Archive for February 16th, 2009

एमालेको आठौँ महाधिवेशन सुरू

एचकेनेपाल डट कम संवाददाता -
नेकपा (एमाले)को आठौँ महाधिवेशन आज सोमबारदेखि बुटवलमा सुरु भएको छ। सोमबारदेखि पाँच दिनसम्म सञ्चालन हुने आठौँ महाधिवेशन एक विशेष समारोहकाबीच एमाले महासचिव झलनाथ खनालले उद्घाटन गरेका छन्।

महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक भरतमोहन अधिकारीले बुद्धको जन्मस्थल लुम्बिनीमा शान्तिदीप प्रज्ज्वलन गरी सो दीपलाई पैदलयात्रामार्फत् महाधिवेशनस्थलमा ल्याएर महासचिव खनाललाई हस्तान्तरण गरे।

महाधिवेशनमा एमाले महासचिव झलनाथ खनाल, पूर्वमहासचिव माधबकुमार नेपाल, नेता केपी शर्मा ओलीसहित प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, मधेसी जनाधिकार फोरम अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

महाधिवेशनमा १४ देशका कम्युनिस्ट, श्रमिक र समाजवादी गरी २१ पार्टीका ४० विदेशी पाहुना सहभागी हुने एमाले केन्द्रीय प्रचारप्रसार उपसमितिले जनाएको छ।

उपसमितिका अनुसार पाकिस्तान, फिनल्यान्ड, ब्राजिल, स्वीडेन, लाओस, जापान, फ्रान्स र बेल्जियमका विभिन्न पार्टीले लिखित शुभकामना पठाएका छन्।

महाधिवेशनमा आयोजकसहित एक हजार ४१५ पुरुष र ३९६ महिला गरी एक हजार ८११ जना प्रतिनिधि सहभागी छन्।

Recent Videos:

Popularity: 8%

Add comment February 16th, 2009

जन्तीको गाडी दुर्घटनामा ५ को मृत्यु

एस, काठमाडौं / एचकेनेपाल डट कम -
जन्ती चढेको गाडी इलामको कोलबुङस्थित चिहानडाँडामा दुर्घटना हुंदा पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङ-९ वयरबङ्गका निवासी दुलाहाका बाबु उमानाथ दाहाल र दिदी कमला दाहालसहित पाँच जना रहेका छन्। दुर्घटनामा दुलाहा नगेन्द्र दाहाल, भाइ देवेन्द्र दाहाल र चालक सन्तोष विकसहित ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुलाहासहित तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

उनीहरूको वीपी कोइराला चिकित्सा विज्ञान प्रतिष्ठान र झापाको कन्चनजङ्गा अस्पतालमा उपचार भैरहेको रहेको समाचार स्रोतले जनाएको छ।

Popularity: 8%

Add comment February 16th, 2009

आज एमालेको आठौँ महाधिवेशन

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)को आठौँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। आज दिउँसो १ बजे एक विशेष समारोहकाबीच एमाले महासचिव झलनाथ खनालले उदघाटन गर्ने कार्यक्रम छ।

आजै बिहान महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक भरतमोहन अधिकारीले बुद्धको जन्मस्थल लुम्बिनीमा शान्तिदीप प्रज्ज्वलन गरी सो दीपलाई पैदलयात्रामार्फत् दिउँसो महाधिवेशनस्थलमा ल्याएर महासचिव खनाललाई हस्तान्तरण गर्नेछन्।

महाधिवेशनमा १४ देशका कम्युनिस्ट, श्रमिक र समाजवादी गरी २१ पार्टीका ४० विदेशी पाहुना सहभागी हुने एमाले केन्द्रीय प्रचारप्रसार उपसमितिले जनाएको छ।

उपसमितिका अनुसार पाकिस्तान, फिनल्यान्ड, ब्राजिल, स्वीडेन, लाओस, जापान, फ्रान्स र बेल्जियमका विभिन्न पार्टीले लिखित शुभकामना पठाएका छन्।

महाधिवेशनमा आयोजकसहित एक हजार ४१५ पुरुष र ३९६ महिला गरी एक हजार ८११ जना प्रतिनिधि सहभागी हुने प्रचारप्रसार उपसमितिका संयोजक ईश्वर पोखरेलले बताउनुभयो।

नेतृत्वको विषयमा सोधिएको प्रश्नका विषयमा जवाफ दिँदै एमाले नेता पोखरेलले भन्नुभयो- एमालेको आन्तरिक विजनेसमा माओवादीको कुनै अर्थ रहँदैन।

यसैबीच नेकपा (एमाले)का महासचिव झलनाथ खनालले तीन सयको हाराहारीमा रहेका स्वयंसेवकलाई सपथ खुवाउनु भएको छ।

जबजप्रति पूर्णप्रतिबद्ध रहन, आचारसंहिता, फलामे अनुशासन र कमान्डरको निर्देशन पालना गर्न निर्देशन गर्दै उहाँले एक समारोह बीच हिजो स्वयंसेवकहरुलाई सपथ खुवाउनुभएको हो।

Popularity: 8%

Add comment February 16th, 2009

नयाँ संविधान नबनेसम्म सरकार ढाल्न हुन्नः यादव

एचकेनेपाल डट कम संवाददाता-
परराष्ट्रमन्त्री उपेन्द्र यादवले वर्तमान सरकार नयाँ संविधान नबनेसम्म ढाल्न नहुने बताउनुभएको छ ।तुलसीपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित स्वागत कार्यक्रममा उहाँले अहिलेको मुख्य कार्य भनेको नयाँ संविधान निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सम्पूर्ण राजनीतिक दल एकजुट भई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

राज्यको पुनःसंरचना गरी काठमाडौँमा केन्द्रित राज्य संरचनाको अन्त्य गरी सबै राज्यसञ्चालनलाई मूलधारमा ल्याइने पनि मन्त्री यादवले बताउनुभयो।

उहाँले नेपाल-भारतबीचको सीमालाई सीमाङ्कन गर्ने काम दुई स्थानमा बाहेक अन्य स्थानमा अन्तिम चरणमा पुगेको दाबी गर्नुभयो।

सुस्ता र दार्चुलामा बाहेक अन्य स्थानका सीमाङ्कन गर्ने काम ९८ प्रतिशत सम्पन्न भइसकेको पनि उहाँले जानकारी दिनुभयो।

मधेसी जनअधिकार फोरमका अध्यक्षसमेत रहनुभएका यादवले अहिले मुलुकमा पुरानो मनस्थितिमा रहन चाहने मानसिकता र तत्काल परिवर्तन गरी अगाडि बढ्न खोज्ने मानसिकताबीच टक्कर रहेको उल्लेख गर्नुभयो।

Popularity: 8%

Add comment February 16th, 2009

पत्रिका जलाउने लिम्बुवानविरुद्ध संघर्ष गर्ने महासङ्घद्वारा चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
नेपाल पत्रकार महासङ्घले धरानबाट प्रकाशित औजार दैनिकमा प्रकाशित व्यङ्ग्य लेखलाई निहुँ बनाएर सो पत्रिका जलाइएकोमा भर्त्सना गर्दै घटनाको छानबिन गरी पत्रिका जलाउने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गरी पीडित प्रकाशनलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

लिम्बुवान राज्यपरिषद्का कार्यकर्ताहरुले गत शुक्रबार, शनिबार र आजसमेत गरी लगातार तीन दिन सो दैनिक पत्रिका कब्जामा लिई जलाउनुका साथै उनीहरुले सो पत्रिकाका विक्रेताहरुलाई समेत कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तो कार्य भइरहँदा पनि स्थानीय प्रशासनले यसप्रति चासो नदिनु दुःखद विषय भन्दै यसप्रति सरकारले तत्काल सम्बोधन नगरे महासङ्घले सो घटनाविरुद्ध सङ्घर्षमा उत्रने चेतावनी दिएको छ।

Popularity: 8%

Add comment February 16th, 2009

प्राज्ञ चयनप्रति असहमति

एचकेनेपाल डट कम संवाददाता-
नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सिफारिस समितिका सदस्यद्वय बलराम तिमल्सिना र रमेशप्रसाद भट्टराईले उक्त समितिका अध्यक्षद्वारा एकलौटीरुपमा प्रतिष्ठानका संरक्षणलाई सिफारिस गराई प्रतिष्ठानका पदाधिकारीहरुको नामावली प्रकाशन गराउनुलाई प्रतिष्ठानको ऐनविपरित भएको भनी सोप्रति असहमतिसमेत प्रकट गर्नुभएको छ ।

सदस्यद्वय तिमल्सिना र भट्टराईद्वारा जारी प्रेस वक्तव्यमा सिफारिस समितिको बैठकै नबसी नामावली भनी नामहरू प्रकाशन गरिएको भनी उल्लेख गरिएको छ ।

वक्तव्यमा प्राज्ञ चयनमा जनयुद्ध र जनआन्दोलनविरोधीलाई समेत समावेश गरेकोमा समेत आर्श्चर्य व्यक्त गरिएको छ ।

त्यसैगरी नेकपा एमालेले नेपाल प्रज्ञाप्रतिष्ठानलगायत तीनवटा प्रतिष्ठानमा गरिएको नियुक्तिको विरोध गरेको छ।

सो नियुक्ति जनआन्दोलनको भावना विपरित भन्दै ऐनले स्पष्ट निर्धारण गरेको प्रक्रियाको समेत उल्लङ्घन भएको आरोप लगाइएको छ ।

एमालेको केन्द्रीय संस्कृति विभाग प्रमुख प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सो नियुक्तिले सहमति र संस्कृतिलाई उपहास गरेको भन्दै लोकतान्त्रिक संस्कृति निर्माणको आवश्यकतालाई बेवास्ता गरेको बताउनुभएको छ ।

Popularity: 8%

Add comment February 16th, 2009

प्रमको अभिव्यक्तिप्रति मानवअधिकार सङ्गठनको आपत्ति

एचकेनेपाल डट कम संवाददाता-
नेपाल मानवअधिकार सङ्गठनले प्रधानमन्त्रीबाट नवलपरासीको हात्तीखोर र ललितपुरस्थित एक गार्मेन्टमा आयोजित कार्यक्रममा व्यक्त अभिव्यक्तिलाई लोकतान्त्रिक मूल्य, मान्यताविपरित भनेको छ ।

सङ्गठनका अध्यक्ष सुदीप पाठकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।

विज्ञप्तिमा मुलुकको प्रधानमन्त्री जस्तो व्यक्ति आम नागरिकप्रति विनयशील, भद्र, जिम्मेवार र सहनशील हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री नै विद्रोही नेताजस्तो बन्ने प्रवृत्तिले मुलुकलाई थप अनिश्चितता, अन्योल र आशङ्कातर्फ लैजाने हुँदा त्यस्ता अभिव्यक्ति नदिन प्रधानमन्त्रीलगायत नेपाल सरकारसमक्ष माग गर्नुभएको छ ।

Popularity: 8%

Add comment February 16th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....