Archive for April 7th, 2009

माओवादीको उम्मेदवारलाई राप्रपाद्वारा निष्काशन

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त पार्टीका कास्की जिल्ला कार्यसमितिका सदस्य कृष्णबहादुर गुरुङलाई पार्टीको साधारणसदस्य लगायत जिल्ला कार्य समिति सदस्य समेतबाट निष्काशन गरेको छ।

राप्रपाद्वारा हिजो जारी प्रेस विज्ञप्ति अनुसार उनले यही चैत २८ गते हुने संविधानसभा सदस्यको उपनिर्वाचन एकीकृत नेकपा (माओवादी)का तर्फबाट क्षेत्र नं. १ कास्कीमा उम्मेदवार भई पार्टी अनुशासन विपरीत कार्य गरेको आरोप लगाइएको छ।

निजलाई पार्टीको कास्की जिल्ला समितिको सिफारिस बमोजिम कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ।

Recent Videos:

Popularity: 8%

Add comment April 7th, 2009

आफैले बोकेको हतियार पड्काई प्रहरीको आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवान रामबहादुर चन्दले आफैले बोकेको हतियार पड्काई आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, प्रहरी जवान चन्दले क्षेत्रीय सिंचाइ निर्देशनालय धनगढीको गेस्ट हाउसमा दिउँसो ड्युटीमा बसेको अवस्थामा थ्रिनट थ्री राइफल पड्काएर आत्महत्या गरेका हुन्।

बैतडी जिल्ला नागार्जुन गाविस-१ स्थायी ठेगाना भएका प्रहरी जवान चन्दले घरायसी समस्या र मानसिक तनावका कारण आत्महत्या गरेको आशङ्का गरिएको छ।

Recent Videos:

Popularity: 8%

Add comment April 7th, 2009

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
‘आपतकालीन अवस्थाका लागि अस्पताललाई सुरक्षित पारौं: जीवन बचाऔं’ नाराका साथ आज विश्वभर विश्व स्वास्थ्य दिवस- २००९ मनाइँदैछ।

आपतकालीन अवस्थामा बिरामीलाई सेवा दिनसक्ने स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको सुरक्षा तथा स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीले गरेको सेवाको मूल्याङ्कनस्वरुप पनि विश्व स्वास्थ्य सङ्गठनले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारामा सो विषयलाई प्राथमिकता दिएको छ।

सो सेवा दिनका लागि विश्वभर गरिएको आपत्कालीन कक्षको निर्माण र आपत्कालीन सेवाका लागि गरिएको तयारीलाई ध्यानमा राखेर पनि सो नारालाई प्राथमिकता दिइएको हो।

युद्ध, समुद्री आँधी, भूकम्प, सुनामी, रोगको महामारी, आँधी, आगलागी, रसायन महामारीजस्ता आपतको बेला जनजीवनमा पर्ने प्रभावमा उनीहरूलाई मद्दत गर्न अस्पतालमा पूर्ण सुरक्षा व्यवस्था हुनु जरुरी हुन्छ।

संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण रणनीति (युएआइएसडिआर) का अनुसार प्रकोपले विश्वमा प्रतिवर्ष १ खर्व ८१ अर्ब युएस डलर बराबरको क्षति गरेको अनुमान छ।

प्राकृतिक प्रकोपबाट विश्वव्यापीरुपमा ५३ प्रतिशत मृत्यु हुने गरेको अनुमान छ। विश्वमा सडक दुर्घटनाबाट प्रति वर्ष १२ लाख व्यक्ति अर्थात् प्रतिदिन ३२ हजार मानिसको मृत्यु हुने गरेको छ भने दुईदेखि पाँच करोड मानिस प्रतिवर्ष घाइते र अपाङ्ग हुने गरेका छन्। तीमध्ये ९० प्रतिशत घटना साना र मध्य देशमा हुने गरेको छ। आगलागीबाट तीन लाख मानिसको प्रतिवर्ष मृत्यु हुने गरेको छ।

Popularity: 8%

Add comment April 7th, 2009

एमाले सरकारबाट नहट्ने

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारमा एमाले पार्टीको हितका लागि नभई राष्ट्र र जनताको पाँचवटा ऐतिहासिक अभिभारा पूरा गर्न सामेल भएकाले ती पूरा नभएसम्म सरकारमा रहिरहने बताउनुभएको छ।

संविधानसभा उपनिर्वाचनको सिलसिलामा पार्टीद्वारा भइरहेका कामकारवाहीलाई स्थलगतरुपमा बुझ्ने क्रममा विराटनगर आइपुगेपछि एमाले अध्यक्ष खनालले मन्त्रिपरिषदमा आफ्ना पार्टीका तर्फबाट पात्रहरू फेरिन सक्छन् तर मुलुक र जनताले दिएको जनादेशलाई पार्टीले गम्भीरताकासाथ लिएको छ भन्नुभयो।

एक जिज्ञासामा एमाले अध्यक्ष खनालले यही चैत २५ गतेदेखि सदन चल्नसक्ने विश्वास दिलाउँदै बुटवलमा हत्या गरिएका प्रचण्ड थैवको हत्यारा पक्राउ परेमा सदन सञ्चालनको एउटा ढोका खुल्ने बताउनुभयो।

उहाँले सरकारवाट बाहिरिएर होइन कि सरकारमै रहेर सही बाटोमा हिंडाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको छ भन्नुभयो।

Popularity: 8%

Add comment April 7th, 2009

हैटौंडा कपडा उद्योग जेठबाट सञ्चालन हुने

एचकेनेपाल डट कम संवाददाता-
हेटौंडा औद्योगिक क्षेत्रमा स्थापित भै केही वर्षदेखि बन्द रहँदैआएको हेटौंडा कपडा उद्योग व्यवस्थापनले आगामी जेठको तेस्रो सातादेखि पुनः कपडा उत्पादन सुरु गर्ने भएको छ।

अर्थ मन्त्रालयले सो उद्योगलाई यथाशिघ्र सञ्चालनमा ल्याउन प्रथमचरणमा कुल रु. आठ करोड आठ लाख २९ हजार अनुदान रकम सो उद्योग व्यवस्थापनलाई हस्तान्तरण गरिसकेको छ। उद्योग व्यवस्थापनले भने उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारसमक्ष करिब रु. ११ करोड ८० लाख अनुदान रकम माग गरेको थियो।

सो उद्योगमा अहिले धागो काट्ने, कपडा बुन्ने, तयारी कपडाका लागि बुट्टा भर्ने एवम् तयारी कपडालाई प्याकिङ गर्ने विभिन्न उपकरण तथा मेसिनको नयाँ जडान, पुरानो उपकरणको मर्मत सम्भार एवम् विद्युत् लाइनको विस्तार गर्ने कार्य तीव्रताका साथ भैरहेको सो उद्योग व्यवस्थापनबाट थाहा भएको छ।

सरकारबाट उपलब्ध गराइएको अनुदान रकमबाट उद्योगको लागि कच्चा पदार्थ कपास खरिद गर्ने, उद्योगका आवश्यक कामदार, मजदुर र प्रशासनिक कर्मचारीको नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्ने कार्यको तयारी भइरहेको हेटौडा कपडा उद्योगका नवनियुक्त महाप्रबन्धक विजयराज उपाध्यायले बताउनुभयो।

Popularity: 8%

Add comment April 7th, 2009

कर्मचारी नियुक्ति नगर्न अख्तियारको निर्देशन

एचकेनेपाल डट कम संवाददाता-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई अब आइन्दा उच्च व्यवस्थापकको तोकआदेशको आधारमा करार तथा ज्यालादारीमा कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएको छ।

सिजनल काम तोकिएको समयमा पुरा गर्न करार तथा ज्यालादारीमा कर्मचारी नियुक्ति गर्नैपर्ने अवस्थामा आएमा त्यस्ता कर्मचारीको सङ्ख्या आवश्यकता निर्धारण गर्ने संयन्त्रको निर्माण गर्ने, करार तथा दैनिक ज्यालादारी कर्मचारीको आवश्यकता निर्धारण भै नियुक्ति गर्नुपूर्व सार्वजनिक सूचना गरी योग्यता, क्षमता तथा प्रतिस्पर्धाको आधारमा मात्र नियुक्ति गर्ने र करार तथा दैनिक ज्यालादारीमा नियुक्ति भै कार्यरत सबै कर्मचारीलाई आगामी वैशाखदेखि सेवाबाट हटाउने निर्देशन पनि दिइएको छ।

Popularity: 8%

Add comment April 7th, 2009

मलेसियामा पुर्खा-दिवस सम्पन्न (+Photo)

मलेसियामा पुर्खा-दिवस सम्पन्न
रामचन्द्र गिरी, मलेसिया / एचकेनेपाल डट कम-
विगत दुई सय वर्ष पुरानो गोर्खाली इतिहासमा आफ्नो राष्ट्रभूमि नेपाल बचाउका लागि मात्रै नभई अन्य देशहरुमा समेत सेवा गर्दा लडाईंमा ज्यानको बाजी थाप्दै डटेर लड्दै देश तथा विदेशमा वीरगति प्राप्त गरेका हाम्रा पुर्खाहरु/वीर गोर्खालीहरुको उच्च सम्मान र स्मरणमा अप्रिल ५ को दिन यहाँ ‘पुर्खा दिवस-२००९’ भव्यताका साथ सम्पन्न भएको छ।

“संसारभर छरिएर उभिएका गोर्खाली समाधिहरुको पवित्र माटो जम्मा गरी त्यसैमाथि काठमाडौंमा गोर्खा स्तम्भतल उठाऔं” । भन्ने मूल नाराको साथ यो दिवस मनाइएको हो।

बिहान ११ बजे यहाँस्थित स्रेम्बान सेकामतमा रहेको गोर्खा समाधिस्थलमा पुगि श्रमिक, पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा साहित्यकारहरुले त्यहाँ रहेका समाधिहरुमा धुपबत्ति गर्दै पुष्पगुच्छा अर्पण गरी वीर पुर्खाहरुको सम्झनामा श्रद्धाञ्जलि अर्पण गरेका थिए। मलेसियामा पुर्खा दिवस मनाउन थालिएको यो दोस्रो वर्ष भैसेकेको छ। गोर्खा सेमेट्रिज ट्रष्ट तदर्थ समिति मलेसियाको संयोजन तथा श्री अभिलेख साप्ताहिक, नेपाल पृष्ठभूमि साप्ताहिक र नेपाल सन्देश साप्ताहिकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

विचारी चाम्लिङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मलेसियाली मुलका नेपालीहरु पदम बाबा, बहादुर सिंह, प्रेम बहादुर, कृष्ण नेपाली, मलेसियामा रही साहित्यक फाँटमा कलम चलाउँदै आएका सर्जक जीवन देवान ‘गाउँले’ व्यङ्य चित्रकार मणि राई गोठाले, एसोरेन्स युनिटी लाइफका मलेसिया संयोजक धीरेन्द्रप्रसाद कोइराला, नरेन्द्र खड्का, सुन्दर आले, पत्रकारहरु बिनु लामा, मान छन्त्याललगायत अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको दोस्रो खण्डमा क्वालालम्पुरमा एक विचार-गोष्ठीको समेत आयोजना गरिएको थियो।

“गोर्खाली गाथा, पुर्खा दिवस र प्रवासीको दायित्व” विषयक उक्त विचार गोष्ठीमा सहभागीहरुले पुर्खाहरुको सम्मान र स्मरण गर्ने दिनको रुपमा मनाउँदै आइएकाले आगामी वर्ष यसलाई अझ भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिए। गोर्खा एसोसियसन मलेसियाका संस्थापक तथा मलेसियाली मुलका नेपाली पदम बाबाले आफ्ना वीर पुर्खाहरुको पौरख र बहादुरीले गर्दा आफूहरु मलेसियामा छात्ति फुलाएर गौरवका साथ हिंड्न पाइएकोमा गर्व गरे। उक्त गोष्ठीमा साहित्य सर्जक जीवन देवानले ‘वीर गोर्खाली’ को रुपमा विश्वमा पुर्खाहरुले गरेको बहादुरीको सबैले सम्मान गर्नुपर्नेमा जोड दिंदै कार्यक्रममा प्रस्तुत गरिएको पुर्खादिवस सम्बन्धी कार्यपत्रका बारेमा टिप्पणी गरेका थिए।

गोष्ठीमा पत्रकार बिनु लामाले पुर्खासम्बन्धी कार्यक्रमका बारेमा प्रारम्भिक जानकारी दिएका थिए। गोर्खा सेमेट्रिज ट्रष्ट तदर्थ समिति मलेसियाका संयोजक रामचन्द्र गिरीले पुर्खा दिवस सम्बन्धी कार्यपत्र पढेर सुनाउँदै उक्त गोष्ठी संचालन गरेका थिए। अतिथि शुभ शर्माले पनि कार्यपत्रमा समावेश गरीएका केही बुंदाहरुका बारेमा टिप्पणी गरे। अर्का अतिथि धिरेन्द्र कोइराला र मलेसियाली मुलका नेपाली बहादुर सिंह र प्रेमबहादुर र कृष्ण नेपालीले आफू जस्तै मलेसियाली मुलका सबै नेपाली एक हुनुपर्नेमा जोड दिंदै गोर्खा सिमेट्रिज ट्रष्ट तदर्थ समिति मलेसियाले गरेको सो कार्यको प्रशंसा गरे। गोष्ठीमा सहभागी श्रमिक एगराज दाहालले आफूहरु जस्ता श्रमिकहरु प्रवासभूमिमा रहेपनि पुर्खाहरुको गोर्खाली-बहादुरी’ को कारण यहाँ सम्मानजनक रुपमा श्रम गर्न पाइएको बताए। गोष्ठीमा श्रमिक, पत्रकार, समाजसेवी, बुद्धिजीवी, साहित्यकार र विद्यार्थीहरु गरी ६० जनाभन्दा बढी सहभागी थिए।

यस वर्ष पुर्खा दिवस सम्पन्न भएका देश र ठाउँहरुः
हङकङ
धरान
काठमाडौं
मलेसिया
अष्ट्रेलिया
दक्षिण कोरिया
बेलायत

—————————————————————-
मलेसियामा पुर्खादिवस भव्यरुपमा मनाइने
एचकेनेपाल डट कम संवाददाता-
वीर गोर्खालीहरुको सम्मानार्थ विभिन्न देशहरुमा पुर्खा दिवस मनाइदै छ। मलेसियामा पनि पुर्खादिवस ५ तारिख आइतबारका बिहान १० बजे सेगामतस्थित गोर्खाली समाधिस्थलमा पुगी वीर पुर्खाको स्मरणमा उनीहरुको समाधिमा धुपवत्ती गर्ने, पुष्पागुच्छा चढाउने साथै श्रद्धाञ्जलि सभा गरिने पुर्खादिवस २००९ मुल आयोजक तदर्थ समितिका मलेशियाकालागि संयोजक रामचन्द्र गिरीले जानकारी दिएका छन्।

मलेसियामा गोर्खा सिमेट्री ट्रष्टको संयोजनमा श्री अभिलेख साप्ताहिक, नेपाल पृष्ठभूमि साप्ताहिक र नेपाल सन्देश साप्ताहिकको संयुक्त आयोजना रहने छ। कार्यक्रममा पत्रकार, साहित्यकार, वुद्धिजिवी तथा मलेसियामा रहेका नेपालीहरुका साथै दोश्रो विश्वयुद्धपछि त्यही बसेका नेपालीहरुले पनि सहभागिता जनाउने अनुमान गरिएको छ। दुइ चरणमा हुने कार्यक्रमको पहिलो चरणमा समाधिस्थलको अवलोकन, पूजाआजा तथा दोश्रो चरणमा पुर्खाहरुको विषयलाई लिएर छलफल कार्यक्रमको आयोजना गरिने भएको छ।

पुर्खादिवस २००९ मलेशियाकालागि अभिलेख साप्ताहिकले अफिसियल मिडियाको भूमिका रहेको छ। कार्यक्रमलाई धौलागिरी फेन्सी पसलले प्रायोजन गर्नेसमेत बताइएको छ। ५ अप्रिलका दिन गएको वर्ष पनि पुर्खादिवस सम्पन्न भएको थियो। कार्यक्रमका लागि तपाई पनि सहभागी हुन चाहनुहुन्छ भने मूल आयोजक समिति गोर्खा सिमेट्री ट्रष्टका सदस्यहरु रामचन्द्र गिरी र विचारी चाम्लिङलाई सम्पर्क गर्न सक्नु हुनेछ।

Popularity: 10%

4 comments April 7th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....