्ने रामचन्द्र महतो र धनुषा बटेश्वरका दिपेन्द्र साह रहेका छन्।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट पशुपतिनगरले उनीहरूलाई पक्राउ गरी अपहरित प्रधानाध्यापक झालाई सकुशल मुक्त गरेको छ। प्रहरीले उनीहरूबाट एक थान खुकुरीसमेत बरामद गरेको छ। अपरहणमा संलग्न चारैजनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

Popularity: 8%

Add comment February 13th, 2009

बैकल्पिक उर्जा प्रयोगको स्वागत

एस, काठमाडौं / एचकेनेपाल डट कम -
स्वतन्त्र रेडियो र मिडियाहरुले भोग्नुपरेको उर्जा सङ्कट समाधान गर्न सरकारले बैकल्पिक उर्जाको प्रयोग गर्ने विकल्प अघि सारेको छ।

सञ्चालनमा आएका रेडियो, टेलिभिजन र ‘क’ वर्गमा परेका पत्रिकाहरुले बैकल्पिक उर्जा प्रयोग गर्ने प्रस्ताव गरेमा सरकारले दुर्गम क्षेत्रलाई दिंदै आए सरहको एक मुष्ठ अनुदान र सुबिधा दिने निर्णय गरेको छ।

माघ २६ गते मन्त्री स्तरको निर्णयले यस्तो बिकल्प अघि सारेको जानकारी दिंदै सूचना तथा सञ्चार मन्त्रालयले आज ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाललाई पत्र मार्फत जानकारी गराएको छ।

स्वतन्त्र मिडियाहरुले भोग्नुपरेको समस्या बोध गरेर सरकारले सकारात्मक कदम चालेकोमा ब्रोडकाष्ङि एसोसिएसन अफ नेपालले सरकारलाई प्रेस विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरेको छ। अध्यक्ष विष्णुहरि ढकालद्वारा हस्तक्षरित विज्ञप्तिमा भनेको छ - सरकारले अघि सारेको बिकल्पको सदुपयोग गर्दै तत्काल बैकल्पिक उर्जा ल्पान्ट निर्माण गर्न सरकारसमक्ष प्रस्ताव पेश गर्न स्वतन्त्र रेडियोहरुलाई आब्हान गर्दछौं। बैकल्पिक उर्जा प्लान्ट निर्माण गर्न समय लाग्ने भएको हुँदा त्यस वेलासम्मको निम्ति स्वतन्त्र रेडियोहरुले प्रयोग गर्ने इन्धनमा अनुदान दिन र स्वतन्त्र रेडियोहरुसंग वार्तागरी अन्य समस्याहरु सम्वोधन गर्न सरकारसंग माग गरेको छ।

उर्जा सङ्कटको कारण स्वतन्त्र रेडियोहरु वन्द हुने क्रम तीव्र भएको छ। हिजो धवलागिरी अञ्चलमा सञ्चालित तीन वटा स्वतन्त्र रेडियोहरुले दिनको ३ घण्टाका दरले प्रसारण कटौति गरेका छन्। लुम्विनी अञ्चलका रेडियोहरुले लोडसेडिङको मार खप्न नसकेर प्रसारण समय कटौति गरेर सुरु गरेको आन्दोलन अहिले देशभर फैलिएको छ।

स्वतन्त्र रेडियोहरु वन्द हुन थालेपछि स्थानीय नागरिकहरु सूचनावाट बञ्चित वन्नु परेको छ। ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ र काठमाडौं उपत्यका एफएम प्रसारक मञ्चले गएको पौष २३ गते सरकारलाई दिएको ज्ञापन पत्रमा लोडसेडिङले उत्पन्न गरेको समस्या समाधान गर्न बैकल्पिक उर्जा प्लान्ट निर्माणको निम्ति अनुदान दिन माग गरेको थियो।

Popularity: 8%

Add comment February 13th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....