Archive for April 20th, 2009

दुई पुजारीको हत्या विरोधमा दुई जिल्ला बन्द

एचकेनेपाल डट कम संवाददाता-
हिन्दू धर्मावलम्वीको संयुक्त संगठन हिन्दू राष्ट्र निर्माण सेना नेपालले दुई पुजारीको हत्या भएको विरोधमा चितवन र नवलपरासी बन्द गरेको छ।

दुई पुजारीको शनिवार राति कास्कीको पोखरा र भलाममा सहस्यमय ढंगले हत्या भएको थियो। संयुक्त संगठन हिन्दू राष्ट्र निर्माण सेना नेपालले हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै हत्या गरिएका पुजारीलाई धार्मिक शहीदको घोषणा गर्नु पर्नेलगायत ६ बूंदे मागसहित बन्द गरेको हो।

बन्दका कारण चितवनको नारायणगढ, भरतपुर र नवलपरासीमा यातायात ठप्प छ। त्यसैगरी, नारायणगढ हुँदै चल्ने लामो दूरीका सवारीसाधन पनि चल्न सकेको छैन।

Popularity: 8%

1 comment April 20th, 2009

मन्त्रीको समाचार बहिष्कार

एचकेनेपाल डट कम संवाददाता-
स्थानीय विकासमन्त्री रामचन्द्र झाले उद्घाटन गर्नुभएको काभ्रेपलाञ्चोक जिल्ला विकास समितिको तेस्रो जिल्ला परिषद्को समाचार नलेख्ने प्रतिबद्धता नेपाल पत्रकार महासङ्घ, काभ्रेले गरेको छ।

महासङ्घ, काभ्रे शाखाका अध्यक्ष भोला थापाले दिनुभएको जानकारीअनुसार स्थानीय पत्रपत्रिकाको प्रवर्द्धनका निमित्त जिल्ला परिषद्को नीति तथा कार्यक्रममा बजेट नछुट्याइएको विरोध गर्दै काभ्रेका सम्पूर्ण पत्रकारले जिल्ला परिषद्मा भाग पनि लिएनन्।

उहाँले यसमा सुधार नभए नियमितरुपमा स्थानीय निकायका सम्पूर्ण समाचार नलेख्न पत्रकारहरुलाई अनुरोध गरिएको जानकारी पनि दिनुभयो।

Recent Videos:

Popularity: 8%

Add comment April 20th, 2009

सेना विवादबारे सुनुवाइ जारी

एचकेनेपाल डट कम संवाददाता-
नेपाली सेनाका जर्नेलको अवकाश रोक्ने गरी जारी अन्तरिम आदेश खारेज गर्न माग गर्दै दायर रिट निवेदनमा सुनुवाइ जारी छ।

न्यायाधीशद्वय अनुपराज शर्मा र प्रेम शर्माको संयुक्त इजलासमा सरकारकातर्फबाट महान्यायाधिवक्तासहितका पदाधिकारी तथा रक्षामन्त्रालयका तर्फबाट कानुन व्यवसायीले रिट खारेज हुनुपर्नेमाग गर्दै बहस गर्नुभएको थियो।

अवकासप्राप्त जर्नेलका तर्फबाट पनि बहस हुने भएको र बहसको क्रम नसकिएकाले पुनः आज बहसलाई निरन्तरता दिइने भएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सैनिक ऐनको व्यवस्थाविपरित अवकाश नदिन आदेश जारी गरेपछि यही चैत १४ गते रक्षामन्त्रालयका तर्फबाट तत्कालीन सचिव वामनप्रसाद न्यौपानेले अन्तरिम आदेश एकपक्षीय सुनुवाइबाट भएको भन्दै रिट निवेदन दायर गर्नुभएको थियो।

Popularity: 8%

Add comment April 20th, 2009

विभिन्न समूहसँग दोस्रो चरणको वार्ता हुने

एचकेनेपाल डट कम संवाददाता-
सरकारले शान्ति प्रक्रियाका क्रममा औपचारिक वार्ता गरिसकेका विभिन्न ११ समूहसँग यही महिनाको दोस्रो हप्तादेखि दोस्रो चरणको वार्ता गर्ने भएको छ।

शान्ति तथा पुनःनिर्माणमन्त्री जनार्दन शर्माले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी औपचारिक वार्ता गरिसकेका ११ वटा सशस्त्र तथा निशस्त्र पक्षसाग उक्त वार्ता सुरु हुनलागेको जानकारी दिँदै सम्पर्कमा रहेका गोइत सिंह तथा ज्वाला समूहलगायतका अन्य पक्षलाई पनि वार्तामा आउन आह्वान गर्नुभयो।

वार्तालाई तार्किक निष्कर्षमा पुर्याई मुलुकमा दिगो शान्ति स्थापना गर्न ती समूहको मागबमोजित हाल जेलमा रहेका केही नेता तथा कार्यकर्ता मुक्त गरी दोस्रोचरणको परिणामुखी वार्ताका लागि सरकार लागिपरेको उहाँले जानकारी दिनुभयो।

सरकारले सशस्त्र समूहअन्तर्गत मधेसी भाइरस किलर्स पार्टी, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह), किराँत जनवादी वकर्स पार्टी, लिब्रेसन टाइगर अफ तराई इल्म (एलटीटीई) र मधेश मुक्ति टाइगर्स तथा निशस्त्र समूहतर्फ राष्ट्रिय हलिया मुक्ति समाज महासङ्घ, आदिवासी थारु समुदाय तथा नेपाल आदिवासी जनजाति महासङ्घ, संयुक्त मुश्लिम राष्ट्रिय सङ्घर्ष समिति र नेपाल पिछडा वर्ग (ओपीडी)सँग यसअघि वार्ता गरिसकेको छ।

सो अवसरमा मन्त्री शर्माले हलिया तथ्याङ्क सङ्कल गरी उनीहरूको पुनःस्थापन गर्ने, थारु समुदायको पहिचानका लागि उनीहरूकै मागबमोजिम संविधान संशोधन गर्ने, मुस्लिम आयोग गठन प्रक्रियाअघि बढाउने र चार सहिदका लागि रु.१०/१० लाख प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो।

एक प्रश्नको जवाफमा मन्त्री शर्माले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै सहयोग र समर्थनका लागि सम्बद्ध सबै पक्षसाग आह्वान गर्नुभयो।

Popularity: 8%

Add comment April 20th, 2009

हरिण ठानेर मान्छेको शिकार

एचकेनेपाल डट कम संवाददाता-
सिकारीले हरिण ठानेर हानेको गोली लागी महोत्तरी जिल्लाको माइस्थान-८ का श्यामवीर स्याङ्वाको मृत्यु भएको छ।

जङ्गल क्षेत्रमा सिकार खेल्न गएका माइस्थान-८ कै माउले मगरले हानेको गोली लागी घाइते भएका ४० वर्षीय स्याङ्वाको उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Popularity: 8%

Add comment April 20th, 2009

नेपालमा एसियाली ज्योतिष सम्मेलन

एचकेनेपाल डट कम संवाददाता-
एसियाका ज्योतिषीको सङ्गठन एसियन एस्ट्रोलोजर काङ्ग्रेस केन्द्रीय समिति भारत र नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति काठमाडौँको संयुक्त आयोजनामा काठमाडौँ ११औँ एसियाली ज्योतिष सम्मेलन आगामी जेठ १८ र १९ मा हुने भएको छ।

सम्मेलन आयोजक मूल समितिको अध्यक्षमा भारतका प्रा.डा. रामकृष्ण शास्त्री, नेपालका सहअध्यक्षमा डा.लोकराज पौडेल, महासचिवमा विश्वराज थापा, कोषाध्यक्षमा डा.सहदेव विष्ट र प्रमुख संयोजकमा वास्तुविद् माधवमङ्गल जोशी रहनुभएको छ।

सदस्य देशका प्रतिनिधिमध्येबाट डा.शास्त्रीको अध्यक्षतामा १३ सदस्यीय आयोजक मूल समिति गठन भएको छ।

सम्मेलनमा एसियामा ज्योतिषीय क्षेत्रबाट गर्नुपर्ने कार्ययोजना तयार गर्नुका साथै ज्योतिष, वास्तु, हस्तरेखा तथा ज्योतिष विधासँग सम्बन्ध रहेको पूर्वीय दर्शनका विविध पक्षमा छलफल गरिने छ।

एसियन एस्ट्रोलोजर काङ्ग्रेसका सदस्यमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, म्यान्मा, थाइल्यान्ड, जापान, चीन र भुटान सदस्य छन्।

Popularity: 8%

Add comment April 20th, 2009

छाउपडीमुक्त गाउँको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
पश्चिम सुर्खेतको तरङ्गा गाविसमा रहेको साजघाट गाउँलाई छाउपडी मुक्त गाउँ घोषणा गरिएको छ।

आमा समूह तथा गैरसरकारी सङ्घसस्थाहरुको पहलमा तरङ्गा गाविस वडा नं. ४ को उक्त गाउँलाई जिल्लामै पहिलोपटक छाउपडीमुक्त गाउँ घोषणा गरिएको हो।

गाउँ छाउपडीमुक्त घोषणा गरिएपछि छाउपडीका लागि बनाइएका गोठ तथा टहरा भत्काउन थालिएको छ भने रजस्वला भएका छोरी-बुहारीलाई घरमै राख्‍नेसहितको पाँचबूँदे प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

स्थानीय लीलावती शाहीले छाउपडी प्रथा कुसंस्कार भएकाले गाउँबाटै हटाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो।

आफूहरुले जस्तो दुःख आफ्ना छोरी-बुहारीले भोग्नु नपरोस् भन्नका लागि सबै महिला मिलेर छाउपडी मुक्त गाउँ घोषणा गरिएको जानकारी उहाँले दिनुभयो।

महिला समूहकी अध्यक्ष कौशिला गुरुङले जिल्लामै पहिलोपटक आफ्नो गाउँलाई छाउपडी मुक्त गाउँ घोषणा गर्न पाउँदा निकै खुसी लागेकाले कडाइका साथ पालना गरिने बताउनुभयो।

Popularity: 8%

Add comment April 20th, 2009

दाइजो माग्दै बुहारीलाई कुट्ने ससुरा प्रहरी नियन्त्रणमा

एचकेनेपाल डट कम संवाददाता-
दाइजो नल्याएको निहुँमा कञ्चनपुरको दैजी चम्फापुरकी एक महिलालाई निर्घात कुटपिट गरिएको छ।

शनिबार साँझ दाइजोको विषयलाई लिएर लक्ष्मीदेवी भट्टलाई ससुरा विष्णु भट्टले निर्घात कुटपिट गरेका हुन्।

कुटपिटपछि अचेत अवस्थामा रहेकी लक्ष्मीलाई स्थानीय बासिन्दाको सहयोगमा महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा भर्ना गरिएको भए पनि थप उपचारका लागि चिकित्सकले अन्त लैजानुपर्ने बताएका छन्।

उपचारका लागि खर्च नहुँदा अलपत्र अवस्थामा लक्ष्मी अञ्चल अस्पतालमै रहेकी छन्।

महिला अधिकारवादी संस्थाहरुको दबाबमा प्रहरीले दाइजोको कारण कुटपिट गर्ने ससुरा विष्णु भट्टलाई थुनामा राखेको छ।

Popularity: 8%

Add comment April 20th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....