Archive for February 25th, 2009

पशुपति यात्रा र सडक जात्रा

सुविन श्रेष्ठ, काठमाडौं / एचकेनेपाल डट कम -
पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन्। कहिले भेटी विवाद, कहिले भने पुजारी नियुक्तिको कुरा। पशुपतिनाथले जे भए’नि, जसोगरे’नि सहेका छन्। त्यही चरणलाई बिर्सेर लाखौ दर्शनार्थीहरु शिवरात्रिको मध्यरातदेखि ओइरिए पशुपतिको दैलौ टेक्न। (more…)

Popularity: 8%

Add comment February 25th, 2009

सडक दुर्घटनामा पत्रकारको मृत्यु

एचकेनेपाल डट कम सम्वाददाता -
सडक दुर्घटनामा परेर बुटवलका स्थानीय पत्रकार देवबहादुर पाटामगरको बुधवार दिउंसो मृत्यु भएको छ।

स्थानीय नयाँ राज्यसत्ता साप्ताहिकका सम्पादक ४० बर्षीय पाटामगर सवार गरेको मोटरसाइकललाई ना १ ख १३४४ नम्वरको ट्रकले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पाटामगर चढेको मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्रकले बुटवलको चौराहामा ठक्कर दिएको थियो।

पाटामगरसंगै पछाडि सिटमा बसेका सोमबहादुर पचरैया गम्भीर घाइते भएका छन्। उनको शिक्षण अस्पतालमा उपचार भैरहेको जनाएको छ।

Popularity: 8%

Add comment February 25th, 2009

माधव नेपाललाई सबैभन्दा बढी भोट

एचकेनेपाल डट कम सम्वाददाता -
नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल केन्द्रीय सदस्य खुल्ला तर्फको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका छन्। नेपालले १४१६ मत प्राप्त गरेका छन्।

त्यसै गरी, अध्यक्ष पदका लागि भएको निर्वाचनमा झलनाथ खनालबाट पराजयको सामना गर्नु परेका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने भारी मत ल्याएर निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा उनी दोस्रो बढी मत ल्याउनेमा परेका छन्। उनले १३१३ मत प्राप्त गरेका छन्।

एमालेको निर्वाचन आयोगले बुधवार अपराह्न गरेको घोषणा अनुसार उपाध्यक्ष, महासचिव र सचिवमा पराजित सबै नेता पदाधिकारीमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आयोगले नेकपा एमालेको आठौं महाधिवेशनबाट निर्वाचित आठ पदाधिकारीसहित केन्द्रीय कमिटीका सबै १ सय १५ सदस्यको परिणाम घोषणा गरेको छ।

Recent Videos:

Popularity: 8%

Add comment February 25th, 2009

पू्र्वराजा ज्ञानेन्द्र भारत प्रस्थान

एचकेनेपाल डट कम सम्वाददाता -
पू्र्वराजा ज्ञानेन्द्र शाह उनकी पत्नी कोमल शाहका साथ बुधबार दिउँसो भारत प्रस्थान गरेका छन्। शाह दम्पती भारतीय विमान जेट एयरवेजको विमानबाट करीव सवा ४ बजे भारत गएका हुन्।

जेट एवरवेजको उडान ३:४५ बजे भएपनि शाह दम्पती करीव सवा ४ बजे त्रिभूवन अन्तर्राष्ट्रय विमानस्थल पुगेका थिए। शाह दम्पतीका कारण उडानको निर्धारित समयभन्दा करीव आधा घण्टा ढिलो विमान उडेको थियो।

पूर्वराजा शाह भारतको मध्यप्रदेश राज्यमा हुन लागेको आफ्ना नातेदार भारतीय राजनीतिज्ञ डा. करणसिंहका परिवारसँग सम्बन्धित एक विवाहोत्सवमा भाग लिन भारत गएका हुन्।

विमानस्थलको भीआइपी मार्ग प्रयोग गरेका शाहले सञ्चारकर्मीहरूसंग नबोली केवल मुस्कुराएर भित्र पसेका थिए।

गत जेठ २९ गते श्रीपेच र राजदण्ड सरकारलाई बुझाई नारायणहिटी दरबार छाडेका पूर्वराजा शाहको यो पहिलो निजी विदेश भम्रण हो।

Popularity: 8%

Add comment February 25th, 2009

म असफल हुंदा रातभर खुसियाली मनाएः ओली

एचकेनेपाल डट कम सम्वाददाता -
नेकपा एमालेको अध्यक्ष पदका लागि भएको निर्वाचनमा झलनाथ खनालबाट पराजित भएका एमाले नेता केपी ओलीले आफू असफल हुंदा एकथरी पार्टीले रातभर खुसियाली मनाए बताए।

नेता ओलीले बुटवलमा बुधवार पत्रकार सम्मेलनमा बोल्दै भने मेरो असफलतामा एउटा पार्टीले रातभर नसुतेर खुसियाली मनाएका छन्। तर, उनले कुन पार्टी भनेर उल्लेख गर्न चाहेनन्।

उनले आफू असफल हुनुको पछाडि आफ्नोविरूद्ध घेराबन्दी भएका बताए। उनले करीव ५ सय गैरप्रतिनिधिहरूले मतदान गरेका कारण आफूले हार्नु परेको दाबी गरे।

Popularity: 8%

4 comments February 25th, 2009

एमाले केन्द्रीय सदस्य पदको मतगणना जारी

एचकेनेपाल डट कम सम्वाददाता -
नेकपा एमालेको बुटवलमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना बुधबार पनि जारी रहेको छ।

आइतवार राति सम्पन्न मतदानमध्ये बाँकी रहेको मतगणना धमाधम हुदैछ। एमालेको कुल १ सय १५ केन्द्रीय सदस्य पद मध्ये खुल्ला तर्फको ४३ पदको अहिले मतगणना भइरहेको छ।

विहान १० वजेसम्मः
माधव नेपाल ७४०
केपी ओली ६७४
भरतमोहन अधिकारी ६६७
अष्टलक्ष्मी शाक्य ६६४
केशव वडाल ६५५
भीम रावल ६०९
रवीन्द्र श्रेष्ठ ६०५

Popularity: 8%

Add comment February 25th, 2009

जनवादी युवा संघ पनि वाईसीएल बन्ने

एचकेनेपाल डट कम संवाददाता-
तत्कालीन नेकपा (माओवादी) र एकता केन्द्र (मसाल) का युवा सङ्गठन वाईसिएल र जनवादी युवा सङ्घबीच आज एकीकरणको घोषणा हुने भएको छ। एकताको औपचारिक घोषणा आझ आमसभा गरी हुने वाईसिएल उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ले जानकारी दिनुभयो।

उहाँकाअनुसार माउ पार्टी एकीकरणपछि दुवै सङ्गठनको हिजो सम्पन्न पहिलो एकता महाधिवेशनले सङ्गठनको नयाँ नाम पनि योङ् कम्युनिष्ठ लिग (वाईसिएल) राख्ने निर्णय गरेको छ।

महाधिवेशनले गणेशमान पुनको संयोजकत्वमा २५० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। त्यस्तै सहसंयोजकत्वमा राजु खड्का रहनुभएको छ।

पुन यसअघि माओवादीको युवा सङ्गठनबाट वाईसिएल अध्यक्ष हुनुहुन्थ्यो भने खड्का एकता केन्द्र (मसाल)को जनवादी युवा सङ्घको अध्यक्ष हुनुहुन्थ्यो।

यसअघि अधिवेशनको उदघाटन क्रममा एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेताद्वय मोहन वैद्य ‘किरण’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वाईसिएल सशक्त युवा लडाकु, जुजारु जनवर्गीय सङ्गठन र सामाजिक विकास निर्माणको सङ्गठन हो भन्दै उनीहरूलाई सामाजिक विकास निर्माण र जनपक्षीय कार्यमा लाग्न निर्देशन दिनुभएको छ।

एकता महाधिवेशनमा वाईसिएलका अध्यक्ष गणेशमान पुनले सङ्गठनको प्रतिवेदन र जनवादी युवा सङ्घका अध्यक्ष खड्काले सङ्गठनको विधान प्रस्तुत गर्नुभएको थियो। ती दुबै प्रतिवेदन र विधान सर्वसम्मतले पारित भएका थिए।

Popularity: 8%

Add comment February 25th, 2009

ललितकला र नाटयसङ्गीत एकेडेमीविरुद्ध रीट

एचकेनेपाल डट कम संवाददाता-
नेपाल ललितकला प्रतिष्ठान र नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानमा भएको नियुक्ति कानुन विपरित नभएकाले बदर गरी कानुनी प्रक्रियाद्वारा पुनःनियुक्ति गर्ने माग गर्दै कलाकार र नाटयकर्मीले हिजो सर्वोच्च अदालतमा रीट दायर गरेका छन्।

ललितकला लोकतान्त्रिक अभियानका संयोजक किरण मानन्धर र नेपाल ललितकला मञ्चका संयोजक शान्तकुमार राई तथा नाटयकर्मीद्वय विजय विस्फोट र कृष्ण शाह यात्रीले दुई प्रज्ञाप्रतिष्ठानविरुद्ध छुट्टाछुट्टै दुई रीट दायर गरेका छन्।

सिफारिस समितिको गठन नै कानुन विपरीत भएको, समितिमा विज्ञहरू नभएको र समितिको कार्यविधि तयार नभएको तथा समिति गठन अपारदर्शी हुनाका साथै एकपछि अर्को गठन भई संस्कृति तथा पुनः संरचनामन्त्रीले स्वेच्छाचारी ढङ्गले गरेको सिफारिसको कानुनी हैसियत नभएको रीटमा जिकिर गरिएको छ।

Popularity: 8%

Add comment February 25th, 2009

पंक्षीनष्ट अन्तिम चरणमा

एचकेनेपाल डट कम संवाददाता-
विगत तीन दिनदेखि झापाको दक्षिणी क्षेत्रका शरणामती गाविसलगायतका बर्डफ्लु घोषित क्षेत्रमा सुरु गरिएको पंक्षी तथा पंक्षीजन्य पदार्थ नष्ट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

उक्त क्षेत्रमा बर्डफ्लु नियन्त्रण कक्षद्वारा पंक्षी नष्ट गर्ने कार्य अभियानको रुपमा लगातार तीन दिन गरिएपछि आज छिटफुट रुपमा रहेका पंक्षीहरूलाई खोजी गरी नष्ट गर्ने कार्य गरिने जिल्ला पशुसेवा कार्यालय झापाले जनाएको छ।

बर्डफ्लु प्रभावित क्षेत्रमा हिजो तेस्रो दिन १०९ घर परिवारका ८१२ कुखुरा, २३ वटा हाँस, १६२ वटा परेवा र १४० वटा अण्डा नष्ट गरिएको छ।

सो अनुसार, विगत तीन दिनमा ३८० घर परिवारका दुई हजार ७१२ कुखुरा, ३९ वटा हाँस, २१६ वटा परेवा आठ हजार ४८९ वटा अण्डा नष्ट गरिसकेको बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ।

यसैबीच, जिल्लाको दक्षिणी सीमावर्ती पाठामारी गाविसको वडा नं. ५ र ९ मा कुखुराहरू मर्न थालिएकाले त्यहाँको नमुना सङ्कलन गरिएको र त्यस क्षेत्रलाई पनि निगरानीमा राखिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख दिलीप सापकोटाले बताउनुभएको छ।

Popularity: 8%

Add comment February 25th, 2009

स्वयम् कर नतिर्नेलाई कडा कारवाही गरिने

एचकेनेपाल डट कम संवाददाता-
सरकारले आयको स्वयम् घोषणा गरेर फागुन मसान्तसम्म त्यसको १० प्रतिशत कर नबुझाउनेविरुद्ध कडा कारवाही गर्ने भएको छ।

अर्थमन्त्रालयमा आयोजित आयको स्वयम् घोषणा कार्यक्रम (भिडिआइएस)बारेको अन्तक्रिर्या कार्यक्रममा विभिन्न सरोकारवाला प्रतिनिधिलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.बाबुराम भट्टराईले अर्थमन्त्री भट्टराईले भिडिआइएसअन्तर्गत बुझाउनुपर्ने कर सम्पति कर नभई आयकर भएको प्रष्ट पार्दै सरकारले हालसम्म भिडिआइएसबाट रु एक अर्ब चार करोडभन्दा बढी राजस्व असुली गरेको बताउनुभयो।

सरकारले यसअघि भिडिआइएसको म्याद एक महिना बढाएर फागुन मसान्तसम्म पुर्याएको थियो।

विगतमा सरकारमा बस्ने र व्यवसायीको मिलेमतोमा कर छल्ने गरिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो-सरकारको जनशक्तिले मात्र नपुगेकाले कर सङ्कलन अनुगमनका लागि स्वयम्सेवक नियुक्त गर्नुपरेको हो, कसैलाई आतङ्कित पार्ने सरकारको योजना हैन।

भिडिआइएसमा वकिल, डाक्टर, इन्जिनियर, कर्मचारीलगायतका विभिन्न पेसाकर्मी समूहबाट सोचेजस्तो सहभागिता अहिलेसम्म हुन नसकेकोतर्फ पनि अर्थमन्त्रीले सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो।

कार्यक्रममा राजस्व सचिव कृष्णहरि बाँस्कोटाले करबाट उठेको रकम जनताको हितमा नै खर्च गरिएको र गरिने उल्लेख गर्दै सोको लामो फेहरिस्त प्रस्तुत गर्नुभयो।

Popularity: 8%

Add comment February 25th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....