Archive for February 18th, 2009

आज प्रजातन्त्र दिवस मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
अन्ठाउन्नौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस उपलक्ष्यमा आज बिहान सूर्योदयका साथ नेपाली सेनाद्वारा भीमसेनस्तम्भ (धरहरा)बाट बिगुल बजाइनाका साथै तोप र बन्दुकबाट बढाइँ गरियो।

प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको आत्माको चिरशान्तिका लागि पूजापाठ तथा प्रार्थना पनि गरिने छ।

विक्रमसम्वत् २००७ फागुन ७ गते जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

सोही उपलक्ष्यमा सहिदद्वारमा विशेष कार्यक्रमबीच सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ।

त्यसपछि प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिनेछ।

सो समारोहको रेडियो नेपाल तथा नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन्।

Recent Videos:

Popularity: 8%

Add comment February 18th, 2009

राष्ट्रपति र पूर्वराजाद्वारा प्रजातन्त्र दिवसको सन्देश

एचकेनेपाल डट कम संवाददाता-
उनान्साठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति डा.रामवरण यादवले सबै ज्ञात-अज्ञात सहिदप्रति सम्झना गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसको परम्परा अगाडि बढाउने क्रममा आज नवस्थापित लोकतन्त्रको आधुनिक जग हाल्ने चुनौती हामीमाथि थपिएको छ। लोकतन्त्रको बलियो जगमा उभिएर देश बचाउने र बनाउने गहन दायित्व पुरा गर्ने क्षमता हामी नेपालीमा छ भन्नेमा म विश्वस्त छु -उहाँले सन्देशमा भन्नुभएको छ।

यो विश्वास तबमात्र र्सार्थक हुनसक्नेछ, जब हामी सबै मिलेर तोकिएको समयभित्रै सबैलाई मान्य हुने नयाँ संविधान निर्माण गरी देशलाई दिगो शान्ति, विधिको शासन र आर्थिक समृद्धितर्फदोर्याउन सफल हुनेछौँ- सन्देशमा उल्लेख छ।

नयाँ बन्ने संविधानले लोकतान्त्रिक सङ्घीय गणतन्त्रको मर्मअनुरुप विविध भौगोलिक, प्राकृतिक, साँस्कृतिक, जातीय, धार्मिक, भाषिक र वर्गीय पहिचान बोकेका सम्पूर्ण नेपालीलाई र्सगर्व “नेपाल मेरो हो, म नेपाली हुँ” भन्ने आधार प्रदान गर्दै राष्ट्रिय एकतालाई अरु दरिलो पार्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

यसैअवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदान दिने सम्पूर्ण ज्ञातअज्ञात सहिद र राजा त्रिभुवनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ। २००७ सालको क्रान्ति नेपाल एकीकरणपछिको सबैभन्दा महत्त्वपूर्ण घटना रहेको पनि सन्देशमा उल्लेख छ।

यसै उपलक्ष्यमा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सम्पूर्ण सहिदको देश, जनता र लोकतन्त्रप्रतिको समर्पण, साहस र बलिदानको संस्मरण गर्दै उहाँहरुलाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

लामो निरङ्कुश शासन प्रथालाई समाप्त पारेर, देशलाई प्रजातन्त्रको उज्यालोमा प्रवेश गराउने देशभक्त नेता एवं सहिदको लक्ष्य र सपनालाई सँधै अगाडि राखेर प्राप्त जनअधिकारलाई अब कसैले, कहिल्यै पनि अपहनन गर्न नसक्ने स्थितिमा, आफ्नो देशको संविधान आफैँले निर्माण गरेर, शान्त, स्निग्ध र समुन्नत नेपालमा रुपान्तरण गर्ने गुरुत्तर जिम्मेवारीलाई हामीले पुरा गर्नुपरेको छ भन्दै उहाँले आपसी एकता, मेलमिलाप एवं पारस्परिक सद्भाव, सहयोग र सहकार्यलाई अघि बढाएर, राष्ट्र निर्माणको महान् अभियानमा सहभागी हुन सबैमा आह्वान गर्नुभएको छ।

Recent Videos:

Popularity: 8%

Add comment February 18th, 2009

नयाँ प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण

एचकेनेपाल डट कम संवाददाता-
नवनियुक्त प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त बनाई आम नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन प्रहरी कर्मचारीले नयाँ जोश र जाँगरका साथ काम गर्नुपर्ने बताउनुभएको छ।

प्रहरी महानिरीक्षक ठकुरीले आफ्नो पदबहालीपश्चात् प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिंदै सङ्गठन सुदृढीकरण गरी शान्तिसुरक्षा कायम गर्न सबैको सहयोगको पूर्ण अपेक्षा रहेको बताउनुभयो।

प्रहरी महानिरीक्षक ठकुरीले प्रहरी सङ्गठनमा अनुशासन कायम गर्न, कर्मचारीलाई उच्च मनोबलका साथ अझै सक्रिय बनाउन र सङ्गठन अझै गतिशील एवं ऊर्जाशील बनाउन आफू जुनसुकै कदम चाल्नसमेत पछि नपर्ने दृढता व्यक्त गर्दै उहाँले उचित र अनुचित कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार र सजायँको व्यवस्था गरिने जानकारी दिनुभयो।

Popularity: 8%

Add comment February 18th, 2009

सेना भर्तीविरुद्ध सर्वोच्चमा मुद्दा

एचकेनेपाल डट कम संवाददाता-
अन्तरिम संविधानको भावना, शान्तिसम्झौता र हातहतियार व्यवस्थापन तथा अनुगमन सम्बन्धित सम्झौताविपरीत नेपाली सेनामा नयाँ भर्ना प्रक्रिया अघि बढाइएकाले बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

अन्तरिम संविधानको प्रस्तावनामा क्रान्ति र आन्दोलनलाई संस्थागत गर्न प्रतिवद्धता जनाइएको, शान्ति सम्झौताको दफा १.३ मा लडाकु र सरकारी सेनामा नयाँ भर्ना नगरिने र हातहतियार व्यवस्थापन तथा अनुगमन सम्बन्धित सम्झौताबमोजिम संयुक्तराष्ट्रसङ्घीय सुपरीवेक्षणमा व्रि्रोही लडाकु र हतियार रहनाका साथै सेनाका हतियारसमेत सीमित गरिएको अवस्थामा नयाँ भर्ना सम्झौताविपरीत भएका भन्दै बदरका लागि अन्तरिम आदेश जारी गर्न अधिवक्तात्रय श्रीकृण सुवेदी, रामकृष्ण काफ्ले र टङ्कराज अर्यालले संयुक्तरूपमा सो रिट निवेदन गर्नुभएको हो।

सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिपाद्को कार्यालय, रक्षा मन्त्रालय र नेपाली जङ्गी अड्डालाई विपक्षी बनाइएको छ।

Popularity: 8%

Add comment February 18th, 2009

उपत्यकामा माघमा २२२ दुर्घटना

एचकेनेपाल डट कम संवाददाता-
गत माघ महिनामा उपत्यकामा २२२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३८४ वटा सवारी साधन संलग्न थिए। उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ती दुर्घटनामा चारजना व्यक्तिले ज्यान गुमाएका थिए।

ती दुर्घटनामा ४० जना सशक्त घाइते भएका थिए भने १५५ जना सामान्य घाइते भएका थिए।

उपत्यकामा सबैभन्दा बढी दुर्घटना काठमाडौँमा १७२, त्यसपछि ललितपुरमा २७ र सबैभन्दा कम भक्तपुरमा २३ वटा सवारी दुर्घटना भएका थिए।

दुर्घटनामा संलग्न सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल १५६ वटा रहेका छन्। त्यसैगरी कार, जिप, भ्यान १२४, ट्रक ४५, बस ४१, साइकल टेम्पो सात र टयाक्टर दुइवटा दुर्घटनामा संलग्न थिए।

उपत्यका ट्राफिक कार्यालयका प्रहरी निरीक्षक दीपक गिरीले दिनुभएको जानकारीअनुसार चालकको लापरवाहीका कारण ४६, तीव्रगतिका कारण ३८, मादकपदार्थ सेवनका कारण ३२, ओभरलोडका कारण ३१, ओभरटेकका कारण २९ र यात्रुको गल्तीका कारण २६ वटा दुर्घटना भएका थिए।

Popularity: 8%

Add comment February 18th, 2009

प्राज्ञ नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा

एचकेनेपाल डट कम संवाददाता-
प्राज्ञसभा सिफारिस समितिको बैठक नै नबसी उपकुलपतिलगातयका प्राज्ञ नियुक्तिका लागि सिफारिस गरिएकाले उत्प्रेषणयुक्त परमादेशको आदेशको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन परेको छ।

बलराम तिमिल्सिना र रमेशप्रसाद भट्टर्राई सदस्य रहेको सो सिफारिस समितिले बैठक नै नबसी प्रधानमन्त्रीसमक्ष स्वेच्छाचारी ढङ्गले नाम पठाउनु गैरसंवैधानिक तथा प्रतिष्ठानको ऐनविपरीत भएको भनी काठमाडौँ महानगरपालिका निवासी विष्णुप्रसाद अर्यालले सो रिट दायर गर्नुभएको हो।

रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति तथा राज्य पुनःसंरचनामन्त्री र संस्कृति तथा राज्य पुनरसंरचना मन्त्रालयलाई विपक्षी बनाइएको छ।

Popularity: 8%

Add comment February 18th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....