Archive for February 24th, 2009

एमालेको अध्यक्षमा खनाल, महासचिवमा पोखरेल विजयी

एचकेनेपाल डट कम संवाददाता, फेब्रुवरी २४ -
नेकपा एमालेको बुटवलमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको लागि भएको निर्वाचनमा झलनाथ खनाल आफ्ना प्रतिद्वन्द्वी केपी ओलीलाई पराजित गर्दै मंगलबार अध्यक्ष पदमा निर्वाचित भएका छन्।

त्यसैगरी, महासचिवमा ईश्वर पोखरेल, तीन उपाध्यक्षमा अशोक राई, वामदेव गौतम र विद्या भण्डारी विजयी बनेका छन्। तीन सचिव पदमा विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली विजयी बनेका छन्।

एमालेका पूर्वमहासचिव खनालले ९४२ मत र उनका प्रतिद्वन्द्वी केपी ओली शर्माले ८१४ मत प्राप्त गरे। निर्वाचनमा खनाल पक्षकै ईश्वर पोखरेलले ९६६ मत ल्याई महासचिवमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी प्रदीप नेपालले ६४४ मत प्राप्त गरे।

तीन उपाध्यक्षको लागि भएको निर्वाचनमा अशोक राईले १०१५, वामदेव गौतमले ९१९ र विद्या भण्डारीले ८७० मत प्राप्त गरेका छन्।

Popularity: 10%

8 comments February 24th, 2009

अत्यधिक गाँजा सेवनबाट युवकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता -
शिवरात्रि मेलामा अत्यधिक गाँजा सेवनका कारण कैलालीमा एक युवकको सोमवार राति मृत्यु भएको छ। मालाखेती गाविस-७ वसन्तपुरका २८ वर्षीय वीरेन्द्र भट्टको अत्यधिक गाँजा सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

भट्ट स्थानीय शिव मन्दिरमा अचेत अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

Popularity: 9%

1 comment February 24th, 2009

साईप्रसमा संबिधान सुझाव संकलन

गणेश उप्रेती, साइप्रस / एचकेनेपाल डट कम -
एनआरएनए संबिधान सुझाव समितिमा पठाउने अभिप्रायले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसले आइतवार राजधानी निकोसियास्थित स्थानीय गैर सरकारी संस्था “किसा” को सेमिनार कक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्‍यो।

संघका अध्यक्ष एवं एनआरएनए संबिधान सुझाव समितिका सदस्य मनिराज थेबेको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा उत्साहजनक रुपमा बुद्घिजीवी नेपालीलगायत अन्य स्थानीय नेपाली संघ संस्थालाई प्रतिनिधित्व गर्दै एनएफएससी अध्यक्ष अमर सुब्बा र दुर्जमान तामाङ उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको आयोजना गरिनुअघि सुझाव संकलन कार्यलाई प्रभावकारी बनाउन र नेपालीको कार्य व्यस्ततालाई ख्याल गरी नेपालीहरुका घरदैलोमा पुगेर सुझाव संकलन गरिएका थिए। संघका राष्ट्रिय संयोजक गणेश उप्रेतीको संयोजकत्वमा चोमनाथ प्रसाई, रन्जितकुमार महतो, चन्द्रकिशोर शाह तथा अमृता गुरुङ सदस्यसहितको सुझाव संकलन कमिटीले सुझाव संकलन गरेका थिए।

गैर आवासीय नेपालीको हैसियतमा सुझाव पेश गर्न उपयुक्त बिषयहरुमा उपस्थित सबैले साईप्रसलगायत अन्य बिकसित यूरोपियन मुलूकहरुले अवलम्बन गरेको सामाजिक सुधारका नीतिहरुको सिको गरी नयाँ बन्ने संबिधानमा समाबेश गरिनु पर्ने धारणा राखेका थिए।

संघका तर्फबाट उपाध्यक्षद्वय मनबहादुर गुरुङ, उत्तम कुँवर र प्रवक्ता खगेन्द्र भेटवाल र विष्णुमाया वाइवाले सुझावहरु प्रस्तुत गर्नु भएको थियो। बुद्घिजीवीहरू इश्वरी दुबे, सुरेश शाह, कमल रावल, तेजराम चौधरी, खड्ग राई र बिनोद प्रसाईसमेतले बिभिन्न सुझावहरु पेश गर्नुभएको थियो।

संकलित सुझावहरु मध्ये प्रजातान्त्रिक प्रक्रिया अपनाई सबैको मतद्वारा बहुमत प्राप्त सुझावहरुलाई नै साईप्रसबाट सुझावको रुपमा पठाईने निर्णय गरिएको छ। अन्तमा संकलित सुझावको सम्पूर्ण मस्यौदा पूरा भएपछि सार्वजनिक गर्ने जानकारी दिदै संघका अध्यक्ष मनिराज थेबेद्वारा कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त्य गर्नुभएको थियो।

Popularity: 9%

Add comment February 24th, 2009

युथ फोर्सद्वारा दमौली बजार बन्द

एचकेनेपाल डट कम संवाददाता -
युथ फोर्स तनहूँले आफ्ना कार्यकर्ताको हत्याको विरूद्ध मंगलवार बिहानदेखि दमौली बजार बन्द गरेको छ।

बन्दका कारण पृथ्वी राजमार्गको मुग्लिन कोत्रे सडकखण्ड अवरुद्ध भएका छन् भने शैक्षिक संस्थाहरूसमेत बन्द भएका छन्। युथफोर्स तनहूंले कार्यकर्ता हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै दमौली बजार बन्द गराएका हुन्।

युथ फोर्सका सदस्य गोरे परियार सोमबार दिउँसो बेलवास नजिकै सेती नदीको किनारमा मृत अवस्थामा फेला परेका थिए।

युथफोर्सका जिल्ला अध्यक्ष बाबुराम अधिकारीले हत्यारालाई कडाभन्दा कडा सजाय नदिए आन्दोलनमा उत्रिने जनाएका छन्। युथ फोर्सले परियारको हत्या आरोप वाईसीएललाई लगाएको छ भने वाईसीएलले परियारको हत्या आरोप अस्वीकार गर्दै आएको छ।

Popularity: 9%

Add comment February 24th, 2009

इटाली महावाणिज्यदूत हङकङलाई ट्रष्टको पत्र

देवराज राई, हङकङ / एचकेनेपाल डट कम -
इटली सरकारले गोर्खाहरुलाई भारतेली सैनिकमै गणना गरेकोमा गोर्खा सिमेट्रीज् ट्रष्टले मंगलवार हङकङस्थित इटालीय महावाणिज्यदूतलाई एक खेद प्रकट गर्दै गल्ती चाँडै सच्याउन माग गरेको छ। (more…)

Popularity: 9%

Add comment February 24th, 2009

न्यूयोर्कमा महाशिवरात्रि

बेद खरेल न्यूयोर्क, अमेरिका, / एचकेनेपाल डट कम -
रिजउड नेपलिज सोसाइटीद्धारा न्यूयोर्कमा हालसालै स्थापित दुर्गा मन्दिरको आयोजनामा महाशिवरात्रिको उपलक्ष्यमा न्यूयोर्कस्थित रिजउडको दुर्गामन्दिरमा पूजा आराधाना तथा भजन कृतन सम्पन्न भएको छ।

महाशिवरात्रिको अवसर पारेर आज हिन्दूहरुका आरध्यदेव भगवान महादेवको मूर्ति एवं शिवलिङ्ग प्रतिस्थापन गरी पंडित मोतिराज भुसालद्धारा प्राण प्रतिष्ठा पूजा आरधना, बैदिक बिधिद्धारा हवन, आरती, रुद्रा भिषयक गर्नु भएको थियो भने पंडित भुसालले शिवरात्रिको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो।

बिहानैदेखि दुर्गा मन्दिरमा महादेवप्रति आस्था राख्नेहरुको ठूलो घुइँचो लागेको थियो। विहानैदेखि पूजा आरधनाका निम्ति पुगेका धर्मावलम्बीहरुलाई दुर्गा मन्दिर व्यवस्थापन समिति पदाधिकारीहरुले सहयोग पुर्‍याएका थिए।

हाल दुर्गा मन्दिरमा विभिन्न धर्मावलम्बिहरुले विभिन्न भगवानका व्रि्रहहरु प्रतिस्थापना गरिरहेका छन्। शिवरात्रिको अवसर पारेर न्यूयोर्क निवासी पूर्णलाल श्रेष्ठ एवं तुलसी आचार्यका परिवार समेतले प्रदान गर्नुभएको भगवान शिवको व्रि्रह र शिवलिङ्ग प्राण प्रतिष्ठा गरिएको हो।

भक्तजनहरुले आफ्ना मनोकामना पूरा गराउन भोलेका नाममा ब्रत बस्नुका साथै रातभर जाग्राम बसेर भगवानप्रति आस्था प्रकट गर्दछन् भने भगवान शिवको अम्मलका रुपमा चिनिने गाँजा, भाङ र धतुरो लगायतका पदार्थलाई प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ।

Popularity: 9%

Add comment February 24th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....