Archive for April 5th, 2009

दुर्घटनामा सैनिक घाइते

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौंबाट त्रिशूलीतर्फ आइरहेको माइक्रोबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। घटनामा सातजना गम्भीर घाइते भएका छन्।

पन्ध्र सिट क्षमताको सो माइक्रोबसमा ३० जना यात्री थिए। नेपाल माइक्रोबस कम्पनीको बा १ ज ९६७८ नं.को माइक्रोबस विदुर नगरपालिका वडा नं.७ पिपलटारको तादी पुल नजिक दुर्घटना हुँदा सैन्य तालिम केन्द्र त्रिशूलीका २७ जना नेपाली सेनाका जवान घाइते भएका हुन्।

सैन्य तालिम केन्द्र मैथली ब्यारेकका त्रिशूलीमा तालिम लिइरहेका २९ जना सैनिक जवान छुट्टीमा घर गएका र उनीहरू शनिवार हाजिर हुन तालिम केन्द्र आएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका माइक्रोचालक नरेन्द्रबहादुर चौधरी र नेपाली सेनाका जवानहरू लमजुङका नारायण दवाडी, ओखलढुङ्गाका हस्तबहादुर तामाङ, लमजुङका वासुदेव न्यौपाने, रामेछापका लक्ष्मण खड्का, र भरत घिमिरेलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत राजधानी लगिएको छ। अन्य घाइतेहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

क्षमताभन्दा बढी यात्री बोकेर आइरहेको सो माइक्रोबस अपरान्ह पौने दुई बजे सडकबाट दश मिटर तल खेतको गरामा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा सवारीचालक र हेल्परबाहेक अन्य सबै यात्री नेपाली सेनाका जवान रहेको जनाइएको छ।

Recent Videos:

Popularity: 8%

Add comment April 5th, 2009

बालिका बलात्कार गर्ने पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
एक बालिकालाई बलात्कार गरेको अभियोगमा मोरङको मधुमल्ला-९ बस्ने ४५ वर्षीय हर्कमान माझीलाई प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई घरमा कोही नभएको मौका पारी माझीले शुक्रबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ।

आफू बलात्कृत भएको बारेमा ती बालिकाले आफ्नी आमालाई भनेपछि बलात्कारको घटना सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएपछि गाउँलेले अभियुक्त माझीलाई पक्राउ गरी शुक्रबार साँझ इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझाएका थिए।

अभियुक्त माझीले आफूले नशाको सुरमा ती बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन्। बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल लगिएको र अभियुक्त माझीउपर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 8%

Add comment April 5th, 2009

वार्ता नौटङ्की - एमाले महासचिव

एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विगतमा राजनीतिक हत्याले प्रश्रय पाएका कारण अहिले मुलुक भयाक्रान्त बनेको बताउनुभएको छ।

उहाँले हत्यालाई राजनीतिक मान्यता दिएका कारण सम्पूर्ण राष्ट्र हत्या र हिंसाबाट ग्रस्त बनेको उल्लेख गर्नुभयो।

एक प्रश्नको जवाफमा महासचिव पोखरेलले नेकपा एमालेको सरकारमा सहभागिताका विषयमा पार्टी औपचारिक समीक्षामा प्रवेश गरेको बताउनुभयो।

उहाँले समयमै नयाँ संविधान निर्माण भएन भने मुलुक बिखण्डनतर्फ उन्मुख हुने पनि धारणा राख्नुभयो।

उहाँले सरकार अपराधलाई नियन्त्रण गर्न असक्षम सावित भइसकेको छ भन्दै मधेसका सशस्त्र समूहसँगको वार्तालाई ‘नौटङ्की’को सङ्ज्ञा दिनुभयो।

वार्ताका नाममा अपराधीलाई संरक्षण दिने कार्यसमेत सरकारले गरिरहेको पनि उहाँले आरोप लगाउनुभयो।

Popularity: 8%

Add comment April 5th, 2009

नवविवाहिताद्वारा आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
महोत्तरी जिल्लाको हलखोरी गाविसमा विष सेवन गरी एक नवविवाहिताले आत्महत्या गरेकी छिन्। आत्महत्या गर्नेमा हलखोरी गाविस-१ बस्ने गुलाब ठाकुरकी २० वर्षीया श्रीमती उषा ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

मृतक उषाले पारिवारिक कलहको कारण हिजो दिउँसो पौने चार बजे विषादी सेवन गरी आत्महत्या गरेकी स्थानीय बासिन्दाले बताएका छन्।

मृतकको लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको घटनास्थल पुगेको प्रहरीटोलीले जनाएको छ।

Popularity: 8%

Add comment April 5th, 2009

संविधान जनमुखी नबन्ने मातृका यादवको दाबी

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) सँग विद्रोह गरी छुटिएका नेकपा (माओवादी) का अध्यक्ष मातृका यादवले संविधान बने पनि नबने पनि जनमुखी नहुने दाबी गर्नुभएको छ। अध्यक्ष यादवले विराटनगरमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकार संविधान निर्माण गर्ने कार्यमा केन्द्रित नभएका, बरू त्यसको नौटङ्की गरिरहेको आरोप लगाउनुभयो।

एक जिज्ञासामा अध्यक्ष यादवले सेना समायोजन तथा सामान्य कर्मचारी (जर्नेल) को विवादलाई लिएर सर्वोच्च अदालतसम्म जाने प्रक्रिया ठीक नभएको बताउँदै सर्वोच्चको रबैया र त्यसको निर्णयमा न्यायाधीशहरूले विवेक नपुर्‍याएको पनि आरोप लगाउनुभयो।

उहाँले काङ्ग्रेस, एमाले र एकीकृत नेकपा (माओवादी) पार्टीले अन्य जनता र मधेसी जनताबीच खाल्डो खनेको अवस्थामा मधेसी जनताले कसरी मत खसाल्ने भनी प्रतिप्रश्न गर्नुभयो।

उहाँले यही चैत २८ गते हुने संविधानसभाको उपनिर्वाचनमा साझा राष्ट्रियता निर्माण तथा व्यक्तिको आधारमा मतदाताहरूलाई मत हाल्न आग्रह गर्नुभयो।

अध्यक्ष यादवले सरकार तथा निर्वाचन आयोग आफै नियन्त्रणमा नरहेको बताउँदै निर्वाचनको नियम, कानुन र आचारसंहितालाई कसैले पनि अक्षरश पालना नगरेको, कमजोर पक्षका लागिमात्र आचारसंहिता लागू भएको उल्लेख गर्नुभयो।

Popularity: 8%

Add comment April 5th, 2009

तमलोपालाई राप्रपा नेपाल र सदभावनाको समर्थन

एचकेनेपाल डट कम संवाददाता-
मोरङ जिल्लामा हुने संविधानसभा उपनिर्वाचनमा राप्रपा नेपाल, तथा नेपाल सदभावना पार्टीले तराई मधेस लोकतान्त्रिक पार्टीका क्षेत्र ५ का उम्मेदवार उमेश गिरीलाई समर्थन गरेको सार्वजनिक गरेको छ।

मोरङ्गको क्षेत्र नं.५ र ७ मा उपनिर्वाचन हुने भएको छ।

Popularity: 8%

Add comment April 5th, 2009

तमलोपाले संसद चल्न नदिने

एचकेनेपाल डट कम संवाददाता-
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसवादी दलसँग सरकारले गरेको आठबुँदे सम्झौता पूरा नभए सदन चल्नै नदिने बताउनुभएको छ। उहाँले भन्नुभयो -”सरकारले सम्झौतामात्र गर्‍यो तर कार्यान्वयन गरेन, त्यसकारण हामी संसद चल्न दिँदैनौ।”

मधेसका केही गद्दार पार्टीका कारणले मधेस आन्दोलनबाट प्राप्त उपलपब्धि गुम्ने खतरा बढेको समेत उहाँले आरोप लगाउनुभयो।

मोरङमा हुने संविधानसभा उप-निर्वाचनअन्तर्गत क्षेत्र नं. ५ का उम्मेदवार उमेश गिरीलाई जिताउन विराटनगरको रानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो।

अध्यक्ष ठाकुरले सरकार र मधेसवादी दलबीच भएको आठबुँदे सम्झौता पूरा नभएसम्म मधेसवादी दल सरकारमा नजाने सहमति भएको तर त्यसलाईर् बेवास्ता गर्दै ती दलहरू सत्ताको लोभले सरकारमा गएको आरोप लगाउनुभयो।

मधेसी जनअधिकार फोरम, तमलोपा तथा सद्भावना पार्टी र सरकारबीच गत फागुनमा मधेस समस्या समाधानार्थ आठबुँदे सम्झौता भएको स्मरण गराउँदै ठाकुरले मधेसको माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने अडान दोहर्याउनुभयो।

मधेसलाई निरङ्कुशतावाट मुक्त पार्न ४० जना सहिद भए पनि पूरा नभएकाले चारसय सहिद हुनुपर्छ भन्दै उहाँले पहाडी शासकहरूको अगाडि टाउको झुकाएर कायरता देखाउनुको सट्टा टाउको कटाउनु राम्रो हुने धारणा व्यक्त गर्नुभयो।

उहाँले काङ्ग्रेस र एमालेको द्वैध चरित्रका कारण अहिले पनि सङ्घीयता नदिनेतर्फ षडयन्त्र भइरहेको बताउँदै सङ्घीयता नदिए देशमा ठूलो रक्तपात हुने बताउनुभयो।

Popularity: 8%

Add comment April 5th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....