Archive for April 14th, 2009

तराई टिभी बन्द

एचकेनेपाल डट कम संवाददाता-
वीरगञ्जस्थित तराई टिलिभिजन व्यव्यस्थापन पक्षले एउटा सूचना जारी गरी मंगलवार साढे पाँच बजेदेखि तराई टिभी बन्द गरिएको जनाएको छ।

तराईबाट केही महिनादेखि प्रसारण हुंदै आएको यो एक मात्र स्याटेलाइट टेलिभिजन स्टेशन हो। टेलिभिजन व्यवस्थापनले प्राविधिक कारण जनाउंदै केही समयको लागि भन्दै तराई टिभी बन्द गरेको हो। यसअघि, टेलिभिजन व्यवस्थापन पक्षले समाचार प्रसारण बन्द गरेपछि कर्मचारीहरुले अल्टिमेटमसहित आन्दोलनमा उत्रने घोषणा गरेका थिए।

टेलिभिजनका सबै कर्मचारीले सामूहिक राजीनामा दिने सहमतिपछि व्यवस्थापन पक्षले तराई टिभी बन्द गरेको हो। व्यवस्थापन पक्षले तराई टिभी घाटामा गएको र थप लगानी गर्न नसक्ने जनाउंदै बन्द गरिएको जनाएको छ।

Recent Videos:

Popularity: 9%

Add comment April 14th, 2009

अमेरिकी विदेशमन्त्रीद्वारा नयाँ वर्षको शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले नेपाली नयाँ वर्ष विक्रम संवतको उपलक्ष्यमा विश्वभर रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ।

अमेरिकी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिको अन्त्यमा नेपाली भाषामा ‘नयाँ वर्षको शुभकामना’ समेत लेखिएको छ।

अमेरिकी विदेशमन्त्रीले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिएको यो पहिलो अवसर हो।

Recent Videos:

Popularity: 9%

1 comment April 14th, 2009

नव वर्षको उपलक्ष्यमा दलहरूको शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नयाँ वर्ष २०६६ को अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना अर्पण गर्नुभएको छ।

नव वर्षमा सम्पूर्ण नागरिकले जिउधनको सुरक्षा, प्रेस स्वतन्त्रता, मानवअधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिकाको अनुभूति, दण्डहीनताको अन्त्य र जबर्जस्ती कब्जा सम्पत्ति फिर्ता र द्वन्द्वपीडित एवम् विस्थापितको पुनःस्थापनाजस्ता तत्काल समस्या समाधान भएको अनुभव गर्न पाउनुपर्छ भन्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक टुङ्गोमा पुर्याउन सबैले आˆनो जिम्मेवारी बोध गर्नुपर्छ भन्ने सम्बन्धित सबै पक्षलाई पुनःस्मरण गराउनुभएको छ।

नयाँ वर्षले विगतका दुःखान्त श्रृङ्खलाको अन्त्य गराई शान्त, समृद्ध र समुन्नत नयाँ नेपालको निर्माण गराउन सफल होस् भन्दै उहाँले देशभित्र र देशबाहिरका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आफू र आˆनो पार्टीका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नव वर्ष २०६६ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना प्रकट गर्दै नयाँ वर्षले राष्ट्रका सबै जिम्मेवार पक्षलाई आपसी मतभेद र विवादलाई न्यून गरी राष्ट्रिय जिम्मेवारी पुरा गर्न एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ।

नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले नव वर्ष आरम्भ हुन लागेको यस घडीमा नेकपा (एमाले) का तर्फबाट देश र प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइप्रति शुभकामना व्यक्त गर्नुभएको छ।

यतिबेला हाम्रो अगाडि रहेको जनचाहनाअनुरूप लोकतान्त्रिक एवम् प्रगतिशील संविधानको निर्माण गर्ने र शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याएर देशलाई अग्रगतितर्फ लैजाने महत्वपूर्ण र गुरुत्तर दायित्व पुरा गर्न संविधानसभामा रहेका राजनीतिक दलले अत्यन्त जिम्मेवारीका साथ अघि बढ्नु आवश्यक छ भन्दै उहाँले एक अर्काको अस्तित्वको सम्मान गर, अहङ्कारको परित्याग गर, आपसमा सहकार्य गर र मिलेर देशलाई शान्ति, सहिष्णुता र उन्नतिको बाटोमा लैजाऊ भन्ने नेपाली जनताको जनादेशलाई राजनीतिक दलले आˆना विचार र व्यवहारमा उतार्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ।

भावी दिनमा मुलुकका सबै प्रमुख राजनीतिक दलले आˆनो ध्यान संविधान निर्माणमा केन्दि्रत गर्नु आवश्यक छ भने आˆनो चरित्र र व्यवहारमा साँचो अर्थमा लोकतान्त्रिक, सहिष्णु र जिम्मेवार बनेर आफैंलाई साबित गर्नु पनि आवश्यक छ भन्दै उहाँले प्रत्येकले एकअर्काको अस्तित्वलाई सम्मान गर्दै सहिष्णु र लोकतान्त्रिक बन्न सकेनौ भने नयाँ संविधान निर्माणको काम अझ जटिल बन्न पुग्ने औँल्याउनुभएको छ।

विभिन्न भाषा, धर्म र संस्कृति मान्ने सयौँ जातिजातिको साझा मातृभूमि नेपालको राष्ट्रिय स्वाभिमानलाई माथि उठाउँदै, सबैलाई एकता र समानताको सूत्रमा अझ परस्पर बलियो गरी आबद्ध गर्दै नयाँ संविधानको निर्माण गर्न नयाँ वर्षले हामीलाई प्रेरित गर्न सकोस्, सबल र समृद्ध नेपाल निर्माणका लागि सबै नेपालीलाई नयाँ वर्षले जागरुक बनाउन सकोस् र सबै नेपालीका घरआँगनमा नयाँ वर्ष - २०६६ मङ्गलमय बनेर प्रवेश गरोस् भनी उहाँले शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले नयाँ वर्ष २०६६ सालको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, समृद्धि तथा मुलुकमा शान्ति र स्थिरताका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नव वर्ष विक्रम सम्वत् २०६६ को अवसरमा पार्टी र आफू स्वयम्का तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शान्ति, समृद्धि र प्रगतिको मङ्गलमय कामना गर्दै आपसी वैमनस्यता, आग्रह, पूर्वाग्रह र प्रतिशोधी चिन्तन एवम् व्यवहारबाट मुक्त भई राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियालाई पूर्णता दिँदै नयाँ संविधान निर्माणमा जुट्न सम्पूर्ण जिम्मेवार पक्ष समक्ष आग्रह गर्नुभएको छ।

नेकपा (संयुक्त माक्र्सवादी) ले नेपालको राजनीतिक इतिहासको आजको अत्यन्तै सम्वेदनशील र महत्वपूर्ण घडीमा कुनै पनि सच्चा लोकतान्त्रिक तथा वामपन्थी शक्ति तथा दलले कुनै किसिमको आवेश, उत्तेजना, एकाधिकारवादी सोच, वर्चस्व र तुजुक देखाउने काम गर्नु जनता र राष्ट्रको हितविपरीत हुने आंैल्याएको छ।

नेपाली जनता दलले नेपालको कुनाकाप्चामा रहेका विपन्न, गरिब, सुकुम्वासी, दलित, अल्पसङ्ख्यक, मुसलमान, पिछडिएका क्षेत्र सबैलाई उचित किसिमले समेट्ने र हरेक क्षेत्रको प्रतिनिधित्व गर्ने गरी नयाँ संविधान निर्माण गर्न, शान्ति सुरक्षा कायम गर्न र नेपाली जनतालाई राहतका कार्यक्रम गर्न नयाँ वर्ष सफल हुनेछ भन्ने अपेक्षासहित शुभकामना व्यक्त गरेको छ।

Popularity: 8%

Add comment April 14th, 2009

प्रधानमन्त्रीद्वारा स्वदेश विदेशमा रहेका नेपालीलाई शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
नववर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई नयाँ नेपाल निर्माणको शुभकामना दिनुभएको छ।

नेपालको इतिहासमा वि.सं.२०६५ निकै चुनौतीपूर्ण र ऐतिहासिक महत्वले भरिएको वर्ष रहृयो,जनताद्वारा जनताका लागि संविधान निर्माण गर्ने गहन जिम्मेवारीका साथ निर्वाचित जनप्रतिनिधिद्वारा नेपालमा राजतन्त्रको अन्त्य गर्दै सङ्घीय गणतन्त्रमा प्रवेश गरेको घोषणा यसै वर्ष भयो,हजारौं नेपाली नागरिकको बलिदानीपूर्ण संघर्ष र त्यागको प्रतिफलले नै यो युगान्तकारी परिवर्तन भएको हो भन्दै उहाँले मुलुकलाई परिवर्तनको सङ्घारमा ल्याइपुर्याउनका लागि बलिदान दिने ती तमाम नेपाली दाजुभाइ दिदीबहिनीको योगदानप्रति सम्मान व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्रीले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो विन्दुसम्म ल्याइपुर्याउन राजनीतिक दलहरूबीचको सहकार्यले मात्र सम्भव भएको हो, प्राप्त उपलब्धिको रक्षा गर्न र राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरूबीच अझ उच्चस्तरको समझदारी आवश्यक छ भन्दै त्यसका लागि सरकार र आफैं पनि दृढतापूर्वक लागिपर्ने प्रण गर्दै, नेपाली जनताको शान्ति र समृद्धिको चाहनालाई मूर्तरूप दिन आˆनो पूर्ण प्रयत्न रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

राजनीतिक दलहरूका आ-आˆनै धारणा र दृष्टिकोण छन्, तथापि अहिले सबैको मूल लक्ष्य भनेको नयाँ संविधानको निर्माण र त्यसमार्फत् नयाँ नेपालको निर्माणको जग बसाल्न नै हो भन्दै प्रधानमन्त्रीले २०६६ सालमा दलहरूका बीच उच्चस्तरको समझदारी र सहकार्यबाट समयमै नयाँ संविधानको निर्माण गर्न तथा सम्पूर्ण नेपालीको राष्ट्रिय एकता, सहयोग तथा सहकार्य अझ मजबुत बनाउन हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।

Popularity: 8%

Add comment April 14th, 2009

राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा. रामवरण यादवले नयाँ वर्ष २०६६ को अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति र उन्नतिका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तरिम संविधानमा तोकिएको अवधिभित्रै सबैलाई मान्यता हुने नयाा संविधानको निर्माण तथा शान्ति प्रक्रिया सुखद निष्कर्षमा पुग्ने आवश्यक वातावरण बनाउनसक्दा मात्र जनताको विश्वास र भरोसालाई जोगाउन सकिनेछ भन्दै राष्ट्रपतिले हरेक नागरिकले आफ्नो जिउ, धन र जीविका सुरक्षित रहेको अनुभव गर्न पाउनुपर्ने तथा परम्परागत राष्ट्रिय राजनीतिक, सामाजिक, न्यायिक र सुरक्षा संस्थालाई सक्षम एवम् जिम्मेवार बनाउँदै आधुनिक लोकतान्त्रिक संरचना खडा गर्ने कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

इतिहासका विभिन्न कालखण्डमा ठूलठूला अप्ठ्यारा सामना गरेको नेपाल र नेपाली जनतासाग अहिलेका चुनौती पार गर्दै अगाडि बढ्ने क्षमता आज पनि पर्याप्त छ भन्दै उहााले राष्ट्रिय स्वाधीनता र अखण्डता जोगाउँदै हिमाल, पहाड र तराई मधेसका सबै ठाउँ, सबै जातजाति, भाषाभाषी र धर्मका हामी नेपाली आफ्नो सुखद भविष्यको खाका आफैं कोर्न सक्षम रहेको बताउनुभएको छ ।

सन्देशमा भनिएको छ- हामी गएको तीन वर्षदेखि शान्त, स्वतन्त्र, सुरक्षित र उन्नत लोकतान्त्रिक नेपाल बनाउने लामो र उकालो यात्रामा छौँ तर आकस्मिक ढङ्गबाट उत्पन्न हुने असहज परिसिथतिका कारण हाम्रो यात्रा यदाकदा कठिन र अन्यौलपूर्ण पनि लाग्न थालेको छ, आशा निराशामा परिणत हुने, विश्वास र सद्भावलाई अविश्वास र आशङ्काले विस्थापित गरिदिने तथा राष्ट्रिय स्वाधीनता र अखण्डतालाई अरू सुदृढ तुल्याउने उद्देश्यलाई ससाना क्षेत्रीय र साप्रादायिक मुद्दाले ओझेलमा पार्ने त हैनन् भन्ने प्रश्नले आम नेपालीको चिन्ता बढाएको छ । सबै जटिलतालाई सङ्क्रमणकालका स्वाभाविक लक्षण भनेर जनतालाई भरोसा दिलाउने अवस्था पनि कमजोर हुँदै गएको छ । नेपाली जनताले छ दशकभन्दा बढी अवधिदेखि गरेको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र स्थापना भइसकेपछि पनि यस्तो नैराश्यता देखिनु राम्रो होइन ।

सर्वप्रथम हामी सबै नेपालीको हौँ भन्ने भावनाका साथ सदियौंदेखिको क्षेत्रीय, जातीय र सामाजिक सद्भाव खण्डित हुन नदिई सहमतिको संस्कृतिलाई निरन्तरता दिनु जरुरी छ । नबिर्सौं सहमतिको यात्रा आज हाम्रो राष्ट्रिय बाध्यता पनि हो । यही वास्तविकतालाई आत्मसात् गर्दै नयाँ वर्षमा हामी सबै नेपाली राष्ट्रिय गन्तव्यतर्फको यात्रा जारी राख्न सकौँ भन्ने कामना गर्दछु-राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

Popularity: 8%

Add comment April 14th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....