Archive for April 11th, 2009

माओवादी तीन, का‌ग्रेस, एमाले र फोरम एक एक स्थानमा विजयी (News update…)

माओवादी तीन, का‌ग्रेस, एमाले र फोरम एक एक स्थानमा विजयी (LIVE update..)
एचकेनेपाल डट कम संवाददाता, अप्रिल ११ -
मुलुकभरका ६ निर्वाचन क्षेत्रमा चैत २८ गते भएको उपनिर्वाचनको पछिल्लो र अन्तिम परिणाम अनुसार एकीकृत माओवादी तीन, का‌ग्रेस, एमाले र फोरम एक एक स्थानमा विजयी भएका छन्।

कहाँ, कसले जिते ?
रोल्पा- १ मा, माओवादी उम्मेदवार सन्तोष बुढामगर
धनुषा- ५ मा, एमाले उम्मेदवार रघुवीर महासेठ
कास्की- १ मा, माओवादी उम्मेदवार कृष्ण गुरुङ
कञ्चनपुर- ४ मा, माओवादी उम्मेदवार हरिश ठकुल्ला (कमल क्षेत्री)
मोरङ- ७ मा, काँग्रेस उम्मेदवार शेखर कोइराला
मोरङ- ५ मा, फोरम उम्मेदवार जयराम यादव

कहाँ, कसलाई घाटा?
धनुषा- ५ मा, काँग्रेसलाई (राष्ट्रपति रामवरण यादवले छाडेको स्थान)
मोरङ- ७ मा, फोरमलाई (विजयकुमार गच्छदारले छाडेको स्थान)
कञ्चनपुर- ४ मा, काँग्रेसलाई (शेरबहादुर देउवाले छाडेको स्थान)

अपडेटः धनुषा- ५ मा एमाले उम्मेदवार रघुवीर महासेठ विजयी
राष्ट्रपतिका छोरा काँग्रेस उम्मेदवार चन्द्रमोहन यादव पराजित। उनी तेस्रो स्थानमा रहे। एमाले उम्मेदवारको निकट प्रतिद्वन्द्वी तमलोपाका उम्मेदवार रहे। अब रोल्पा १ को मात्र परिणाम आउन बाँकी छ जहाँ मतगणना अझै सुरु हुन सकेको छैन।

अपडेटः कास्की-१ मा माओवादी उम्मेदवार कृष्ण गुरुङ विजयी
कास्की १-को मतगणना अन्तिम अवस्थामा गएर स्थगित भए पनि पछि मतगणना हुंदा माओवादी उम्मेदवार कृष्ण गुरुङले नेपाली काँग्रेसका उम्मेदवार दीपक गुरुङभन्दा ३२ मत बढी ल्याएर विजयी भएका छन्। माओवादी उम्मेदवार कृष्ण गुरुङले १२२५७ र नेपाली काँग्रेसका उम्मेदवार दीपक गुरुङले १२२२५ मत प्राप्त गरेका छन्।

कास्की - १ मा मतगणना स्थगित
कास्की - १ को एउटा बुथमा कांग्रेसको भोट शून्य भएपछि केही बेर मतगणना स्थगित भएको थियो। कास्कीको लेखनाथ नगरपालिका १३ को जनपाको चौतारोस्थित व्रम्हरुपा मावि केन्द्रको मेसिनले राम्रो काम नगरेको भन्दै होहल्ला भएपछि मतगणना स्थगित भएको हो। मेसिनमा कांग्रेसको ०, एमालेको ३ र माओवादीको २६० मत देखाएको थियो।

Popularity: 9%

3 comments April 11th, 2009

मलेसियामा नेपाली युवकको रहस्यमय मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
पर्यटक भिसामा एक महिनाअघि मलेसिया भ्रमणमा गएका नेपाली युवक तुलबहादुर थापाको रहस्यमय मृत्यु भएको छ।

वालिङ ५ एक्लेपिपल स्याङ्जाका २६ वर्षिय थापाको बुधबार राति सुतेकै अवस्थामा निधन भएको हो। पेतालिङ जयास्थित मेन्तरीकोर्टमा बस्दै आएका थापा बुधवार दिउंसो अवेरसम्म नउठेपछि उनका साथीहरूले कोठा खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए। उनको मुखमा फिंज आएको थियो।

उनको शवलाई पोष्टमार्टमको लागि युनीभर्सिटी अस्पातालमा पठाइएको सगै गएका उनका साथीहरू सुनील अर्याल र दुसाद दनुवारले जनाएका छन्। थापा काठमाडौंस्थित एक कलेजमा स्नातक तहमा अध्ययनरत थिए। उनीहरू भ्रमणको सिलसिलामा मलेसिया गएका थिए।

Recent Videos:

Popularity: 9%

Add comment April 11th, 2009

सगरमाथामा क्रिकेट प्रतियोगिता हुने

एचकेनेपाल डट कम संवाददाता-
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित पाँच हजार १६५ मिटर अग्लो गोरकशेपमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।

बेलायत, अस्ट्रेलिया र न्युजिल्याण्डका ४३ जना खेलाडी सहभागी भई तेन्जिङ टोली र हिलारी टोलीमा विभाजन भई आगामी २०६६ साल वैशाख ८ गतेदेखि सो प्रतियोगिता सुरु हुने हिमालयन उद्धार सङ्घद्वारा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिएको छ।

विश्वकै सबभन्दा अग्लो स्थानमा आयोजना हुन लागेको क्रिकेट प्रतियोतिगाले विश्व रेकर्ड कायम गर्नुका साथै नेपाललाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्यस्थलका रूपमा परिचित गराउनेछ।

बेलायतको हिमालय ट्रष्टको सहयोगमा आयोजना गर्न लागिएको सो प्रतियोतिगामा बेलायतका क्रिकेटरहरू जेम्स कर्टली, कार्डिक, डेभिडलगायतका प्रख्यात खेलाडीहरूको सहभागिता रहने र सो खेलका लागि शनिबार नै खेलाडीहरू सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्ने बताइएको छ।

कार्यक्रममा क्रिकेट टोली नेता रिचार्ड क्रिस्लेले सगरमाथाको काखमा प्रतियोगिता आयोजना गर्नु जोखिमपूर्ण रहेपनि साहसिक र रोमाञ्चकारी हुने भएकाले खेलाडीहरू मानसिक र भौतिकरूपमा तयार रहेको बताउनुभयो।

उहाँले यस खेलको सफलतापछि सगरमाथाको महत्व विश्वमा अझ उजागर हुनुका साथै नेपालमा खेल पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।

उच्च भू-भागमा खेल खेलिने भएकाले खेलाडीहरूको लेक लाग्नेलगायतका स्वास्थ्यसम्बन्धी हेरचाहको व्यवस्था हिमालयन उद्धार सङ्घले गर्ने सङ्घका अध्यक्ष विक्रम न्यौपानेले बताउनुभयो।

Popularity: 9%

Add comment April 11th, 2009

प्रमले आत्मालोचना गर्नुपर्ने-एमाले

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)ले बुटवल हत्याकाण्डका अपराधीलाई सरकारसमक्ष बुझाउने तथा प्रधानमन्त्री र एकीकृत नेकपा (माओवादी) का तर्फबाट मुलुकमा भएका हत्याआतङ्कका समग्र घटनाक्रमका बारेमा वार्ता गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसदमा उपस्थित भएर गल्ती­को आत्मालोचना गरेमात्र नयाँ किसिमले सोच्न सकिने निर्णय गरेको छ।

पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको पार्टी स्थायी कमिटीको बैठकले अन्यथा पार्टीको सङ्घर्ष निरन्तर जारी रहने निर्णय गरेको छ ।

Popularity: 9%

Add comment April 11th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....