Archive for February 15th, 2009

फोटो पत्रकार रञ्जित आईसीसी अवार्डबाट पुरस्कृत (+Photo)

धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
क्रिकेटको सर्वोच्च संस्था आईसीसीद्धारा ४९ वटा देशको १६२ फोटोमा नेपालका फोटो पत्रकार सुर्दशन रञ्जितको फोटो उत्कृष्ट हुदै टप ५ छानियो। आईसीसीको पाँच महादेशमा एसिया, युरोप, अमेरिका, अफ्रिका र इएपीबाट एक/एक फोटो आफ्नो महादेशमा उत्कृष्ट हुदैँ एसियाको तर्फबाट आईसीसी फोटो अफ दि इयर २००७ मा रञ्जितको फोटो पुरस्कृत भयो।


फोटो पत्रकार रञ्जित (तस्वीरमा बायाँबाट पहिलो)लाई अवार्ड आइतबार पोखरामा एक समारोहकाबीच एसीसीका डेभलपमेन्ट अफिसर बन्दुला वर्नपूर्णले प्रदान गर्नुहुदै।

रन्जितले पोखरा रंगाशालाभित्र खिचेको फोटो आईसीसीले बेष्ट फोटो अफ दि इयर २००७ घोषणा गर्दै एसीयनतर्फ उत्कृष्ट फोटोमा पुरस्कृत गरेको थियो। घोषणा गरेको झण्डै वर्षदिनपछि एसीसीले आइतबार पोखरामै एक कार्यक्रमको आयोजना गरी रन्जितलाई एसीसीका डेभलपमेन्ट अफिसर बन्दुला वर्नपूर्णले पुरस्कार प्रदान गर्नुभएको थियो।

रन्जितले पोखराको क्रिकेट विकासको लागि फोटो पत्रकारितामार्फत महत्वपूर्ण योगदान दिदैं आउनुभएको छ। उहाँले २००८ मा अन्नपूर्ण हिमश्रृंखलाको फेदीमा ढुंगे क्रिकेट मैदानमा अभ्यास गरिरहेको फोटोलाई एसीसीले उत्कृष्ट ठहर्‍याई ग्लोबलको लागि छनोट समेत गरेको थियो।

पोखराको क्रिकेट मैदान निर्माणार्थ संभाव्यता अध्ययनको लागि एसीसीका पदाधिकारी आइतबार पोखरा आएका थिए। रन्जितलाई पुरस्कृत गर्दै डेभलपमेन्ट अफिसर वर्नापूर्णले नेपालले पनि २०१५ मा वर्ल्डकप खेल्ने लक्ष्य आत्मसात गर्दै क्रिकेटको विकासमा केन्द्रीत हुनुपर्नेमा जोडदिनुभयो।

‘श्रीलंका पनि नेपाल जस्तै थियो। लामो समयको दौरानपछि टेष्टको मान्यता पाएको थियो।’ उहाँले भन्नुभयो-’नेपालमा पनि क्रिकेट विकासको ठूलो सम्भावना छ। २०१५ भित्रमा बर्ल्डकप खेल्ने लक्ष्य राखेर अघि बढ्नुपर्छ ।’ उहाँले नेपालको क्रिकेटस्तर विकास गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एसीसी मार्फत आर्थिक सहयोग जुटाउने प्रतिबद्धता जाहेर गर्नुभयो।

क्यानले आर्थिकसँगै आधारभूत सहयोग गर्ने जानकारी दिदैं पोखरा अन्य क्षेत्रको तुलनामा भौगोलिक र अन्य सुविधाले यु्क्त भएकोले पनि पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउनुपर्नेमा उहाँको जोड थियो।

नेपाल क्रिकेट काउन्सिल (क्यान)का अध्यक्ष विनयराज पाण्डेले काठमाडौं पछिको पूर्वाधारसहित अन्य सुविधाले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन क्यान प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पोखराको मैदान बनाउन १३ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिसकिएको जानकारी दिनुभयो।

‘स्थानीयस्तरबाट पहल र आर्थिक सहयोग भए डेढवर्षभित्रमा मैदान बन्छ।’ उहाँले भन्नुभयो-’अन्यथा वर्षौ लाग्न पनि सक्छ।’ उहाँले क्यानले पाँचै क्षेत्रमा क्रिकेट मैदान बनाउने तयारी गर्दै आर्थिक सहयोग प्रदान गरेको जानकारी दिनुभयो। काठमाडौंसहित पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, विरगन्ज, भैरहवा, नेपालगन्ज र विराटनगरमा क्षेत्रीयस्तरको मैदान बनाउने क्यानको लक्ष्य रहेको उहाँले बताउनुभयो।

पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सकिए खेलकुदको माध्यमबाट आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अध्यक्ष पाण्डेको विश्वास थियो। उहाँले भैरहवादेखि बैतडीसम्म क्रिकेट माहौल भएको उल्लेख गर्दै क्रिकेट विकेन्द्रीकरण भएको दावी गर्नुभयो।

कास्की जिल्ला क्रिकेट संघले क्रिकेट मैदानको लागि दशलाख भन्दा बढी खर्च गरिसकेको छ। सन २००० मा क्रिकेट एकेडेमी बनाउने भन्दै क्यानले जग्गा छनोट गरी प्रदान गरिएको ८ लाख जग्गा सम्याउनै खर्च गरेको थियो। क्यानबाट आर्थिक सहयोगस्वरुप आएको ८ लाख रुपियाँ खर्चेर सम्याएको जमिन पछिल्लो समयमा आर्चरी संघले ओगटेको छ। राष्ट्रिय खेलकुद परिषदले क्रिकेटको लागि आर्चरीको भन्दा पूर्वको जग्गा क्रिकेट मैदान निर्माण गर्न छुट्टाइदिएको छ। छुट्टाइएको जग्गामा संघले क्यानको दिएको ५ लाखमा तारजाली हालेर घेर्ने काम गरेको छ भने मैदान सम्याउन माटो भरेको छ। क्यानले मैदान बनाउन विभिन्न चरणमा गरी अब १० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने पाण्डेले बताउनुभयो।
पोखराबाट धन बस्नेत फागुन ४ गते, तस्वीरः धन बस्नेत, सञ्जय शाक्य / पोखरान्युज डट कम

सुदर्दशन रञ्जित एचकेनेपाल डट कमको सहयोगी फोटो पत्रकारसमेत हुनुहुन्छ। उहाँद्वारा खिचिएका तस्वीरहरू हेर्न यहाँयहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

Add comment February 15th, 2009

एमाले कार्यकर्ता बोकेको जीप दुर्घटना, एकको मृत्यु

एस, काठमाडौं / एचकेनेपाल डट कम -
एमाले कार्यकर्ता बोकेको जीप आइतबार बिहान डडेल्धुरामा दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दर्घटनामा परी मृत्यु हुनेमा अछामका हिरेन्द्र कुवँर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरू बुटवलमा सोमबारदेखि शुरु हुने एमालेको आठौं महाधिवेशनमा भाग लिन जांदै थिए। कुवँर अछामका महावधिवेशन प्रतिनिधि हुन्।

बा‌. १ च. १९५ नम्बरको जीप अछामबाट बुटबलतर्फ जादै गर्दा दीपायल-डडेल्धुरा सडक खण्डको रडुवाखोला नजिक दुर्घटनामा परेको थियो। नाम खुल्न नसकेका तीन घाइतेको डडेल्धुरास्थित टीम अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 8%

Add comment February 15th, 2009

अध्यादेश विवादले नै यो सरकार ढल्छः कोइराला

सम थापा, नेपालगन्ज / एचकेनेपाल डट कम -
नेपाली काग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले अध्यादेश विवादले नै माओवादी नेतृत्वको सरकार ढल्ने बताउनु भएको छ।

आइतवार विहान गृहनगर नेपालगंजमा पत्रकार भेटघाटका क्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो। माओवादी नेतृत्वको सरकारलाई कसैले ढाल्नु नपर्ने बताउदै कार्यवाहक सभापति कोइरालाले यो सरकारले आफ्नै कारणले ढल्ने बताउनु भयो।

माओवादी सरकारमा आई सकेपछि हत्या, हिंसा र आतंक बढेको, बन्द हडताल र महंगाइले जनताको जीवन यापन कष्टकर भएको र यी समस्याहरु सुल्झाउन माओवादी सरकार असफल भइरहेको हुंदा उसलाई सरकारमा बसिरहने नैतिकता नभएको पनि बताउनु भयो।

कहिले बालुवाटारबाटै व्रि्रोह गर्छु भन्ने कहिले सत्ता कब्जा गर्छु भन्ने जस्ता अभिव्यक्तिप्रति आपत्ती जनाउदै कार्यवाहक सभापति कोइरालाले सरकार सञ्चालन पनि गर्ने सत्ता कब्जाको धम्की पनि दिने यो कस्तो र कसलाई धम्की हो आफूले बुझ्न नसकेको बताउनु भयो।

माओवादी अझै पनि जंगली कानुनमा विश्वास गर्ने भएकाले देशमा अस्थिरता उत्पन्न भइरहेको उहाँले आरोप लगाउनु भयो। पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा कोइरालाले नेपाली काग्रेसले माओवादी सरकार ढाल्न कुनै कसरत नगरेको स्पष्ट पार्दै उनीहरुले देश चलाउन नसक्ने महसुस गरिरहेको र एक दिन आफै सरकारबाट बाहिरिने पनि बताउनु भयो।

Popularity: 8%

2 comments February 15th, 2009

देशलाई इराक र अफगानिस्तान जस्तो बनाइदिने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
मधेसमा सशस्त्र सङ्घर्ष गरिरहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका वार्ताटोली संयोजक तथा मोर्चा प्रवक्ता कौटिल्य शर्माले अहङ्कार त्यागियो भने यो देश स्विजरल्यान्ड हुनसक्छ तर यदि यथास्थितिमै रहिरह्यो भने यो देशलाई इराक र अफगानिस्तान बन्नबाट कसैले रोक्न सक्दैन भन्नुभएको छ।

मधेस मिडिया मिसन नेपालद्वारा आयोजित ‘शान्ति र लोकतन्त्रका निम्ति प्रेस स्वतन्त्रता, बहसः आजको आवश्यकता’ विषयक एकदिने अन्तरक्रियालाई सम्बोधन गर्दै वार्ताटोलीका संयोजक शर्माले नेपालीमाथि लादिएको गोर्खाली राष्ट्रियता हामीलाई चाहिँदैन् भन्नुभयो।

शर्माले भन्नुभयो-”हामीलाई सार्वभौमसत्ता सम्पन्न तराई चाहिन्छ, हामी आतङ्कवादी र जड्सूत्रवादी होइनौ, सरकार वार्ताप्रति इमान्दार नभएकाले वार्ताको सफलताबारे अहिले नै केही भन्न सकिँदैन।”

उहाँले नक्कली पत्रकार र नक्कली क्रान्तिकारीहरुबाट तराईको मुक्तिमाथि ठूलो खतरा रहेकाले उमा सिंहजस्ता वीराङ्गनाका हत्यारालाई नेपाल त के विश्वको जुनसुकै अदालतले पनि छोड्न नहुने बताउंनुभयो।

उहाँले हाम्रो सङ्गठनले युद्ध गर्न छोडेको छैन, थप युद्धका लागि तयारी गरिरहेको छ भन्दै टोली संयोजक शर्माले यदि मधेसको अधिकारलाई कुण्ठित गर्न खोजियो भने यो देश इराक र अफगानिस्तानजस्तो बन्नसक्ने बताउनुभयो।

Popularity: 8%

2 comments February 15th, 2009

देश अर्धउपनिवेशका रुपमा रहेको छः खनाल

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का महासचिव झलनाथ खनालले अहिले मुलुक अर्धउपनिवेशको रुपमा रहेको बताउनुभएको छ। हालसम्म भएका असमान सन्धिका कारण नेपाल छिमेकीसँगको अर्धउपनिवेशका रुपमा रहेको छ, महासचिव खनालले भन्नुभयो-”असमान सन्धि खारेज गरी समान सन्धि गर्नु अहिलेको आवश्यकता हो।”

उहाँले राष्ट्रिय अखण्डताको मुद्दालाई सबै राजनीतिक दलले साझा मुद्दा बनाएर काम गर्नुपर्दछ भन्नुभयो।

कृषि विकास बैङ्क कर्मचारी सङ्घ केन्द्रीय समितिको भैरहवामा सुरु भएको सातौँ केन्द्रीय परिषद्को उदघाटन गर्दै महासचिव खनालले भन्नुभयो-”सङ्क्रमणकालीन अवस्थामा गुज्रिएको मुलुकमा राष्ट्रियतासहित पाँचवटा मुख्य मुद्दा छन्, जसलाई सम्बोधन गर्नु नेकपा (एमाले) को मात्र नभई सबै दलको जिम्मेवारी हो।'’

उहाँले विश्वमा सर्वशक्तिमानका रुपमा उदय हुन लागेका भारत र चीनका अगाडि नेपाललाई अवसर र चुनौती दुवै रहेकाले विवेक पुर्‍याएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो।

उहाँले मुलुकमा अझै पनि सामन्तवाद हावी रहेको बताउँदै नेपाललाई नयाँ युगमा पुर्‍याउन सामन्तवादको अन्त्य गर्नुपर्ने हुन्छ भन्नुभयो।

Popularity: 8%

Add comment February 15th, 2009

लिम्बु पर्वतारोहीलाई सहयोगको आव्हान

एचकेनेपाल डट कम संवाददाता-
तेह्रथुम सरोकार समाजले तेह्रथुम जिल्लाबाट सगरमाथा आरोहणको तयारी गरिरहेकी महिला पर्वतारोही जुनिता सम्वाहाम्फे (लिम्बु) को सहयोगार्थ आवश्यक रकम सङ्कलन गर्ने भएको छ।

समाजले बृहत् भेलाको आयोजना गरी तेह्रथुमकी सुश्री सम्वाहाम्फेको सहयोगार्थ रकम सङ्कलनका लागि किराँत याक्थुङ चुम्लुङ जिविस, तेह्रथुम तथा तेह्रथुमका अन्य सङ्घसंस्थाहरुसँग समन्वयात्मक ढङ्गले सहयोग सङ्कलन गर्ने निर्णय गरेको हो।

तेह्रथुम आम्बुङ-९ कोब्याक घर भई हाल त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौँमा अध्ययनरत २३ वर्षीया जुनिताले आगामी वसन्त ऋतुको प्रारम्भमा सगरमाथा आरोहण गर्न लाग्नुभएको छ।

सो साहसिक तथा प्रेरणादायी कार्यलाई सहयोग पुर्‍याउन समाजले पूर्वाञ्चल र तेह्रथुमबाट काठमाडौँ आई विभिन्न पेसा-व्यवसायमा आबद्ध समाजसेवी, बुद्धिजीवी, राजनेतालगायत सम्पूर्ण महानुभावलाई आग्रह गरेको छ।

त्यस्तै भेलाले काठमाडौँको नयाँ बानेश्वरस्थित सिरिजङ्गा बहुउद्देश्यीय सहकारी लिमिटेडमा खाता नं. ६३६ को बचत खाता खोली सहयोग गर्न चाहनुहुने सबैलाई सो खातामा रकम जम्मा गरी सहयोग गरिदिनुहुन आह्वान गर्दै सरोकार समाजका सदस्य दयाप्रसाद लिम्बुको संयोजकत्वमा एक कार्यक्रम संयोजन समिति पनि गठन गरेको छ।

Popularity: 8%

Add comment February 15th, 2009

सरकार कुनै दलको पेवा हैनः देउवा

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार कुनै दलको पेवा नभएको बताउनुभएको छ ।

वालिङमा आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको प्रथम जिल्ला अधिवेशनको उदघाटनका लागि स्याङ्जा आउनुभएका नेता देउवाले प्रधानमन्त्रीले यदि आफ्नो नेतृत्वको सरकार ढलाउने प्रयास कसैले गर्‍यो भने त्यसको भोलिपल्ट बालुवाटारबाटै सत्ता कब्जा गर्छौँ भन्ने अभिव्यक्ति दिनु हतास मानसिकताको उपज भएको टिप्पणी गर्नुभयो ।

नेता देउवाले भन्नुभयो- ‘जङ्गलमा छँदा जनतालाई बाँडेको झुट्टा आश्वासनको पोल खुल्न थालेकाले उहाँ आफैं डराएर सत्ताको धम्की दिएका हुन् ।

त्यस्तै नेपाली काङ्ग्रेसका उपसभापति गोपालमान श्रेष्ठले माओवादीले संसदमा प्रतिबद्धता गरेका बुँदा आजसम्म पनि पुरा नगरेको आरोप लगाउनुभयो ।

Popularity: 8%

Add comment February 15th, 2009

प्रथम सचिव खड्कालाई ज्यान मार्ने धम्की

दीपक पौडेल, दोहा / एचकेनेपाल डट कम -
कतारस्थित नेपाली नियोगका प्रथम सचिव रामकाजी खड्काले नियमित कार्यसम्पादनका क्रममा परराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा चित्त नबुझेको भन्दै एक युवाले उनको ज्यान मार्ने धम्की दिएका छन्।

गोकुल पराजुली नामका युवाले अज्ञात नम्बरबाट सम्पर्क गरी प्रथम सचिव खड्कालाई ज्यान मार्ने धम्की दिएका हुन्। ‘म अव सवै कुरा छाडेर तेरो पछि लागेको छु’ टेलिफोन बार्तामा पराजुलीले भनेका छन्- ‘तँ नेपाल फर्कनुपर्ला, म अव तँ र तेरो परिवारको ज्यान मार्न समेत तयार छु ।’ सो फोनवार्ताको रेकर्ड दूतावासका अधिकारीसंग सुरक्षित छ। ‘एक कर्मचारीलाई उसको नियमित कार्यसम्पादनका क्रममा त्यस किसिमको धम्की आउनु निकै दुखको कुरा हो’ खड्काले भने।

श्यामपाटी १ काभ्रेका हर्कबहादुर तामाङले कतारमा कार्यरत रहँदाका बखत काठमाडौं-३४ निवासी पराजुलीबाट कागज गरी ६३ हजार ६ सय सापट लिएकोमा दूतावासको रोहवरमा एक कागज बनाइएको थियो। तामाङले केही रकम बुझाइसकेका थिए भने केही रकम बु्झाउन बाँकी रहेको जानकारी दूतावास प्रथम सचिव खड्काले परराष्ट्र मन्त्रालयलाई २३ माघमा लेखेको पत्रमा उल्लेख गरिएको थियो।

तामाङलाई निजको कम्पनीले हालका लागि रोजगारीबाट हटाएपछि उनले तिर्न बाँकी रहेको रकम नेपालमा बुझाउनका लागि सो पत्राचार गरिएको थियो।

तामाङ ७ फरवरीमा मुलुक फर्केका थिए। ‘यात्राको समयमा निजलाई ज्यान तथा सुरक्षासम्बन्धी कुनै किसिमको जोखिम आइपरेमा निजको साहु गोकुल पराजुली र निजको वारेसको रुपमा रकम बुझ्ने सिक्रम पराजुली जिम्मेवार हुने कुरा निजहरूले जानकारी गराएको ब्यहोरा निर्देशनानुसार अनुरोध छ’ प्रथम सचिव खड्काले लेखेको पत्रमा उल्लेखित यहि बाक्यमा चित्त नबुझेर पराजुलीले उनलाई धम्क्याएका हुन्।

Popularity: 8%

Add comment February 15th, 2009

विचल्लीमा परेका युवालाई विदेशीको सहयोग

दीपक पौडेल, दोहा / एचकेनेपाल डट कम -
मोटो रकम कुम्लाएर कामदार कतार ल्याउने एजेन्ट उत्तरकुमार लिम्बू सम्पर्कविहिन भएपछि अलपत्र परेका १६ जना नेपाली युवाको दयनीय अवस्थावारे संचारमाध्यममा रिपोर्ट सार्वजनिक भएपछि पश्चिमा नागरिकहरूले सहयोगका लागि तत्परता देखाएका छन्।

नजमास्थित एक क्याम्पमा रहेका ती युवाहरूलाई खानपिनका लागि समेत कुनै ब्यवस्था नमिलेपछि उनीहरूको दैनिकी पिडादायी बन्दै गएको थियो। अष्ट्रेलियन नागरिक रोज इर्विन र उनका पति जिओफ इर्विनले नेपाली दूतावास पुगेर अलपत्र युवाहरूलाई खानपिनको जिम्मा लिएका छन्। उनीहरूको उद्धार गरी नेपाल फर्काइञ्जेलसम्म खानपिनको बन्दोबस्त गर्ने प्रतिबद्धता उनीहरूले ब्यक्त गरेका छन्।

खानपिनको सहयोग प्राप्त भएपछि राहतको महसुस गरेका युवाहरू लामो समयदेखि बेरोजगार बन्नुपर्दा भने तनावको महसुस गरिरहेका छन्। तनावकै कारण विरामी समेत पर्ने गरेको उनीहरूले बताए। उनीहरूको मुद्दा हाल कतारको श्रम अदालतमा रहेको छ।

यसअघि अमेरिकी नागरिक डा. देवोरा हार्टरले नेपाली दूतावासमा पुगेर पीडितहरूलाई जनही १ सय कतारी रियाल र खानेकुराहरू प्रदान गरेकी थिइन्। समाचारमार्फत यी युवाहरूको दयनीय अवस्था थाहा पाएपछि उनले नेपाली दूतावाससंग सम्पर्क गरी सहयोग गर्ने इच्छा ब्यक्त गरेकी थिइन्।

हाल जारी कानुनी प्रकृया सम्पन्न भएपछि उनीहरूलाई मुलुक फर्काउनका लागि टिकट प्राप्त गर्न नसकिएको खण्डमा ब्यक्तिगतरुपमा १० जनालाई टिकट उपलब्ध गराउने प्रतिबद्धता राजदूत डा. मिश्रसमक्ष डा. हार्टरले ब्यक्त गरेकी छिन्। ‘आफै खोज्दै आएर सहयोग गर्ने हार्टर नेपालीकी असल मित्र हुन्’ डा. मिश्रले भने।

एक जर्मन महिलाले पनि नेपाली दूतावासमा उपस्थित भई पीडितको सहयोगका लागि सदाशयता ब्यक्त गरेकी छिन् भने एक सर्वियाली महिला डा. इभा बोबोजोभिकले पनि पीडितहरूलाई सहयोग गर्ने इच्छा देखाएको गल्फ टाइम्स दैनिकले जनाएको छ। एक क्यानाडेली ब्यवसायी तैमुरीले पनि सहयोगको प्रतिबद्धता ब्यक्त गरेको बताइएको छ। गल्फ टाइम्सले जनाए अनुसार ती युवाहरूको भिसा ट्रान्सफरको कानुनी प्रकृया मिलेको खण्डमा र उनीहरूले चाहेको खण्डमा रोजगारी दिने प्रतिबद्धता एक प्रतिष्ठित कम्पनीले ब्यक्त गरेको छ।

पीडितहरू खड्कबहादुर राई, दिलकाजी राई, बालकुमार राई, रामकुमार महतो, राजगिर मुखिया, रामकुमार मण्डललाई पासा इन्टरनेशनल मेनपावर एजेन्सीमार्फत कतार ल्याइएको थियो भने श्यामकुमार केरुङ, कमल सम्बाहाम्फे, दिपेन्द्र लावती, सुजन लावती, धनप्रसाद शर्मा ओसन ओभरसिज प्रा.लि. मार्फत कतार आएका थिए। यसैगरी छेदी सदा देउराली ओभरसिज प्रा.लि., चोपेन्द्रप्रसाद दहाल द सेन्टर ओभरसिज प्रा.ली., भिमबहादुर दर्लामी मगर र राजकुमार श्रेष्ठ काञ्जिरोवा ओभरसिज प्रा.ली. र लिलाबहादुर लोपा मगर सिभिल सपोर्टिङ ओभरसिज प्रा.ली.द्वारा कतार पठाइएका हुन्।

पीडितहरूको अवस्थाकावारेमा दोहास्थित नेपाली दूतावासले गत ९ पुषमा परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार प्रवर्द्धन विभागलाई पत्राचार गरी हवाई टिकट ३ दिनभित्र पर्ठाई कामदारको उद्धार गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो। यसअघि नेपाली दूतावासले सम्बन्धित मेनपावर एजेन्सीहरूलाई पनि उद्दद्धारको आग्रह गर्दै पत्राचार गरे पनि उनीहरूले तदारुकता देखाएका छैनन्। ‘एजेन्ट र एजेन्सीले भने बमोजिमको काम, तलव तथा अन्य सुविधा नदिएकोले स्वदेश फर्कनुपर्ने स्थिति आई दूतावासबाट पत्राचार गर्दा समेत सम्बन्धित मेनपावर एजेन्सीहरूले आलटाल गरेको हुँदा सम्बन्धित मेनपावर एजेन्सीहरूलाई ताकेता गरी अलपत्र कामदार नेपाल फर्काउनका लागि दोहा- काठमाडौं सेक्टरको हवाई टिकट ३ दिनभित्र पर्ठाईदिने ब्यवस्था हुन निर्देशनानुसार अनुरोध छ’ नेपाली दुतावासले परराष्ट्र र श्रमलाई लेखेको पत्रमा उल्लेख छ।

कामदारको समस्या समाधान गर्नका लागि नेपाली दूतावासले जारी गरेको सार्वजनिक सूचनाको समेत अवज्ञा गर्दै धनकुटा मैनाबुदुकका एजेन्ट उत्तरकुमार बेपत्ता भएका हुन्। उनले १ लाख २५ हजार रुपैयाँसम्मको मोटो रकम असुली विभिन्न मेनपावर एजेन्सीहरूमार्फत उनीहरूलाई कतार ल्याएका थिए। नेपाली दूतावासले ती कामदारको उद्धार तथा पीडक उत्तरकुमारलाई पक्रनका लागि पहल गरिरहेको बताएको छ।

विगत ५ महिनादेखि अलपत्र परेका यी युवाहरूहरूलाई पटक पटक क्याम्प सारिएको थियो। पछिल्लोपटक नजमास्थित क्याम्पमा एक सातादेखि पानी, विजुली समेत नभएको अवस्थामा उनीहरूको जीविका कारुणिक बनेको थियो। एक स्थानीय निर्माण कम्पनीमा मजदुरकारुपमा ७ महिनाअघि कतार आएका उनीहरू कसैले पनि आवास अनुमति पत्र प्राप्त गरेका छैनन् र गैरकानुनी हैसियतमा रहन बाध्य भएका छन्। उनीहरूको आगमनपूर्व नै सो कम्पनी डुविसकेको बताइएपछि कम्पनी मालिकहरूले अन्य कम्पनी चलाइरहेको उनीहरू बताउँछन्। सो कम्पनीका कोरियाली मेनेजर चिमले नेपालीमात्रै नभई कोरियाली समुदायका पनि धेरैजनालाई ठगेको जानकारी प्राप्त भएको छ। उनी कहाँछन् भन्नेवारे सूचना प्राप्त हुन सकेको छैन। उनीहरूमध्ये ५ जनाले आफन्तहरूसंग सरसापटी तथा सरसहयोग लिएर टिकटको ब्यवस्था गरेका छन् र छिट्टै मुलुक फर्कने र खर्च असुली गराइदिने ब्यवस्था मिलाउन दूतावाससंग आग्रह गरेका छन् भने बाँकी ११ जनाका लागि टिकटको समस्या रहेको छ।

Popularity: 8%

Add comment February 15th, 2009

विश्व आर्थिक मन्दीवारे राजदूतहरूको बैठक

विश्व आर्थिक मन्दीवारे राजदूतहरूको बैठक
राजदूत डा. मिश्र नेपाल प्रस्थान

दीपक पौडेल, दोहा / एचकेनेपाल डट कम -
मुलुकको अर्थतन्त्रमा बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको महत्वपूर्ण् योगदान रहेको पृष्ठभूमिमा हाल जारी विश्व आर्थिक संकटले पार्नसक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल सरकारले खाडी क्षेत्र र मलेसियामा रहेका नियोगका प्रमुखहरूसंग परामर्श लिने भएको छ।

सो प्रयोजनका लागि नेपाल सरकारले नेपालीका प्रमुख रोजगार गन्तब्य रहेका खाडी र मलेसियाका गरी ६ जना राजदूतलाई यसैसाता नेपाल बोलाएको छ। कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्र यसैसाता नेपाल प्रस्थान गरिसक्नुभएको छ भने अन्य मुलुकका लागि नेपाली राजदूतहरू पनि काठमाडौं प्रस्थान गरिसकेका छन्।

विश्व आर्थिक मन्दीसंगै मलेसियाले उल्लेख्य संख्यामा नेपाली कामदारहरू फिर्ता पठाएपछि र संयुक्त अरव इमिरेट्सले ४५ प्रतिशत कामदार कटौतीको योजना सार्वजनिक गरेपछि रोजगारीका लागि विदेशिएका नेपालीवारे नेपाल सरकार चिन्तित छ। यद्यपि कतारमा भने मन्दीको प्रभाव नपरेको र नेपाली कामदारहरू फर्कनुपर्ने अवस्था हालसम्म नआएको राजदूत डा. मिश्रले बताएका छन्। डा. मिश्रका अनुसार आगामी बर्षका लागि १ लाख १२ हजार नेपाली भिसा अनुमोदन भएका छन् र थप १ लाख ६४ हजार भिसा छिट्टै अनुमोदन हुने जानकारी कतारी निकायबाट प्राप्त भएको छ।

परराष्ट्र र श्रम मन्त्रालयले संयूक्तरुपमा १ फागुनमा आयोजना गर्न लागेको २ दिने परामर्श गोष्ठीमा सहभागिता जनाउन कतार, संयूक्त अरब इमिरेटस, साउदी अरेबियाकासाथै इजरायल मलेशिया र दक्षिण कोरियाका राजदूतलाई अनिबार्य उपस्थितिका लागि पत्राचार गरिएको डा. मिश्रले बताए।

मन्दीले पारेको प्रभाववारे तत्काल केही समाधानका उपायहरू खोज्न परराष्ट्र मन्त्रालयले सो भेला आयोजना गर्न लागेको हो। सो भेलामा डा. मिश्रले बैदेशिक रोजगारीका क्रममा कतारतर्फ कामदार पठाउँदा नेपालीलाई ठग्ने प्रवृत्तिकाविरुद्व कारवाही चलाउन पनि आफ्ना सुझावहरू प्रस्तुत गर्ने बताएका छन्। ‘कतारमा मन्दीका कारण होइन, ठगिएर र अलपत्र पारिएर नेपालीहरू फर्कनु परिरहेको छ’ डा. मिश्रले भने- ‘यसवारेमा प्रकाश पार्नेछु।’

Popularity: 8%

Add comment February 15th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....