Archive for April 1st, 2009

आगलागीबाट डेढसय घर जलेर नष्ट

एचकेनेपाल डट कम संवाददाता-
सप्तरीको हरीपुर -३ स्थित प्रमाणपुर टोलमा बुधबार अपरान्ह आगलागी हुंदा कम्तीमा डेढ सय घर जलेर नष्ट भएका छन्।

आगलागीका कारण सो टोलका पाँच बालवालिका हराइरहेको बताइएको छ। मुन्नीलाल साहको घरमा खाना पकाउने क्रममा आगलागी भै बस्तीभरी आगो फैलिएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा उद्धार र आगो नियन्त्रणको प्रयाश भैरहेको छ।

आगलागीबाट कम्तीमा तीन करोड रुपैयाँ बरावरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ।

Recent Videos:

Popularity: 9%

Add comment April 1st, 2009

विदेश गएका नेपालीको अवस्था नेपालको भन्दा खत्तम

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का सचिवालय सदस्य नेत्रविक्रम चन्दले विदेश गएका नेपालीको अवस्था नेपालमा भन्दा पनि खराब भएको बताउनुभएको छ। आठ दिने युरोप भ्रमण सकी नेपाल फर्कने क्रममा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनद्वारा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा नेता चन्दले भन्नुभयो- ” उनीहरूले त्यहाँ बाध्यताको जीवन जिइरहेका छन्। त्यसैले उनीहरू नेपालमै आर्थिक विकास भएको देख्‍न चाहन्छन्।”

युरोपेली जनता नेपालको परिवर्तन र विकासका लागि सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो-”युरोपेली र त्यहाँ रहेका नेपाली जनता नेपालको शान्तिप्रक्रियाप्रति सन्तुष्ट छन्। उनीहरूले माओवादी नेतृत्वको सरकारप्रति आफूहरू आशावादी रहेको बताएका छन्।”

उहाँले युरोपेली जनता नेपालको जारी शान्तिप्रक्रिया, सेना समायोजनलगायतका विषयमा चासो लिएको र सरकारको स्थायित्वका लागि चिन्तित देखिएको बताउनुभयो।

युरोपेली जनतामा माओवादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको आफूले पाएको पनि उहाँले जानकारी दिनुभयो।

युरोपमा रहेका नेपाली स्वदेशमै आर्थिक विकासका लागि लगानी गर्न तयार रहेको उहाँले बताउनु भयो।

उहाँले बेल्जियम, नेदरल्यान्ड्स, पोर्चुगल र जर्मनीको भ्रमण गर्नुभएको थियो।

Recent Videos:

Popularity: 9%

1 comment April 1st, 2009

एडीबी प्रतिवेदन-नेपालको अर्थतन्त्र सकारात्मक

एचकेनेपाल डट कम संवाददाता-
एसियाली विकास बैङ्कले उत्साहजनकरुपमा देखिएको राजस्व सङ्कल, अनुकूल मौसमसहित कृषि उत्पादकत्वमा वृद्धि, रेमिट्यान्स, बाहृय पर्यटक सङ्ख्या र विदेशी सहयोग वृद्धिका कारण नेपालको अर्थतन्त्र सहजरुपमा अघि बढ्ने बताएको छ।

बैङ्कले आफ्नै कार्यकक्षमा पत्रकारसम्मेलन गरी एकाएक विश्व अर्थतन्त्र प्रभावित भइरहेको विद्यमान अवस्थामा आफ्नै विशिष्ट परिवेशका कारण सोचबमोजिम नेपाललाई त्यसले असर नपार्ने स्पष्ट गरेको छ।

द्वन्द्वपछि विकसित शान्तिसुरक्षाको अवस्था र राजनीतिक स्थिरताको परिदृश्य, कृषिलगायत उद्योग व्यवसाय क्षेत्रमा आएको सहजताका कारण सन् २००८ को नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत रहेको उल्लेख गर्दै बैङ्कले औद्योगिक क्षेत्रको असहज वातावरण, लोडसेडिङ समस्या, उद्योग व्यवसायमा आएको नैराश्यता, सेवाक्षेत्रको लाभांसमा कमी आउँदा अहिलेसम्मको तथ्थाङ्कका आधारमा आर्थिक वृद्धिदर सन् २००९ मा तीन प्रतिशतमा झरेको र सन् २०१० मा सो बढेर ३.५ प्रतिशत पुग्ने अनुमान गरेको छ।

बैङ्कले नेपालको सन् २००४ को आर्थिक वृद्धिदर ४.४, सन् २००५ मा ३.२, सन् २००६ मा ३.७ र सन् २००७ मा सबैभन्दा कम २.५ प्रतिशतमा सीमित रहेको जनाएको छ।

समग्र विश्व अर्थतन्त्रको समीक्षा गर्दै बैङ्कले अमेरिकी अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण दक्षिण एसियालगायत विश्वका अधिकांश मुलुक प्रत्यक्षरुपमा प्रभावित भएपनि नेपालको अर्थतन्त्र भने सकारात्मक दिशामा अघि बढ्ने अनुमान गरेको छ।

Popularity: 8%

Add comment April 1st, 2009

परीक्षा बिग्रेपछि आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
विशिष्ट श्रेणीको अपेक्षा गर्दै एसएलसी परीक्षामा सहभागी भइरहेकी लमजुङ, परेवाडाँडाकी एक परिक्षार्थीले विज्ञान विषयको परीक्षा बिग्रेपछि आत्महत्या गरेकी छन्।

परेवाडाँडा गाविस-४ निवासी अनिता अधिकारीले सोमबार आत्महत्या गरेकी हुन्।

स्थानीय कान्ति मन्दिर माविकी छात्रा अधिकारीले सोमबारको परीक्षा दिएर घर फर्की खाना खाइसकेपछि घरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनले शान्ति उमावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी थिइन्।

Popularity: 8%

1 comment April 1st, 2009

मन्त्री यादव चीन भ्रमणमा जाने

एचकेनेपाल डट कम संवाददाता-
आफ्ना चिनियाँ समकक्षी याङ चे छिरको निमन्त्रणमा परराष्ट्रमन्त्री उपेन्द्र यादवले यही चैत्र २२ गतेदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री यादवले चीनको औपचारिक भ्रमण गर्नुहुने जानकारी दिनुभएको हो।

राजधानी बेइजिङमा रहंदा मन्त्री यादवले उहाँका चिनियाँ समकक्षी याङलगायत वरिष्ठ चिनियाँ अधिकारीसाग भेट गर्ने कार्यक्रम रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्कीका अनुसार बेइजिङको अतिरिक्त तिब्बत स्वायत्त प्रदेश, शान्सी प्रान्तको सदरमुकाम सिआन, व्यापारिक सहर साङहाई र विशेष प्रशासनिक क्षेत्र हङकङको भ्रमणका क्रममा मन्त्री यादवले त्यहाँका स्थानीय अधिकारीसंग पनि भेट गर्ने कार्यक्रम छ।

Popularity: 8%

Add comment April 1st, 2009

गैँडाले पर्यटक ढाले

एचकेनेपाल डट कम संवाददाता-
चितवन राष्ट्रिय निकुञ्जको १ नम्बर मचानमा गैँडाको आक्रमणमा परी एकजना फ्रान्सेली नागरिक घाइते भएका छन्।

अन्दाजी ७० वर्षका ती व्यक्ति जङ्गल घुम्ने क्रममा गैँडाको आक्रमणमा परेको बताइएको छ। उनलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको छ।

सौराहास्थित रिभर भ्यू जङ्गल क्याम्पमा बस्दै आएका फ्रान्सेली पर्यटकहरु हिजो बिहान जङ्गल घुम्नका लागि निकुञ्जको पश्चिमी भेकमा गएको समयमा गैँडाको आक्रमणमा परेको निकुञ्जले जनाएको छ।

उनीसँगै गएका अन्य व्यक्तिहरु भने सकुशल छन्।

Popularity: 8%

Add comment April 1st, 2009

विश्वविद्यालय क्याम्पसमा हिमाल शर्मा

एचकेनेपाल डट कम संवाददाता-
विश्वविद्यालय क्याम्पस, त्रिवि कीर्तिपुरमा चैत ६ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट सभापतिका उम्मेदवार हेमलाल शर्मा (हिमाल) ले नेतृत्व गर्नुभएको प्यानल सह-सचिव र एक सदस्यबाहेक सम्पूर्ण पदमा विजयी भएको छ।

हिमालले ४८२ मतको अन्तरले सभापतिका अर्का प्रत्याशी नेविसङ्घका अञ्जान लामालाई पराजित गर्नुभएको हो। अनेरास्ववियुबाट भने सभापतिमा विदुर सुब्बा उम्मेदरवार हुनुहुन्थ्यो।

स्ववियु निर्वाचन समितिद्वारा सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार विश्वविद्यालय क्याम्पसमा भएको १५ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा सहसचिव र एक सदस्य पदमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन्।

Popularity: 8%

Add comment April 1st, 2009

नेपालमा बेबी किङ ब्यूझाउंने कसरत

नेपालमा बेबी किङ ब्यूझाउंने कसरत, लामो मौनतापछि पारस बोल्न थाले…
एउटा फोन कलले नेपालका हिमालहरु हल्लिन सक्छन्: एञ्जेला चेङ

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १ -
लामो मौनतापछि नेपालबाट सिंगापुर पलायन भएका पूर्व युवराज पारस शाह अहिले भकाभक बोल्न थालेका छन्। उनका विषयमा सिंगापुरको द न्यु पेपरले विगत तीन दिनदेखि ऋंखलाबद्ध समाचारहरु प्रकाशन गर्दै आएको छ। पारसले सो पत्रिकामार्फत राजदरवार हत्याकाण्डमा पूर्व युवराज दीपेन्द्रलाई दोषी सावित गराउन खोजेपनि अधिकांश नेपाली उनका भनाईप्रति विश्वस्त छैनन्। उनले दरवार हत्याकाण्डमा दीपेन्द्रलाई दोषी ठहर्‍याएका छन्। उनी नेपाल फर्केर राजनीतिमा प्रवेश गर्ने बताउंदै नेपालमा नयाँ नेतृत्व दिने तयारी गरिरहेको बताएका छन्।


द न्यु पेपरले आजको संस्करणमा पारसको हितैषी भन्दै एञ्जेला चेङको अन्तर्वार्तालाई प्रमुखताका साथ प्रकाशन गरेको छ। चेङले नेपाललाई कमजोर र हैयाको दृष्टिकोणबाट हेरिरहेकी अनुभूत हुन्छ। उनले अन्तर्वार्तामा भनेकी छिन् - ‘एउटा फोन कलले नेपालका हिमालहरु हल्लिन सक्छन्।’ चेङ अन्तर्वार्तामा निकै शक्तिशाली भएर प्रस्तुत भएकी छन्। उनले आफ्नो राजदर्वारसंग विगत १० वर्षदेखि घनिष्ट सम्बन्ध रहेको बताएकी छिन्। चेङकै कारण ज्ञानेन्द्रले सत्ता छाडेको भन्नसमेत उनी पछि परेकी छैनन्। चेङले अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग समेत राम्रो सम्बन्ध रहेको आशय व्यक्त गरेकी छिन्। उनले २००६ मा कोइरालालाई फोन गरेर पूर्व राजा ज्ञानेन्द्रसंग बेबी किङको प्रस्ताव राख्न आग्रह गरेको दावी गरेकी छिन्।

चेङ तिहारको बेला नेपाल गएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटी पारसका ६ वर्षीय छोरा ह्रदयेन्द्रलाई बेबी किङको प्रस्ताव अघि सार्ने बताएकी छिन्। उनले त्यति मात्र भनेकी छैनन् उनले आफ्ना प्रस्ताव स्वीकार गरेमा चीन सरकारलाई आग्रह गरेर नेपालमा विकाशका थुप्रै कार्यक्रम भित्र्याउने प्रलोभन देखाएकी छिन्। उनले जापान सरकारसंग पनि आफ्नो सम्बन्ध राम्रो रहेको बताएकी छिन्।

Cheng by you.
विगत २८ वर्षदेखि नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निभाउंदै आएकी बताउने ४५ वर्षीया चेङ पेशाले आर्किटेक इन्जिनियार हुन्। उनले पारसलाई सिंगापुरमा बस्ने प्रवन्ध मिलाउने काम आफैले गरेको बताएकी छिन्।


प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्।
————————————————————————–

सिंगापुरको द न्यु पेपरमा छापिएको पूर्व युवराज पारस शाहको अन्तर्वार्ताको नेपाली रुपान्तर- मार्च ३१ -
नेपाली सेनाले आफूसँग भएको बेल्जियम एसएलआरलाई विस्थापन गर्न खोजिरहेको थियो। दीपेन्द्रले जर्मन हेक्लर एन्ड कोच जी ३६ एसल्ट राइफल मनपराएका थिए। उनी युद्धमा प्रयोग भएर राम्रैसँग परिक्षित भइसकेको कोल्ट एम १६ को विरुद्धमा थिए।

‘तर उहाँको बुबा, महाराजाधिराज त्यसमा सहमत होइबक्सेन’, पारसले भने- ‘मलाई थाहा छ, उहाँहरूले त्यसबारेमा झगडा गरिबक्सेको थियो। दीपेन्द्र निराश होइबक्स्यो। उहाँ खुसी होइबक्सन्थेन। उहाँले मलाई भनिबक्सेको थियो।’

जर्मन एसल्ट राइफललाई सेनाले किन्ने सम्भावित हतियारको पछिल्लो सूचीमा राखेको थियो। सेनाले त्यतिबेला ५० हजार नयाँ बन्दुक चाहिरहेको थियो। पारसका अनुसार, दीपेन्द्रका सल्लाहकारहरूले बन्दुक किन्ने सम्झौतामा काम गरिरहेका थिए, जो सफल भएको भए युवराजले टन्नै पैसा कमाउनेवाला थिए। ‘मलाई लाग्छ, त्यो नै (हत्याकाण्ड गराउने) वास्तविक कारक थियो’, पारसले भने- ‘भनेजस्तो भएको भए करिब ५० हजार राइफल किन्ने सम्झौता हुनसक्थ्यो, जसको कुल कारोबार एउटा बन्दुकका लागि ४ सय ५४ डलरका हिसाबले १ करोड ५० लाख डलरको हुन्थ्यो।’

तर युवराजलाई पैसा किन चाहिएको थियो र ? परिवारको कुल सम्पत्ति नै २० करोड डलरभन्दा बढी थियो, होइन र?
‘हो, तर मलाई लाग्छ, आफूले भनेजस्तो भएन भने अपर्झट देश छाड्नुपर्ने सम्भावनाका लागि उहाँ योजना बनाउँदै होइबक्सन्थ्यो’, पारसले भने।

‘मलाई लाग्छ, त्यो उहाँको व्याक अप योजना थियो’, उनले थपे।

दरबार प्रतिस्पर्धी स्वार्थहरूको थलो भएको उल्लेख गर्दै पारसले भने- ‘दीपेन्द्रसँग (राजालाई मार्नुपर्ने) कारण थिए।’

पहिलो कारण, पारसका अनुसार, सबैले देखेकै घटना थियो।

६ नोभेम्बर १९९० मा राजा वीरेन्द्रले राजनीतिक जीवनको हरेक भागमा प्रभाव पुर्‍याउने सक्रिय राजतन्त्रको ३० वर्षे शासनको अन्त्य गर्दै नयाँ संविधान जारी गरेका थिए। पारसले भने- ‘१९९० मा बुबाले सक्रिय राजतन्त्र त्याग्नेबारे बताउँदा दीपेन्द्रमा परिवर्तन आयो।’

‘त्योसँग उहाँ कहिल्यै सहमत होइबक्सेन, किनकि उहाँ देशमा शासन गर्न चाहिबक्सिन्थ्यो। मलाई लाग्छ, उहाँले आफ्ना कदमबारे त्यही बेलादेखि योजना बनाउन थालिबक्सेको थियो।’

दोस्रो कारण, देवयानीसँगको दीपेन्द्रको प्रेम थियो, जसलाई राजपरिवारले स्वीकारेको थिएन।

त्यो रात दीपेन्द्रले मातको सुरमा बन्दुक चलाएका थिए भन्ने आमविश्वासलाई पनि पारसले अस्वीकार गरे।

‘उहाँले हामी (दरबारका युवा पुस्ताका सदस्य) लाई त्यसबारेमा एक वर्ष पहिले नै बताइबक्सेको थियो’, पारसले भने।

‘म प्रस्टैसँग सम्झिन्छु’, पारसले भने- ‘त्यो उहाँको सन् २००० जन्मदिन थियो। र त्यतिबेला उहाँले हामीलाई यो ‘आइभोरी टावर’लाई ध्वस्त पार्छु भनिबक्सेको थियो। हामीले उहाँलाई गभ्मीरतासाथ लिएनौं। कसरी लिन सक्थ्यौं। किनकि जो बोलिरहेको थियो, ऊ युवराज थियो। उहाँ हाम्रो राजा होइबक्सिनेवाला थियो। फेरि उहाँले आफ्नै बुबालाई मारिबक्सेला भन्ने कसले पत्याउन सक्थ्यो?’

तर हत्याकाण्डको त्यो रात पारस दीपेन्द्रको घरमा पुग्दा केही गडबडीको संकेत पाएका थिए।

‘म र अर्का भाइले पार्टीबाट छिट्टै निस्कन चाहेका थियौं’, पारसले भने- ‘किनकि हामी अन्तै जान चाहन्थ्यौं। सामान्यतः उहाँले सहमति जनाइबक्सन्थ्यो। तर यसपटक दीपेन्द्रले हुन्न भनिबक्स्यो। उहाँ हामी त्यहीं भएको चाहिबक्सन्थ्यो।’

दीपेन्द्रको घर पुग्दा पारसले आफ्ना दाजुलाई असाधारण व्यवहार गरेको पाए। उनले पिएका थिएनन्, तर मातेको अभिनय गरिरहेका थिए।

‘म उहाँलाई जान्दछु र उहाँले धेरै पिइबक्सेको छ-छैन, म थाहा पाउँछु’, पारसले भने- ‘उहाँले दिउसैदेखि पिइरहेको बताइबक्सनुभयो, तर उहाँमा रक्सीको कुनै गन्ध थिएन।’

‘त्यो कसरी हुनसक्छ ?’ पारसले भने- ‘उहाँले पूरै समय पिइबक्सेको भए उहाँबाट पूरै गन्ध आउने थियो। तर त्यस्तो केही थिएन।’

जब वीरेन्द्र दृश्यमा आए, उनी भित्र छिर्नैलाग्दा भुइँमा दीपेन्द्र ढले। पारस र दीपेन्द्रका भाइ निराजनले उनलाई उठाएर उनको कोठामा लगे।

केही समयमै दीपेन्द्र फर्किए, जसको नतिजा- पूरै परिवारको हत्या भयो।

‘त्यो पूर्णतः अस्तव्यस्तको क्षण थियो’, पारसले सम्झिए- ‘घाइतेहरू चिच्याइरहेका थिए, रगत भित्ता र भुइँभरि छरिएको थियो। मेरी पत्नीसहित बाँच्नेहरू भुइँमा घोप्टो परेर बस्दा विस्तारै रोइरहेका थिए। बुलेटहरू जथाभावी छरिइरहँदा केहीचाहिँ सोफामुनि लुकेका थिए।’

बोल्दै गर्दा उनको अनुहारमा पसिना आएको थियो। तीन घन्टे अन्तर्वार्ताका क्रममा टेबुलमा राखिएको सुन्तलाको जुसलाई उनले छोएनन्।

घटना विवरणलाई बाहिर ल्याइनुपर्छ भन्ने चाहनाका कारण दिनमै एक प्याकेट चुरोट खाने पारस अन्तर्वार्ता गर्दा एउटा चुरोट सल्काउन पनि रोकिएनन्।

उनले भने- ‘त्यो हत्याकाण्डपछिका चार वर्षसम्म म सुत्न सकिन। अझै पनि दुःस्वप्नले मलाई तर्साइरहन्छन्।’

बितेका वर्षहरूमा आफूलाई त्यो दिनको घटनाबारे सोच्ने र पुनः सोच्ने समय मिलेको उल्लेख गर्दै अबमात्र घटनाको विकासक्रमबारे प्रस्ट हुनसकेको पारसले बताए।

शुक्रबारे भोजको चलनै थियो। त्यहाँ केही होला या सम्पन्ता र सहजताको आफ्नो जीवनमै परिवर्तन ल्याउने घटना होला भन्ने कुराको अनुमानै गर्न नसकिने थियो।

राति आठ बजे समस्याको पहिलो संकेत देखिएको पारसले बताए।

‘म त्यहाँ केही ढिला पुगेँ’, उनले भने- ‘तर दीपेन्द्र कोठामै हल्लिइबक्सिरहेको थियो, मानौं कि उहाँ मातिबक्सेको थियो।’

राजा छिर्नासाथ ढलेका दीपेन्द्रलाई उठाएर उनको विछयौनामा पुर्‍याउँदा पारसले दीपेन्द्रको कम्मरमा रहेको होल्स्टरबा ग्लक पेस्तोल निकाल्न खोजेका थिए, ताकि सुत्दा उनलाई असजिलो नहोस्। तर दीपेन्द्र अचानक उठे र आफूलाई एक्लै छाड्न आदेश दिए।

‘त्यतिबेला मैले देखेँ, उहाँको कल्ट एम १६ राइफल दराज बाहिरको टेबुलमा थियो’, पारसले भने- ‘सामान्यतः त्यो दराजभित्र थियो। तर त्यसबारे मैले खासै केही अनुमान लगाइन, किनकि उहाँले आफ्नो कोठामा ६ या ७ वटा बन्दुक राखिबक्सन्थ्यो। म कोठाबाट बाहिरिएँ र भोजमा आएँ।’

राजा दरबारका पुराना पुस्ताका सदस्यसँग गफिइरहेका थिए।

तर पारसचाहिँ उनीहरूबाट छलिएका युवा पुस्ताका सदस्यहरूसँग थिए, ताकि धूमपान गर्न पाइयोस्।

राजा नजिकिँदै आउँदा उनीहरूले चुरोट निभाएका थिए।

अनि स्थिति हिंसात्मक भयो।

‘अचान दीपेन्द्र कोठामा आइबक्स्यो’, उनले भने- ‘उहाँले आर्मी पोसाक लगाइबक्सेको थियो। उहाँका काँधमा एम १६ र सटगन झुन्डिएका थिए। ग्कल पेस्तोल कम्मरमा थियो। उहाँले हेक्लर एन्ड कोच एपी ५ सव मेसिनगनबाट सिलिङमा हानिबक्स्यो। अनि उहाँको बुबालाई। महाराजलाई तीन बुलेट लाग्यो। त्यसपछि दीपेन्द्र बाहिर गइबक्स्यो। सायद भित्र छिर्ने बाटोको कब्जा गर्न। मैले त्यो सबै ठूलो स्तब्धतासाथ हेरें। कम्तीमा ३० सेकेन्डजति त म हल्लिन पनि सकिन। अनि मैले आफूलाई सम्हालेँ। राजाकी कान्छी बहिनीले उहाँलाई काखमा राखिबक्सेको थियो। राजाको टाउको उहाँको काखमा थियो।’

त्यति वर्णन गरेपछि पारस केही क्षण रोकिए। अनि उनले निराजनले आफ्नै बन्दुक निकालेर राजा नजिकै राखेको सम्झिए। कोठामा निराजनमात्रै हतियार भएका व्यक्ति थिए।

त्यसपछि निराजन दाजुको पछि दौडिए, जो बाहिर थिए। के निराजनले दीपेन्द्रलाई ठोक्न राजालाई पेस्तोल दिएका थिए? या उनी थप रक्तपात विनै दाजुको सामना गर्न चाहन्थे?

‘दुई मिनेटपछि फेरि बन्दुक चल्यो र निराजन ढाडमा एक र टाउकोमा दुई गोली लागेको अवस्थामा भेटिए’, पारसले भने- ‘मलाई लाग्छ, शक्ति हत्याउने दीपेन्द्रको योजनामा साथ नदिएकाले उनलाइ गोली हानियो।’

फर्किंदा एम १६ लिएका दीपेन्द्रले त्यसपछि जथाभावी गोली हाने। ‘उनी बुबा नजिकै गए र प्वाइन्ट ब्ल्याङ्क रेन्जमा टाउकोमै हाने’, पारसले भने- ‘औंलाले ट्रिगर दबाउँदा उनको अनुहारमा कुनै भाव देखिएन।’

त्यो भइरहँदा पारस पनि अरूसँगै सोफामुनि लुकेका थिए।

तर कोठाबाट आएको घन्टीको आवाजले दीपेन्द्रको ध्यान तान्यो। रानी ऐश्वर्या सायद हतियार लिन दीपेन्द्रको कोठामा गएकी थिइन्। ‘मेरो अनुमानमा उहाँलाई दीपेन्द्रले भर्‍याङमै भेट्टाइबक्स्यो। र गोली हानिबक्स्यो।’

‘जलेको रगतको गन्ध डरलाग्दो थियो’, उनले भने- ‘त्यस्तो गन्ध जो मान्छेलाई नजिकैबाट गोली हान्दा उत्पन्न हुन्छ। कोही भुइँमै लडेका थिए, कोही रोइरहेका थिए, कोही सहयोग मागिरहेका थिए।’

केही सयम त्यहाँ गोली चल्न रोकियो।

तर त्यो मौनतालाई केही बेरपछि बगैंचाको तलाउ नजिकैबाट आएको गोलीको आवाजले तोडयो। त्यो आवाजसँगै पारसले अर्को आवाज सुने, जो पछि दीपेन्द्रलाई अस्पताल लैजाँदा निस्केको आवाजजस्तै थियो।

‘त्यसैले मलाई लाग्छ, उहाँले बगैंचामा आफूलाई गोली हानिबक्स्यो’, पारसले भने- ‘दुख्दा निस्कने त्यो आवाज उस्तै थियो। त्यो त्यस्तो आवाज थियो, जो बिरालाले राति निकाल्छन्।’

Popularity: 9%

99 comments April 1st, 2009

रौतहटमा गोली हानी हत्या

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहले रौतहट भसेड्वा- ६ ढोलबाजा टोलका अर्जुन धिमाललाई गए राति घरमा सुतिरहेका बेला गोली हानी हत्या गरेको छ।

राति करीव १ बजे २०/२५ जनाको हतियारीधारी समूहले उनलाई घरबाट निकाली कन्चटमा गोली प्रहार गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ती समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा स्थानीय कृष्ण धिमाल र बलराम धिमाल घाइते भएका छन्।

बलबहादुर धिमालको पेटमा तथा कृष्ण धिमालको आँखामा गोली लागेको छ। उपचारको लागि कृष्णलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र बलरामलाई काठमाडौ लगिएको छ। ती समूहले बमसमेत विस्फोट गराइएको जनाइएको छ।

घटनाबारे अनुन्धान भैरहेको रौतहट प्रहरीले प्रहरीले जनाएको छ।

Popularity: 8%

Add comment April 1st, 2009

बेल्जियममा नेपाली ब्यावसायी संघको कार्यशाला गोष्ठी सम्पन्न

पुरुशोत्तम सुबेदी, बेल्जियम / एचकेनेपाल डट कम -
नेपाली ब्यावसायी संघ बेल्जियमले ब्यावसायिक हक, हित र बेल्जियमका कर नीतिहरु सम्बन्धी - मेन विथ अ प्लान बिषयक एक दिने कार्यशाला गोष्ठी सोमवार सम्पन्न गरेको छ।


ब्यावसायी संघ प्रमुख अर्जुन श्रेष्ठको अध्यक्षतामा दूतावासका प्रथम सचिव दुर्गा भण्डारीको प्रमुख आथित्यमा कार्यशाला गोष्ठीलाई संस्थाका महासचिव ओमकार शर्माले संचालन गरेका थिए। राजकुमार लामाको स्वागत मन्तब्यबाट सुरु भएको उक्त महत्वपूर्ण कार्यशाला गोष्ठीमा प्रमुख अथिति दुर्गा भण्डारी, एनआरएन बेल्जियमका अध्यक्ष पिजि शेर्पा, जन प्रगतीशिल मंचका अध्यक्ष बिष्णु भुजेल, नेपाली ब्यवसायी संघका भूपू अध्यक्ष राधाकृष्ण अधिकारीलगायतका अथितिहरुले नपाली ब्यावसायिक संघ बेल्जियम किन ? र केका लागि ? भन्ने बारे आ-आफ्ना धारणा ब्यक्त गरे।

गोष्ठीमा सोही संस्थाका बरिष्ठ सल्लाहकार कृष्ण खतिवडा एबं अन्य संघसंस्थाबाट थुप्रै नेपालीहरुले सहभागिता जनाएका थिए। त्यस्तै ट्रेनर Adriaan De Leuw ले करीव साढे दुई घण्टा गोष्ठीमा सहभागी ब्यापारी तथा गैर ब्यापारी ईच्छुक नेपालीहरुलाई ब्यवसाय सम्बन्धी थप जानकारी दिएका थिए। संस्थाका सल्लाहकार कृष्ण खतिवडाद्वारा बिष्णु भुजेल र अन्य केही सहभागीलाई प्रमाण पत्र बितरण गरिएको थियो।

बेल्जियममा सबैको मिलिमतो भएमा नेपाली सुपर मार्केट खोल्न सकिने र नेपालमा उत्पादित सबै खाले कृषिजन्य तथा जडिबुटी हेन्ड क्र्याफ्ट जस्ता उपयोगी बस्तुलाई बेल्जियमको बजारमा ल्याउन सकिने विषयमा छलफल चलेको थियो।

बेल्जियममा ब्यवसाय संचालन गर्दै आएका नेपाली मुलका नागरिकहरुकै हक हितका लागि सन २००६ मा स्थापना भएको उक्त ब्यावसायिक संघभित्र बेल्जियमका सबै नेपाली ब्यापारीहरु भने संलग्न भै सकेका छैनन्। झन्डै १०० को संख्या पार गर्नै लागेका नेपाली ब्यावसायीहरु मध्ये आधा सय जति ब्यावसायीहरु मात्र यस संस्थामा संलग्न छन्।

Popularity: 8%

Add comment April 1st, 2009

पोर्तुगलमा नेपाली सांस्कृतिक रात्रि भोज आयोजना गरिने

पूर्ण तिमिल्सिना, पोर्तुगल / एचकेनेपाल डट कम -
एनआरएन क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्तुगलले नेपाली साँस्कृतिक रात्रि भोजको आयोजना गरी नेपाली नयाँ वर्ष धुमधामले मनाउने भएको छ।

“शान्त समुन्नत नेपाल गैर आवासीय नेपालीको चाहना, विश्व भरका सम्पूर्ण नेपालीलाइ एनआरएन अल्गार्भको तर्फबाट नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना” भन्ने नारासहित अप्रिल १३ तारिखका साँझ भब्य नेपाली सांस्कृतिक रात्रि भोज कार्यक्रम आयोजना हुने जनाएको छ। कार्यक्रममा उपहारको ब्यबस्था पनि गरिएको छ।

Popularity: 8%

Add comment April 1st, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....