Archive for February 22nd, 2009

बहराइनमा पत्रकार संघको गठन

गोकुल बर्देवा, बहराइन / एचकेनेपाल डट कम -
नेपाल बहराइन पत्रकार संघ बहराइनको वृहत प्रथम साधारण भेलाले शुक्रवार ११ सदस्यीय पत्रकार समिति गठन गरेकोछ।

नेपाल बहराइन पत्रकार संघको प्रथम साधारण सभाबाट समितिमा निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष सन्तोष दाहाल, उपाध्यक्ष श्रीमती जुही अनिरुद्र, सचिव प्रनिश गिरी, उपसचिव नारायण थापा, कोषाध्यक्ष दिपक नेपाल र सदस्यहरुमा गोकुल बर्देवा, चन्द्र गुरुङ, अमर परियार, महेन्द्र खड्का, विक्रम चुडाल र यमलाल पराजुली रहेका छन्।

त्यस्तै प्रमुख सल्लाहकार बासुदेव भट्टराई र सल्लाहकारहरुमा दिपराज खड्का, बीरध्वज सिवा, अबदुल्ला नेपाली, अनिरुद्र प्रसाद र कृष्ण मगर रहेकाछन्।

Recent Videos:

Popularity: 9%

Add comment February 22nd, 2009

धमला थप तीन दिन थुनामा

एचकेनेपाल डट कम संवाददाता -
रणवीर सेनासंगको मिलोमतोमा फिरौति असुली गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेका रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई थप तीन दिन हिरासतमा राख्ने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीले धमलालाई थप तीन दिन हिरासतमा राख्‍न आइतबार म्याद थपेका हुन्। प्रहरीले अनुसन्धान पूरा नभएको भन्दै थप पाँच दिन हिरासतको माग गरेको भएपनि प्रजिअले तीन दिनमात्र म्याद थपेका हुन्।

यसअघि प्रजिअले पहिलोपटक १४ दिन र दोस्रोपटक पाँच दिन म्याद थप गरी धमलालाई हिरासतमा राख्न अनुमति दिएका थिए।

Recent Videos:

Popularity: 9%

Add comment February 22nd, 2009

पुनको परिवारलाई ५ लाख आर्थिक सहयोग

दीपक पौडेल दोहा / एचकेनेपाल डट कम -
कतारमा असामयीक निधन भएका बाग्लुङ धुल्लु बाल्कोट-२ चित्रेका भक्तवहादुर पुनको परिवारलाई कतारबाट आर्थिक सहयोग पठाइएको छ।

उनको कम्पनी अलहाजरीका सहकर्मीहरु नवराज, श्याम र दुर्गालगायत कतार नेपाली एकता समाजको सकृयता र देवेन्द्र आचार्यको विशेष पहलमा राजु, पप्पु, भिम गिरी, मिन, दयाराम, मोहराज, शालीकरामले ५ लाख ४ हजार ८ सय ६३ रुपैया संकलन गरी सहयोग पठाएका हुन्।

संकलित रकममध्ये ४ लाख ५८ हजार ९ सय ४३ रुपैया बाग्लुङ्गस्थित उनकी श्रीमती र छोराको राष्ट्रिय बैकको खातामा र ४५ हजार ९ सय २९ श्रीमतीको हातामा दिइएको कतार नेपाली एकता समाजले जनाएको छ।

Popularity: 9%

Add comment February 22nd, 2009

कतारवासी गोरखालीहरुको बनभोज

बुधबल गुरुङ, दोहा, कतार / एचकेनेपाल डट कम -
कतारमा कार्यरत गोरखालीहरुको साझा संगठन गोरखा प्रवासी संघ तथा संघको संरक्षकत्वमा स्थापित मनकामना साँस्कृतिक परिवार दोहा, कतारको आयोजनामा शनिवार अलखोरको पब्लिक गार्डेनमा बनभोज सम्पन्न भयो।

करीब ३०० जना जति गोरखालीहरु भेला भएको सो कार्यक्रमको प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा नेपाली प्रवासी सम्पर्क मञ्च कतारका अध्यक्ष बीरबहादुर थापा हुनुहुन्थ्यो। अध्यक्ष श्रीकृष्ण भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव गणेश बानियाँले गर्नु भएको थियो।

कार्यक्रममा अतिथीहरु अन्तर्राष्ट्रिय राजधानी साप्ताहिकका कतार संयोजक दिपक पौडेल, नेपाली प्रवासी संपर्क मञ्चका सचिव रामहरी गैरे, साहित्यकार शिव थापा, रवि भट्ट “रोशी” हुनुहुन्थ्यो। उपस्थित सहभागीहरुलाई उपाध्यक्ष कमल दानाकुटीले मन्तब्यबाट र मनकामना साँस्कृतिक परिवारका कलाकारहरुले गीतबाट स्वागत गरिएको थियो।

कार्यक्रममा गोरखा प्रवासी संघका सहसचिव तथा मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आशबहादुर गुरुङले गोरखा प्रवासी संघ तथा साँस्कृतिक परिवारका बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष बीरबहादुर थापाले नेपालको इतिहास गोरखालीले नै बनाएको कुरा ब्यक्त गर्नु भयो। “हामी अनेकतामा एकता गर्न सक्ने गोरखाली हौं। वीरताको इतिहास बोकेका हौं, धर्तीले श्रम, पसिना र बलिदान मागेको बेला गोरखालीहरुले वीरतापूर्वक दिएको चुनौतीमा हटेनौं, बाधा अड्चनमा पनि शिर झुकाएनौं।” - भू.पू. अध्यक्ष थापाले भन्नुभयो - अब गोरखालीहरु संगठित हुनु पर्दछ। यस संस्थाले अब गोरखामा पनि आफ्नो संपर्क कार्यालय पनि खोल्न र कतारमा गोरखालीहरुको रेकर्ड जति सक्दो छिटो अद्यावधिक गर्नको लागि सुझाव दिनु भयो।

कार्यक्रममा मनकामना सांस्कृतिक परिवारका कलाकारहरुले भरपूर मनोरञ्जन दिलाएका थिए। कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा गोरखा प्रवासी संघ कतारका अध्यक्ष श्रीकृष्ण भट्टराईले सबै गोरखालीहरु एकजुट भई एकले अर्कालाई सहयोग गर्न अनुरोध गर्दै कार्यक्रम विर्सजन गर्नु भएको थियो।

Popularity: 9%

1 comment February 22nd, 2009

बाबुराम भट्टराई संसदीय उपनेताबाट हटाइए

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)को हिजो बसेको केन्द्रीय सचिवालय समितिको बैठकले संविधानसभा व्यवस्थापिका-संसदको उपनेतामा केन्द्रीय सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र केन्द्रीय सचिवालय सदस्य एवं अर्थमन्त्री डा.बाबुराम भट्टराईलाई ‘सरकार परिचालन समिति’को प्रमुख तोकेको छ।

पार्टी कार्यालय बुद्धनगरमा बसेको सो बैठकले विभिन्न तीनवटा उच्चस्तरीय समिति पनि बनाएको छ भने क्रान्तिकारी जनपरिषद् विघटन गर्ने निर्णय गरेको छ।

माओवादीका प्रवक्ता दीनानाथ शर्माका अनुसार प्रधानमन्त्रीको कार्यालय र पार्टी केन्द्रीय कार्यालय व्यवस्थित गर्न तथा मधेसको आन्तरिक समस्या पहिचान गरी समाधान गर्न छुट्टाछुट्टै उच्चस्तरीय समिति तथा आयोग बनाउने निर्णय गरिएको हो।

यस्तै प्रम कार्यालय व्यवस्थित गर्नका लागि राजनीतिक र कार्यकारी अधिकारसहितको पाँच सदस्यीय सहयोग समिति गठन गरिएको छ। सो समितिमा केन्द्रीय सचिवालय सदस्यहरू वर्षान पुन ‘अनन्त’, टोपबहादुर रायमाझी ‘अनिल’, नेत्रविक्रम चन्द ‘विप्लव’, लीलामणि पोखरेल र प्रधानमन्त्रीका मुख्य स्वकीय सचिवसमेत रहनुभएका शक्तिबहादुर बस्नेत ‘सुरेश सिंह’ हुनुहुन्छ। सहयोग समितिले सरकारका लागि प्रधानमन्त्रीले निर्णय लिँदा सहयोग गर्नेछ।

पार्टी केन्द्रीय कार्यालय व्यवस्थित गर्न गठित ‘कार्यालय व्यवस्थापन समिति’मा पार्टी अध्यक्ष प्रचण्डसहित केन्द्रीय सचिवालय सदस्य मोहन वैद्य ‘किरण’, प्रवक्ता शर्मा र कार्यालय सचिव नारायणप्रसाद दाहाल रहनुभएको छ।

प्रवक्ता शर्माले सरकार परिचालन समितिमा मन्त्रिपरिषदमा रहेका माओवादीका केन्द्रीय नेताहरू सदस्य रहने जानकारी दिनुभयो। समितिले सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउने बताइएको छ।

यस्तै मधेस समस्याको छानबिन गर्न गठित पाँच सदस्यीय उच्चस्तरीय आयोग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य लीलामणि पोखरेल रहनुभएको छ। अन्य सदस्यमा सचिवालय सदस्य पोस्टबहादुर बोगटी ‘दिवाकर’, ‘अनन्त’ र केन्द्रीय सदस्य रामरिझन यादव रहनुभएको छ। अर्का सदस्यमा एकजना कानुनविद्लाई पछि थप्ने बताइएको छ।

आयोगले तत्कालै काम सुरु गरी छानबिन प्रतिवेदन तीन महिनाभित्र पार्टी केन्द्रीय कार्यालयमा पेस गर्ने पार्टी प्रवक्ता शर्माले सञ्चारकर्मीलाई बताउनुभयो।

यस्तै माओवादीले आगामी चैत २८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवारको छनोटसमेत गरेको छ। एमालेलगायतका दलहरूसँग निर्वाचनमा तालमेलका लागि छलफल गरेर मात्रै उम्मेदवारको नाम सार्वजनिक गरिने पार्टी स्रोतले जनाएको छ।

Popularity: 9%

Add comment February 22nd, 2009

कमल थापालाई राष्ट्रवादी एकता चाहियो

एचकेनेपाल डट कम संवाददाता-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा नयाँ अधिनायकवाद उदाउन थालेको बताउँदै त्यसलाई रोक्न राष्ट्रवादी एकताको खाँचो औँल्याउनुभएको छ ।

पार्टीको सुर्खेत जिल्ला अधिवेशन उदघाटनका क्रममा अध्यक्ष थापाले भन्नुभयो- ‘माओवादी कार्यशैलीले नेपालमा नयाँ अधिनायकवाद जन्मिने प्रशस्तै सङ्केत दिएको छ, यसका लागि राष्ट्रवादी शक्तिबीच बलियो एकताको खाँचो छ।’

उहाँले प्रश्न गर्नुभयो- ‘वैधानिक रूपमा नियुक्त गरिएको पशुपतिको पुजारीसमेत भारतीयको निर्देशनमा फालिन्छ भने हाम्रो राष्ट्रियता कहाँ बाँकी रह्यो ?’

Popularity: 9%

1 comment February 22nd, 2009

10 वर्षका बालकको अपहरण

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहले सुनसरीको सिगिंय-४ का १० वर्षीय बालक अनिमेष आचार्यलाई अपहरण गरी बेपत्ता पारेको उनको परिवारले जनाएको छ।

परिवारका सदस्यलाई घरभित्र बाँधी बालकलाई अपहरण गरेर लगेको पीडित परिवारले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख भएको इलाका प्रहरी कार्यालय, पकलीले जानकारी दिएको छ।

नकाब लगाएका चार-पाँचजनाको सङ्ख्यामा आएका मानिसले हल्ला गरेमा ज्यान मार्ने चेतावनी दिँदै बालक अनिमेषलाई अपहरण गरेर अज्ञात स्थलतिर लगेको प्रहरीले जानकारी दिएको छ।

अपहृत बालकको खोजीका लागि प्रहरी परिचालन गरिएको र परिवारजनले पनि सम्भावित क्षेत्रमा खोजी जारी राखेको प्रहरीले जानकारी दिएको छ।

Popularity: 9%

1 comment February 22nd, 2009

किला भेटिएपछि चकलेट खान रोक

एचकेनेपाल डट कम संवाददाता-
धादिङमा पुरस्कारका रूपमा बाँडिने चकलेटमा किला फेला परेपछि खानका लागि रोक लगाइएको छ। केवलपुर गाविसको केवलपुरस्थित शिक्षक रमेश पौडेलले ल्याएको चकलेटमा किला (फलामको किला) भेटिएकाले विद्यार्थीलाई चकलेट नल्याउन र नखान निर्देशन गरिएको छ।

क्वालिटी स्विट्स प्रोडक्ट नामक चकलेटमा लामो बाङ्गो किला फेला परेको हो। चकलेटमा किला फेला परेपछि विद्यालयमा ल्याउन र खान रोक लगाइएको शिक्षक पौडेलले बताउनुभयो।

केही दिनअघि चकलेटमा किला फेला परेका कारण गाउँमा रहेको पसलमा समेत बनेपामा निर्माण गरिएको सो चकलेट बिक्री वितरण गर्न बन्द गरिएको छ।

Popularity: 9%

Add comment February 22nd, 2009

राजामामाको पहिलो सन्तान जन्मियो

एचकेनेपाल डट कम संवाददाता-
नेपालकै लोपोन्मुख अल्पसङ्ख्यक जातिका रूपमा राजमामा कुसुण्डालाई सन्तान प्राप्ति भएको छ। व्यास नगरपालिका तालघारेमा बसोबास गर्दै आएका राजामामाकी श्रीमती इन्दिराबाट बिहीबार बिहान करिब १० बजे आफ्नै निवासमा छोरी जन्मिएकी हुन्।

सन्तानका रूपमा छोरी जन्मेपछि कुसुण्डा परिवारमा मात्रै होइन यतिबेला तनहुँवासीमा नै खुसीको लहर छाएको छ। राजामामाको वंशज नै लोप हुने खतरा भएपछि विभिन्न जनजाति सङ्घसंस्थाको पहलमा राजामामा र इन्दिरा तामाङबीच २०६१ सालमा विवाह भएको थियो।

आफूलाई जिल्ला तथा केन्द्रीय आदिवासी जनजाति सङ्घसंस्थाले सहयोग दिने भनेर विवाह गर्न लगाए पनि अहिलेसम्म उनीहरूले पर्याप्त सहयोग नदिएको गुनासो इन्दिराले गरिन्।

Popularity: 9%

Add comment February 22nd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....