कमान्डरसहित आधादर्जन माओवादी कार्यकर्ता काङ्ग्रेसमा प्रवेश
एचकेनेपाल डट कम संवाददाता-
माओवादीमा प्रवेश गर्नेहरुको एकोहोरो समाचार आइरहेको बेला दार्चुलाबाट माओवादी कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको समाचार आएको छ।
जनमुक्ति सेनामा पूर्व कम्पनी कमान्डर रहेका उमेश खत्री र प्लाटुन कमान्डर कृष्णसिंह धामीसहित आधा दर्जन माओवादी कार्यकर्ताहरुले बिहीबार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।
वि.सं. २०६३ मा माओवादी परित्याग गरेका तपोवन गाविस वडा नं १ बस्ने खत्री जनमुक्ति सेनाबाट विद्रोह गरी जनसंरक्षण पार्टीको नाममा सक्रिय रहेका थिए भने जनमुक्ति सेनाबाट जनआन्दोलन-२ पछि विद्रोह गरेका धामी भारत प्रवास बस्दै आएका थिए।
उनीहरुलले मुलुकमा कम्युनिस्ट पार्टीको भविष्य नरहेको भन्दै काङ्ग्रेसमा प्रवेश गरेको बताएका छन्।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले खत्री, धामी र अन्य पार्टी् प्रवेश गर्ने माओवादी कार्यकर्तालाई टीका लगाएर पत्रकार सम्मेलनमार्फत् पार्टीमा स्वागत गरेका थिए।
Recent Videos:
Popularity: 15%
4 comments August 14th, 2009
