Archive for April 4th, 2009

पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चलको तयारी

एचकेनेपाल डट कम सम्वाददाता -
चैत्र २४ देखि शुरु हुन लागेको पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रले आवश्यक तयारी पूरा गरेको छ। पोखरा रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चलले अव प्रतियोगितामा आफ्ना कौशल देखाउन मात्रै वाँकी रहेको जानकारी दिइयो।

यसपटक पश्चिमाञ्चलले २१ वटा खेलमा क्षेत्रीय छनौटबाटै ३ सय २५ खेलाडी तयार पारेको छ भने अन्य ११ खेलका खेलाडीहरुलाई भने राष्ट्रिय स्तरवाटै प्रतियोगितामा सामेल गरिने वताइएको छ।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम

पत्रकार सम्मेलनमा वोल्दै पश्चिमान्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष मोहन रेग्मीले यसपटक महिला भलिवल, फुटवल,खोखो, भारत्तोलन, व्याडमिण्टन, कुस्ती, कराँते, आइटिएफ, जुडो, उस्सु तथा हक्कीमा पदकको आशा गरेको बताए।

क्षेत्रगत रुपमा दोश्रो स्थानको अपेक्षा रहेको भएपछि विभागिय टोली संगको प्रतिस्पर्धा चुनौतिपूर्ण हुन सक्ने पनि रेग्मीले जानकारी दिए। जिम्न्यास्टिक, पौडी, महिला वक्सिङ्ग, क्रिकेट, स्क्वायस, स्नुकर, आर्चरी, सुटिङ्गलगायत विभिन्न ११ खेललाई भने सिधै राष्ट्रिय स्तरमै खेलाइने वताइएपनि राष्ट्रिय खेलकुद परिषदले सम्वन्धित संघहरुलाई खेलाडी तयार पार्न भनेको छ। यद्यपि, वन्द प्रशिक्षणमा राखिएका यि खेलाडीलाई कहाँवाट खर्च जुटाउने हो यसको भने निक्र्यौल हुन सकेको छैन। २१ खेलका खेलाडीहरुलाई दैनिक ४ सय रुपैया भत्ता दिएर वन्द प्रशिक्षणमा राखेको भएपनि समान हैसियत भएका अन्य खेलाडीहरुलाई विना भत्ता खेलाउदा कसैलाई काखा कसैलाई पाखा लगाएको आरोप पनि लागेको छ।

यसैविच पश्चिमान्चल क्षेत्रवाट मैदान उत्रने पुरुष फुटवल टोलीको अन्तिम नामावलि पनि सार्वजनिक गरिएको छ । अग्रज खेलाडी वसन्त गौचनले पश्चिमाञ्चलको क्याप्टेन्सी गर्ने छन् भने पश्चिमाञ्चलको झण्डा वोक्ने अवसर पनि गौचनलेनै पाएका छन्। उनको लामो अनुभव र योगदानको मुल्यांकन गरिदै उनलाई यो जिम्मेवारी सुम्पिएको वताइएको छ।

पश्चिमाञ्चलको फुटवल टालीवाट कास्कीका विजय गुरुङ, अनिल गुरुङ, भिसान गौचन,अनिल ओझा किरण गुरुङ, कविमान गुरुङ, सन्जिव श्रेष्ठ, विष्णु केसी र सविन्द्र श्रेष्ठ परेका छन्। त्यसैगरि शिव श्रेष्ठ, दिलीप क्षेत्री, निरज मगर, राजेन्द्र शाक्य, पुकार गहतराज, लक्ष्मण रुचाल, अशोक सेन, भिम दर्लामी र हिमाल थापा अन्य खेलाडीको रुपमा रहेका छन्। प्रतियोगिताको टिम प्रशिक्षकमा शम्भु केसी र राजेश मानन्धर तथा टिम म्यानेजर दिनेश श्रेष्ठ चयन हुनु भएको वताइएको छ।

Recent Videos:

Popularity: 9%

Add comment April 4th, 2009

आपतकालिन संगीत समूह बुसान जाने

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
कोरियामा रहेका नेपालीहरुको साझा संस्था आपतकालिन नेपाली सेवा समितिको संगीत समूह दी गोर्खाज ब्याण्ड कोरियाको समुन्द्री किनारमा रहेको दोस्रो ठूलो रमणिय शहर बुसानस्थित ट्रिनिटी ब्याण्डको निमन्त्रणामा त्यस तर्फजाने भएको छ।

ट्रिनिटी ब्याण्ड कोरियामा स्थापना भएको एक वर्ष पुगेको अवसर पारी आयोजन हुन लागेको बार्षिक उत्सव तथा नेपाली नयाँ बर्ष२०६६ को शुभकामना आदन प्रदान कार्यक्रममा सहभागीका लागि सो समूह त्यस तर्फ जान लागेको हो।

दी गोर्खाज ब्याण्डका कलाकारहरुले आकर्ष नृत्य, लाइभ कन्सर्ट तथा कोरियामा उदयमान हाँस्य कलाकार दुर्लभ थापा, सन्तोष श्रेष्ठ तथा नेपालका एफ एमहरुमा हास्य कार्यक्रमसमेत संचालन गरिसकेका पुष्प लामिछानेद्वारा बिभिन्न नेता अभिनेताहरुको क्यारिकेचरमा बेजोड हाँस्य प्रस्तुती गर्ने भएका छन्।

अप्रिल १२ तारिख आइतबार बिहान ६ बजे आनसान ट्रेन स्टेसन अगाडिबाट रिजर्भ बसमा कलाकारसहित लगभग ५० जनासहितको सो समूह बुसान जाने जनाइएको छ।

Recent Videos:

Popularity: 9%

Add comment April 4th, 2009

अनमिन चुप लागेको ओलीको आरोप

एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेका नेता के.पी शर्मा ओलीले शिविरमा रहेका माओवादी लडाकू बाहिर आएर हत्या, हिंसा र आतङ्क मचाउँदा पनि अनमिन चुप लागेर बसेको आरोप लगाउनु भएको छ।

सरकारी भत्ता खाएका माओवादी लडाकूहरू शिविरबाट बाहिर आएर संविधानसभा सदस्य उपनिर्वाचनका लागि जनतालाई धम्क्याइरहेको उहाँको आरोप थियो।

कास्की क्षेत्र नं १ मा हुने संविधानसभा सदस्य उपनिर्वाचनको सन्दर्भमा क्षेत्रीय निर्वाचन परिचालन कमिटीले आज लेखनाथमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतले गरेको निर्णयलाई समेत अस्वीकार गरी माओवादीले मुलुकलाई हत्या र हिंसाको दिशामा नै अघि बढाउन खोजी रहेको बताउनुभयो।

सत्ताको आडमा उम्लिएर माओवादी झनै अराजक बन्दै गइरहेको बताउँदै उहाँले भन्नुभयो - यदि माओवादीका अराजक गतिविधि यथावत् रहिरहे माओवादी सरकारको बैशाखी बनेको एमालेले साथ छोड्ने छ।

उहाँले एमालेको बैशाखीमा सरकार चलाएका प्रचण्डलाई डोकोमा राखेर श्रीमती र छोरालाई विदेश घुमाउने सपना नदेख्न समेत आग्रह गर्नुभयो।

संविधान निर्माणका लागि माओवादी प्रतिवद्ध नरहेको बताउँदै उहाँले माओवादी पार्टीले निर्वाचनका लागि उम्मेद्वार पाउन समेत छाडेकाले पूर्वपञ्चहरूलाई उम्मेद्वार बनाउनु परेको टिप्पणी गर्नुभयो।

Popularity: 8%

Add comment April 4th, 2009

पुनःनिर्माण र पुनःस्थापनाका लागि हालसम्मकै ठूलो कार्यक्रम

एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकारले द्वन्द प्रभावित ग्रामीण क्षेत्रको पुनःर्निर्माण तथा पुनःस्थापना गर्नका लागि हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। विगत लामो समयदेखि नेपालको सर्वाङ्गिण विकासमा निरन्तर सहयोग पुर्‍याइरहेको चारवटा ठूला अन्तराष्ट्रिय दातृ निकायको आर्थिक एवं प्राविधिक सहयोगमा स्थानीय विकास मन्त्रालयले ‘ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना’ नामक आयोजना लागू गरेको हो।

एशियाली विकास बैङ्क (एडीबी), अन्तर्राष्ट्रिय विकासका लागि ओपन फण्ड, बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआइडी) र स्वीस सरकार विकास सहयोग (एसडीसी)को साथ लिएर मन्त्रालयले विगतका द्वन्दका समयमा विकास निर्माण गर्न अप्ठ्यारो र पछाडि परेको भनिएका ३८ जिल्लामा सो कार्यक्रम लागू गरेको हो।

स्थानीय तहमा मुख्यतः सडक, खानेपानी, ग्रामीण क्षेत्रमा आवत-जावत गर्न झोलुङ्गे पुललगायत शिक्षा, स्वास्थ्य, सिँचाई आदि जस्ता विकासका आधारभूत संरचनाहरू तयार गरी आर्थिक एवं सामाजिक रूपमा पछाडि पारिएकाहरूको जीवनस्तर माथि उठाउन चार वर्षका लागि सो आयोजना लागू भएको हो।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका उपमहानिर्देशक तथा आयोजना प्रमुख भीमप्रसाद उपाध्यायले दिनुभएको जानकारी अनुसार सरकारले सन् २००८ को जनवरीबाटै सो आयोजना लागू गरेको हो।

चार वर्षको अवधिमा ती चारवटा दातृ निकायले आयोजना सम्पन्न गर्न दश करोड ६८ लाख अमेरिकी डलर अर्थात् करिब आठ अर्व ३० करोड रूपैयाँ सहयोग गर्ने छन्। यो रकम स्थानीय विकासका क्षेत्रमा लगानी भएको हालसम्मकै सबैभन्दा ठूलो भएको बताईन्छ।

आयोजनामा एडिबिको ४२.८२ प्रतिशत अनुदान, डीएफआईडीको १८.७३ प्रतिशत अनुदान, ओएफआईडिको ९.३६ प्रतिशत ऋण, एसडिसिको १.४० प्रतिशत अनुदान र कार्यक्रम कार्यान्वयन भएका लाभग्राही समुदायको ३.७५ प्रतिशत रकम रहने छ।

Popularity: 8%

Add comment April 4th, 2009

नारायणी नदीमा डुबेर युवक बेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मकवानपुर चुरियामाई गाविस-७ का अन्दाजी १८/१९ वर्षीय कुमार लामा रहेको प्रहरीले जनाएको छ।

दिउँसो साथीहरूसँगै नुहाउँदै गर्दा लामा अचानक पानीमा डुबेर बेपत्ता भएको बताइएको छ।

लामा लु१ख १४१३ नं.को ट्रकका सहचालक रहेको बुझिएको छ।

नदी किनारमा बेपत्ता लामाको कपडा फेला परेको र उनको अहिले खोजी जारी रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

Popularity: 8%

Add comment April 4th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....