Archive for April 15th, 2009

सदन सुचारु गर्न कांग्रेस माओवादीबीच सहमति

एचकेनेपाल डट कम संवाददाता-
सत्तारुढ दल माओवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सदन सुचारु गर्न बुधवार सहमति भएको छ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको छलफलमा नौ बुँदे माग पूरा गर्ने सहमति भएको हो। सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार अपरान्ह बस्ने व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्ने बताइएको छ।

सहमतिपछि कांग्रेस सदन सुचारु गर्न सहमत भएको कांग्रेस नेता प्रकाशशरण महतले बताए। माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले नौ बुँदेको कतिपय कुरा कार्यान्वयन भइसकेको र कतिपय कुरा प्रधानमन्त्रीले सम्बोधन गर्ने सहमति भएको जानकारी दिए।

प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल एमालेले आफ्ना माग पूरा नभएको भन्दै चैत्र १६ देखि सुरु भएको व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्दै आएका थिए।

Recent Videos:

Popularity: 8%

Add comment April 15th, 2009

कलाकार संघमा रमेश, धिरने र झरना थापा

एचकेनेपाल डट कम संवाददाता-
नयाँ कार्यकालको लागि भएको कलाकार संघको निर्वाचनमा रमेश बुढाथोकी अध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित बुढाथोकीले कलाकारहरु मोहन निरौला, धिरेन शाक्य र झरना थापा क्रमशः प्रथम द्वित्तीय र तृतीय उपाध्यक्षमा मनोनित गरी कार्यसमितिको विस्तार गरेका छन्।

अध्यक्ष बुढाथोकीले निरौलालाई मनोनित गरेका हुन् भने धिरेन र झरना निर्वाचित कार्यसमितिका सदस्य हुन्। नयाँ कार्यसमितिको महासचिवमा नवल खड्का, सचिव घनश्याम खतिवडा, कोषाध्यक्ष सानुकुमार ताम्राकार र सहसचिव उत्तम केसी छन्। अध्यक्ष बुढाथोकीले पुरन जोशी र उषा पौडेललाई मंगलबार सदस्यमा मनोनित गरेका थिए।

त्यसैगरी, लय संग्रौला, विक्रान्त वस्नेत, सौजन्य सुब्बा, विशाल विष्ट, हेमन्त बुढाथोकी र रामकेशर बोगटी आइतबार सम्पन्न साधारणसभाबाट कार्यसमितिमा निर्वाचित भएका थिए।

Recent Videos:

Popularity: 8%

Add comment April 15th, 2009

मन्त्रीस्तरीय टोली खाडी मुलुक जाँदै

एचकेनेपाल डट कम संवाददाता-
श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्टको नेतृत्वमा सरकारी टोली आज खाडी मुलुक जाँदैछ। बिश्व आर्थिक मन्दीले नेपाली श्रमिकलाई पारेको असरबारे जानकारी लिन श्रममन्त्रीको नेतृत्वमा सरकारी निकायका प्रतिनिधि र वैदेशिक रोजगारी व्यवसायीहरूको १३ सदस्यीय टोली खाडी मुलुक जान लागेका हुन्।

मन्त्री भट्टको टोलीले कतार, साउदी अरब र संयुक्त अरब इमरेट्सको भ्रमण गर्नेछन्। भ्रमणको क्रममा सो टोलीले त्यहाँका सरकारी अधिकारी र नेपाली मजदुरसंग बिश्व आर्थिक मन्दीबारे छलफल गर्ने कार्यक्रम छ। १० दिनसम्म खाडी मुलुकमा रहने मन्त्री भट्टको टोलीले मन्दीका कारण नेपाली श्रमिकको रोजगारी गुम्न नदिन कुटनीतिक पहल गर्ने बताइएको छ।

Popularity: 8%

Add comment April 15th, 2009

सिंगापुरमा नयाँ वर्ष (+Photo)

निर्मल श्रेष्ठ, सिंगापुर/ एचकेनेपाल डट कम -
रमाईलोका गर्नाका लागि दाउ हेरेर बस्ने सिंगापुरे नेपालीहरुलाई नयाँ बर्ष थप बहाना बन्यो। सोमबार नयाँ बर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा किचनर रोडस्थित कान्तिपुर रेष्टुराँ भरिभराउ थियो। बर्षोंदेखि रहदैआएका नेपालीहरु मात्र होइनन। अध्ययनका लागि यहाँ आएका विद्यार्थी, पेशाकर्मीलगायत गोर्खा पुलिसहरु समेत रात अबेरसम्म धित मर्नेगरी नाचगान गरे।

अधिकांश आफ्नै धुनमा रमाएका बेला गायक आनन्द कार्कीका गीतले माहौंललाई अझ रोमाञ्चक बनायो।
‘यि हल्लाहरु हुन् तिमीले सुनेका,
कसैसँग मैले माया साट्या छैन…’

जनजिब्रोमा झुण्डिएको गीतपछि तालीले रोकिनै नामै लिएन। वाईन र हुस्कीका तालमा झुमिसकेका दर्शक उनका गीतले अझै मादक बने। दर्शकको ताली र गायनमा साथ पाएपछि गायक नफुर्ने कुरै भएन। ‘अलिकति मात्र हो पिएको अब नाचौं’ हौंस्याउदै उनी सुरु भए
‘बनमा फूल्यो फूल,
मेरो साथीको मिस्टर ल्वाङ हो नाउं…’ ।

नाच्ने बाहाना खोजेका दर्शकलाई निहुँ पुगिहाल्यो सबै कुर्सी छोडेर स्वरमा स्वर मिलाए। दर्शकको वाहवाहीले गायक अझै फुर्किए उनले रोकिनै नामै लिएन अनि फेरि थाले ‘हर रात सपनीमा पर्खी राख है…’ । गीतले सिंगापुरे गोर्खालीहरुको मन निकै छोएछ क्यारे हलनै थर्कने गरी गायक संगै लय समाते।

पुलिसमा कार्यरत धरानका युवराज योगेन समेत बालबच्चासहित भेटिए। ‘सधै यसरी रमाउन कहाँ पाउनु’, उनले भने ‘यसरी नाचगान गर्दा त गाउंठाउंमै पुगिदोरहेछ।’ ‘चार्डपर्वमा हुने न्यास्रो मेट्न विशेष अवसरमा कार्यक्रम आयोजना गर्र्छौ’ नेपाली सोसाईटीका अध्यक्ष अमर प्रधान चित्रकारले भने ‘नयाँ पुस्तालाई पनि नेपाली रितीरिवाज सिकाउनु पर्‍यो नि।’ नेपाली परिकार संगै नाचगानमा रम्न पाउंदा माला पाख्रिन समेत दंग थिइन्। ‘नेपालीका जम्काभेट हुने भनेपछि खुट्टा आफै उचालिदारहेछन्’ मालाले भनिन् ‘परदेशमा अरुका पर्वमा त रमाईन्छ, आफ्नैमा कसरी एक्लै बस्नु -’ अधिकांश नाचगानमा रमाएका बेला उदघोषकले नयाँ साल सुरु हुन केही सेकेण्ड मात्र रहेको उद्घोष गरे। केहीबेर नाचगान थामियो। अनि सुरु भो काउन्टडाउन। घडीको सुइले बाह्र हानेपछि सबै एकै स्वरमा चिच्याए ‘हयाप्पी न्यू इयर’ । अनि फेरि सबैले पुरानै लय समाते।

नयाँ बर्षको पूर्वसन्ध्यामा सिंगापुरमा आयोजित कार्यक्रममा गायन प्रस्तुत गर्दे आनन्द कार्की

नृत्य प्रस्तुत गर्दे बालबालिका

तस्वीरः निर्मल श्रेष्ठ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

Add comment April 15th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....