Archive for November 9th, 2009

सत्ताको तानातानमा लागेकाले नयाँ संविधान नबन्ने–यादव

एचकेनेपाल डट कम संवाददाता-
पुनर्गठित नेकपा (माओवादी)का केन्द्रीय संयोजक मातृका यादवले प्रमुख दलहरू सत्ताको तानातानमा लागेकाले नयाँ संविधान नबन्ने बताउनु भएको छ।

नयाँ संविधान बनाउन उथलपुथलकारी सङ्घर्षको आवश्यकता औंल्याउँदै एकीकृत नेकपा माओवादीको आन्दोलन पनि कुर्सीकै लागि सञ्चालन रहेको यादवले बताउनुभयो।

पुनःगठित माओवादीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटन गर्न धुलाबारी आउनु भएका संयोजक यादवले सञ्चारकर्मीसँग उक्त बताउनु भएको हो।

पार्टीले तत्काल सशस्त्र आन्दोलन नगर्ने उल्लेख गर्दै उहाँले जनयुद्ध अवधिमा पहिल्यै नेकपा माओवादीले कब्जा गरेको जग्गा र सम्पत्ति फिर्ता नगरिने बताउनुभयो।

भारतबाट ल्याउँदै गरेको हतियार बरामद भएको चर्चा बारे प्रश्न गर्दा उहाँले भन्नुभयो–…त्यो निराधार आरोप हो। हल्ला त जे पनि गर्न सकिन्छ। हामीसँग हतियारधारी सङ्गठन हो भन्ने जबर्जस्त आरोप लगाउन त्यस्तो हल्ला चलाइएको हो।’

तराईका भूमिगत पृथ्वी, पवन लगायतका सशस्त्र समूहसँग कुराकानी भइरहेको र पूर्वी पहाडमा क्रियाशील कार्यकर्तासँग कार्यगत एकता भइरहेको उहाँले कुराकानीमा खुलासा गर्नुभएको छ।

एकीकृत नेकपा माओवादीले कम्यूनिष्टको विचार र नीति त्यागेर संशोधनवादी लाइन समातेका कारण आफूले पार्टीलाई क्रान्तिकारी धारमा सञ्चालन गर्न पुनःगठन गरेको उहाँले दाबी गर्नुभएको छ।

धुलाबारीको अतिथि सदनमा आइतबार उहाँले तीनदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नु भएको छ।

कार्यक्रममा झापा, मोरङ्ग र सुनसरी जिल्लाका डेढ सय अगुवा कार्यकर्ता सहभागी छन्।

पार्टीको जनसुरक्षा दस्ताको कडा सुरक्षाघेरामा आयोजित कार्यक्रममा सहभागीलाई खाने र बस्ने व्यवस्था भित्रै मिलाइएको छ।

Recent Videos:

Popularity: 16%

2 comments November 9th, 2009

बागलुङमा थप दुई दिन विद्यालय बन्द

एचकेनेपाल डट कम संवाददाता-
छिमेकी जिल्ला पर्वतमा स्वाइनफ्लुको पुष्टि भएपछि बागलुङमा उच्च सतर्कता अपनाउँदै बन्द रहेका बागलुङ नगरभित्रका निजी र सामुदायिक विद्यालयहरु थप दुई दिन बन्द गर्ने निर्णय गरिएको छ।

जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकपछि रोग न्यूनीकरणका लागि आइतबार र सोमबार पूर्वतयारी गर्ने र सो अवसरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

बैठकले जिल्ला जनस्वास्थ्य कार्यालयले टोली निर्माण गरी स्वास्थ्य परीक्षण र जनचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बागलुङमा अहिलेसम्म रोगका लक्षणहरु देखिएको भए पनि प्रकोपका रूपमा फैलिएको पुष्टि नभएकाले सम्भावित खतरालाई ध्यानमा राखी जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत स्वास्थ्यसम्बन्धी चेतना फैलाउने पर्चा, पम्प्लेटहरू बाँड्न सुरु गरिएको छ।

सम्भावित खतराप्रति सबैलाई सतर्क रहन आह्वान गरिनुका साथै सबै पक्षसँग छलफल गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बागलुङ अस्पताल विकास समितिका अध्यक्ष सहदेव राजभण्डारीले बताउनुभयो।

बागलुङमा मौसम परिवर्तनका कारण हुने रोगहरुको लक्षण देखापरे पनि प्रकोपका रूपमा रोग नलागेको बागलुङ अस्पतालका डा. सागर राजभण्डारीले जानकारी दिनुभयो।

Recent Videos:

Popularity: 16%

Add comment November 9th, 2009

गोरुले हान्दा वृद्धको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
आफैले पालेको गोरुले हानेर झापामा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको उत्तरी गाविस बुधबारे–६ का ८४ वर्षीय टङ्कप्रसाद ओझा छन्।

गोठमा बाँधेको गोरु फुकेको र बाँध्न गएका वृद्धलाई हानेको थियो। गोरुले हानेर भूइँमा ढलेका वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बुधबारेले जनाएको छ।

Popularity: 16%

1 comment November 9th, 2009

स्वाइनफ्लुका कारण अखिल सम्मेलन सर्‍यो

एचकेनेपाल डट कम संवाददाता-
जिल्लामा फैलिएको स्वाइनफ्लुका कारण एमाले निकट अनेरास्ववियु पर्वतको जिल्ला सम्मेलन सरेको छ। यही कात्तिक २७ र २८ गते गरिने भनिएको सम्मेलन सङ्क्रमणका कारण पुसको पहिलो सातामा गरिने भएको छ।

सम्मेलनका लागि आवश्यक तयारी पूरा भइसके पनि जिल्लामा एकसातासम्म सभा, समारोह र सार्वजनिक कार्यक्रम नगर्न प्रशासन तथा जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेकाले कार्यक्रम स्थगित गरिएको अनेरास्ववियुका जिल्ला संयोजक जीवन उच्चैले जानकारी दिनुभयो।

सम्मेलनका लागि बसेको जिल्लास्तरीय बैठकले विभिन्न समिति तथा उपसमिति गठन गरेको छ।

Popularity: 16%

1 comment November 9th, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2009
M T W T F S S
« Oct   Dec »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

More news....