Archive for April 18th, 2009

कोरियामा मे डेको सम्झनामा प्रवासी श्रमिकहरूले र्‍याली गर्ने

नरेन्द्र गुरूङ, द. कोरिया/ एचकेनेपाल डट कम -
दक्षिण कोरियामा कार्यरत प्रवासी श्रमिकहरूले ११९औ मे डेको अवसरमा अप्रिल २६ तारिखका दिन विशाल र्‍याली गर्ने भएका छन्।

श्रमिकहरुलाई सधै सहयोग गर्ने संस्था जेसीएमके, प्रवासी श्रमिक मानव अधिकार ऐक्यवद्धता, एमटियु र मानव अधिकारवादी संघ संस्थाको पहलमा सो कार्यक्रम आयोजना हुन लागेको हो। लाइन नम्बर एक छुन्गाक स्टेसन ४ नंबर गेट नजिकै बुसिंगगाकमा दिनको २ बजे हुने कार्यक्रममा सम्पूर्ण प्रवासी श्रमिकहरुलाई उपस्थितिको लागि आयोजक कमिटीले हार्दिक अनुरोध गरेको छ।

Recent Videos:

Popularity: 8%

Add comment April 18th, 2009

एनआरएनए -कतारका महासचिवमा बिलबहादुर गुरुङले उम्मेदवारी दिने

बुधबल गुरुङ, दोहा, कतार / एचकेनेपाल डट कम -
आगामी अप्रिल २४ तारिखका दिन हुन गई रहेको गैर आवासीय नेपाली संघ - राष्ट्रिय समन्वय परिषद कतारको महाधिवेशनमा महासचिव पदको लागि बिलबहादुर गुरुङले उम्मेदवारी दिने भएका छन्।

बिलबहादुर गुरुङ वर्तमान कार्य समितिमा सचिव पदमा बहालवाला हुनुहुन्छ। गुरुङ तमू बौद्ध सेवा समिति कतारका सल्लाहकार, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका विषेश सल्लाहकार साथै कतारमा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरुसंग आवद्ध हुनुहुन्छ।

प्रक्रियागत काम कारबाहीहरुमा विज्ञ गुरुङले धेरै संस्थाहरुलाई आवश्यक सरसल्लाह दिई सहयोग गरिरहनु भएको छ। उहाँले गैर आवासीय नेपाली संघ - राष्ट्रिय समन्वय परिषदभित्र अझै पनि धेरै कार्यहरु गर्न बाकीं रहेकोले कार्यहरु गर्न आफू महासचिव पदमा जान चाहेको कुरा हामी संगको कुराकानीमा बताउनु भयो।

‘संघ संस्थाहरुमा पद ओगट्ने मात्र नभई काम गर्न सक्ने ब्यक्ति जादा संस्थाले आफ्नो उद्धेश्य पूरा गर्न सक्दछ। यस साझा संस्थामा पनि सहमतिको आधारमा सक्षम ब्यक्तित्वहरु आउदा काम गर्ने वातावरण अनुकूल हुने भएकोले सक्षम ब्यक्तिहरु जानु पर्ने धारणा रहेको छ’ - उहाँले भन्नु भयो - ‘म आफूले पनि पदको लागि नभई काम गर्नको लागि महासचिव पदमा उम्मेदवारी दिन चाहेको हुं।’

Recent Videos:

Popularity: 8%

Add comment April 18th, 2009

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको बृहत भेलाबारे सूचना

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको बृहत भेलाबारे सूचना
आदरणीय पत्रकार महोदयहरुमा हार्दिक नमस्कार ।
सर्वप्रथम ढिलै भए पनि नव बर्ष २०६६ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया सम्पर्क साखाको सदस्यता लिनु भई यसको कृयाकलाप र यसलाई ध्यान दिई आउनु भएका सम्पूर्ण पत्रकार महोदयहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु।

नेपाल पत्रकार महासंघको ५४ औं जन्मोत्सबको अवसर पारी गत मार्च २९ तारिख पूजा २ रेष्टुरेन्टमा भएको कार्यसमितिको बैठकबाट निर्णय भए अनुसार आउंदो मे महिनाको २१ तारिख नेपाल पत्रकार महासंघका केन्द्रीय सभापति श्री धर्मेन्द्र झा तथा महासचिब पोषण के.सी.लगायतका प्रतिनिधिहरुलाई ससम्मान निमन्त्रणा गर्ने निर्णय भएको सहर्ष जानकारी गराउन चाहन्छु। उक्त बैठकबाट केन्द्रीय सभापतिज्यूको समुपस्थितीमा कोरियाका सम्पूर्ण संघसंस्थाहरुलाई समेट्दै एक बिशेष अन्तरकृया कार्यक्रमको आयोजना गर्ने साथै कोरिया पत्रकार संघ तथा नेपाल पत्रकार संघका प्रतिनिधिहरुबीच मैत्रीपूर्ण भेटघाट, कोरियामा रहेका नेपाली पत्रकारहरुलाई प्रशिक्षण कार्यक्रमलगायत उहांको उपस्‍थितिमा आउंदो छुसकमा संस्थाको कोष बिकास तथा नेपाल पत्रकार महासंघ, कोरिया साखाले सञ्‍चार जगतमा नयां अायाम थप्‍ने हेतुका साथ सञ्‍चालन गर्ने केही नौलो कार्यक्रमहरूका लागि संस्थाको तर्फबाट गर्ने भनिएको भाग्यशाली चिठ्ठा कार्यक्रमको चिठ्ठाहरु बितरण गरिने निर्णय भएको पनि जानकारी गराउन चाहन्छु। यसका साथै नेपाल पत्रकार महासंघलाई अझ बृहत्त बिकास गर्ने उद्देश्यका साथ कोरियाका बिभिन्न क्षेत्रहरुमा एक एक जना संयोजक चुन्ने र नयां सदस्यता बितरण साथै पुराना सदस्यहरुको सदस्यता नवीकरण जस्ता कार्यक्रमहरु पनि गरिने भएको हुंदा सम्पूर्ण पत्रकार महोदयहरुमा निम्न अनुसारको मिति र स्थानमा अनिवार्य उपस्थित भई दिन हुन हार्दिक अनुरोध गर्दछु।

साथै नेपाल पत्रकार महासंघको सदस्‍यताका लागि निम्‍नलिखित अनुभव सहित सम्‍पर्क गर्नहुन अनुरोध गर्दछु।
१. कुनैपनि पत्रपत्रिकामा आफ्नो लेख, समाचार वा कुनै रचनाहरू प्रकाशित भएको भए त्‍यसको प्रतिलिपी।
२. कुनैपनि मिडियामा संलग्‍न रहनुभएको छ भने त्‍यहांको परिचय पत्र वा संलग्‍न रहेको मिडियाको तर्फबाट
सिफारिस गरेको पत्र।

भेला हुने मितिः May 3, 2009 समयः ठीक २ बजे ।
स्थानः माउन्टेन टप रेष्टुरेन्ट दोङ्देमुन ।
सम्पर्क ब्यक्तिहरुः
रघु त्रिपाठीः 010-7936-3682
सुविन मगरः 010-5802-8847
पुरु जोशीः 010-4443-8848
उमेश बस्नेतः 010-5773-4848
दिनेश हिराचनः 011-9741-7613
भवदीयः
पुरु जोशी/महासचिव

Popularity: 8%

Add comment April 18th, 2009

बहराइनमा नव वर्षको शुभ कामना कार्यक्रम

सन्तोष दाहाल, बहराइन / एचकेनेपाल डट कम -
बहराइनबासी नेपालीहरुले नव वर्ष २०६६ साललाई स्वागत गर्दै शुभ कामना साँझमा सहभागी भै भब्यताका साथ नयाँ वर्ष मनाएका छन्।

बहराइनको राजधानी मानमास्थित एम्बेसडोर होटलमा मनाइएको यस कार्यक्रममा नेपालीहरुको उल्लेखीय उपस्थित रहेको थियो। नव वर्ष जमघट साँझ समितिले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुले गीत संगीत मार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा सहभागी दर्शकले एक आपसमा नव वर्षको शुभ कामना साटासाट गरेका थिए।

कार्यक्रमको सञ्चालन नेशनल एक्सचेन्जका कीरण गुरुङ र मगर संघका महासचिव भगेन्द्र पुलामीले संयुत्त रुपमा गरेका थिए। मगर संघका अध्यक्ष काजी थापा र हिमालय बैकका प्रतिनिधि दिपेश भट्टराईबाट मगर संघ बहराइनले निकालेको २०६६ सालको पात्रोको संयुक्तरूमा विमोचन भएका थिए। कार्यक्रममा सहभागीहरूलाई मगर संघको पात्रो वितरण गरिएको थियो।



Popularity: 8%

Add comment April 18th, 2009

प्रहरीचौकीमा तोडफोड

एचकेनेपाल डट कम संवाददाता-
काभ्रेको भकुण्डेबेसीस्थित खनालथोकबाट कानपुरमा अस्ति जन्ती गएका केही युवाले केटी जिस्क्याएको भन्दै जन्तीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले कारवाही नगरेकामा हिजो साँझ खनालथोकका स्थानीय बासिन्दाले भकुण्डेबेंसीस्थित प्रहरीचौकी तोडफोड गरेका छन्।

स्थानीय बासिन्दाको आक्रमणबाट प्रहरीचौकीका सिसाहरु फुटेका छन् भने प्रहरीचौकी नै कब्जा गरेको भन्दै प्रहरीले १० राउन्ड अश्रुग्यास र चार राउन्ड हवाइ फायर गरेका छन्।

प्रहरीका अनुसार चौकी कब्जा गर्न आएका समूहमाथि हवाइ फायर गर्न थालेपछि भागेका थिए र गोली चलेपछि भकुण्डेबेसी तनावग्रस्त बनेको थियो।

साँझ ७ बजेतिर भएको सो घटनापछि त्यहाँ थप सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

हिजो सो घटनामा छजना जन्ती घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका एक व्यक्तिको बी एन्ड बी अस्पताल ललितपुरमा उपचार भइरहेको छ।

Popularity: 8%

Add comment April 18th, 2009

त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी

एचकेनेपाल डट कम संवाददाता-
नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा शुल्क लगायतमा हालै गरेको शुल्क वृद्धिको विरोधमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।

विद्यार्थी वर्गको ढाड सेक्ने गरी अस्वभाविकरुपमा शतप्रतिशत भन्दा बढी शुल्क बृद्धि गरिएको भन्दै सङ्घले शुल्क वृद्धिको निर्णय तुरुन्त फिर्ता गरिनुपर्ने जनाएको छ।

शुल्क वृद्धिको विरुद्धमा गत चैत २३ गते त्रि.वि.उपकुलपतिलाई सात दिने अल्टिमेटन सहितको ज्ञापनपत्र पेश गरिएको बताउादै सङ्घका केन्द्रीय महामन्त्री गजेन्द्र कार्कीले ज्ञापनपत्रको कुनै सुनवाई नभएको र सुर्यनारायण सत्यनारायण मरवैता क्याम्पसका स्व.वि.यू. सभापति सञ्जयप्रकाश यादव र सचिव सुवासदास यादवलाई विनाकारण झुठा मुद्दामा बन्दी बनाइएकोले उनीहरूको शीघ्र रिहाई र शुल्क वृद्धिको निर्णय फिर्ता गर्न दबाब स्वरुप तालाबन्दी गरिएको बताउनुभयो।

Popularity: 8%

Add comment April 18th, 2009

संघीयताविरोधी दललाई प्रतिबन्ध लगाउनु पर्ने

एचकेनेपाल डट कम संवाददाता-
संस्कृति तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किरातीले सङ्घीयताको विरोध गर्ने दललाई प्रतिबन्ध लगाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ।

संस्कृति तथा राज्य पुनःसंरचना मन्त्रालयले “सङ्घीय स्वायत्तताः गणतन्त्र नेपालको अपरिहार्य आवश्यकता” विषयमा आयोजना गरेको एक दिवसीय अन्तरक्रियामा उहाँले सङ्घीयताका नाममा ०१७ साल दोहोरिने खतरा रहेको औंल्याउँदै गणतन्त्रलाई धरापमा पार्न केही दल लागिपरेको आरोप लगाउनुभयो।

मन्त्री किरातीले अहिलेको मूल समस्या भनेको वर्गीय, जातीय, लिङ्गीय समस्या भएकाले उपेक्षित र उत्पीडित जनताका पक्षमा स्वायत्त प्रदेश निर्माण हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा सभासद् सुरेश आले मगरले सङ्घीय स्वायत्तताः गणतन्त्र नेपालको अपरिहार्य आवश्यकता विषयक कार्यपत्र प्रस्तुत गर्दै सङ्घीयताको आधार धर्मको आधारमा नभई जाती, भाषा र संस्कृतिका आधारमा हुनुपर्ने धारणा राख्नुभयो।

Popularity: 8%

Add comment April 18th, 2009

राज्यको बेवास्ताका कारण ब्रिटिश गोर्खा समस्या ओझेलमा परेको आरोप

एचकेनेपाल डट कम संवाददाता-
संयुक्त ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घ नेपालले राज्यको बेवास्ताका कारण ब्रिटिस-गोर्खा समस्या सधैँ ओझेलमा परेको आरोप लगाएको छ।

सङ्घका विभाग प्रमुख गर्वबहादुर गुरुङले नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायती उपरक्षामन्त्री केभान जोन्ससँग राज्यले गोर्खा सैनिकका पक्षमा केही नबोलेको आरोप लगाउनुभयो।

यहि मार्च २० मा काठमाडौँस्थित बेलायती राजदूतावासद्वारा प्रकाशित गोर्खालीहरुको पेन्सन १४ दशमलव १ प्रतिशत वृद्धि भएको भनी प्रेस विज्ञप्ति निकालिएको भएपनि वास्तवमा ४० प्रतिशत भएको तर त्यो पेन्सन वृद्धि नभई सामान्य महङ्गी भत्तामात्र भएकाले बेलायत सरकारले गोर्खालीमाथि ठूलो अन्याय गर्दा पनि नेपाल सरकारले केही नगरेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो।

साथै उहाँले ९ नोभेम्बर १९४७ मा बेलायत, भारत र नेपालबीच हस्ताक्षरित त्रिपक्षीय सन्धिमा बेलायतले गोर्खा सैनिकहरुलाई आफ्नो राष्ट्रिय सैनिकसरह व्यवहार गर्छु भनी हस्ताक्षर गरेपनि जातीयताका आधारमा भेदभाव गर्ने नीति मानवताविरोधी भएको पनि उल्लेख गर्नुभयो।

Popularity: 8%

Add comment April 18th, 2009

तीन जना मन्त्री मुस्ताङमा

एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री डा.बाबुराम भटृराई, रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ र भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार विकास निर्माणका गतिविधिबारे जानकारी लिने क्रममा मुस्ताङ पुग्नुभएको छ।

उहाँहरूले मुस्ताङ जिल्लाको सडक, भौतिक पूर्वाधार निर्माण गतिविधिका बारेमा प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय जनताका समस्याका बारेमा पनि जानकारी लिनुभएको बताइएको छ।

दिउँसो हेलिकोप्टरमार्फत मुस्ताङको मुक्तिनाथ पुगी उहाँहरूले जोमसोम-मुक्तिनाथ सडकको निरीक्षण गर्नुभएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ। सो सडक नेपाली सेनाले निर्माण गरेको थियो।

म्याग्दीको बेनीदेखि जोमसोमसम्म जोड्ने बेनी-जोमसोम सडकखण्डमा पर्ने विभिन्न स्थानका भ्रमणका साथै लेतेमा आयोजना गरिएको कार्यक्रमा सहभागी भई उहाँहरू मनाङ जाने कार्यक्रम रहेको छ।

मन्त्रीहरुको टोलीले अस्ति जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र जाजरकोटमा नेपाली सेनाले निर्माण गरेको सडकको अवलोकन गरेको थियो।

Popularity: 8%

Add comment April 18th, 2009

संघीयताको विरोधमा काठमाडौँकेन्द्रित आन्दोलन

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा जबर्जस्ती सङ्घीय प्रणाली लागु गरिए जातीय एवम् क्षेत्रीय द्वन्द्व र राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न गर्ने हुनाले कुनै पनि हालतमा देशलाई सङ्घीयतामा लैजान नहुने विचार व्यक्त गर्नुभएको छ।

अध्यक्ष केसीले सङ्घीयता प्रणाली देशको वस्तुस्थितिसित मेल नखाने व्यवस्था भएकाले सो व्यवस्था तत्काल खारेज गर्नुपर्ने बताउँदै सरकारले यदि त्यसलाई जबर्जस्ती लागू गर्ने कोसिस गरेमा त्यसमा जोडिएको अन्तरविरोध र जटिलताका कारण कार्यान्वयन गर्न मुस्किल हुने बताउनुभयो।

सो अवसरमा उहाँले गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा र सङ्घीयताका विरोधमा यही वैशाख १ देखि १५ गतेसम्म दोस्रो चरणको काठमाडौँकेन्द्रित आन्दोलन कार्यक्रमको जानकारीसमेत दिनुभयो।

आन्दोलन कार्यक्रमअन्तर्गत रत्नपार्कबाट सहरका विभिन्न भागमा जुलुस प्रदर्शनका साथै बजार परिक्रमापछि खुलामन्चमा सभा गर्ने, राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने, कोटेश्वर, कीर्तिपुर, बालाजु, जावलाखेल, रत्नपार्क र वानेश्वरमा क्षेत्रीय सभा गर्ने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सिंहदरबारअगाडि जुलुससहितको सभा आदि कार्यक्रम रहेको छ।

यसअघि जनमोर्चाको प्रथम चरणको आन्दोलन गत असोज १२ गतेको नेपाल बन्द र हड्तालका साथ सम्पन्न भएको थियो।

Popularity: 8%

Add comment April 18th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....