Archive for September, 2009

दुवईमा दशैको रमझम

खेमनाथ पौडेल, यूएइ /एचकेनेपाल डट कम -
दशैका दिन दुवई नजिकै जुमेर ग्रुप कम्पनीमा कार्यरत नेपालीहरुले ओसेस भिलेजमा भब्यरुपमा साँस्कृतिक मनोरञ्जनका साथमा निधारमा रातो टिका र कानमा पहेलो जमारा सिउंरिदै एक आपसमा दशैको शुभकामना आदान प्रदान गर्दै दशैं मनाए।

स्वागत छ सबै जना आउनेहरुलाई, मनाऔ हामी सबै मिली यो दशैलाई भन्ने बोलको गीतबाट कार्यक्रम शुभारम्भ भएको थियो भने शुभ कामना बडा दशैको उपस्थित सबैलाई शुभकामना कलाकारहरु भिम, वंम, मनोज, ववीताले गीतको माध्यमबाट शुभकामना आदान प्रदान गरेका थिए।

डम्फुको तालैमा गीतको नृत्यमा वविता थापा मगरले दर्शकहरुलाई पनि एक पटक डम्फुकै तालमा नचाउन सफल भएकी थिईन् भने अर्का कलाकार फुगेन्द्र थापा मगरले राजु लामाको गीत तिमीलाई देखेर हिमाल हाँसेको भन्ने गीत गाउँदा दर्शकहरु मनमग्न भएका थिए। हाँसी देउ, बोली देउ यसै गरी दशैमा रमाईलो गरेर भन्ने भाकाको गीत लिएर टंक थापा जब स्टेजमा देखा परे। दर्शकहरु सिट्टी र तालीले उनलाई स्वागत गरे। उनले दर्शकहरुलाई उक्त गीतमा नचाउन बाध्य बनाएका थिए।

कार्यक्रमको सबैभन्दा आकर्षक कलाकार आयोजक मित्रहरुले भित्र लुकाई रहेका थिए। दर्शकहरुले कतिवेला ति लुकेर बसेकी कलाकारको प्रस्तुती देख्न पाईएला भनेर पर्खि रहेका थिए। सञ्चालक प्रकाश भट्टराईले त्यतिनै बेला भावनाको एउटा गजल पनि सुनाई दिए तव सबै जनाको मुखबाट एउटै नाम निस्कियो भावना ढकाल। नृत्यमा अति पोख्त भावना ढकाल विगत केही बर्ष महेन्द्र पुलिस क्लवमा नृत्य प्रस्तुत गर्ने गर्दथिन् तिनै भावना दुवईमा विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेकी छिन्। उक्त साँस्कृतिक कार्यक्रममा पनि उनले अति आकर्षक नृत्य गरी सबै दर्शकहरुलाई कुर्सी छोड्न बाध्य बनाईन् उनी कार्यक्रमको आयोजक पनि थिईन् र साँस्कृतिक कार्यक्रमलाई सफलता बनाउन उनले महत्वपूर्ण भूमिका पनि निभाएकी थिईन्। उनीमात्र नभएर लोक भाकामा पोख्त अर्का यूएइका ख्यातिप्राप्त गायक जो कुनै नेपाली कार्यक्रममा उपस्थित भएनन् भने उक्त कार्यक्रमै खल्लो महसुस हुने गर्दछ। विदेशमा बसेर पनि करिव ३ वटा लोक दोहोरी क्यासेट बजारमा ल्याउन सफल, भर्खरै मात्र रेकर्डिङ सकि मार्केटमा आउन थालेको र दुवईको वातावरणसँग मेल खाने ‘तातो हावा चल्छ सरर हावा सरर गाऊ घरलाई सम्झेर पोल्छ छाति रुन्छु धरर…’ भन्ने गीत ल्याउन तमतयार भएका गायक असिम महतले उही चाँडैनै बजारमा आउन लागेको गीत गाउँदा दर्शकहरुका ताली र सिट्टीले हल गुञ्जयामान भएको थियो भने नाच्नेको भिड लागेको थियो। उनको गीत अन्त्य हुन नपाउदै दर्शकहरु उफ्री उफ्री वान्स मोरका नाराहरु घन्काई रहेका थिए। उनको उक्त प्रस्तुतिले दर्शकहरुलाई तताएको थियो।

कार्यक्रमको बिच बिचमा मुरली, मादल, सारगींका स्वरहरुले हलको रौनकै अर्कै बनाएको थियो भने कार्यक्रमको बिच बिचमा सञ्चालक प्रकाश भट्रटराईले मायाँ प्रिती, दशै, देशको परिस्थिति, परिवार आदिको बारेमा अति गहकिला शब्दले भरिपूर्ण गजल पस्किदा दर्शकहरुले वाह वाह गर्दै मनोरञ्जन लिएका थिए।

टंक थापा मगरको प्रस्तुती सारर्गींको धुनसँगैको गाईने गीतले दुवईको वास्तविकतालाई झल्काएको थियो भने नेपालको यात्रुवसको अतितलाई सम्झाएको थियो।

याद आउछ सधैभरी आफ्नै जन्मभूमि,
वचत गर्न सकिएन अरिवयन मनि,
घरदेखि फोन आउछ पैसा चाहियो भनि,
विदेशमा दुख पाईयो एक्लो जिन्दगानी,
सुहाउँदैन नेपालीलाई विदेशी पारा,
यि उनका शब्द तथा लयले दर्शकहरुलाई रमाईलो त दिएको थियो भने परिवार छोडेर आएको पीडा अनि दुवईको वास्तविकता पनि झल्काएको थियो।

कार्यक्रमको अन्त्यमा नेपालबाट दुवईमा आएपछि र यहाँ आई सकेपछि नेपालीहरुको संगत र लतबाट कसरी विग्रन्छन् भन्ने सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो। उक्त ओसेस भिलेजभित्र पूर्व पश्चिमदेखि पश्चिम महाकाली सम्मका नेपालीहरु झुमेर ग्रुप कम्पनमा कार्यरत रहेका छन्। उक्त दशै कार्यक्रममा नृत्य, गायन, वाध्यवादक, कार्यक्रम सञ्चालक, ब्यवस्थापनदेखि लिएर सबै कार्य ति उक्त कम्पनीमानै कार्यरत नेपालीहरुले गरेका थिए। उनिहरुको खुवी, मिहेनत, लगनशिलता आदि देख्दा उनीहरुमा पनि नेपालका ख्यातिप्राप्त कलाकारहरु भन्दा कम लाग्दैनथे। उक्त कम्पनीमा कार्यरत पुराना बुद्धिजीवी पासाङ लामाको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो भने गोपाल विष्टद्वारा उपस्थित सबैलाई टिका र जमरा लगाईएको थियो।

जम्मु श्रेष्ठ, तारा सुब्बा, महेशवर गुरुङ, गंगा शाही, वंम राना मगर, कमल, जमुना, दुर्गा, भिम, मनोज, वविता, टंक थापा, गणेश, नन्द, आदि कलाकारहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 9%

Add comment September 30th, 2009

संखुवासभा समाजले बाढी पहिरो पीडितलाई सहयोग गर्ने

चन्द्र सुरिया, हङकङ /एचकेनेपाल डट कम-
संखुवासभा समाज हङकङले जिल्लाका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। (more…)

Popularity: 9%

Add comment September 30th, 2009

प्रचण्ड राष्ट्रपति निवासमा

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बुधवार राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न राष्ट्रपति निवास पुगेका छन्।

देशमा जारी राजनीति गतिरोध अन्त्यका लागि प्रचण्ड राष्ट्रपति यादवलाई भेट्न उनको निवास पुगेको स्रोतले जनाएको छ।

प्रधानसेनापति प्रकरणले त्यसबेला पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड र राष्ट्रपति यादवबीचको सम्बन्ध चिसिएको मात्र नभै प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामासमेत दिएका थिए।

त्यसै बेलादेखि माओवादीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गर्दै आइरहेको छ। माओवादीले राष्ट्रपतिको कदमलाई असंवैधानिक र नागरिक सर्वोच्चताका लागि भन्दै आन्दोलन गर्दै आएको छ। माओवादीको आन्दोलनका कारण लामो समयदेखि व्यवस्थापिका संसदसमेत अवरुद्ध हुँदै आएको छ।

माओवादीले आजै वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी एमाले र काँग्रेसलगायत अन्य दलसंग वार्ता गर्ने जनाएको थियो। माओवादीले राजनीतिक गतिरोध अन्त्यका लागि हदैसम्मको लागि लचिलो हुने निर्णय गरेको समाचार सार्वजनिक भएकै दिन प्रचण्डले राष्ट्रपति यादवलाई भेटेका हुन्। यसले राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ सम्भावनाको ढोका खुल्ने संकेत दिएको छ।

Recent Videos:

Popularity: 9%

2 comments September 30th, 2009

प्रहरीलाई नै कुटपिट गरी फरार

एचकेनेपाल डट कम संवाददाता-
ज्यान मार्ने आरोपमा पक्राउ परेका उमेश यादव प्रहरीलाई कुटपिट गरी फरार भएका छन्।

धनुषाको रमदैया–३ निवासी यादवलाई प्रहरीले मंगलवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याउदै गर्दा उनका सहयोगीहरूले प्रहरीमाथि आक्रमण गरी फरार बनाएका हुन्।

करीव १०/ १२ जनाको संख्यामा आएका यादवका सहयोगीहरूले एक्कासी प्रहरीलाई हातपात गरी उनलाई भगाएको प्रहरीले जनाएको छ। उनका सहयोगीहरूले नाटकीय ढंगले हतकडीसहित रहेका यादवलाई प्रहरीबाट छुटाएर लगेको जनाएको छ।

यादवमाथि ज्यान मार्ने उद्योगसहित अन्य मुद्धाहरु रहेको प्रहरी निरिक्षक भुवनेश्वर तिवारीले जनाएका छन्। उनको खोजीको लागि जनपथ र सशस्त्र प्रहरी सम्मिलित टोली परिचालन गरिएको जनाएको छ।

Popularity: 9%

1 comment September 30th, 2009

युवक तामाकोशीमा वेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
नवदुर्गा भगवतीको मूर्ति सेलाउन गएका युवक श्यामलाल तामाङलाई तामाकोशीले बगाएपछि बेपत्ता भएका छन्।

चरिकोटमा बस्दै आएका गहिरीमुदी गाविस-३ का तामाङसहित स्थानीयबासी नवदुर्गा भगवतीको मूर्ति सेलाउन तामाकोशीमा गएका थिए।

मूर्ति सेलाइसकेपछि युवकहरुको एक हुल पौडी खेल्न तामाकोशीमा पसेकामध्ये तामाङ नदीले बगाएर बेपत्ता भएको जनाइएको छ।

Popularity: 9%

Add comment September 30th, 2009

ब्लफ कलका कारण एनटिभिमा भागाभाग

एचकेनेपाल डट कम संवाददाता-
एक व्यक्तिले नेपाल टेलिभिजनको समाचार कक्षमा बम राखिएको टेलिफोनबाट खबर दिएपछि नेपाल टेलिभिजनका कर्मचारीहरू भागभाग भएका छन्।

बमको आतंकले ज्यान जोगाउन कर्मचारीहरू भागाभाग भएका थिए। समाचार कक्षको टेबुलमुनि बम राखिएको खबर प्राप्त भएपछि तत्कालै नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बमको खोजी गरेको थियो। तर, टेलिफोनमा जानकारी दिएअनुसार बम फेला नपरेको जनाइएको छ।

नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक मनोहरि थापाले ०२५५६०४३१ नं.को फोनबाट सो खबर आएको बताए। सुनसरीबाट गोपीकृष्ण ढकाल नाम गरेको व्यक्तिले फोन गरेको थापाले बताए।

घटनापछि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। समाचार माध्यम जस्तो संवेदनाशील स्थानमा ब्लफ कल गरी त्रास फैलाउने व्यक्तिमाथि कडा कारवाही गरिने काठमाडौं प्रहरीका प्रमुख नवराज सिलवालले बताएका छन्।

Popularity: 9%

3 comments September 30th, 2009

एनआरएन पोल्याण्डका अध्यक्षबाट संस्थाको दुरुपयोग

कमल पी. खरेल, पोल्यान्ड -
गैरआवासीय नेपाली पोल्यान्ड एनआरएनका अध्यक्ष डा. बोधराज सुबेदीले संस्थाको नामबाट नेपालीलाई पोल्याण्डमा भित्राउने रहस्य खुलेको छ।

सुबेदीले गत दिसेम्बरमा नेपालीहरुले नयाँ बर्ष मनाउने भनी संस्थाको नामबाट दुई जनालाई पोल्यान्डमा बोलाएका थिए। यसरी आउनेमा रमेशकुमार मल्ल काठमाडौंका छन भने अर्कि म्याग्दीकी गीता पुन हुन्। तर नेपालीहरुले नयाँ बर्ष मनाउने कार्यक्रम र त्यसरी संस्थाको नामबाट अन्य ब्यक्ति नेपालबाट बोलाईएको जानकारी अन्य सदस्यहरुलाई नभएको खुलेको छ। उता गत दिसेम्बरसम्म संस्थाले पोल्यान्ड सरकारबाट कानुनी रुपमा समेत मान्यता पाएको थिएन।

यसरी उनले गरेको क्रियाकलाप एक ब्यक्तिको मात्र नभएर एनआरएनलाई नै एउटा चुनौती भएको छ। कतै अन्य देशमा स्थापना भएका एनआरएनबाट पनि यस्ता कृयाकलाप हुने गरेका छन् कि यसप्रति सजग हुनु पर्ने अवस्था आएको छ।

Popularity: 9%

1 comment September 30th, 2009

माओवादीद्वारा वार्ता टोली गठन

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीले बुधवार वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निवासमा बुधवार विहान बसेको बैठकले डा. बाबुराम भट्टराईको संयोजकत्वमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित पोष्टबहादुर बोगटी, देवप्रसाद गुरुङ र नेत्रविक्रम चन्द रहेको वार्ता टोली गठन गरेको हो।

एमाले र कांग्रेससँग संसदको गतिरोध अन्त्यका लागि निकास दिन सो वार्ता टोली गठन भएको माओवादीले जनाएको छ। त्यसैगरी, बैठकले राष्ट्रपतिको कदम र नागरिक सर्वोच्चताबाहेक अन्य मुद्दामा हदैसम्मको लचकता अपनाउने निर्णयसमेत गरेको जनाइएको छ।

Popularity: 9%

Add comment September 30th, 2009

मातृकाले सशस्त्र समूहसंग कार्यगत एकता गर्ने

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत माओवादीसंग विद्रोह गरेर अलग्गिएका मातृका यादवले तराईका सशस्त्र समूहसँग कार्यगत एकता गर्ने खुलासा गरेका छन्।

राजविराजमा बुधवार सञ्चारकर्मीहरूसंग बोल्दै मधेशका सशस्त्र समूहहरुसंग कार्यगत एकता गर्न जयकृष्ण गोइत, पृथ्वी समूह, पवन गिरी समूह र रामविलास यादव समूहसंग पटक पटक फोनवार्ता र भेटघाट भएको बताएका छन्।

एकीकृत नेकपा माओवादीबाट अलग्गिएर नेकपा माओवादी खोलेका मातृका यादव नेकपा माओवादी सप्तरीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न बुधवार विहान राजविराज पुगेका थिए।

यादवले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंहको समूहसंग कार्यगत एकता भने नगर्ने जनाएका छन्। ज्वाला सिंहको समूह मधेश मुक्तिका लागि नभै मधेश लुट्ने योजनामा रहेकोले सो समूहसंग कार्यगत एकता नगर्ने यादवले खुलासा गरेका छन्।

Popularity: 9%

1 comment September 30th, 2009

बम विस्फोटमा दाजुभाइको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
बारा जिल्ला फेटा गाविस वडा नं. ९ विनवलिया गाउँमा दाजुभाइबीच भएको झगडामा भाइले बोकेको बम विस्फोट हुँदा दाजुभाइ दुवैको घटनास्थलमा मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार मंगलबार राति साढे ७ बजे शिवनाथ मुखियाका छोराहरु २२ वर्षीय कैलाश मुखिया र १६ वर्षीय अरुण मुखियाबीच वादविवाद भई झगडा हुँदा भाइ अरुण मुखियाले बोकेको बम विस्फोट भई उनहरुको घटनास्थलमा नै मृत्यु भएको हो।

यस्तै, घाइते हुनेहरुमा मृतकका आमा ५० वर्षीया रमादेवी मुखिया, सोही ठाउँ बस्ने १३ वर्षीय लालबाबु मुखिया, फेटा-५ बस्ने शिवपुजन मुखिया र पर्सा जिल्ला किसनपुर बस्ने १३ वर्षीय छोटेलाल मुखिया रहेका छन्।

घाइतेमध्ये छोटेलाल मुखियाको अवस्था गम्भीर रहेकाले वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ। रासस

Popularity: 9%

Add comment September 30th, 2009

कैदी फरार प्रकरणमा सात निलम्बित

एचकेनेपाल डट कम संवाददाता-
कञ्चनपुर जिल्ला कारागारबाट कैदी फरार भएको घटनामा ७ जनालाई निलम्बन गरिएको छ।

निलम्बत हुनेहरूमा कारागारमा तैनाथ प्रहरी नायव निरीक्षक भीमबहादुर बमसँगै ५ जना सुरक्षाकर्मी तथा जेलर धनबहादुर चन्द र कार्यालय सहायक छन्।

प्रहरी नायव निरिक्षक बम र जेलर चन्दबाहेक निलम्बनमा परेका अन्य चारजना सुरक्षाकर्मी र कार्यालय सहायकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

दशैँको टीकाका दिन कारागारबाट प्रहरीको हतियार खोसेर १३ जना कैदी फरार भएका थिए। प्रहरीले घटना भएकै दिन फरार १३ जना कैदी मध्येका तीनजनालाई पक्राउ गरेको थियो भने गएराति एक जनालाई पक्राउ गरिएको थियो।

Popularity: 9%

Add comment September 30th, 2009

फेवातालमा दुई जना बेपत्ता

सुदर्शन रंजित, पोखरा/ एचकेनेपाल डट कम-
फेवातालमा ढुङ्गा सयर गर्न गएका पोखरा उपमहानगरपालिका वडा नं. ६ का विजय भट्टराई र वडा नं. ८ का आशिष घिमेरे बेपत्ता भएका छन्।

आइतबार सयर गर्दै गर्दा एक्कासी ढुङ्गामा पानी भरिएर पल्टिएपछि दुवैजना तालमा डुबेर बेपत्ता भएका हुन्। उनीहरुसँगै गएका सागर ढकाल र सुन्दर पहारी भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

तालबाराही मन्दिरको पारिपट्टी गुरुङ कजेट नजिकै ढुङ्गा पल्टिएको थियो। अन्दाजी २१/२२ वर्षीय ती युवाहरुको स्थानीयवासिन्दा र प्रहरीको सक्रियतामा खोजी भईरहेको छ।

Popularity: 9%

Add comment September 30th, 2009

चर्चको टेन्ट भत्कँदा २३ को मृत्यु, ६५ घाइते

एचकेनेपाल डट कम संवाददाता-
धरानको एउटा चर्च परिसरमा लगाइएको बाँसको टेन्ट मंगलबार राति भत्कँदा २३ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्।

मृतकको सनाखत भएको छ। मर्नेमा झापाकी ८२ वर्षीया दिलमाया लुगुन, उदयपुरका २३ वर्षीय राजेश राई, झापाका १६ वर्षीय साल्मी तामाङ, मोरङका २५ वर्षीय राजेन राई, ४० वर्षीया कलावती खौसियार, मोरङका ६० वर्षीय किसन चौधरी, ५० वर्षीया पुनम मगर, कास्कीकी कुमारी तामाङ, ४८ वर्षीय पिटर लावती, २५ वर्षकी कल्पना थगाम, इटहरीका ६५ वर्षीय नन्दकिशोर लिम्बु, झापाका ४० वर्षीय सरोजा लिम्बु, झापा कै १२ वर्षका आशाराम राई, ललितपुरकी ४८ वर्षीया सरिता दिपाली, झापाका नौ वर्षीय सिपोला सुब्बा, नौ वर्षीया नन्दीमाया विक, १० वर्षका अभिशेक राई, ३५ वर्षकी पबित्रा लिम्बु, ६० वर्षकी सुनसरी निवासी गोमा भुजेल, धरानकी ५५ वर्षीया आरती माया राई, झापाकी २८ वर्षीया मर्सी मेस, काठमाडौँका ७ वर्षीय सुलेमान तामाङ र भारतीय नागरिक ३५ वर्षकी नेरु राई रहेकी छिन्।

घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते मध्ये एक जना गम्भीर छन्।

सोमबारदेखि सुरु भएको एउटा अन्तर्राष्ट्रिष गोष्ठीमा भाग लिन यो चर्चमा १ हजार ८ सय भन्दा बढी भेला भएका थिए।

Popularity: 8%

10 comments September 30th, 2009

अफ्गानिस्तानको युद्ध क्षेत्रमा नेपाली दशैं

केबि चाम्लिङ राई, काबुल/ एचकेनेपाल डट कम-
यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, संसारको जुनसुकै ठाउँमा पुगे पनि आफ्नो पहिचान र सँस्कृतिलाई नेपालीहरुले कहिले बिर्सेंका हुँदैनन्। यसपालिको दशैमा आफन्तसँग छुट्टिनुको पीडा अफ्गानबासी नेपालीहरुले धेरै हदसम्म भुले। युद्ध क्षेत्र अफ्गानिस्तानमा नेपालीहरुले बडो धुमधामका साथ बडा दशैं मनाएका छन्।

सुप्रिम ग्लोबल सर्भिस र कम्पास सिक्युरिटी कम्पनीको संयुक्त कम्पाउन्ड मैदान बिहानैदेखि देभक्ति राष्ट्रिय गीतहरुले गुन्जयमान थियो भने मान्छेहरुको चहलपहल बढेको देखिन्थ्यो। कोही खसी बनाउनमा ब्यस्त देखिन्थे भने पश्चिमेली देशका कामदारहरु भने खसी मार हानेको मज्जा मानिमानि फोटो खिचिरहेका थिए। दिनैभरी बिभिन्न रोचक कार्यक्रमहरु भईरहेका थिए। नेपाली सेनाले हरेक बडा दशैमा गर्ने रोमाञ्चक खुकुरी नाच सिक्युरिटीमा कार्यरत भूपू सैनिकहरुले प्रदर्शन गरेका थिए। सिनियर सिक्युरिटी सुपरभाइजर हुम थापा मगरको कमान्डिङमा भएको सो खेलले बहादुर गोर्खालीहरुले अँग्रेज सेनाबिरुद्घ देखाएको बहादुरीको झल्को देखाइरहेको थियो भने बिभिन्न देशका बिदेशीहर ले खुब चासो मानेर हेरिरहेका थिए। दुई बजेतिर भलिबल प्रतियोगिताको फाईनल खेलमा माछापुच्छ्रे टिमले २ वटा खसी हात पारेको थियो। बिलियार्ड, डोरी तान्ने जस्ता अरु बिभिन्न खेलहरुको पनि आयोजना गरिएको थियो।

साँझमा कोमल ढकालको स्वागत तथा दशैंको परिचय मन्तब्यबाट सुरु भएको थियो। असत्यमाथि सत्यको बिजयको प्रशादको रुपमा लिईने टिका कार्यक्रममा कम्पनीमा नेपालीहरु मध्य जेष्ठ डम्बर कटुवालबाट क्रमैसँग जेष्ठताको आधारमा लक्षमन न्यौपाने, राजेन्द्र ढकाललाई टिका जमारा लगाइदिए पछि सम्पूर्ण नेपालीहरु टिका थाप्न लाइन बसेका थिए भने न्युजिल्यान्ड, फिलिपिन्स र भारतकाका बिदेशीहरु पनि टिका र आशिर्बाद थाप्न तँछाडमछाड भएका थिए।

त्यसपछि जीवन र बिनोदको सकृयतामा भएको बिङ्गो खेल र केरसिङ लामा र गोमा दाहालको दोहोरीले दशैको अझ धेरै रौनक थपेको थियो। बिदेशीहरु पनि कम्मर भाँची भाँची दोहोरीमा नाचेका थिए, “माया पाउन अरुलाई पनि माया गरौ” भन्ने नाराका मनाईएको दशैले नेपाली मन र मुटुको एकतालाई साँच्चै झल्काएको थियो भने आफ्नो पहिचान र सँस्कृतिलाई जहाँ गए पनि नेपालीहरु आफ्नो मुटु भन्दा प्यारो मानेर बचाइर हन्छन भन्ने सन्देश दिईरहेका थिए।

तस्वीरः केबि चाम्लिङ राई, काबुल/ एचकेनेपाल डट कम, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

9 comments September 29th, 2009

कैदी भागेको छानबिन गर्न टोली गठन

एचकेनेपाल डट कम संवाददाता-
कन्चनपुर जिल्ला कारागारबाट हिजो साँझ कैदीहरु भागेको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन टोली गठन गरेको छ। हिजो साँझ १३ जना कैदी प्रहरीको हतियारसमेत लुटी फरार भएका थिए।
उनीहरुमध्ये ३ जनालाई प्रहरीले हिजै राति पक्राउ गर्न सफल भइसकेको छ। बाँकी भने अझै बेपत्ता छन्।

महेन्द्रनगर बजार छेउमा रहेको कारागारबाट कैदीहरु नाटकीय ढंगले फरार भएका हुन्।

गृहमन्त्रालयका सहसचिव शं‌कर कोइरालाको संयोजकत्वमा गठित समितिमा प्रहरी वरिष्ठ उपरिक्षक पूर्णसिंह खड्का र राष्ट्रिय अनुसन्धान विभागका केशवबहादुर सिंह सदस्य रहेका छन्।

Popularity: 9%

1 comment September 29th, 2009

हावाहुरीले पच्चीस घरको छाना उडायो

एचकेनेपाल डट कम संवाददाता-
धनकुटा जिल्लाको हात्तीखर्कमा आइतबार राति आएको हावाहुरीले २५ घरको छाना उडाउँदा दसैँको समयमा ती घरपरिवार विचल्लीमा परेका छन्।

सरसफाइ गरेर घर सजाइएको अवस्थामा एक्कासि हावाहुरीसँगै आएको पानीले हात्तीखर्क वडा नं. ४ का २५ घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालय, धनुकटाले जनाएको छ।

हावाहुरीले विद्युतको पोलसमेत लडाइदिएका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण, धनुकटा शाखाले जनाएको छ।

Popularity: 9%

1 comment September 29th, 2009

दुई पार्टी मिले पनि मन मिलेको छैन: सुजाता कोईराला

बेदप्रसाद खरेल, न्यूयोर्क/ एचकेनेपाल डट कम-
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एंव परराष्ट्र मन्त्री सुजाता कोइरालाले न्यूयोर्कमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै नेपाली काग्रेसका दुइ पार्टी मिले पनि मन मिलेको अवस्था छैन भन्दै देशमा प्रजातन्त्रलाई संस्थागत गर्न, नेपाली काँग्रेसका कार्यकर्ताहरुबीच आपसी मतभेद त्यागेर एक हुनुपर्ने जरुरी रहेको बताउनु भएको छ।

नेपालमा पार्टीमा गुटबन्दी हुनु दुःखद कुरा हो र अमेरिकामा पनि जनसर्म्पक समितिमा यस्तो गुटबन्दी हुनु दुखद कुरा हो भन्दै सबैजना मिलेर काम गर्नुस् एकता गर्नुस् भन्दै एकताको लागि आफूले आवश्यक योगदान पुर्‍याउने बताउनुभयो।

आज नेपालमा नेपाली काग्रेस कमजोर भएकोले तराई कमजोर भएको छ, कसैलाई उसको बारेमा सोध्यो भने आफूलाई नेपाली भनेर चिनाउने भन्दा फलानो जाति, फलानो जातको भनेर चिनाउने प्रवृति बढेको छ भन्दै नेपाललाई बचाउन सबैबीच आपसी एकता र सद्भाव कायम हुनु जरुरी छ भन्नु भयो। देशको शान्ति प्रकृयालाई निश्कर्षमा पुर्‍याउन माओवादीलाई सरकारमा ल्याउन पर्छ भन्दै उहाँले राजनीतिक संयन्त्रमा प्रचण्डसमेत बसेर राजनीतिक सहमति कायम गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो।

विदेशमा बस्ने नेपालीहरुलाई नेपालभित्र लगानी गर्न, बसोवास गर्न सहज बनाउनका लागि सरकारले एनआरन नियमावली बनाउदै छ भन्दै हाल घर जग्गा बेचविखन गर्न पाउने दश बर्ष बसोवास गर्ने कार्ड प्रदान गर्ने र दोयल नागरिकताको लागि सरकारले आवश्यक पहल गर्दैछ भन्नु भयो।

न्यूयोर्कमा बस्ने नेपाली काग्रेसका कार्यकर्ताहरुद्धारा आयोजित कार्यक्रमको सभापतित्व कानुनविद् खगेन्द्र जिसिले गर्नु भएको थियो। कार्यक्रममा स्वागत भाषण नेपाली काँग्रेसकी प्रतिनिधी मृदुला कोईरालाले गर्नुभएको थियो। कार्यक्रममा सभासद कविदा सरदार, सभासद महेन्द्रध्वज जिसि, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव सभासद प्रदिप गिरि, नेपाली जनसर्म्पक समिति अमेरिकाका पूर्व अध्यक्ष आनन्द विष्ट, नेपाली काग्रेसका नेता वंसलाल तामाङ, नेपाली काग्रेसका नेता विष्णु सुवेदी, नेविसंघका नेता नृप विष्ट समेतले सम्वोधन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मुन्नेद्र नेवाङ्गले गर्नुभएको थियो।

Popularity: 9%

2 comments September 29th, 2009

दक्षिण कोरियामा दशैं

मञ्जु थापा, योङ्गसान, सउल / एचकेनेपाल डट कम-
बडा दशैं २०६६ साल कोरियामा विभिन्न क्षेत्र र समुदायसंग आवद्ध नेपाली प्रवासीहरुले दुर्गा भवानीको तस्विरमा फूलमाला अर्पण गरेर दशै मनाए।

नेपाली समुदायले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली परिकारका साथै सेल रोटीको स्वादले नेपालीपनमा दशैं मनाउन पाउदा उनीहरु प्रवासमा पनि दंग परेका थिए।

कोरियामा पर्यटक व्यवसाय गरेर बस्ने के.पि. सिटौला भन्नुहुन्छ, यसरी कोरियामा दशै मनाएको पहिलो पटक हो। हामी सबै जना आयोजक अनि सबै अतिथि अनि सोचेको भन्दा बढी नेपालीहरु र कोरियनहरुको सहभागिताले गर्दा पनि दशैमा अर्को रौनक छाएको बताउनु हुन्छ।


Popularity: 9%

1 comment September 29th, 2009

बोस्टनमा दशैं पार्टी सम्पन्न

मिलन गुरुङ, बोस्टन / एचकेनेपाल डट कम-
ग्रेटर बोस्टन नेपलिज कम्युनिटीको आयोजनामा सयुक्त राज्य अमेरिकाको रमणीय सहर बोस्टनमा दशैं पार्टी धुमधामका साथ सम्पन्न भएको छ।

सोही अवसरमा उत्सब गुरुङ्को अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिती गठन भएको छ भने निबर्तमान अध्यक्ष श्री जङ्बु शेर्पाले कार्यकाल सफल गर्नु भै संस्थाबाट बाहिरिनु भएको छ।

करीब ४ सय ५० नेपालीहरुको उपस्थितिमा भएको उक्त पार्टीमा निबर्तमान अध्यक्ष श्री जङ्बु शेर्पाले स्वागत भाषाण गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि भूतपूर्ब निर्बाचन आयुक्त भोजराज पोखरेलले परदेशी नेपालीहरूले गर्ने कार्यक्रमको निकै प्रशंसा गर्नुभयो। मिठो मिठो गीत र नृत्यहरुले कार्यक्रममा निकै रौनक थपेको थियो। कार्यक्रमको अन्तमा वर्तमान अध्यक्ष उत्सब गुरुङले धन्यबाद ज्ञापन गर्नुको साथै नयाँ पदाधिकारीहरुको परिचय गराउनु भएको थियो। नयाँ कार्य समितिको उपाध्यक्षमा ध्रुब घिमिरे, सचिबमा लिला रावत, कोषाध्यक्षमा मिलन गुरुङ र सह- कोषअधक्षमा राम थापालगायत ३५ सदस्यीय समिति बनेको छ।

२०१० मा गरिने आना कन्भेन्सन सम्पन्न गर्ने प्रमुख उद्धेश्य रहेको यो कार्य समिति भने पहिलाको तुलनामा निक्कै ठूलो रहेकोछ। कार्यक्रमपछि डीजे नवांङ र ताशी शेर्पाले उपस्थित दर्शकहरुलाई छमछम नाचाउन मात्र हैन कम्मर मर्काउदै हिपहपमा नचाए भने कार्यक्रम सञ्चालन मिलन गुरुङ र तरसा उपाध्यायले गरेका थिए।

Popularity: 8%

Add comment September 29th, 2009

ऋषि धमला दोषी छैनः प्रधानमन्त्री

विजय पौडेल, न्युयोर्क / एचकेनेपाल डट कम-
प्रधानमन्त्री माधवकुमार नेपाल अहिले नेपाल पुगिसके। राष्ट्रसं‍घको ६४ औँ महासभामा भाग लिन पाँच दिनको समय खर्चिएर आएका थिए उनी। आफ्नो २४ सदस्यीय भीमकाय टोली लिएर आएका सरकारप्रमुख प्रधानमन्त्री माधवकुमार नेपालसित सेप्टेम्बर २६ मा बिहान ८ बजे पत्रकार सम्मेलनको वातावरण नेपाली स्थायी नियोगले मिलाइदिएको थियो। हयाट होटलको ३४ औँ तल्लाको २९ नम्बर कोठामा पुग्दा जम्माजम्मी चार जना पत्रकार मात्र थिए। हामी सबैले पालैपालो प्रश्न राखेका भए पनि मैले राखेका प्रश्न र प्रधानमन्त्रीको जवाफ यहाँ राखेको छु। बीचबीचमा प्रमका सल्लाहकार रघुजी पन्तले जवाफ करेक्सन पनि गर्दै थिए।

वर्तमान परराष्ट्रमन्त्रीलाई उपप्रधानमन्त्री बनाउने कोइरालाको प्रस्ताव तपाईँले नमान्नु भएको कारणले अब त चाँडै नै माओवादी पार्टीको समर्थनमा सरकार बनाएर सुजाता कोइरालालाई प्रधानमन्त्री बनाउने कुरा सुनिन्छ नि ?
मलाई जानकारी छैन र मलाई कसैले भनेको पनि छैन। थाहा छैन।

तपाईँहरु सँधै ल एन्ड अर्डरको कुरा गर्नु हुन्छ। तर यसको उल्लङ्घन गर्नेमा त दलहरु नै अगाडि छन् नि। भर्खरै तपाईँहरुले चोख्याएर अमेरिका ल्याउनुभएको ऋषि धमला नै ज्वलन्त उदाहरण हो। के यो केसमा सरकारले ल एन्ड अर्डर मानेको जस्तो लाग्छ ?
हामी कानुनी शासनको पक्षमा छौँ। कानुनले जे निर्णय गर्छ सबैले सम्मान गर्नुपर्छ। अदालतको घोषणालाई सम्मान गर्नुपर्छ। विधिगत प्रक्रियालाई पालन गर्नुपर्छ। यो केसमा विधिभन्दा भिन्नभिन्न ढंगबाट हामीले कुनै काम गरे जस्तो लाग्दैन मलाई। अब त्यसमा तपाईँहरुले कहाँ केही त्रुटी भएको छ भने हामीलाई औँल्याउनुस्। हामीले चाहिँ के पायौँ भने पत्रकारको एउटा टोलीले छानबिन गरेको थियो। धमलालगायतका पत्रकारलाई निर्दोष साबित गरेर प्रतिवेदन दिएको थियो। त्यो टोलीले नै छानबिन गर्दा दोषी नदेखेको हुँदा मुद्दा फिर्ता लिएको हो।

त्यसरी सरकारले नै दोषी वा निर्दोषी छुट्याउने भए पहिला किन मुद्दा दर्ता गराएको त ?
त्यो बेलामा दोषी देखिएको थियो।

तर मुद्दा अदालतमा दर्ता भएपछि त निर्णय त अदालत कै विषय हुनुपर्ने हैन र ? कसैलाई न्याय दिने अथवा सजाय दिने अधिकार सरकारलाई छ ? तपाईँहरु किन हरेक कानुनी कुरालाई आफू अनुकूल व्याख्या गर्नुहुन्छ ?
अब सरकारले नै पहिले दोषी देखेर अदालतमा पठाएको हो। पहिले पनि मुद्दा दर्ता गर्नु अगाडि अदालतले दोषी देखेको हैन, सरकारले दोषी देखेको हो। पछि दोस्रो तहको प्रतिवेदनमा दोषी नदेखेको हुँदा सरकारले यो कदम चालेको हो।

धमलालाई त हातहतियारसम्बन्धी मुद्दा लागिरहेको अवस्थामा अमेरिका आउन भिसा नमिलेका कारण हतारहतारमा मुद्दा फिर्ता लिएर अमेरिका आउन अनुमति मागेको भन्ने हल्ला छ नि ?
त्यो सबै मलाई केही थाहा छैन। सबै कुरा अमेरिका आएपछि मात्र सुन्दैछु।

प्रवासी नेपालीलाई दोहोरो नागरिकताका विषयमा के सोच्नुभएको छ ?
हामीले सबै सुविधा पाइने गरी एउटा कार्डको व्यवस्था गर्दैछौँ। त्यो भएपछि नेपाली सरह सुविधा पाइन्छ।

नागरिकता नै दिन चाहिँ किन कञ्जुस्याइँ गर्नुभएको ?
अरब र मलेसिया बस्ने नेपालीले त त्यहाँको नागरिकता लिएका छैनन् नि। खाली यही अमेरिका क्यानडा र अस्ट्रेलिया बस्ने अलि अलि नेपाली हैनन ? उनीहरुलाई त्यही कार्ड भए भइहाल्यो नि !

आखिर नागरिकता नै चाहिँ किन दिन नसकिने रहेछ ?
नागरिकताको सवाल हो, गम्भीर छ। त्यसैले विचार त गर्नै पर्‍यो नि। हामीले हेर्दाहेर्दै सिक्किम सकिएन ? नेपाल जस्तो देशलाई कसरी जोगाउने भनेर त सोच्नै पर्‍यो नि।

दोस्रो जनआन्दोलनपछिको सरकारले तराईमा भारतसँग जोडिएका भूभागमा दुई तीन लाख बिहारीलाई नागरिकता अवैधानिक रुपमा बाँड्दा राष्ट्रियताको कुरा नउठ्ने, तर युरोप अमेरिका र क्यानाडा गरेर झण्डै दस लाख नेपाlल हुन लागिसके। तिनीहरुलाई नागरिकता दिन चाहिँ किन राष्ट्रियताको व्याख्या गर्नुभएको ?
उहाँहरुले चिन्ता गर्नैपर्दैन। उहाँहरुको नेपालप्रतिको माया नेपालसागको सम्बन्ध जिउँदो राख्न प्रतिवद्ध छौँ। तर नागरिकता नै दिने सोच छैन र अहिलेसम्म त्यस्तो व्यवस्था भएको छैन।

तपाईँको क्याबिनेटको एउटा मन्त्रीले आफ्नो स्वकीय सचिवको नक्कली कार्ड बनाएर क्यासिनो लगायतका विभिन्न ठाउँमा हप्ता उठाउन पठाउँदा पनि तपाईँहरु किन चुप ?
तपाईँले भन्नुभएको गृहराज्यमन्त्रीको कुरा। त्यो के हो भने व्यक्ति दोषी हुनसक्छ तर त्यसमा मुख्य व्यक्ति संलग्न छैन। कुनै पनि व्यक्तिले म स्वकीय सचिव हुँ, म पीए हुँ भन्न सक्छ तर मूल व्यक्ति दोषी हुन सक्दैन।

तर त्यो कार्ड त गृहबाटै जारी भएको छ नि त?
कुरो के हो भने मन्त्रालयको मान्छे पनि बदमास हुनसक्छ। कहिलेकाहीँ मन्त्रालयको पीए पनि बदमास हुनसक्छ। हामी अहिले छानबिन गर्दैछौँ।

Popularity: 8%

4 comments September 28th, 2009

दूतावासमा दशैं कार्यक्रम

प्रकाश ढकाल, कोपनहेगन-
महान चाड दशैंको उपलक्ष्यमा डेनमार्कमा नेपालीहरुबीच शुभकामना आदान प्रदान कार्यक्रम डेनमार्कस्थित नेपाली दूतावासको आयोजनामा नवमीको सांझमा दूताबासको सभाहलमा आयोजना गरियो।

कार्यक्रममा नेपालीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो। कार्यक्रममा एक आपसमा नेपालीहरुले शुभकामना आदान प्रदान गरेका थिए। कार्यक्रममा शुभकामना व्यक्त गर्दै डेनमार्कका लागि नेपाली राजदूत विजयकान्त लाल कर्णले नेपालीबीच सामिप्यता कायम गर्न र दर्शै जस्तो महान पर्वमा नेपालीहरुलाई एकै थलोमा जमघट गराउने उद्धेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको र यो एक परम्परा पनि भएको बताउनु भयो।

कार्यक्रममा आगन्तुक नेपालीहरुलाई रात्रिभोज तथा जलपानको ब्यवस्था गरिएको थियो। कार्यक्रममा एनआरएन डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटा र नेपाल डेनमार्क स्टुडेन्ट फोरुमका अध्यक्ष नविन पौडेल जनप्रगतिशिल मञ्चका अध्यक्ष उदयराज गौतम, स्कयानडिएन हेल्प नेपालका अध्यक्ष पुर्षोत्तम रन्जितकार साथै नेपालबाट डेनमार्क भमणमा पाल्नु भएका देबघाट बिकाश समितिका अध्यक्ष समाजसेवी तिलकप्रसाद सापकोटालगायत अन्य संघ संस्थाका पदाधिकारीहरुको साथै भर्खरै नेपालबाट डेनमार्कमा ल्याईएका भुटानी नागरिकहरु स्विडेनमा रहेका नेपाली र ठूलो संख्या डेनिश नागरिकहरुको पनि उपस्थिति रहेको थियो।

Popularity: 8%

Add comment September 28th, 2009

पूर्वराजाको दशैँ सन्देश

एचकेनेपाल डट कम संवाददाता-
पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्षयमा स्वदेश तथा विदेशमा रहेबसेका समस्त नेपालीहरुलाई शुभकामना दिनुभएको छ।

शान्त, समुन्नत र समृद्ध नेपाल नेपालीको चाहना भएको भन्दै नेपालको विशिष्ट धार्मिक एवंम् सांस्कृतिक पहिचान अटल रहोस् भन्ने कामना सन्देशमा गरिएको छ।

देशभित्र साम्प्रदायिक एवंम् सामाजिक सद्भाव कायम राख्दै प्रजातन्त्र तथा राष्ट्रियतालाई आत्मसाथ गरेर नेपालको उच्चतम गन्तव्य प्राप्त होस् भन्दै शुभकामना सन्देशमा दुर्गा भवानीले सदा स्वतन्त्र रहेको नेपालको स्वअस्तित्वलाई अझ उच्च राख्न सबैलाई निरन्तर अभिप्रेरणा दिउन् भन्ने कामना पनि गरिएको छ।

Popularity: 8%

Add comment September 28th, 2009

प्रमको दशैँ सन्देश

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले हिन्दुहरूको महान चाड विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको यस महान दिनमा समस्त नेपालीलाई आपसमा सद्भाव र मेलमिलाप कायम राखी मुलुकलाई प्रथगतिपथमा समाहित हुने प्रेरणा प्राप्त होस् भन्ने मङ्गलमय शुभकामना गर्नुभएको छ।

प्रधानमन्त्री नेपालले आज विजया दशमीको अवसरमा देशवासीका नाममा दिनुभएको सन्देशमा सो कुरा उल्लेख गर्नुभएको हो।

उहाँले सन्देशमा यस पावन दिनले मानव समुदायलाई असत्यमाथि सत्यको विजय, घमण्ड, कलह भन्दा क्षमा र कल्याण नै महान मानवीय गुण हो भन्ने शास्वत सत्यको सम्झना गराउँदै आएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेबसेका सम्पूर्ण नेपालीलाई आपसी झैंझगडा एवम् द्वेष विर्सि शान्ति, समृद्धि तथा सुस्वास्थ्यका साथै सत्य र कर्तव्यपथमा अग्रसर हुने प्रेरणा देओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

Popularity: 8%

Add comment September 28th, 2009

दशैँका अवसरमा राष्ट्रपतिको सन्देश

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा. रामवरण यादवले नयाँ बन्ने संविधानमा राष्ट्रिय स्वाधिनता र अखण्डताको सुदृढीकरणसँगै हिमाल, पहाड र तराई–मधेसका सबै धर्म, चाडपर्व तथा परम्परालाई जीवन्त राख्न आवश्यक व्यवस्था हुने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति डा. यादवले उक्त कुरा विजया दशमी २०६६ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको हो।

डा. यादवले शान्ति प्रक्रियाले पूर्णता र नयाँ संविधानको निर्माण नुहँदासम्म देशले सङ्क्रमणकालीन अवस्थाबाट मुक्ति पाउन सक्दैन यसर्थ राजनीतिक दलहरू समेत हामी सबैले अन्तरिम संविधानको अक्षरसः पालना गर्दै शान्ति स्थापना र नयाँ संविधान निर्माणलाई आफ्नो मूल लक्ष्य बनाउनु आजको खाँचो भएको बताउनुभएको छ।

उहाँले राजनीतिक शक्तिहरूले आपसी बैमनस्य र अविस्वासको सट्टा सौहार्दता, सहकार्य र समझदारीको संस्कारलाई कम्तीमा पनि उपयुक्त लक्ष्य प्राप्त नहुँदासम्म आत्मसात गर्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति डा. यादवले सन्देशमा इतिहासका महत्वपूर्ण उपलब्धी र असल पक्षहरूको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको दिशामा अघि बढ्न सकौं, दुर्गा भवानीले हामी समस्त नेपालीहरूलाई यही शुभाशिष दिऊन भन्ने कामना गर्नुभएको छ।

उहाँले असत्यमाथि सत्यको विजयोत्सवको रूपमा परापूर्वकालदेखि सनातन हिन्दु धर्म र संस्कृतिका अनुयायीहरूले मनाउँदै आएको दसैं पर्वको मूल मर्म आपसी सद्भाव, मेलमिलाप र सहभोगको अभिवृद्धि नै हो भन्दै यस्ता चाडपर्वहरूले हाम्रो धार्मिक, साँस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र राष्ट्रिय पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ।

हरेक जातजाति र धर्मावलम्बीहरूका विशिष्ट परम्पराहरू नै हाम्रो राष्ट्रिय एकताको मियोका रूपमा रहेका छन् भन्दै सन्देशमा राष्ट्रप्रति डा.यादवले नेपालीहरूको महान पर्व विजयादशमी, २०६६ को पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

Popularity: 8%

1 comment September 28th, 2009

एनआरएन जर्मनीले भब्य दशैं मनायो

संवाददाता जर्मनी- विजया दशमीको शुभ अवसरमा एनआरएन जर्मनीले शनिवारको दिन जर्मनीको ब्यापारिक शहर फ्रन्क्फुर्टमा भब्य शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो।

एनआरएन अन्तर्राष्ट्रिय सम्मन्वय परिषद सदस्य कुमार पन्तको प्रमुख आतिथ्य र एनआरएन राष्ट्रिय परिषद जर्मनीका सदस्यहरु चन्द्रकुमार श्रेष्ठ, निमा राजभण्डारी, सिता गुरुङ, श्याम खनाल तथा नेपाली जनसंपर्क समिती जर्मनीकी कार्यबाहक अध्यक्ष रीता दाहाल, जर्मन नेपाल सहयोग समितिका संयोजक बिनोद सुबेदी तथा एनडिएफ जर्मनीका उपाध्यक्ष राजकुमार घिमिरे र सदस्य पदम भुसालको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुइसय भन्दा बढीको उपस्थिति रहेको थियो।

माइला अर्यालले पकाउनुभएको खसीको मासुसहित बिभिन्न नेपाली परिकारका साथ बेलुकी ६ बजेबाट सुरुभएको उक्त भब्य कार्यक्रममा नेपालीहरु नाचगानसहित बिहान ६ बजेसम्म रमाइरहेका देखिन्थे। बिशेषगरी महिला र बालबालिकाको बाक्लो ऊपस्थिति रहेको सो कार्यक्रमलाई नेपाली गीत संगीतले अत्यन्तै रोमाञ्चक बनाएको थियो।

Popularity: 8%

Add comment September 28th, 2009

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2009
M T W T F S S
« Aug   Oct »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....