Archive for June 16th, 2009

मन्त्रालयको जिम्मेवारीमा हेरफेर

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले निश्चित गरिसकेका केही मन्त्रीहरूको जिम्मेवारीसहित मन्त्रालयमा हेरफेर गरेका छन्। प्रधानमन्त्री नेपालले एमालेका रकम चेम्जोङले लिएको सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी एमालेकै प्रभाकर प्रधानाङ्ग (रवीन्द्र श्रेष्ठ) ले लिने भएका छन्। उनले लिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी चेम्जोङले पाउने भएका छन्।

यसअघि, बन मन्त्रीको जिम्मेवारी लिएका मालेका मन्त्री डम्बर श्रेष्ठले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी लिने भएका छन्। मालेकै मानबहादुर शाहीले भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

Popularity: 17%

Add comment June 16th, 2009

प्रधानमन्त्रीलाई फलामको च्यूरा

तेजवी, एचकेनेपाल डट कम-
प्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्नो नेतृत्वको सरकारलाई पूर्णता दिन फलामको च्यूरा चपाएसरी कठिन भएको छ। करीव एक महिना वित्नै लाग्दा पनि उनले सरकारलाई पूर्णता दिन सकेका छैनन्।

प्रधानमन्त्री नेपालले यतिबेला सबैलाई रिझाउन हरदम कोशिस गरिरहेका छन्। तर, पनि त्यस्तो हुन सकिरहेको छैन। उता, उनले नेपाली कांग्रेस, फोरम, मधेशी दलहरूलाई रिझाउन त छंदै छ। यता, आफ्नै दल एमालेभित्रका झलनाथ र केपी ओलीको समूहलाई पनि उतिकै रिझाउनु पर्ने वाध्यता छ।

अहिले उनलाई सबैभन्दा घाँडो भएको छ गृहमन्त्रालय। नेका सभापति गिरिजाप्रसाद कोइरालाले गृह फोरमलाई दिन आग्रह गर्दै आइरहेका छन् भने एमालेले गृह जुनसुकै हालतमा आफैंले लिनु पर्ने दबाव प्रधानमन्त्रीलाई दिइरहेका छन्। फोरमबाट निष्काशित विजयकुमार गच्छदारले सरकार निर्माणमा मधेशी दलहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै गृह आफूहरूले नपाए सरकारमा सहभागी नहुने चेतावनी दिइरहेका छन्।

यसैबीच, प्रधानमन्त्रीले मंगलवार विहान एमालेभित्र छलफल गरेका छन्। उनले आज अपरान्ह सत्तासमिकरण र मन्त्रालय बाँडफाँडका लागि अन्य दलहरूसंग छलफल गर्दैछन्। देशको राजनीतिक अवस्था विषम रहेको बेला माधवकुमार नेपालले प्रधानमन्त्रीको बागडोर सम्हाल्दा जति मिठो अनुभूति भएको थियो, त्यो भन्दा कठीन अवस्थाबाट गुज्रिरहेको प्रधानमन्त्री नेपालको वर्तमानले नेपाललाई कहाँ पुर्र्याउने हुन्? कुर्सी र सत्ता मोहले अन्धा बनेका हाम्रा राजनैतिक दलका नेताहरूले कहिले पो सिक्ने हुन् देश र जनताका लागि त्याग र समर्पण कुरा।

Popularity: 17%

3 comments June 16th, 2009

आफैंले बोकेको बम विस्फोट हुंदा भारतीय नागरिक घाइते

एचकेनेपाल डट कम संवाददाता-
आफैंले बोकेको बम मंगलबार विहान विस्फोट हुंदा एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। नयाँ दिल्ली निवासी नरेन्द्रकुमार शर्मा बर्दिया सदरमुकाम गुलेरियामा आफैंले बोकेको बम विस्फोट हुंदा गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

विहान करीव ५ बजे उनका साथमा रहेको बम अचानक विस्फोट भएको थियो। विस्फोटपछि गम्भीर रूपमा घाइते भएका ती भारतीय नागरिकलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ। उनले कुन प्रयोजनको लागि उक्त बम ल्याएको हो त्यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनले मुस्किलले आफ्नो नाम र ठेगानामात्र बताउन सकेकाले थप कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ।

Popularity: 16%

Add comment June 16th, 2009

मन्त्रालय बाँडफाँडका लागि आज पनि छलफल

एचकेनेपाल डट कम संवाददाता-
सत्तासाझेदार पाँच दलको हिजो बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि आज दिउँसो एक बजे फेरि मन्त्रालय बाँडफाँडका लागि बैठक बस्दैछ।

हिजोको बैठकमा सत्ता साझेदार सबै घटकले आफ्नो पार्टीको धारणा राखेको र कुनै पनि ठोस निर्णय नभएको सहभागी सदभावना पार्टीका अनिल झाले जानकारी दिनुभयो।

सदभावनाले दुई र तमलोपाले तीन मन्त्रालयको माग गरेको छ भने फोरमले सात मन्त्रालयसहित गृह मन्त्रालय समेत मागेको छ।

बैठकमा सरकार गठन प्रक्रियामा महत्वपूर्ण भुमिका निर्वाह गरेका मधेसवादी दललाई उपेक्षा गर्दै संयुक्त सरकार सञ्चालनको संस्कृति विपरीत नेपाली काङ्ग्रेस र नेकपा एमालेले आफूखुसी मन्त्रालय रोजेको भनी मधेसवादी दलले आपत्ति प्रकट गरेको नेता झाले बताउनुभयो।

हिजोको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एमाले अध्यक्ष झलनाथ खनाल नेपाली काङ्ग्रेसका विमलेन्द्र निधि र कृष्ण सिटौला, मधेसी जनअधिकार फोरमका वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार र शरत्सिंह भण्डारी, तमलोपाका ठाकुर र हृदयेश त्रिपाठी तथा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र झा सहभागी हुनुहुन्थ्यो।

Popularity: 16%

1 comment June 16th, 2009

काङ्ग्रेस संसदीय दल नेताको निर्वाचन ६ गते

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेस संविधानसभा संसदीय दलको नेताका लागि यही असार ६ गते हुने भएको छ।

सो दलको संविधानसभा संसदीय दल निर्वाचन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाद्वारा जारी निर्वाचन कार्यक्रममा जनाइएअनुसार असार ५ गते शुक्रबार बिहान १०.३० बजे मतदाता नामावली प्रकाशन, बिहान ११ बजेदेखि दिनको १.३० बजेसम्म मतदाता नामावलीउपर दावी विरोध, दिनको १ बजेदेखि ४ बजेसम्म दावी विरोधउपर छानबिन र दिनको ४.३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

यस्तै असार ६ गते बिहान ८बजेदेखि ९ बजेसम्म मनोनयन पत्र दर्ता, बिहान ९ बजेदेखि ९.३० बजेसम्म मनोनयनपत्रउपर छानबिन र उम्मेदवारको नामावली प्रकाशन, बिहान ९.३० बजेदेखि १०.०० बजेसम्म मनोनयन पत्रउपर दावी विरोध, बिहान १०.३० बजेसम्म मनोनयनपत्रउपर दावी विरोधमा छानबिन र नामावली प्रकाशन, बिहान १०.३० बजेदेखि १२.४५ बजेसम्म मनोनयनपत्र फिर्ता लिने र दिनको १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।

निर्वाचन, संसदीय दलको नेतासहित प्रत्येक विकासक्षेत्रबाट एक-एक जना सदस्य गरी पाँच र अन्य १२ जना सदस्यका लागि हुनेछ।

Popularity: 16%

Add comment June 16th, 2009

प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेस गर्नुभएको छ।

सोअनुसार उहाँसँग कोटेश्वर, काठमाडौँमा श्रीमतीका नाममा रहेको एक रोपनी दुइ आना एक पैसा तीन दाम जग्गामा बनेको साढे दुइतलाको घर, गौर रौतहटमा १७ धुर जग्गामा आफ्नो नाममा रहेको दुइवटा घर र चन्द्रनिगाहपुर रौतहटमा श्रीमतीका नाममा रहेको करिब ११ धुर जग्गा छ।

त्यस्तै, श्रीमतीको आयका रूपमा सात तोला सुनको गरगहना र ५०० ग्राम चाँदी रहेको छ। यसैगरी नवयुग सहकारीमा आफ्नो आयको रू. १० हजारको सेयर तथा श्रीमतीको आयको सेयर मनमोहन मेमोरियल अस्पतालमा रू. एक लाख, प्रस्तावित पिपुल्स बैङ्क नेपालमा रू. दुइ लाख ७० हजार, रावा बैङ्क सहकारी कोषमा रू. नौ लाख ८० हजार र कृषि विकास बैङ्क कोटेश्वरमा रू. ६२ हजार ५७८, घरको आयबाट राष्ट्रिय वाणिज्य बैङ्क गौरमा रु १५हजार ८५२।४० र नेपाल बैङ्क लिमिटेड कुपन्डोलमा रु सात हजार २००।५२, स्टयार्न्र्डड चार्टर बैङ्क नयाँ बानेश्वरमा रू. दुइ लाख ३३ हजार २२६।०२ र एभरेस्ट बैङ्क लिमिटेड सिंहदरबारमा रू. तीन लाख ३३ हजार ३९६।६६ बैङ्क ब्यालेन्सका रूपमा रहेको छ।

बैङ्क ऋणका रूपमा श्रीमती गायत्रीले कर्मचारीको हैसियतले पाउने ऋण सुविधा र सापटी रू. नौ लाख १४ हजार ८७६ छ।

Popularity: 16%

1 comment June 16th, 2009

सेनाले बिछ्याएको माइनमा परी मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
दाङको लमहीस्थित अर्जुनखोलामा रहेको नेपाली सेनाको बेसक्याम्पले बिछयाएको माइनमा परी गम्भीर घाइते भएका गोपाल विकको मृत्यु भएको छ।

माइन बम विष्फोटमा परी गम्भीर घाइते भएका बर्दिया सैरहवाका करिब १५ वषीय विकको प्राथमिक स्वास्थ्य केन्द्र, लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाहिर रेफर गरिएकामा उपचारका लागि लग्दै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।

काठमाडौँबाट महेन्द्रनगरतर्फजाँदै गरेको ना३ख ८९९५ नम्बर बसका यात्रु विक राजमार्ग बन्दका कारण त्यहाँ गाडी रोकिएको बेलामा पिसाब फेन सेनाले निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा जाँदा त्यहाँ बिछयाइएको माइन बम विष्फोटमा परेको त्यहाँस्थित सेनाको बेसक्याम्पसले जनाएको छ।

Popularity: 16%

Add comment June 16th, 2009

संविधान बन्ने अवस्थै छैनः यादव

एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकको वर्तमान सङ्क्रमणकालीन अवस्थामा संविधान निर्माण हुने अवस्था नरहेको बताएका छन्।

अध्यक्ष यादवले पत्रकारसँग कुराकानी गर्दै बदलिँदो परिस्थितिमा संविधान निर्माण गर्न राष्ट्रिय सहमति हुनुपर्ने र सबैलाई समेट्ने गरी राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए।

मधेसी जनतालाई आफ्नो माग पूरा गराउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकताबद्ध भएर लाग्न उनले आह्वानसमेत गरे।

Popularity: 16%

Add comment June 16th, 2009

कतार एनआरएनए-एनसीसीको प्रेस विज्ञप्ति

पत्र सं. २/६/०९ मितिः १५/०६/२००९
आदरणीय पत्रकार मित्रहरु,
तथा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
प्रेष विज्ञप्ति
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको गत २४ अप्रील २००९ शुक्रवारका दिन सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनले आगामी २ वर्षो लागि र्सवमान्य लोकतान्त्रीक तवरले नया“ कार्यसमितिको चयन गरेको व्यहोरा जानकारीको लागि अनुरोध छ।

विश्वभर छरिएर रहेका नेपालीहरुको सँझा संस्थाको रुपमा स्थापित गैर आवासीय नपाली संघको हाल ४८ मुलुकमा राष्ट्रिय समन्वय परिषद्हरु गठन भै सकेका छन्। विगत सन् २००३ देखि कतारमा विभिन्न पेशा र व्यवसायमा आवद्ध नेपालीहरुको सँझा सवाललाई मुखरीत गर्दै नेपाल र नेपालीको हितमा आफुलाई समर्पित गरिरहेको यस संघले कतारवासी नेपालीहरुको समस्या समाधानमा खेलेको भूमीकाको स्मरण गर्न चाहन्छौं । यस संघ र कतारवासी नेपाली समुदायको सम्बन्धलाई अझ मजबुत बनाउ“दै लाने र कतारमा कार्यरत श्रमजीवी नेपालीहरुको हक, हितको संरक्षण र सर्म्बर्धन गर्ने कार्यमा यहा“ स्थापित सामाजिक तथा वैचारीक संघसंस्थाहरुसंग सहकार्यको लागि हर हमेशा तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको तेश्रो राष्ट्रिय महाधिवेशनबाट नया“ नेतृत्वको चयन भएको कुरा र्सवविदितै छ । प्रजातान्त्रिक प्रक्रियामा गएर नेतृत्व चयन गर्दा पक्ष / विपक्ष र एक उम्मेदवारको विरुद्धमा अर्को उम्मेदवार बन्नु सामान्य कुरा भित्र पर्छ र यसलाई सबैले त्यसै रुपमा बुझ्नु पर्छ । सबैले यो संस्थामा रहेर नेपालीहरु कै भलाईको लागि काम गर्ने प्रणका साथ उमेदवारी दिनु भएको थियो । मत परिणाम अनुसार हालको नेतृत्वले मौका पायो र पदिय हैसियतले अलि फरक देखिएको मात्र हो । यस परिणामलाई एउटा पद्दतीको जितको रुपमा लिनु पर्ने हुन्छ । यसैलाई आधार मानेर हामी विचमा विभाजन ल्याउन खोज्नेहरुसंग र्सतर्क रहन पनि सबैमा हार्दिक अनुरोध गर्दछौं । हाम्रो एकता मजबुत भएमा मात्रै हामी हाम्रो गन्तव्यमा पुग्न सक्दछौं।

तर कतारबाट प्रकाशित हुदै आएको राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकमा छापिएका सामग्रीहरुमा संघको गम्भिर ध्यानाकर्षण भएको छ। गत १४ मे, २००९ विहिवारका दिन प्रकाशित समाचार “…………. एनआरएनएको चुनावले दोहास्थित शोषित मजदुरहरु र सामान्ती तथा पुंजिपतिविच कित्ता विभाजन भएको पर्रि्रेक्षमा ………..” भन्ने व्याक्यांश र २१ मे, २००९ विहिवारका दिन प्रकाशित सूचनामा “…………. प्रवासको कतारमा पनि एनआरएनएको चुनावदेखि सोशित मजदुर र सामान्ती मानवतस्करहरुको विचारमा धु्रविकरण भईरहेको छ।” भन्ने वाक्यांश प्रति संघ घोर आपत्ती व्यक्त गर्दछ । समाचारपत्रहरुमा प्रकाशित यस्ता सामग्रीहरुले नेपाली समुदायमा नकारात्मक र भ्रामक सूचना प्रवाह भईरहेको संघको ठहर छ । प्रवासमा नेपाली समाजलाई दिगभ्रमित र विभाजित गराउने यस्ता खालका कुप्रचार गर्ने कार्य बन्द गर्न गराउन सम्बन्धित संस्था र व्यक्तिहरुलाई अनुरोध गर्दछौं । कतारमा कार्यरत आम नेपाली समुदायलाई यस्ता खालका भ्रामक कुराहरुको वेवास्ता गर्न अनुरोध गर्दछौं । कतारको कानूनको पालना र सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ने हेक्का सबैले राख्नु जरुरी छ । त्यसैले आफ्नो व्यक्तिगत तथा संस्थागत कृयाकलापले ३ लाख नेपालीको रोजिरोटिमा असर पुर्‍याउने कार्य नगरिदिन पनि यसै विज्ञप्ती मार्फ हार्दिक अनुरोध गर्दछौं ।
अन्तमा संघको तेश्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न राष्ट्रिय परिषद सदस्यहरु, यहा“का नेपाली संघ संस्थाहरु, पत्रकार मित्रहरु र आम कतारवासी नेपालीहरुको सहयोग प्रति आभार सहित कृतज्ञता व्यक्त गर्दछौं । संघ र नेपाली समुदाय विचको सम्बन्धलाई उच्चतम महत्व दिने वचनबद्धतालाई पुनः दोहोर्‍याउंदै हाम्रो आपसी सम्बन्ध र सहयोगलाई संस्थागत गराउन संघ कटिबद्ध रहेको जानकारी गराउदछौं । धन्यवाद।

नरेन्द्रबहादुर भाट अध्यक्ष
बिलबहादुर गुरुङ महासचिव
एनआरएनए-एनसीसी, कतार एनआरएनए-एनसीसी, कतार

Popularity: 16%

Add comment June 16th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2009
M T W T F S S
« May   Jul »
1234567
891011121314
15161718192021
22232425262728
2930  

Posts by Month

Posts by Category

More news....