Archive for February 19th, 2009

सुनको भाउ तोलाको साढे २९ हजार

एचकेनेपाल डट कम संवाददाता -
सुनको भाउ बढेर बिहीबार नेपाली बजारमा तोलाको २९ हजार ६ सय रुपैयाँ पुगेको छ। सुनको भाउ बढ्ने क्रम रोकिएको छैन।

बुधबारको तुलनामा विहीबार सुनको भाउ ४ सय ४० रुपैयाँ बढेको छ। त्यसैगरी, बुधवारको तुलनामा चाँदीको भाउ ८ रूपैयाँ बढेर ४ सय २२ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा दिनदिनै बढ्दै गएको सुनको मूल्यको असर नेपालमा पनि परेकाले सुनको भाउ यसरी बढ्दै गएको बताइन्छ।

Popularity: 8%

Add comment February 19th, 2009

पत्रकार मिश्रमाथि गोली प्रहार

एचकेनेपाल डट कम संवाददाता -
अज्ञात हतियारधारी समूहले वीरगञ्जको गढीमाई एफएममा कार्यरत पत्रकार ज्ञानेन्द्रराज मिश्रमाथि विहीबार अपरान्ह गोली प्रहार गरेको छ।

वीरगन्जको पावर हावसबाट प्रतिमा चोकतर्फ जाँदै गर्दा मिश्रमाथि दिउसो करीव सवा एक बजे गोली प्रहार गरिएको थियो। चार पाँचजनाको संख्यामा आएका ती समूहले गुरुद्वारको निर्माणाधिन भवनअगाडि गोली प्रहार गरेको प्रहरीले बताएको छ।

मोटरसाइकलमा पेट्रोल हालेर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। देब्रे हातमा गोली लागेका मिश्र मोटरसाइकलबाट भागेपछि सो समूहबाट बचेका थिए।

घाइते पत्रकार मिश्रको नारायणी उपक्षेत्रीय अस्पतालमा उपाचार भैरहेको छ। उनी स्थानीय गढीमाई एफएममा कार्यक्रम संयोजक र पत्रकार महासंघ पर्सा शाखाका सदस्यसमेत हुन्।

Popularity: 8%

Add comment February 19th, 2009

कुवेतमा नेपाली युवती ड्रग स्मग्लिङ गर्दागर्दै रंगे हात पक्राउ

कुवेत टाईम्स, फेब्रुवरी १९ -
नाम र स्रोत नखुलाइएकी एक नेपाली युवती ड्रग स्मग्लिङ गर्दागर्दै बुधवार कुवेतको हवालिमा आफ्नो बंगलादेशी प्रेमिकासँग कुवेत ड्रग कन्ट्रोल अफिसरहरुद्वारा रंगेहातपक्राउ परेकी छिन्।

कुवेत सेक्युरिटी सोर्सको अनुसार, ड्रग कन्ट्रोल डिपार्टमेन्टस्थित ब्रिगेडियर एस. ए. अल-खालिफालाई मिलेको खबरको आधारमा नेपाली युवती पक्राउ परेकी हुन्। फोटो तल हेर्नुहोस्।

अन्डर कभर युनिट (गुप्तचर युनिट) ले युवतीबाट २५ ग्राम हेरोईन (ड्रग) ५ सय कुवैती डिनारमा खरिद गर्न सहमत गराएका थिए। त्यसैबेला उनी बंगलादेशी प्रेमिकासहित प्रकाउ परेकी हुन्। प्रहरीलेले बंगलादेशी प्रेमिकाबाट पनि ५ सय ग्राम हेरोईन बरामत गरेको छ।

उनीहरुले नेपालबाट कुवेत आउने घरेलु कामदारहरुसँग मिलेर लागु पदार्थ ओसारपसार गर्दै गरेको प्रहरीसमक्ष बयान दिएका छन्। उनीहरुमार्फत ड्रग झिकाउने र ड्रगको क्याप्सुल योनीभित्र राखेर ल्याउने साथै यसरी ल्याएको क्याप्सुललाई “भेजिनल क्याप्सुल” भन्ने गरेको र एउटा क्याप्सुलको बराबर १ सय कुवेती डिनार पर्ने प्रहरीसमक्ष बयान दिएकाछन्। उनीहरूले केही घरेलु कामदारहरुको नाम पनि प्रहरीलाई बयानमा बताएका छन्।

जय आले कुवेतबाट

Popularity: 8%

2 comments February 19th, 2009

आपूर्ति मन्त्री पनि विद्रोह गर्ने धम्की दिन्छन्

एचकेनेपाल डट कम संवाददाता-
सद्भावना पार्टीका अध्यक्ष तथा वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले मधेसीको अधिकार स्थापनाका लागि पार्टीले निर्णायक आन्दोलन गर्ने बताउनुभएको छ।

राजगढमा आयोजित पार्टीको खुल्लासभालाई सम्बोधन गर्दै उहाँले संविधानको पहिलो मस्यौदा सार्वजनिक हुने दिन आउँदो वैशाख १० गतेसम्म पर्खेर बस्ने बताउनुभयो।

उहाँले कुनै पनि शर्तमा एक मधेस एक प्रदेश स्थापना हुनुपर्ने दोहोर्‍याउँदै त्यसो नभए विद्रोह गर्नेसमेत चेतावनी दिनुभयो।

प्रान्तीय शासन प्रणालीमा जाँदा देश टुक्रँदैन, उहाँले भन्नुभयो-प्रान्त बनाउँदा देश टुक्रने कुरा सङ्घीयताविरोधी तर्क हो।

Popularity: 8%

Add comment February 19th, 2009

खनालले हलुका भारी नबोक्ने

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का पूर्व महासचिव झलनाथ खनालले आफू अध्यक्षमा उठ्ने सङ्केत गर्दै आफू गर्‍हौँ भारी बोक्न तयार रहेको बताउनुभएको छ।

उहाँले हिजो पत्रकारसँग कुरा गर्दै भन्नुभयो -म हलुको भारी बोक्दिन।

त्यसो नभए आफू सदस्यमा मात्र रहने उहाँले बताउनुभयो।

केपी ओली र माधवकुमार नेपालले पनि अध्यक्षमा उठ्ने संकेत दिएका छन्।

Popularity: 8%

1 comment February 19th, 2009

शिक्षण करको विरोध

एचकेनेपाल डट कम संवाददाता-
निजी शिक्षण संस्थाका प्रतिनिधिले पाँच प्रतिशत शिक्षण शुल्क कर उठाउने सरकारी निर्णयको
विरोध गरेका छन्।

सरकारले वर्गीय, क्षेत्रीय र जातीय हिसाबले पछि परेका सीमान्तकृत समुदाय, अनाथ तथा अपाङ्गलाई सहजरूपमा शिक्षा उपलब्ध गराउन निजी शिक्षण संस्थामा पाँच प्रतिशत शुल्क कर लगाउने निर्णय गरेको थियो।

अनेकौँ बहाना गरी घोषित शिक्षण कर नतिर्ने निजी शिक्षण संस्थालाई कारवाही गरी समाजका गरिबनिमुखा सबै पक्षलाई स्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइएको छ।

प्याब्सन, एन प्याब्सन, एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज, एसोसिएसन अफ पब्लिक हेल्थ, एसोसिएसन अफ इन्जिनियरिङ कलेज, पोखरा विश्वविद्यालयलगायत नौ शिक्षण संस्था शिक्षण करका विरोधमा उत्रेका हुन्।

Popularity: 8%

Add comment February 19th, 2009

गाईलाई बलात्कार गर्ने पशु

एचकेनेपाल डट कम संवाददाता-
झापा जिल्लामा मातातुल्य गाईसित करणी गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने जलथल-७ बस्ने रमेश हाँस्था रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार, उनले सोही ठाउँ बस्ने कपुरचन्द्र महतोको गाईलाई राति ९ बजे आँपको रुखमा बाँधेर करणी गरेको र पछि गाई मरेको अवस्थामा फेला परेको हो।

पक्राउमा परेका हाँस्थाले करणी गरेको स्वीकारिसकेको प्रहरीले जनाएको छ।

Popularity: 8%

1 comment February 19th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....