Archive for February 26th, 2009

धमला मुद्दाको बहस टुंगेन

एचकेनेपाल डट कम सम्वाददाता -
रिपोटर्स क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमलालाई बयानका लागि विहीवार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको छ।

धमलासँग बयान लिने काम नसकिएकाले बयान लिने क्रम भोलि पनि जारी रहेको छ। जिल्ला प्रशासन कार्यालयले धमलासँग चार घण्टा लामो बयान लिएपछि दुवै पक्षका वकिलबीच बहस सुरु भएको थियो। धमलाको पक्षमा अधिवक्ताहरु शम्भु थापा, भिमार्जुन आचर्य, हरिहर दाहाल, टिकाराम भट्टराई उपेन्द्रकेशरी न्यौपानेलगायतले बहस गरेका थिए।

मंगलवार सरकारले धमलाविरुद्ध हातहतियार तथा खरखजाना अभियोगमा मुद्दा दर्ता गरेको थियो। धमलाको मुद्दामा पक्ष तथा विपक्षका वकिलले बहस गरेपछि उनलाई थप थुनामा राख्ने वा नराख्ने विषयमा प्रशासनले निर्णय गर्ने छ। अपराधको पुष्टि बिना २५ दिन भन्दाबढी हिरासतमा राख्न नपाउने भएकोले भोलिसम्म धमलाको मुद्दालाई किनारा लगाइने छ।

धमलालाई भूमिगत संगठन रणवीर सेनासंगको मिलोमतोमा फिरौति असुली गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ। त्यसैगरी, समान आरोपमा पक्राउ परेका रामसुभक महतो, वीरेन्द्र केएम र मनोज महतोको पनि विहीवार बयान लिएको छ।

Popularity: 8%

1 comment February 26th, 2009

मोसो दलेर शिक्षा अधिकारीलाई बजार परिक्रमा

एचकेनेपाल डट कम सम्वाददाता -
नेपाल तरुण दल र नेविसंघका कार्यकर्ताले विहीवार प्युठानका जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्रीलाई मोसो दलेर बजार परिक्रमा गराएका छन्।

उनीहरूले जिशिअ क्षेत्रीलाई भ्रष्टाचार र अनियमितता गरेको आरोपमा मोसो दलेर बजार परिक्रमा गराएका हुन्। विद्यालय सहयोग कार्यक्रम अन्तर्गतका विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको र स्टेशनरीलगायत सामाग्री खरिद गर्दा अनियमितता गरेको भन्दै क्षेत्रीलाई दुर्व्यवहार गरेर बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्।

क्षेत्रीले रिसइबीका कारण आफूलाई बेइज्जत गरेको बताएका छन्। साक्षरता अभियानका सामग्री जिल्ला विकास समिति हुँदै गाउँ विकास समितिमा जाने हुनाले त्यसमा आफ्नो कुनै हात नरहेको बताएका छन्।

शिक्षा कार्यालय प्युठान कर्मचारी परिवारले क्षेत्रीमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। राष्ट्रसेवक कर्मचारीमाथि गरेको दुर्व्यवहारको विरोध गर्दै घटनामा संलग्नहरूमाथि कारवाहीको माग गरेका छन्।

Recent Videos:

Popularity: 8%

Add comment February 26th, 2009

प्रधानमन्त्रीद्वारा नारायणहिटी संग्रहालयको उद्घाटन

एचकेनेपाल डट कम सम्वाददाता -
दशकौंदेखि शाहवंशीय राजाहरूको राजदरवार रहंदै आएको नारायणहिटी दरबार अब संग्रहालयका रूपमा भोलि शुक्रवारदेखि सर्वसाधारणको लागि खुल्ला हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार अपराह्न संग्रहालयको औपचारिक उद्‌घाटन गरेपछि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिएको हो।

प्रधानमन्त्री दाहालले उद्धाटनको क्रममा बोल्दै नारायणहिटी संग्रहालयलाई सामान्तवाद र राजतन्त्रविरुद्ध जनताले गरेको संघर्षको सफलताको प्रतीक रूपमा लिएको बताए। त्रिभूवन सदन भत्काएर दरबार हत्याकाण्डको प्रमाण नष्ट गरेको आरोप लगाउंदै उनले दरवार हत्याकाण्डको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताए।

पूर्व राजपरिवारको निवास रहेको नारायणहिटी दरबार गणतन्त्र घोषणाको ९ महिनापछि संग्रहालयका रूपमा सर्वसाधारणका लागि खुल्ला भएको हो। संग्रहालयका ५२ कक्षमध्ये १९ कक्षमात्र सर्वसाधारणका लागि खुल्ला हुनेछन्। संग्रहालय प्रमुख जयराम महर्जनले सुरक्षा र बजेटका कारण तत्कालका लागि संग्रहालयमा श्रीपेच, राजदण्ड र तत्कालीन राजाले लगाउने विशेष पहिरन राख्‍न नसिकने जानकारी दिए।

नेपालीका लागि प्रवेश शुल्क १ सय, चीन तथा सार्क राष्ट्रका नागरिकका लागि २ सय र अन्य मुलुकका नागरिकका लागि ५ सय रुपैयाँ तोकिएको छ। त्यसैगरी विद्यार्थीहरूका लागि २० रूपैयाँमात्र प्रवेश शुल्क तोकिएको छ।

Popularity: 8%

2 comments February 26th, 2009

अलिमियाँ प्रोत्साहन पुरस्कार ज्ञवालीलाई

धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
लोककवि अलिमियाँ बाङमय प्रोत्साहन पुरस्कार यस बर्ष लोक गायिका सकुन्तला ज्ञवालीलाई प्रदान गरिएको छ। पोखरेली कला साहित्यमा पुर्‍याउनुभएको योगदान कदर गर्दै ज्ञवालीलाई पुरस्कृत गरिएको हो।

लोककवि अलिमियाँको ९१ औं जन्म जयन्तीका अवसरमा ज्ञवालीलाई विहीवार नगद ५ हजार र ताम्रपत्रसहितको उक्त पुरस्कार प्रदान गरिएको हो।

समाज सेवी गणेशबहादुर गुरुङले उहाँलाई पुरस्कार वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै पुरस्कृत व्यक्तित्व ज्ञवालीले यो पुरस्कारले आफूलाई थप हौसला मिलेको बताउनु भयो। ज्ञवालीका तीज तथा दोहोरी गीतका एल्वमहरु बजार आएका छन्।

गुल्मीमा जन्मनु भएकी ज्ञवालीले कर्म थलो पोखरालाई बनाउनु भएको छ। लोक कवि अलिमियाँ बाङमय प्रतिष्ठान पोखराद्वारा संचालित उक्त पुरस्कारबाट यसअघि पदमराज ढकाल, गौमाया थापा, धनबहादुर गर्न्धव, स्वर्गिय सोम बज्राचार्य लगायतका सम्मानित भईसक्नु भएको छ।

लोक क्षेत्रमा लागेको श्रष्टाहरुलाई प्रोत्साहन गर्न प्रत्येक दुई बर्षमा प्रतिष्ठानले उक्त पुरस्कार बितरण गदै आएको छ। प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रम कव कवयित्रीहरुले कविता वाचन गरेका थिए।

Popularity: 8%

Add comment February 26th, 2009

प्रहरी कारवाहीमा एकको मृत्यु

एचकेनेपाल डट कम सम्वाददाता -
चन्दा उठाउंदै हिड्ने समूह र प्रहरीबीच नवलपरासी र रुपन्देही सीमा क्षेत्रमा विहीवार दिउंसो भएको भिडन्तमा मधेसी मुक्ति टाइगर्सका एक कार्यकर्ताको मृत्यु भएको छ।

भिडन्तमा चन्दा उठाउंदै हिड्ने मधेसी मुक्ति टाइगर्सका जिल्लास्तरीय कार्यकर्ता रामओली चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। सोही घटनामा प्रहरीले अर्को एकजनालाई नियन्त्रणमा लिएको छ।

भैरहवा-परासी हुलाकी सडक खण्ड बैकुण्ठपुर गाविसस्थित रेहिणीहवा पुलमा अपरान्ह करीव सवा १२ बजे प्रहरी र उक्त समूहबीच भिडन्त भएको जनाएको छ। चन्दा दिन बोलाएका सादा पोशाकका प्रहरीमाथि टाइगर्स कार्यकर्ताले गोली चलाएपछि जवाफी फायरिङमा चौहानको मृत्यु भएको जनाएको छ।

Popularity: 8%

Add comment February 26th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category

More news....