Archive for February 14th, 2009

मातृका यादव माओवादी पार्टीबाट निष्काशित

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सत्तारुढ एकीकृत नेकपा माओवादीले मातृका यादवलाई शनिवार पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ।

पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका यादवलाई पार्टीले अराजक र अनुशासनहीन चरित्र देखाएको आरोप लगाउँदै निष्काशन गरेको हो। माओवादीको केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।

तर, नेता यादवले यसअघि नै आफू एकीकृत नेकपा माओवादीमा नरहेको सार्वजनिक गरिसकेका छन्। उनले केही दिनअघि राजधानीमा पत्रकार सम्मलेन गरी नेकपा माओवादी पार्टी पुनर्गठन गरेको घोषणासमेत गरेका थिए।

Recent Videos:

Popularity: 8%

1 comment February 14th, 2009

बस दुर्घटनामा १ को मृत्यु, १७ जना घाइते

एस, काठमाडौं / एचकेनेपाल डट कम -
मनकामना दर्शन गरेर फर्कदै गरेको तिर्थयात्री बोकेको बस शनिबार दिउँसो चितवनको कुरिनटारमा दुर्घटना हुँदा एक तिर्थालुको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा नुवाकोट थानसिंहका रामेश्वर न्यौपाने रहेका छन्। घाइतेहरुको भरतपुर अस्पताल र मेडिकल कलेजमा उपचार भैरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

ना. ३ ख. २५०१ नम्बरको यात्रुवाहक बस दिउँसो पौने ३ बजे कुरिनटार नजिकै सडक छेउमा दुर्घटना भएको हो। बसमा ५० जनाभन्दा बढी तिर्थयात्रु थिए।

चालकले मादक पदार्थ सेवनगरी सवारी चलाएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान भैरहेको छ।

Popularity: 8%

Add comment February 14th, 2009

मारूती भ्यानमा आगलागी १ को मृत्यु, ६ घाइते

एस, काठमाडौं / एचकेनेपाल डट कम -
काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको बा ५ च ८५८२ नम्बरको मारुती भ्यान शनिवार अचानक चितवनमा आगलागी हुँदा घटनास्थलमै एक जना महिलाको जलेर मृत्यु भएको छ।

मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। घटनामा अन्य ६ जना घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भैरहेको छ भने गम्भीररूपमा घाइते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

चितवनको दारेचोक गाबिस-९ स्थित फिसलिंगमा गुडिरहेको भ्यानमा अचानक आगलागी भएको थियो। भ्यानमा ७ जना यात्रु सवार रहेको र घटनासम्बन्धी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

Popularity: 8%

Add comment February 14th, 2009

विश्वभर प्रेम दिवस

एस, काठमाडौं / एचकेनेपाल डट कम -
सन्त भ्यालेण्टाइनको सम्झना तथा एक आपसमा प्रेम साटासाट गरेर विश्वभरका युवायुवतीहरुले आज भ्यालेण्टाइन्स डेलाई प्रेम दिवसका रूपमा मनाएका छन्। (more…)

Popularity: 8%

Add comment February 14th, 2009

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रलाई लज्जित पार्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले सत्ताबाट हटाइए बालुवाटारमै बलिदान तयार छौं भन्ने प्रधानमन्त्रीको भनाइ सत्तालिप्साको पराकाष्ठा भएको धारणा व्यक्त गर्नुभएको छ।

नेपाल शिक्षक सङ्घ कास्कीको आठौं अधिवेशनको उदघाटन गर्दै काङ्ग्रेस नेता रामचन्द्र पौडेलले सत्ता छोड्न पर्‍यो भने बलिदान तयार छु भन्नु संसारमा कहीं नभएको सत्तालिप्साको पराकाष्ठा हो, माओवादी नसुध्रिएको प्रमाण र अधिनायकवादी चरित्र हो भन्नुभयो।

“लोकतन्त्रमा बहुमतको विश्वास गुमेपछि सत्ताबाट हटनु नै लोकतान्त्रिक चरित्र भएकाले प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले राष्ट्रलाई लज्जित गर्ने अभिव्यक्ति दिन नसुहाउने”उहाँले बताउनुभयो।

Popularity: 8%

Add comment February 14th, 2009

लखन थापामगरलाई पहिलो शहीद घोषणा गर्न माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सहिद लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग मगर संघसंस्थाहरुले गरेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

राणाशासकले वि.सं. १९३३ फागुन २ गते थापालाई झुण्ड्याएर मारेका थिए।

नेपाल मगरयुवा सङ्घ, नेपालमगर विद्यार्थी सङ्घ, नेपाल मगर महिलासङ्घ र नेपाल मगरसङ्घ धादिङ जिल्ला कार्यसमितिद्वारा बुझाइएको ज्ञापनपत्रमा लखन थापालाई सहिद घोषणा गरिएको भएपनि उहाँलाई प्रथम सहिद घोषणा गर्नुपर्ने र उहाँको स्मृतिमा सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ।

Popularity: 8%

1 comment February 14th, 2009

माओवादीको सिको गर्न खोज्नेलाई नछाडिने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रक्षामन्त्री रामबहादुर थापाले स्याउलीबाङ प्रहरी चौकीमा आक्रमण गर्ने समूहलाई प्रतिगमनकारीको संज्ञा दिंदै उहाँले माओवादी जनयुद्धको सिको गर्न खोज्ने प्रतिगमनकारीहरूलाई सरकारले नछोड्ने स्पष्ट पार्नुभयो।

प्युठानको विजुबारमा स्वर्गद्वारी प्युठान महोत्सवको उदघाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

समारोहमा मन्त्री थापाले प्युठानको आर्थिक, साँस्कृतिक र सामाजिक विकासका लागि सरकार प्रयत्नशील रहने बताउनुभयो।

उहाँले समयमै संविधान निर्माणका लागि सबै दल एकजुट हुनुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले अहिले सबैको ध्यान संविधान निर्माणमा केन्द्रित हुनुपर्छ भन्नुभयो।

Popularity: 8%

Add comment February 14th, 2009

पाँच महिना मै माओवादी आत्तियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका नेता तथा संविधानसभाका सभासद् नरहरी आचार्यले नयाँ संविधानमा राज्यको संरचना सङ्घीयताको आधारमा प्रादेशिक ढाँचामा हुनुपर्नेमा जोड दिनुभएको छ।

सम्बाद नेपाल पोखराद्वारा राज्यसंरचना र संविधान विषयक अन्तरक्रिया कार्यक्रममा नेता आचार्यले लोकतान्त्रिक मूल्य र मान्यतामा सबै राजनीतिक पार्टीको प्रतिवद्धताको खाँचो औंल्याउनुभयो।

राज्यको सत्ता सञ्चालनको नेतृत्व लिएको माओवादी पाँच महिनामै आत्तिएकोमा आश्चर्य व्यक्त गर्दै उहाँले यति छोटो समयमै आत्तिने भए दश वर्षको जनयुद्ध किन गरेको भनी प्रश्न गर्नुभयो।

नेकपा एमालेका युवा नेता राजीव पहारीले पुरानै चिन्तन र सोचाईले नयाँ नेपाल निर्माण गर्न सकिदैन भन्नुभयो।

Popularity: 8%

1 comment February 14th, 2009

लिम्बुवानका कार्यकर्ताद्वारा पत्रिकामा आगजनी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सङ्घीय लिम्बुवान राज्यपरिषद्का कार्यकर्ताले धरानबाट प्रकाशित हुँदै आएको औजार दैनिक पत्रिका कब्जामा लिई धरानको भानुचोकमा जलाई दिएका छन्।

गत बिहीबारको अङ्कमा उक्त पत्रिकाले लिम्बुवानको दादागिरी भन्ने विषयमा लेखिएको लेखप्रति आपत्ति जनाउँदै सङ्घीय लिम्बुवान कार्यकर्ताले सो पत्रिका जलाएको पत्रिकाका प्रवन्धक पवनविवश अधिकारीले जानकारी दिनुभयो।

सोही विषयलाई लिएर सङ्घीय लिम्बुवान राज्यपरिषद्का कार्यकर्ताले हिजो पनि मोरङको पथरीमा उक्त दैनिकको २५० प्रति जलाएका थिए।

पत्रिका जलाएको विरोधमा सुनसरी नेपाल पत्रकार महासङ्घ तथा सञ्चार सम्बद्ध सङ्घसंस्थाहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी भत्सर्ना गरेका छन्।

उनीहरूले पत्रिका जलाउने कार्यमा उत्रिएका लिम्बुवान कार्यकर्ताको खोजी गरी कार्वाही गर्न प्रशासन समक्ष माग गरेका छन्।

Popularity: 8%

Add comment February 14th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....