Archive for February 21st, 2009

एमालेको नेतृत्व चयन निर्वाचनबाटै हुने

एचकेनेपाल डट कम संवाददाता -
नेकपा एमालेको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाटै हुने भएको छ। बुटवलमा जारी एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुने भएको छ।

निर्वाचन कार्यतालिका अनुसार शनिवार साँझ ५ : ४५ देखि ७ बजेसम्म उम्मेदवारी दर्ता, ८ बजे उम्मेदवारको नामावली प्रकाशन, ९ बजेसम्म उम्मेदवारको दाबी विरोध र फिर्ता, १० बजे अन्तिम नामावली, पदाधिकारीको सवालमा भोलि आइतवार बिहान ८ बजेभित्र उम्मेदवारी फिर्ताको व्यवस्था र ८ देखि १० बजेसम्म मतदान गर्ने रहेको छ।

यस पटक एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव र तीन सचिवसहित केन्द्रीय सदस्य र पदाधिकारीहरूको चयन निर्वाचनबाट हुने भएका छन्। निर्वाचनमा देशभरका १८२० जना प्रतिनिधिहरूले मतदान गर्नेछन्।

Popularity: 9%

Add comment February 21st, 2009

केपी ओलीको गाडीमा ढुंगा प्रहार (News update…)

एचकेनेपाल डट कम संवाददाता -
नेकपा एमालेका नेता केपी ओली चढेको गाडीमा आफ्नै कार्यकर्ताहरूले शनिवार बुटवलमा ढुंगा प्रहार गरेका छन्। महाधिवेशन स्थल प्रवेश गर्न लाग्दा उनको गाडीमाथि ढुंगा प्रहार भएको हो।

नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट बन्ने नयाँ नेतृत्व सहमतिबाट आउनुपर्ने बताउंदै नाराबाजी गरिरहेका भीडले उनको गाडीमाथि ढुंगा प्रहार गरेको हो। ढुंगा प्रहारबाट उनी सुरक्षित छन्।

भीडले ओलीविरूद्ध ‘छुच्चो नेता चाहिँदैन, पार्टी फोड्न पाइदैन, एकताको महाधिवेशन बनाऔं’ भन्ने नारा लगाउंदै महाधिवेशन स्थलमा प्रवेश गर्न अवरोध पु-याएका थिए। ढुंगा प्रहारपछि भीडलाई नियन्त्रण गर्न करीव ४ हजार सशस्त्र प्रहरी परिचालित गरिएको छ। प्रहरीको सहयोगमा उनी अधिवेशन स्थलमा प्रवेश गर्न पाएका थिए।

नेतृत्वको चयनका विषयमा युवा कार्यकर्ताले दिएका अनेक दबावहरू वेवास्ता गर्दै ओली र खनालले चुनावी भिडन्तमा उत्रने तयारी गरेपछि उनीहरू आक्रोशित बनेका हुन्। एमाले नेतृत्व सहमतिबाट ल्याउने प्रयाश जारी रहेको छ। निर्वाचन हुने स्थिति आएमा दुबै अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारीमा गर्दैछन्। सहमतिबाट नेतृत्व चयन हुनु पर्ने माग राख्दै एकथरी युवा नेताहरू धर्ना र आमरण अनसन बसेका छन्।

यसैबीच एमाले नेता तथा गृहमन्त्री बामदेव गौतम अस्वस्थ्यताका कारण राजधानी फर्केका छन्। उनले सञ्चारकर्मीहरूसंग संक्षिप्त कुराकानी गर्दै नेतृत्वमा सहमति हुन नसक्ने लक्षण देखिएको बताए।

Recent Videos:

Popularity: 8%

Add comment February 21st, 2009

भाजपा नेताको अभिव्यक्तिको नेमकिपाद्वारा विरोध

एचकेनेपाल डट कम संवाददाता-
भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीका नेता जसवन्त सिंहले नेपालमा चीनको हस्तक्षेप बढिरहँदा पनि भारत सरकार मौन रहेको भनी दिएको अभिव्यक्तिप्रति नेपाल मजदूर किसान पार्टीले आपत्ति व्यक्त गरेको छ।

भारतसँग जोडिएको नेपालको सीमा क्षेत्रमा “भारतीय विस्तारवाद”ले ५४ भन्दा बढी स्थानमा जग्गा अतिक्रमण गरेकोतर्फ नेपाली जनताले विरोध गरिरहेको अवस्थामा हालै नेपाल भारत सिमानामा रहेका सीमास्तम्भ भारतको एकतर्फी रुपले हटाउँदासमेत नेपाल सरकार चुप लागेर बसेको भन्दै बैठकले “भारतीय विस्तारवाद”को निन्दा एवं विरोधका साथै नेपालको भूमि रक्षा गर्न नसक्ने भनी नेपाल सरकारको विरोध गरेको छ ।

Popularity: 8%

Add comment February 21st, 2009

अध्यादेश जारी गर्नुको कारण देखाउन सर्वोच्चको आदेश

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपतिबाट हालै प्रमाणीकरण भएका तीन अध्यादेशका सम्बन्धमा दायर रिटमा आज सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ अदेश जारी गर्दै रिटलाई अग्राधिकार दिई पेस गर्न आदेश दिएको छ ।

गत माघ २९ गते राष्ट्रपतिले प्रमाणीकरण भएको सार्वजनिक सेवालाई समावेशी बनाउने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्ने, व्यक्ति बेपत्ता पार्ने (कसुर र सजायँ) र मतदाता नामावलीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश बदर हुनुपर्ने मागसहित अधिवक्ता राजु बस्नेतले रिट दायर गर्नुभएको थियो ।

संविधानबमोजिम व्यवस्थापिका-संसद चलिरहेको अवस्थामा अध्यादेश जारी गर्न नमिल्ने हुँदा ती अध्यादेश बदर गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संविधानसभा-व्यवस्थापिका संसदलाई विपक्षी बनाई दायर भएको सो रिटको भएको सुनुवाइपछि राष्ट्रपतिलाई भने विपक्षी बनाउन नहुने न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले गरेको आदेशमा उल्लेख छ।

यसैगरी नेपाल प्रज्ञाप्रतिष्ठानमा उपकुलपतिलगायत प्राज्ञहरूको मनोनयन बदर हुनुपर्ने माग गर्दै दायर भएको रिट निवेदनमा अग्राधिकारसहित आउँदो आइतबार छलफलका लागि बोलाउन आदेश गरिएको छ।

प्राज्ञसभा सिफारिस समितिको बैठक नै नबोलाई संस्कृति तथा राज्य पुनसंरचनामन्त्री गोपाल किराँतीले मनोमानी ढङ्गले प्राज्ञ मनोनयनका लागि सिफारिस गर्नुभएको आरोपसहित दायर रिटमा न्यायाधीश शर्माको एकल इजलासले सो आदेश गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संस्कृति तथा राज्य पुनसंरचना मन्त्रालय र नेपाल प्रज्ञापतिष्ठानलाई विपक्षी बनाई अन्तरिम आदेशसमेत जारी गर्न माग गरिएको सो रिटमा अन्तरिम आदेश भने जारी गरिएको छैन।

Popularity: 8%

Add comment February 21st, 2009

परराष्ट्र मन्त्री यादव कोलाम्बो जाने

एचकेनेपाल डट कम संवाददाता-
परराष्ट्रमन्त्री उपेन्द्र यादव श्रीलङ्काको राजनधानी कोलम्बोमा यही फागुन १६ र १७ गते हुन लागेको ३१ अ‍ौँ सार्क मन्त्रीस्तरीय बैठकमा भाग लिनुहुने भएको छ ।

बैठकमा पन्ध्रौँ सार्क शिखर सम्मेलनमा अभिव्यक्त प्रतिवद्धता कार्यान्वयनको समिक्षा गरिने, सार्क विकास कोषको स्थापना, जलवायु परिवर्तन, मल्टी मोडल यातायात लगायतका विषयमा छलफलका साथै मन्त्री यादवले सार्क क्षेत्रका परराष्ट्रमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Popularity: 8%

Add comment February 21st, 2009

मोटरसाईकल चालकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता -
यात्रुवाहक बसले मोटरसाईकललाई ठक्करदिंदा शनिवार दिउंसो पूर्व-पश्चिमराजमार्गको मनहरी सुनाचुरीमा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

मकवानपुरको हेटौडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ४३५३ नम्बरको यात्रुवाहक बसले रौतहटतर्फ जाँदै गरेको ग ३ प ४३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृतक मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।

Popularity: 8%

Add comment February 21st, 2009

सरकार र एलटीटीईबीच पाँच बुँदे सहमति

एचकेनेपाल डट कम संवाददाता -
तराईमा सशस्त्र संघर्ष गरिरहेको लिवरेशन टाइगर अफ तराई इलम र सरकारबीच शनिवार वीरगन्जमा भएको वार्तामा पाँच बूंदे सहमति भएको छ।

सरकारका तर्फबाट बार्ता टोली संयोजक एवम् शान्ति तथा पुर्ननिर्माण मन्त्री जनार्दन शर्मा प्रभाकर र एलटिटीईका वार्ता टोली संयोजक रामलोचन ठाकुरबीच भएको सहमतिहरूमा वार्ता टोलीका सदस्यका सुरक्षा वार्ता अवधिभर सरकारले गर्ने, वार्ताको अवधिभर एलटिटीईले सशस्त्र र उत्तेजक कारवाही स्थगित गर्ने, सरकारले एलटिटीईका कार्यकर्तालाई राजनीतिक व्यवहार गर्ने, एलटिटीईले बन्दीका नाम सरकारलाई उपलब्ध गराउने र छानविन गरी क्रमशः रिहा गर्ने र द्वन्द्वरत सबै समूहलाई वार्ताको टेबलमा ल्याउन सरकारले प्रयास गर्ने रहेका छन्।

Popularity: 8%

Add comment February 21st, 2009

बन्दको विरूद्घ बन्दः वीरगंजमा पत्रिका जलाईयो

एचकेनेपाल डट कम संवाददाता -
मधेसी जनअधिकार फोरम मधेसका कार्यकर्ताहरुले समाचारको विषयलाई लिएर वीरगंजबाट प्रकाशित हुने बाइपास दैनिक शनिवार जलाएका छन्।

फोरम मधेसका नेतृ रेखा साहको नेतृत्वमा आएको टोलीले समाचार बंग्याएर लेखेको भन्दै वीरगंजको घण्टाघर र माइस्थानबाट पत्रिका वितरकहरुसंग खोसेर करीब २ सय प्रति बाइपास दैनिक पत्रिका जलाएका छन्।

सोही टोलीले रिक्सा चालकहरूमाथि दुर्व्यवहार गर्दै रिक्सा चलाउन अवरोध गरेका छन्। रिक्सा चालकमाथि भएको दुर्व्यवहारको विरूद्घ रिक्सा चालकहरूले घण्टाघर चोकमा रिक्सा तेर्साएर चक्काजाम गर्दै सो क्षेत्रमा यातायात अवरूद्घ पारेका छन्।

त्यसैगरी, माग पूरा नभएको भन्दै कोसी पीडितले पूर्व-पश्चिम राजमार्गको लौकही कोसी ब्यारेज खण्डमा शनिवार पनि अवरोध जारी राखेका छन्। उनीहरुले पत्रिका लिएर विराटनगरबाट आएको कान्तिपुर पब्लिकेशनको टाटा मोवाइल गाडीमा विहान तोडफोड गर्नुका साथै चालकसहित दुई जनालाई हातपात गरेका थिए।

Popularity: 8%

Add comment February 21st, 2009

एमाले नेतृत्वमा सर्वसम्मतका लागि आमरण अनसन

एचकेनेपाल डट कम संवाददाता -
नेकपा एमालेको नेतृत्वका लागि निर्वाचनमा नगइ सर्वसम्मतबाट हुनु पर्ने माग राख्दै युवा नेताहरू शनिवार आमरण अनसनमा बसेका छन्।

उनीहरूले बुटवलमा जारी नेकपा एमालेको आठौ राष्ट्रिय महाधिवेशनमा सर्वसहमतिको नेतृत्व सृजना हुनु पर्ने जिकिर गरेका छन्। युवा नेताहरूले नेतृत्वको प्रमुख पदमा प्रत्यक्ष निर्वाचन नगर्न बिहानदेखि नै दबाब दिइरहेका छन्। एमाले लुम्बिनी अञ्चल कमिटीले शनिबार बिहान तीन शिर्ष नेताहरूलाई एकैठाउँमा भेटी बुटवलमा भएको महाधिवेशनबाट पार्टीमा चुनाव भएर विभाजन भयो भन्ने इतिहास कोरिन नहुनेमा जोड दिए।

महाधिवेशनले अध्यक्ष र महासचिवसहितका प्रमुख पदाधिकारीहरुको प्रत्यक्ष निर्वाचन हुने ब्यवस्था गरी विधान संशोधन प्रस्ताव पारित गरेको थियो। एमालेले केन्द्रीय कमिटीको ६८ सदस्यीयबाट आकार बढाई १ सय १५ सदस्यीय बनाएको छ। केन्द्रीय कमिटीमा खुलाबाट ४७, अञ्चल तथा भूगोलबाट १६ र आरक्षण तथा विशेष क्षेत्रबाट ५२ जना रहनेछन्। जसमा ८५ पूर्ण र ३० वैकल्पिक सदस्य रहनेछन्।

पार्टीमा प्रमुख पदाधिकारीको रुपमा अध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव र तीन जना सचिव रहने ब्यवस्था विधानमा गरिएको छ।

Popularity: 8%

Add comment February 21st, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....