Archive for April 27th, 2009

बेलायतमा नेपाली म्युजिक भिडीयोको प्रथम प्रदर्शन

योगराज राई, बेलायत / एचकेनेपाल डट कम -
चाम्स् फिल्मस् प्रोडक्सन् युकेको आयोजनामा आइतवार फोक्स्टोन, केन्ट सोर्नल्किपको कम्युनिटी सेन्टरमा चाम्स् फिल्मस् प्रोडक्सनद्वारा नै निर्मित सुबोध लिम्बूको म्युजिक भिडियो ‘जब साँझ’ को प्रथम प्रदर्शन भयो।

कार्यक्रममा गायक सुबोध लिम्बूले उपस्थित सबै दर्शकप्रति आभार प्रकट गर्दै चाम्स् फिल्मस् प्रोडक्सनद्वारा निर्मित म्युजिक भिडियोबाट आफू ज्यादै संतुष्ट भएको र यस म्युजिक भिडियोले सबैको मन छुन सफल हुनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको बताए।

कार्यक्रमको दोश्रो चरणमा हङकङमा निर्मित चलचित्र ‘द प्लान’ पनि प्रदर्शन गरिएको थियो। बाध्यता र विवशताले घेरेपछि मान्छेले जस्तो सुकै जोखिमपूर्ण काम गर्न पनि पछि पर्दैन भन्ने कथा वस्तुमा आधारित यस चलचित्रको सबै सुटिङ हङकङमा नै गरिएको हो। प्रविण बराइलीद्वारा निर्देशित तथा ध्रुब दत्त, सब्रिना श्रेष्ठ र जुनु पुनको प्रमुख भूमिका रहेको चलचित्र हेर्न आउने दर्शकले चलचित्रको बारेमा खुलेरै प्रशंसा गरेका थिए।

मिलन चाम्स्द्वारा सञ्चालित उक्त कार्यक्रममा गायक सुबोध लिम्बू र म्युजिक भिडियोको मोडेलद्वय बिकाश श्रेष्ठ र लिना सिवा तथा ‘द प्लान’ चलचित्रका नायक ध्रुब दत्त र नायिका सब्रिना श्रेष्ठलाई प्रमुख अतिथि बी.एफ.बी.एस. गोर्खा रेडियो युकेका महाप्रबन्धक खेम गुरुङले खाता ओडाएर कलाकारहरुको प्रतिभाको कदर गर्नुभएको थियो।

प्रमुख अतिथि गुरुङले कार्यक्रमको समापन गर्नुहुँदै प्रवासमा रहेर पनि चाम्मस् फिल्मस् प्रोडक्सनले यसरी नेपाली कला, संस्कृति र संगीतलाई जगेर्ना गर्न पुर्‍याइ रहेको योगदान र उल्लेखनीय कामबाट आफू ज्यादै प्रभावित भएको बताउनु भयो। उहाँले आउँदा दिनहरुमा यसलाई अझमाथि उठाउनका लागि बी.एफ.बी.एस. गोर्खा रेडियो युकेले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

बेलायतबाट योगराज राई बी.एफ.बी.एस

Recent Videos:

Popularity: 9%

Add comment April 27th, 2009

वीरगंजमा बम बिष्फोट र गोली प्रहारः ३ घाइते

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहले सोमबार अपराह्न करीब २ बजे वीरगंजको आदर्शनगरमा बम बिष्फोट र गोली प्रहार गर्दा तीन जना घाइते भएका छन्।

बम बिस्फोटको छर्रा र गोली प्रहारबाट श्रवण अग्रवाल, अशविनी अग्रवाल र डिवि बोहरा नाम गरेका सुरक्षा गार्ड घाइते भएका छन्। अग्रवलद्वय पमपम विल्डीङ्गस्थित कृष्ण प्रोडक्टसका सञ्चालन हुन्।

मोटरसाइकलमा आएका दुई व्यक्तिले आदर्शनगरस्थित मुख्य सडकमा रहेको पमपम विल्डिङस्थित कृष्ण प्रोडक्टसको पसलमा बम विस्फोट गराएका थिए। उनीहरूले भाग्ने क्रममा गोली प्रहार गर्दा अग्रवलद्वय घाइते भएका हुन्। श्रवणको दाहिने हात र अशविनीको तिघ्रामा गोली लागेको छ। सुरक्षा गार्ड डिबि बोहराको शरीरमा बमका छर्रा लागेको छ। घाइतेहरूको नारायणी अस्पतालमा उपचार भैरहेको छ। उनीहरूको अवस्था खतरामक्त रहेको बताइएको छ।

पर्साका प्रहरीले ओम शान्ति ओभरसिजलाई लक्षित गरी उक्त बम बिष्फोट गराईएको अनुमान गरेको छ। अपराधीहरू भाग्ने क्रममा पप्पु शर्मा जिन्दाबाद भन्ने नारा लगाएका थिए। भारतीय अपराधी समूहका नाइके शर्मा नेपाल र भारतका उद्योगी व्यवसायीहरुसंग रकम असूल गर्ने र नदिए गोली प्रहार, बम बिष्फोट गराउने जस्ता घटना घटाउदै आएको प्रहरीले बताएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ।

Popularity: 9%

Add comment April 27th, 2009

कोरियाका प्रवासी श्रमिकहरुले ११९ औ मे दिवस मनाए

मञ्जु थापा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरिया सउल, छोङगाकमा विभिन्न देशबाट कोरियामा काम गर्दै आएका प्रवासी श्रमिकहरुले ११९ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस भब्यताका साथ मनाए।


तस्वीरः मञ्जु थापा, दक्षिण कोरिया / एचकेनेपाल डट कम

कार्यक्रम माइग्रेण्ट ट्रेड यूनियन, जेसिएमके, प्रवासी श्रमिक मानव अधिकार ऐक्यवद्धता संस्थाहरुले सयुक्त रुपमा आयोजना गरेका थिए। मजदुरहरुको समयलाई ध्यानमा राखेर उक्त कार्यक्रम १ मे भन्दा अगाडि नै आयोजना गरिएको थियो। हालसम्म पनि कोरियामा १ मे अन्तर्राष्ट्रिय श्रमिक दिवसमा विदा भने दिइएको छैन।

आर्थिक मन्दीको बेला बांच्नका लागि प्रवासी कामदारको अधिकारको सुनिश्चितताका भन्ने मुल नाराकासाथ विभिन्न देशका प्रवासी श्रमिकहरुले धड्पकड बन्द गर, तलब कटौटी फिर्ता गर, मजदुर अधिकारको ग्यारेण्टी गर् भन्ने कोरियाली सरकारको प्रवासी मजदुर सम्बन्धी गलत नीतिको विरुद्ध प्ले कार्डहरु प्रदशन गरेका थिए। आर्थिक मन्दिका कारणले प्रवासी मजदुरहरुको अवस्था झन जटिल बन्दै गएको अवस्थामा कोरियामा प्रवासी कामदारहरुले विश्व आर्थिक मन्दीका कारण दोहोरो र तेहोरो मार खेप्नुपरेको छ। हालै मात्र कोरियाली सरकारले प्रवासी मजदुरहरुले पाइरहेको सुविधाहरु पनि एक पछि अर्को कटौटी गर्दै आएको छ। जस्तै न्युनतम ज्याला, खानाको र बस्नको लागि मजदुरहरुको तलबबाट कटौटी गरिने भएको छ।

कार्यक्रममा जेसिएमकेका अध्यक्ष उ साम एल ले कोरियन सरकारले प्रवासी श्रमिकहरुको निति व्यवस्थित गर्नुको सट्टा उल्टै उनीहरुलाई धरपकड र समातेर जेल चलान गर्ने कार्यलाइ तीब्रता दिएको बताए। उनले कोरियन तथा प्रवासी श्रमिकहरुको एकतामा जोड दिनु पर्ने आग्रह पनि गरेका थिए। सोही कार्यक्रममा प्रवासी श्रमिकद्वारा उनको घरमा लेखिएको मार्महिक पत्र पढेर सुनाइएको थियो। श्रीलंकाका अर्का प्रवासी मजदुरले कोरियामा महिला कामदार भएर भोग्नु परेका आफ्ना भनाइहरु राखिन्।

माइग्रेण्ट ट्रेड यूनियनका सदस्य, फिलिपिन्स प्रवासी मजदुर मिस्सेल, केसिटीयूका महासचिव, वर्माका प्रवासी मजदुर, कोरियन चाइनिज प्रवासी मजदुर, फिलिपिना माइग्रेण्ट वर्कस कासामाक्को, कोरियन भाषा स्कुललगायतका सस्थाका प्रतिनिधिहरुले आ आफ्ना मन्तब्य ब्यक्त गरेका थिए।

अन्तमा, ११९ औं अन्तराष्ट्रिय श्रमिक दिवस, मे डे मा तयार पारेका धारणहरु विभिन्न भाषामा पढेर सुनाइएको थियो भने कोरियामा ख्याति प्राप्त स्टप क्र्याक डाउनका गायक मिनुले सांकेतिक गीत गाएर सबैलाई मनोरञ्जन दिएका थिए।


Popularity: 9%

Add comment April 27th, 2009

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको भेला सम्पन्न

दधिराज घिमिरे, बेल्जियम / एचकेनेपाल डट कम -
नेपाली जनप्रगतिशील मञ्चको आठौं वाषिर्क साधारण भेलाको वन्द सत्र आइतवार एकीकृत नेकपा (माओवादी) का सचिवालय सदस्य क. गौरवको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ।

गत मार्च १५ मा सचिवालय सदस्य क. विप्लवको उपस्थितिमा मञ्चको वाषिर्क भेलाको उद्घाटन सत्र भएको थियो। वन्द सत्रको कार्यक्रममा मञ्चका पदाधिकारीहरु अध्यक्ष विष्णु भूजेल, उपाध्यक्ष चित्र सुवेदी, महासचिव दधिराज घिमिरे, सचिव प्रेम पाठक, कोषाध्यक्ष लिलाधर पन्त रहेको ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरि कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको सुरुमा मोर्चका सल्लाहाकार राम वहादुर गुरुङले नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको बिगतदेखि अहिले सम्मका संघर्षमष पृष्टभूमिलाई प्रष्ट पार्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एकीकृत नेकपा (माओवादी) का सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख क. गौरवले नेपालको वर्तमान राजनैतिक अवस्था तथा अन्तर्राष्ट्रिय अवस्थाको वारेमा चर्चा परिचर्चा गर्नुभएको थियो । एकीकृत नेकपा -माओवादी) अहिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पार्टी नीतिहरुलाई स्पष्ट पार्न लागेको र अन्तर्राष्ट्रिय समर्थन जुटाउन विशेष ध्यान दिएकाले प्रवासमा स्थित नेपाली संगठनहरुको स्थिति वलियो हुनु पर्नेमा जोड दिनु भयो । नेपाल हाल क्रान्तिको अन्तिम चरणमा प्रवेश गरेकाले अन्तराष्ट्रिय र्समर्थन जुटाउनु पनि प्रमुख कार्य हो भन्दै प्रवासमा रहेका नेपालीहरुले वर्ग संर्घषको प्रत्यक्ष अनुभूति गर्न नपाए पनि सहयोग र र्समर्थन पनि उत्तिकै अत्यावश्यक रहेको टिप्पणी गर्नु भयो।

माओवादीले संचालन गरेको क्रान्ति अव संगीन मोडमा आई पुगेकाले प्राप्त उपलव्धीहरुको रक्षा गर्दै अगाडि वढ्नु पर्ने आजको प्रमुख विषय रहेको र यदि वाटो विराएमा प्राप्त उपलव्धीहरु खोसिने अवस्था आउने तर्फसंकेत गर्दै १३ हाजर महान् शहिदहरुको रगतको मूल्य बोकेको जनमुक्ति सेनाको हतियार खोस्न घरेलु नोकरशाही, पूँजीपति तथा विदेशी प्रतिक्रियावादीहरु ज्यान छाडेर लागि परेको समेत वताउनु भयो । त्यसकारण प्राप्त उपलव्धीहरुलाई रक्षा गर्दै अगाडि वढ्नु हाम्री क्रान्तिकारीहरु बीच क्रान्तिको अझ गहन जिम्मेवारी वोध गर्नु हो भन्नुभयो।

सेनापति कटुवालको स्पष्टिकरणको प्रकरणले राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय जगतमा नै तरंग पैदा गरेको प्रसंग उल्लेख गर्दै माओवादीले चलाएको १० वर्षको जनयुद्ध विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोग भएको उल्लेख गर्नुभयो । “समाजवाद क्षणिक व्यवास्था र साम्राज्यवाद स्थायी व्यवस्था हो” भन्ने विश्व साम्राज्यवादका नाइकेहरु चरम आर्थिक संकटमा परेको उल्लेख गर्दै अमेरिका त विश्वसामु लाचार वनिसकेको वताउनु भयो।

नेपालको वर्तमान राजनैतिक अवस्थाको वारेमा चर्चा गर्दै संविधान लेखन कार्य ऐतिहासिक भएको वताउनु भयो । नेपाली जनताको क्रान्तिबाट प्राप्त उपलव्धीहरुलाई रक्षा गर्दै संविधान लेखन जस्तो ऐतिहासिक अवसरमा आफ्नो पार्टी घरेलु प्रतिक्रियावादी तथा अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुसँग एकलाइन पनि तल नझरी जनताको अधिकार सुनिश्चितातर्फ संर्घष अघि वढाउन सरकार, सदन र सडक सवैको उपयोग गरिने समेत बताउनु भएको छ । नेपालमा नयाँ जनवादी व्यवस्था लागु गर्नपर्ने भएकाले कुनै पनि अवसरबाट तल नझरी ऐतिहासिक अवसर गुमाउन नदिन सचेत रहेको समेत चर्चा गर्नु भयो।

नेपालमा क्रान्ति सम्पन्न गर्न प्रवासमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहेने हुनाले उक्त जिम्मेवारी वहन गर्न सेचत अग्रगामी क्रान्तिकारीहरुलाई आग्रह समेत गर्नु भयो हुदै प्रवासमा नेपालीहरु संगठित र वलियो भएमा अन्तर्राष्ट्रिय सहयोग र र्समर्थन जुटाउन सजिलो हुने वताउनु भयो।

पार्टीले सही नीति लिएकाले जीत निश्चित भएको ठोकुवा गर्नुहुदै अन्तर्राष्ट्रिय समर्थन वलियो बनाउन सके भावी क्रान्ति सुनिश्चितापूर्वक सम्पन्न हुने वताउनु भयो । आगामी दिनहरुका निकै चुनौतीहरु भएपनि महान् सम्भावनाहरु भएकाले धेरै राम्रा क्रान्तिका दिनहरु आउने र त्यो सफल भई छा्डनेमा विश्वास व्यक्त गर्नु भयो।

वन्दसत्रमा मञ्चका कोषाध्यक्ष लिलाधर पन्तले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने महासचिव दधिराज घिमिरेले मञ्चको राजनैतिक तथा सांगठनिक प्रतिवेदन पस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनहरुमाथि छलफल गर्दै र्सवसम्मतले प्रतिवदेनहरु पास गरेको छ। वन्दसत्रमा प्रस्तुत विधान उपर छलफल गर्दै प्रस्तावित उपाध्यक्ष २ र कोषाध्यक्षको कार्यलाई सहज ढंगले सम्पन्न गराउन एक जना सह-कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ । हलले थप एक जना उपाध्यक्षमा जीतबहादुर लामालाई र सह-कोषाध्यक्षमा कुलबहादुर मगर सदस्यद्धय माया तामाङ्ग र सुदेश पोखरेललाई चयन गरेको छ । सह-कोषाध्यक्ष कुलबहादुर मगरको संयोजकत्वमा ९ सदस्यीय आर्थिक विभाग समेत गठन गरेको छ । कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च र नेपाली एकता मञ्चको एकता घोषणा गरिएको थियो।

मचंका उपाध्यक्ष चित्र सुवेदीले कार्यक्रममा उपस्थीति सदस्यहरूलई स्वागत गर्नु भएको थियो भने मचंका सचिव प्रेम पाठकले सम्पूर्ण क्षेत्रका सदस्यहरुको जानकारी तथा संगठनको बर्तमान स्थितीका बारे जानकारी गराउनु भएको थियो।

Popularity: 9%

Add comment April 27th, 2009

सैनिक कु निराधार

एचकेनेपाल डट कम संवाददाता-
देशमा सैनिक कु हुने भनी हाल चलेको चर्चा निराधार रहेको नेपाली सेनाले स्पष्ट गरेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयमा आइतबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले सो कुरा स्पष्ट पारेको हो।

प्रवक्ता क्षेत्रीले यस्तो हल्लाको विश्वास नगर्न पनि नेपाली सेनाका तर्फबाट सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्नुभयो।

नेपाली सेनाले देशको संविधान, नियम कानुनको पालना गर्नुका साथै प्रजातान्त्रिक पद्दतिप्रति विगतदेखि नै प्रतिबद्ध रहादै आएको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले यस्तो गलत हल्लाले आम नेपाली जनतामा त्रास मात्र फैलाएकाले यस्तो हल्लामा विश्वास नगर्न पनि आग्रह गर्नुभयो।

Popularity: 9%

Add comment April 27th, 2009

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा सुधार

एचकेनेपाल डट कम संवाददाता-
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य क्रमिक रुपमा सुधार भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ।

मुटु, फोक्सो र मृगौलालगायतका समस्याबाट पीडित भई चार दिनअघि सो अस्पतालमा भर्ना हुनुभएको थियो।

पूर्णरुपमा होसमा रहनुभएका पूर्व प्रधानमन्त्री भट्टराईको मुटु र मृगौलामा सुधार आए पनि उहाँलाई अझै अक्सिजन दिइएको उपचारमा सलग्न डा. भरत रावतले जानकारी दिनुभयो।

Popularity: 9%

1 comment April 27th, 2009

मोसो दल्नेलाई कारबाही गर्ने प्रमको प्रतिवद्धता

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक मूल्य, मान्यता र मर्यादाविपरीत उत्रने जो कोहीलाई सख्तकारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवम् शिक्षाध्यक्षमाथि भएको दुव्र्यवहारको विरोधमा ज्ञापनपत्र बुझाउन गएका प्राध्यापकसमक्ष उहाँले सो कुरा बताउनुभएको हो।

त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले सो घटनाको जति निन्दा र भत्र्सना गरेपनि कमी हुन्छ भन्दै प्राज्ञिक थलोका रुपमा विश्वविद्यालयलाई स्थापित गर्न कुनै पनि कसर नराखिने दृढता व्यक्त गर्नुभयो।

यसअघि त्रिवि पदाधिकारीमाथि भएको ज्यादती र निकृष्ट घटनाको विरोधमा प्राध्यापक, मानवअधिकारकर्मी, कानुनव्यवसायी, सञ्चारकर्मीलगायत नागरिक समाजका प्रतिनिधि सिंहदरबार दक्षिणढोकास्थित निषेधित क्षेत्रमा बिहान ११३० देखि एक घण्टा भद्र विरोधमा उत्रेका थिए।

विश्वविद्यालय शुल्क घटाउनुपर्ने, गुणस्तरीय एवम् सर्वसुलभ शिक्षा उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै आएको अनेरास्ववियु -क्रान्तिकारी) पक्षले केही दिनअघि त्रिविका उपकुलपति एवम् शिक्षाध्यक्षमाथि मोसो दलेको थियो।

कार्यक्रम त्रिवि प्राध्यापक सङ्घको आह्वानमा भएको थियो।

Popularity: 9%

2 comments April 27th, 2009

रामेछाप घटनाका सैनिकलाई सहिदको सम्मान

एचकेनेपाल डट कम संवाददाता-
आफ्नो ज्यानको समेत पर्वाह नगरी कर्तव्यपालनामा रामेछापमा खटिइँदाकै अवस्थामा वीरगति प्राप्त गर्ने सैनिकहरुको बहादुरीको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले मृतक १३ जना सैनिकलाई सहिदको सम्मान प्रदान गरेको छ।

सरकारले शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दै राहतस्वरुप प्रति परिवार रु. १० लाख उपलब्ध गराउने, मृतकका छोराछोरीलाई कक्षा १२ सम्मको शिक्षा निःशुल्क उपलब्ध गराउने र परिवारका एकजना सदस्यलाई स्थानीयस्तरका रोजगारीमा प्राथमिकता दिने निर्णय गरेको छ।

रामेछाप जिल्लाको श्रीनाथडाँडा जङ्गलमा लागेको आगोबाट सरकारी सम्पत्ति तथा सर्वसाधारणको जिउधन एवम् अस्पताल जोगाउन आगो निभाउने क्रममा आगोको घेरामा परी नेपाली सेनाका १३ जवान सैनिकले वीरगति प्राप्त गरेका थिए।

घटना लगत्तै सरकारका तर्फबाट रक्षामन्त्री रामबहादुर थापाको नेतृत्वमा रामेछाप पुगेको सरकारी अधिकारीको टोलीले स्थलगत भ्रमण गरी त्यहाँको वस्तुस्थितिको जानकारी लिएको थियो।

Popularity: 9%

1 comment April 27th, 2009

भरुवा बन्दुक पड्किँदा बालिका ठहरै

एचकेनेपाल डट कम संवाददाता-
मोरङको बाराङ्गी गाविसमा आइतबार दिउँसो भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ।

बाराङ्गी-३ निवासी आलेसाइँला तामाङकी १३ वर्षीया छोरी विमला तामाङको सो घटनामा परी मृत्यु भएको हो।

छिमेकी जीवनमृगे तामाङको घरमा काम गर्न खेतला गएको बेला त्यहाँ रहेको भरुवा बन्दुक अचानक पड्किँदा ती बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, लेटाङले जनाएको छ।

Popularity: 9%

Add comment April 27th, 2009

कोसीपीडितको बिहेवारीमा समस्या

एचकेनेपाल डट कम संवाददाता-
भएभरको सम्पत्ति सप्तकोसी नदीले बगाएर घरबारविहीन भएका सुनसरीका कोसीप्रभावित क्षेत्रका युवाहरुको बिहेवारी रोकिएको छ।

अधिकांश मुस्लिम र मधेसी समुदायको बसोबास रहेको कोसीप्रभावित क्षेत्रका सर्वसाधारण विस्थापित भई शिविरमा बस्न थालेपछि त्यहाँका उमेर पुगेका युवाहरुलाई छोरी दिन अभिभावकहरु तयार नहुँदा यस्तो समस्या आइपरेको कोसीपीडित सङ्घर्ष समितिका सचिव लक्ष्मण दहियारले बताउनुभयो।

मधेसी र मुस्लिम समुदायमा विवाह गर्नका लागि केटी पक्षका अभिभावकहरुले अचल सम्पत्ति, जग्गाजमिन, गाईगोरु, श्रीसम्पत्ति, शैक्षिक योग्यता हेर्ने तथा घरपरिवारको स्थिति बुझ्ने भएकाले शिविरमा बस्ने परिवारसाग सम्बन्ध जोड्न नचाहने गरेको सचिव दहियार बताउनुहुन्छ।

सरकारले बनाइदिएको प्लास्टिकका छाप्राहरुमा रोग, भोक र पीडामा बसिरहेका विस्थापित परिवारका युवाहरुको बिहेवारी हुन नसकेपछि तिनका परिवारमा मानसिक चिन्ता बढेको बताइएको छ।

छोरी दिने अभिभावकहरुले बालुवामाथि जीवनमरणको दोसाँधमा बसेका पीडित परिवारलाई छोरी पठाएर विस्थापित परिवारमा अझ बढी बोझ थप्न नचाहेको पश्चिमकुसाहा-४ झली टोल घर भई शिविरमा बस्दै आएका अब्दुल गनिमले बताउनुभयो।

सुनसरीका कोसीप्रभावित चार गाविस पश्चिमकुसाहा, श्रीपुरजब्दी, हरिपुर र लौकहीका करिब ३० युवकको विवाह शिविरकै बासका कारण यस वर्ष हुन नसकेको गनिमले बताउनुभयो।

मुस्लिम र मधेसी समुदायमा विवाहमा दाइजोप्रथा रहेकाले केटी पक्षले दिने दाइजो सुरक्षित राख्ने ठाउँसमेत नभएका विस्थापित परिवारलाई छोरी दिने अभिभावकहरु उपलब्ध हुन नसकेको श्रीपुर-६ का रमेश मण्डलले बताउनुभयो।

Popularity: 9%

Add comment April 27th, 2009

यूएइमा एकल तथा सामूहिक लोक नृत्य प्रतियोगिता हुने

बालचन्द्र पोख्रेल, यूएइ / एचकेनेपाल डट कम -
चितवन मैत्री समाजले नयाँ बर्ष २०६६ तथा मे दिवसको अवसर पारेरे मे १ तारिख शक्रबारका दिन दुबईको एभरेष्ट इन्टरनेश्नल होटलमा लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रवासमा छरिएर रहेका नेपाली कला र संस्कृतिलाई हृदयदेखि नै माँया गर्ने लोक नृत्य कलाप्रेमीलाई उक्त प्रतियोगीतामा भाग लिई नेपाली कला र सांस्कृतिक विकास एवं जगेर्ना गर्न चितवन मैत्री समाजले अनुरोध गरेको छ।

प्रतियोगितामा भाग लिनको लागि निम्न ब्यक्तिहरु परशुरमा घिमीरे (०५०३५०३०२५), परम्जिवी ढकाल (०५५९३०२००७), हेमविर बस्नेत (०५५७०८५०६७), रत्न मानन्धर (०५५३४४१९३४), सोम भण्डारी (०५०८६३०२३२), पूर्ण लामा (०५०७५०८३२१), खेम चौधरी (०५०८८७१२१८) लाई सम्पर्क राख्न समाजले अनुरोध गरेको छ।

Popularity: 9%

Add comment April 27th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....