Archive for April 13th, 2009

देवकोटा शताब्दी महोत्सवले विभिन्न प्रतियोगिता गर्ने

एचकेनेपाल डट कम संवाददाता-
लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी समारोह समितिले ‘महाकवि देवकोटा शताब्दी कविता महोत्सव’को आयोजना गर्ने भएको छ।

प्रतियोगितामा समाविष्ट कवितामध्ये पचासवटा उत्कृष्ट रचना ‘देवकोटा शताब्दी काव्य’ नामक कृतिमा प्रकाशित गरिने भएको छ। सो प्रतियोगितामा अति उत्कृष्ट ठहरिएका बढीमा दस जना स्रष्टालाई ताम्रपत्रसहित जनही दस हजार रुपियाँ राशिको ‘महाकवि देवकोटा शताब्दी काव्य पुरस्कार’ प्रदान गरिने भएको छ।

त्यसैगरी महाकवि देवकोटाको मुहार अङ्कित ‘महाकवि देवकोटा शताब्दी चित्रकला महोत्सव’को पनि आयोजना हुने भएको छ। बढीमा पचासवटा उत्कृष्ट चित्रकला ‘देवकोटा शताब्दी चित्र’ नामक कृतिमा प्रकाशित गरिने सो प्रतियोगितामा अति उत्कृष्ट ठहरिएका बढीमा दस जना कलाकारलाई ताम्रपत्रसहित जनही दस हजार रुपियाँ राशिको ‘महाकवि देवकोटा शताब्दी चित्रकला पुरस्कार’ प्रदान गरिनेछ।

साथै शताब्दीको उपलक्ष्यमा स्नातकोत्तरस्तरका विद्यार्थीहरूका लागि ‘महाकवि देवकोटा निबन्ध महोत्सव’को आयोजना गरिने भएको छ। बढीमा १५ वटा उत्कृष्ट निबन्ध ‘देवकोटा शताब्दी निबन्ध’ नामक कृतिमा प्रकाशित गरिनुका साथै अति उत्कृष्ट ठहरिएका तीन जना विद्यार्थीलाई ताम्रपत्रसहित जनही दस हजार रुपियाँ राशिको ‘महाकवि देवकोटा शताब्दी निबन्ध पुरस्कार’ प्रदान गरिने भएको छ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव

Popularity: 9%

Add comment April 13th, 2009

एनआरएनए, कतारको नयाँ राष्ट्रिय परिषद सदस्यको नामावली प्रकाशित

बिलबहादुर गुरुङ, दोहा, कतार / एचकेनेपाल डट कम
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले नयाँ राष्ट्रिय परिषद सदस्यहरुको नामावली प्रकाशित गरेको छ।

संघको आव्हानमा आगामी २ वर्षको लागि राष्ट्रिय परिषद सदस्यताको लागि पेश भएका आवेदनहरु उपर छानविनपछि नयाँ राष्ट्रिय परिषद सदस्यहरुको नामवली प्रकाशित भएको हो।

गत फेब्रुवरी २० तारिखका दिन बसेको राष्ट्रिय परिषदको अन्तिम भेलाले दिएको म्यान्डेट अनुसार नयाँ राष्ट्रिय परिषद सदस्यको लागि गरिएको आव्हानमा जम्मा ९६१ जना कतारवासी गैरआवासीय नेपालीहरुले आवेदन पेश गरेका थिए।

कुल ९६१ आवेदनहरुमध्ये जम्मा ९३८ आवेदनहरुमा आवश्यक कागजातहरु समावेश भएको पाईएकोले सोही बमोजिम नामवली प्रकाशित गरिएको जनाइएको छ। केही फारमहरुमा आवेदकको फोटो, व्यक्तिगत विवरण तथा लगातर १८२ दिनभन्दा बढि समय कतारमा बिताएको प्रमाणित गर्ने कागजात (२००८ सेप्टेम्वरसम्म वा पहिले भिसा लगाएको आइडीको प्रतिलिपी, ड्राइभिङ लाइसन्सको प्रतिलिपी वा पासपोर्टमा कतार प्रवेशको छापको प्रतिलिपी) समावेश नभएको पाईएकोले जम्मा २३ वटा आवेदकहरुको आवेदन रद्ध भएको पनि उक्त सूचनामा जनाइएको छ।

प्रकाशित नयाँ नामवली उपर दावी विरोधको लागि आउने अप्रिल १५ तारिख बुधवार साँझ ६ बजेसम्म समय तोकिएको छ। दावी विरोध भएमा Email ID: kguragain2002@yahoo.co.in वा Fax No: 4699343 मा उजुरी पठाउनसमेत सूचना गरिएको छ।

म्याद नाघी आएका कुनै पनि दावी विरोधउपर छानविन नहुने सूचनामा जनाइएको छ। आउने अप्रिल १७ तारिख शुक्रवारका दिन अन्तिम नामवली प्रकाशित गरिने र सोही दिनदेखि सदस्यता परिचय-पत्र वितरण गरिने पनि उक्त सूचनामार्फत जानकारी गराईएको छ।

Recent Videos:

Popularity: 9%

Add comment April 13th, 2009

अज्ञात रोगवाट तीन बालवालिकाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात रोगबाट आइतबार राति महोत्तरीमा तीन बालवालिकाको मृत्यु भएको छ भने दर्जनौं विरामी परेका छन्।

अज्ञात रोगबाट मृत्यु हुनेहरूमा खुट्टापिपराडी- ८ का पाँच वर्षिय रहमद नदाफ, कमलु नदाफ र छ वर्षिया जमिला रहेका छन्। उनीहरूमध्ये एक जनाको घरमै र दुई जनाको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बोली बन्द हुने, जीउ तन्काउने लक्षण देखिएने उक्त रोगको पहिचान हुन नसकेको बताइन्छ। सो क्षेत्रमा रोगको प्रकोप बढ्न थालेपछि जनस्वास्थ्य कार्यालयका कर्मचारी र चिकित्सकको टोली परिचालन गरिएको छ।

Popularity: 9%

Add comment April 13th, 2009

महिलालाई जिउँदै जलाएर हत्या

एचकेनेपाल डट कम संवाददाता-
बालकलाई अपहरण गरेको अभियोगमा धनुषाको भरतपुरमा अन्दाजी ३५ वर्षीया एक महिलालाई स्थानीयवासीले जिउदै जलाएर हत्या गरेका छन्।
बालक अपहण गरेको भन्दै गाउंलेले पहिले ती महिलालाई कुटपिट गरेपछि चारनाथ खोलामा जिउँदै शरिरमा पेट्रोल खन्याएर आगो लगाई हत्या गरेका हुन्।

भरतपुर ५ निवासी राजु विश्वकर्माको अढाई वर्षिय छोरा मनिष विश्वकर्मालाई अपहरण गर्ने प्रयास गरेको भन्दै महिलालाई जलाइएको हो। नेपाली भेषभूषामा देखिएकी तर हिन्दी भाषा बोल्ने ती महिलाको शव सोमबार विहानसम्म सनाखत हुन सकेको छैन। मर्नुअघि उनले आफू सिमराको नरबर्ती ८ बस्ने धनमाया भेटवाल रहेको स्थानीयवासीले बताए।

उनको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।

Popularity: 9%

3 comments April 13th, 2009

आदिवासी जनजाति महासंघ इजरायलको स्थापना

कृष्ण थापा, इजरायल / एचकेनेपाल डट कम -
प्रवासमा रहेका आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति, परम्परा तथा हक हित र अधिकारको संरक्षण संबर्धन तथा विकासका लागि शनिवारका दिन इजरायलको तेल अभिभमा उपस्थित भएका जनजातिहरुको दोश्रो बृहत भेलाले आदिवासी जनजाति महासंघ इजरायलको स्थापना गरेको छ।

नयन्द्र चेम्जोङको संयोजकत्वमा अप्रिल ४ तारिख बसेको जनजातिहरुको अघिल्लो भेलाले ७ सदस्यीय जनजाति महासंघ इजरायलको तदर्थ समिति गठन गर्ने निर्णय अनुसार नयन्द्र चेम्जोङको अध्यक्षतामा आवश्यकता अनुसार थपघट गर्ने गरी हाललाई बढीमा २१ सदस्यीय तदर्थ समिति गठन गर्ने र तदर्थ समितिले विधान निर्माण गरी लागु गरेको मितिबाट सोही समितिलाई स्वतः कार्य समिति स्वीकार गर्ने निर्णय गरेको हो।

जस अनुसार तदर्थ समितिका अन्य पदाधिकारीहरुमा यम गुरुङ उपाध्यक्ष, वि.आर. लामा महासचिव, हरि चौधरी सचिब, तेन्जिङ शेर्पा कोषाध्यक्षका साथै अन्य सदस्यहरुमा तेन्जी शेर्पा, रामबहादुर तामाङ,प्रभात गुरुङ, चित्रलाल गुरुङ, इन्द्र घले, शेरबहादुर घले, शेरबहादुर घले, जयकला राई,दोर्जे शेर्पा र बसन्त गुरुङ रहेका छन्।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष नयन्द्रकुमार चेम्जोङले आफ्नो धारणा राख्ने क्रममा यो संस्था आदिवासि दलित तथा अल्पसंख्यक पिछडिएका सबै जनजातिहरुबीचको एकताको प्रतिक हुने बताउंदै जुनसुकै राजनितिक लक्ष्य उद्धेश्य भएता पनि सबैसंग सहकार्य गरी जनजातिको हक़ हितका लागि आवाज़ उठाउने तथा यस बिषयमा सरकारलाइ घचघच्याउने कुरा औल्याउनु भयो। कार्यक्रममा समितिका नयाँ पदाधिकारीलगायत अन्य बिभिन्न वक्ताहरुले आआफनों धारणा राख्नु भएको थियो।

कार्यक्रम संघका महासचिव बीआर लामाले सञ्चालन गर्नु भएको थियो, उहाँ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका सदस्य तथा नेपाली समाज इजरायलका सचिव हुनुहुन्छ।

Popularity: 9%

Add comment April 13th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....