Archive for April 19th, 2009

युवकको हत्यापछि इलाम तनावग्रस्त

एचकेनेपाल डट कम संवाददाता-
शनिवार साँझ एक युवकको हत्या भएपछि आइतबार बिहानैदेखि इलाम बजार तनावग्रस्त बनेको छ।

दुई समूहबीच शनिवार साँझ भएको झडपमा स्थानीय रञ्जित देवानको मृत्यु भएको थियो। झडपमा नारायण थानका सुरेन राई र दिनेश श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनीहरूको घोपा क्याम्पमा उपचार भइरहेको छ।

हत्याको विरोधमा उत्रेका मृतकका आफन्त तथा स्थानीयहरुले विहानैदेखि सदरमुकामका पसल, यातायात, स्कुल बन्द गरेर प्रदर्शन गरेपछि इलाम बजार तनावग्रष्त बनेको छ। उनीहरूले घटनामा संलग्न भनिएका केही युवाहरूमाथि आक्रमणसमेत गरेका छन्।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केही युवाहरूलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जनाएको छ।

Recent Videos:

Popularity: 8%

Add comment April 19th, 2009

कर्णाली राजमार्ग अनिश्चितकालीन बन्द

एचकेनेपाल डट कम संवाददाता-
कर्णाली अञ्चल यातायात व्यवसायी सङ्घले मध्यपश्चिम यातायात व्यवसायी समितिले कर्णाली राजमार्गमा कर्णाली यातायातका गाडीहरू चल्न नदिएको भन्दै शनिबारदेखि अनिश्चितकालीन रूपमा कर्णाली राजमार्ग बन्द गरेका छन्।

कर्णाली यातायातका साधनलाई ठाउँ-ठाउँमा छेक्ने, गाडी मजदूरलाई पिट्ने र रातमा कर्णालीका गाडीहरू लुट्नेजस्ता कामहरू गरेकोले कर्णाली राजमार्ग बन्द गर्न आफूहरू बाध्य भएको समितिको भनाइ छ।

मध्यपश्चिम यातायात व्यवसायी सङ्घका सचिव श्याम कँडेलले भने कर्णाली यातायातको प्रधान कार्यालय कालिकोटमा भएकोले कालिकोटबाहेक अन्यत्र काउण्टर खोल्न नपाउने बताउनु भयो। मध्य र कर्णाली समितिको विवादका कारण कर्णाली यातायातका गाडीहरू गत चैत २३ गतेदेखि चल्न पाएका छैनन्। तर मध्य समितिका गाडीहरू भने त्यस रुटमा चलिरहेका छन्।

Recent Videos:

Popularity: 8%

Add comment April 19th, 2009

कोसीमा निषेधित क्षेत्रको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवा-भण्टाबारी सडक खण्डमा १० दिनदेखि सप्तकोसी बाढी पीडितले गरेको यातायात बन्दले जनजीवन कष्टकर हुँदै गएपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरी यातायात सञ्चालन गर्ने भएको छ।

निरन्तरको बन्दले जनजीवन कष्टकर हुँदै गएपछि जिल्ला प्रसासन कार्यालय सुनसरीले हिजो साँझ सात बजेदेखि इनरुवा-भण्टाबारी सडक खण्डलाई निषेधित क्षेत्र घोषणा गरी यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार यातायात खुलाउन कोसी पीडितसंग गरेको वार्ता निष्कर्षविहीन टुँगिएपछि निषेधित क्षेत्र घोषणा गरेर यातायात सञ्चालन गर्न लागिएको हो।

निषेधित क्षेत्रमा अर्को सूचना जारी नहुन्जेलसम्म मानिस आवागमन बाहेक हड्ताल, चक्काजाम, आन्दोलन तथा सार्वजनिक सरोकारका यातायातका साधनहरू रोक्न समेत वर्जित गरिएको पनि स्थानीय प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सप्तकोसी बाढीपीडित संघर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले भने आफ्ना माग पूरा नभएसम्म कुनै पनि हालतमा यातायात सञ्चालन हुन नदिने बताउनुभएको छ। उहाँले प्रसासनले अन्यायमा परेका जनतामाथि बल प्रयोग गरेर यातायात सञ्चालन गर्न खोज्नु दुःखद भएको बताउनुभयो।

Popularity: 8%

Add comment April 19th, 2009

‘सङ्घीयता चाँहिदैन, देश टुक्राउन पाँइदैन’

एचकेनेपाल डट कम संवाददाता-
“सङ्घीयता चाहिँदैन, देश टुक्रयाउन पाँइदैन” भन्ने नाराका साथ राष्ट्रिय जनमोर्चाले सङ्घीयताविरुद्ध हिजोदेखि काठमाडौँकेन्द्रित आन्दोलन सुरु गरेको छ।

सहिदमञ्चमा आयोजित आन्दोलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपालको सन्दर्भमा सङ्घीयता उपयुक्त नभएको बताउँदै यसले राष्ट्रियता खतरामा पुग्ने दाबी गर्नुभयो।

उहाँले भारतको इसारामा देशलाई सङ्घीयतातर्फ लैजान लागिएको आरोप लगाउनुभयो।

उहाँले चीन, बेलायत, जापानजस्ता समृद्ध देशहरू समेत सङ्घीयतामा नगएको नजिर पेस गर्दै विश्वका २८ देशमात्रै सङ्घीयतामा गएको बताउनुभयो।

कार्यक्रममा सो पार्टीका महासचिव एवम् सभासद् डिलाराम आचार्यले सङ्घीयताको कारण विश्वमा एक दर्जन देश टुक्रिएको बताउँदै आफूहरूको आन्दोलन देशभक्तिपूर्ण आन्दोलन रहेको स्पष्ट गर्नुभयो।

समारोहको सभापतित्व सो पार्टीका केन्द्रीय सदस्य एवम् सभासद सन्तबहादुर नेपालीले गर्नुभएको थियो।

आन्दोलन वैशाख १५ गतेसम्म विविध विरोधका कार्यक्रमसहित जारी रहने सो पार्टीले जनाएको छ।

Popularity: 8%

Add comment April 19th, 2009

षड्यन्त्रकारीको हालत ज्ञानेन्द्रको जस्तो हुने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रतिक्रियावादी शक्तिहरूले पर्दा पछाडि बसेर नयाँ संविधान लेख्‍न नदिने खेल खेलिरहेको भन्दै त्यस्ता षड्यन्त्रकारी शक्तिलाई नेपाली जनताले पहिचान गरी तिनको हालत पनि पूर्वराजा ज्ञानेन्द्रको जस्तै गराउने चेतावनी दिनुभएको छ।

सो दलसँग आवद्ध गणतान्त्रिक सम्पर्क मञ्चको एकतासभालाई सम्बोधन गर्दै नेता प्रकाशले जनताको पक्षमा संविधान बन्ने देखेर देशी विदेशी शक्तिहरू संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्न लागिपरेकोले त्यसप्रति सच्चा गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो।

एकीकृत नेकपा माओवादी राष्ट्रिय सहमतिका आधारमै अघि बढ्न चाहेको तर नेपाली काङ्ग्रेस र नेकपा (एमालें) नै सहमति तोडेको बताउँदै सहमतिको आधारबाट वर्तमान सरकारकै नेतृत्वमा नयाँ संविधान बनाउनुको अर्को विकल्प नभएको पनि स्पष्ट गर्नुभयो।

जनसेनालाई नेपाली सेनामा समायोजन गरी नयाँ राष्ट्रिय सेना बनाउने सम्बन्धमा शान्ति सम्झौता एवम् नेपालको अन्तरिम संविधानमा उल्लेख भइसकेकाले जतिसक्दो चाँडो सेना समायोजन गरिने नेता प्रकाशले बताउनुभयो।

एकीकृत नेकपा माओवादीले परम्परावादी गणतन्त्र नभई जनताको गणतन्त्र स्थापना गर्न चाहेको र यसमा कुनै सम्झौता नहुने पनि उहाँले स्पष्ट गर्नुभयो।

Popularity: 8%

Add comment April 19th, 2009

यौन दुर्व्यवहार आरोपको खण्डन

एचकेनेपाल डट कम संवाददाता-
पाँचौ राष्ट्रिय खेलकुद महोत्सवमा भाग लिन बाजुराबाट काठमाडौँ आएको खेलाडी टोलीमा बाजुरा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतबहादुर थापाले खेलाडी रामदेवीकुमारी थापालाई यौन दुर्व्यवहार गरेको भन्ने समाचार निराधार भएको भनी खेलाडी रामदेवी र अध्यक्ष थापाले लिखित रूपमा खण्डन गर्नुभएको छ।

उक्त समाचार ‘खेलाडी र पदाधिकारीको बेइज्जत गराउने मनसायले केही राजनीतिक गुटबन्दीका पहरेदारहरूले सम्प्रेषण गरेको’ भनी खण्डन गरिएको छ।

वैशाख २ गते उक्त समाचार अन्नपूर्ण पोस्ट र नेपाल टाइम्स धनगढीमा प्रकाशित भएको थियो।

Popularity: 8%

Add comment April 19th, 2009

बेवारिसे बम पट्किदा दुई बालकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
वेवारिसे बम पट्किदा गुल्मीमा दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दर्लिङ ७ भीमबहादुर विकका ११ वर्षीय छोरा बमबहादुर विक र मानसिंह विकका छोरा होमबहादुर विक रहेका छन्।

घर नजिकै जंगलमा बाख्रा चराउन गएका ती दुई बालकहरूले बम भेटाएर खेल्दा अचानक विस्फोट हुंदा उनीहरूको घटनास्थलै मृत्यु भएको थियो। शनिवार दिउंसो भएको सो घटनाबारे परिवार र आफन्तले राति अवेरमात्र जानकारी पाएको प्रहरीले जनाएको छ।

वाख्रा चराउन गएका बालकहरू घर नफर्केपछि खोज्न जाँदा उनीहरू मृत अवस्थामा भेटिएका थिए। घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ।

Popularity: 8%

Add comment April 19th, 2009

कुवेतवासी नेपालीहरुले नयाँ वर्ष धुमधामका साथ मनाए

जय आले, कुवेत / एचकेनेपाल डट कम -
नयाँ वर्ष २०६६ को अवसरमा कुवेतवासी नेपालीहरुले शुक्रवार कुवेतको ग्रिन आईल्याण्ड पार्कमा विभिन्न कार्यक्रमहरू गरी धुमधामले नयाँ वर्ष मनाएका छन्।

यो कार्यक्रम नयाँ वर्षमा शुभकामना सन्देश आदनप्रदान, कुवेतवासी नेपालीहरुबीच भाईचाराको सम्बन्धलाई सुदृढ बनाउने र कुवेतमा नेपाली दूतावास स्थापनाको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन हस्ताक्षर संकलन अभियान चलाई परराष्ट्र मन्त्रालय पठाउने उद्धेश्यले माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ, कुवेतको आयोजनामा गरिएको थियो।

क्लवका सदस्य ईन्द्रप्रसाद भुसालले संचालन गरेको कार्यक्रमको सभापतित्व क्लवका उपाध्यक्ष एवं वनभोज कार्यक्रमका संयोजक धर्मराज गिरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। करीब ३०० नेपालीहरुको जमघट भएको वनभोज कार्यक्रम अत्यन्तै हर्सोल्लासका साथ सम्पन्न भएको थियो।

कार्यक्रममा ओपन बुफे भोजनका साथै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू नाचगान, गीत कविता चुट्किला वाचन र बिच बिचमा अनेक थरिका रमाइला खेलहरु समावेश थिए। सहभागि सबैलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिईएको थियो।

कार्यक्रमको अन्तिम चरणमा आयोजक तथा कुवेत नेपाल डट कमका मिडिया टोलीले उपस्थित नेपालीहरु (खासगरी महिलाहरु) सँग कुवेतको वस्तुस्थिती र वनभोजको बारेमा जानकारी लिन सानो अन्तर्वाता लिएको थियो। अन्तर्वार्तामा धेरै महिला वर्गहरुबाट आफूहरु कुवेत जस्तो ठाउँमा रहेर पनि क्लवमार्फत यस्तो रमाइलो कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुशी लागेको बताए। कुवेतमा केहीक्षणका लागि भए पनि नेपालमै रहेको अनुभव भएको र भविष्यमा पनि क्लवबाट कुवेतको दु:ख बिर्साउने यस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु हुनु पर्ने सुझाव दिए। क्लवले दूतावास स्थापनाको लागि चलाएको हस्ताक्षर अभियानबाट राम्रो नतिजा ल्याउनेमा आफूहरु आशावादी रहेको बताए।

Popularity: 8%

Add comment April 19th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....