Archive for December 23rd, 2009

ठगिएका नेपाली कामदारहरुले एआरएनसमक्ष वेदना पोखे

राम श्रेष्ठ, साउदी अरब-
नेपालका बिभिन्न म्यानपावर कम्पनीहरु तथा साउदी अरबका रोजगारदाता कम्पनीहरुबाट बिभिन्न स्वरुपमा ठगिदै, असुरक्षित र बन्धक बनाइएका उत्पीडित ४८ जना नेपाली कामदारहरुको एक समुहले २१ डिसेम्बर राति थुक्बामा गैरआवासीय नेपाली संघ मध्यपूर्बका सह संयोजक राजु सैयदको उपस्थितीमा एनआरएनए राष्ट्रिय समन्वय परिषद साउदी अरबका अध्यक्ष धरम के.सी. समक्ष आफ्ना समस्या तथा वेदनाहरु पोखेका छन।

साउदी अरब आएको १० महीना बितिसक्दा पनि यहांको रेसिडेन्स पर्मिट (इकामा) नदिएको, जसका कारण ४ जना जेल परिसकेको र अरुपनि असुरक्षित रही कुनैपनि बेला जेलपर्नसक्ने स्थिती रहेको, रोजगारदाता कम्पनीको आफ्नै काम नहुनु र सप्लाईमा पनि संधै काम नपाउने र त्यसरी काम नपाई महिनौ बस्नुपर्दा सो अवधिमा न्युनतम तलब सुविधा पनि नदिएको, ८ घण्टा ड्यूटी भनिएता पनि १२ देखि १४ घण्टासम्म काम गराइने र यसरी ओभरटाइम र छुट्टीको दिन शुक्रबारसमेत काम गराउंदा पनि कुनै ओभरटाइम पेमेन्ट नदिने, कुनैपनि औषधि उपचार तथा दुर्घटना बिमाको सुविधा नदिएर स्पष्टतः आंफूहरुलाई ठगेको गुनासो गरे र यसरी आंफूहरु ठगिएको महशुस गरेपछि यी मध्य ३ जनाले आंफै टिकट काटेर भएपनि स्वदेश फिर्ता हुन चाहेको र श्रम बिभागमा उजुरी गर्दा बिभागले पनि नेपाल सरकारको पर राष्ट्र मन्त्रालयमार्फत स्वदेश फर्काउने ब्यवस्था मिलाउनका लागि कुटनैतिक पहल गरिदिन नेपाली राजदूतावास रियादलाई लेखेको पत्र पनि देखाए तर यस्तो पत्राचारका बावजुद पत्राचार भएको ४ महिना बितिसक्दा पनि आफूहरु स्वदेश र्फकन नपाएको उनीहरुको अर्को गुनासो थियो।

यसरी गुनासो सुनिसकेपछि एनआरएनए साउदी अरबका अध्यक्षले एनआरएनए आंफैले यस्ता समस्याहरु समाधान गर्न नसक्ने भएता पनि समाधानार्थ सम्बन्धित निकायहरुमा पहल र पैरबी अवश्य गर्ने बताउनुभयो साथै पीडित नेपाली कामदारहरुलाई रोजगारमा समस्याहरु आएपनि रोजगारदाता कम्पनीलाई छोडेर नभाग्न र आंफूमाथि गरिएको ठगी, अन्याय र उत्पीडनलाई धैर्यतापूर्बक कानुनी र कुटनैतिक माध्यमबाटै उपचार खोज्न सल्लाह दिदै नेपाली दूतावास रियादको कार्यक्षेत्र बिशाल रहेको तर सो को अनुपातमा अप्रयाप्त जनशक्ति तथा साधन स्रोतका कारण पनि दूतावासको कार्यसम्पादन त्यति सन्तोषजनक नदेखिएको हुनसक्ने बताउंदै कतिपय नेपाली कामदारहरु पुलमुनी सुत्नुपरेको, कति जेलमा पिल्सिरहेका र दूर दराज मरुभुमिका मजराहरुमा काम गर्ने कतिपय नेपाली कामदारहरु र घरेलु कामदारका रुपमा काम गर्ने हजारौ नेपाली दिदी बहिनीहरुको त आवाज पनि सुन्न सुनाउन नपाएको हामी नेपालीहरुको दुखद नियति नै रहेता पनि हामी सबैको सामुहिक प्रयासमा यी सबै समस्याहरु समाधानमा लाग्न जरुरी भैसकेको बताउनुभयो।

पीडित नेपाली कामदारहरु तथा तिनलाई साउदी अरब पठाउने नेपाली म्यानपावर कम्पनीहरुको नामावली यसप्रकार छः
-क) लाल धनुस इन्टरनेशनल र्सर्भिस प्रा.लि.,चाबहिल, डाइरेक्टर बिजय कुमार, मो. ९८४१८९२५५०
१. शंकर प्रसाद बराल, मोरंग
२. किशोर थापा, मोरंग
३. जंग बहादुर कुमाल, लमजुंग
४. चन्द्र बहादुर नेपाली, दांग
५. मोहन लाल बस्नेत, दांग
६. गंगाधर वली, दांग
७. चुर्ण बहादुर वली, दांग
८. दिपेश राई, पांचथर
९. ठाकुर राम तामांग, काभ्रे
१०. मनोज पोख्रेल, उदयपुर
-ख) महाकाली ओभरसिज प्रा.लि., पुल्चोक, प्रो. त्रिलोक चन्द बिस्वास, मो. ९८५१०४५९०६
११. जय बहादुर सुनार, कञ्चनपुर
१२. लोक बहादुर बस्नेत, कञ्चनपुर
१३. दिपक कठायत, कञ्चनपुर
१४. नर प्रसाद जैशी, कञ्चनपुर
१५. मोहन सिंह बिष्ट, कञ्चनपुर
१६. यज्ञ राज बिष्ट, कञ्चनपुर
१७. हरि सिंह अएर, कञ्चनपुर
१८. हेम बहादुर गोले, चितवन
-ग) नटो इन्टरनेशनल प्रा.लि., कालिकास्थान, एमडिः राहुल गिरी, मो. ९८५११०८८७५
१९. भीम बहादुर सुनार, सुर्खेत
२०. लाल बहादुर सुनार, सुर्खेत
२१. टेक बहादुर बि.क., सुर्खेत
२२. कैलो लोहार, जाजरकोट
-घ) फिस्टे ओभरसिज, सामाखुशी, प्रो. अमर पोखरेल, मो. ९८५११०३२३२
२३. तेज बहादुर लिम्बु, ताप्लेजुंग
-ङ) बिनामय इन्टरनेशनल प्रा.लि., मिनभवन, प्रो. तिर्थराज गुरुंग, फोनः ४४८९९००
२४. नरजित गुरुंग, बर्दिया
२५. दिल बहादुर गुरुंग, बर्दिया
२६. कृष्ण मण्डल, धनुषा
२७. राम इक्वाल अधिकारी, धनुषा
२८. राम नारायण मण्डल, धनुषा
-च) फ्रेन्डसिप म्यानपावर कन्सल्टेन्सी, चेयरम्यानः ओम बहादुर जर्घा मो. ९८५१०२४४१३
२९. देउ बहादुर थापा, तनहुं
३०. बल बहादुर थापा, तनहुं
३१. टेक बहादुर थापा, तनहुं
३२. पुरन वान्टांग, तनहुं
३३. रिठा बहादुर थापा, तनहुं
३४. देब बहादुर बुढामगर, बागलुंग
३५. हेमलाल बुढाथोकी, बागलुंग
३६. रामनाथ यादव, र्सलाही
३७. तुल बहादुर आले, सिन्धुली
-छ) कालिञ्चोक म्यानपावर प्रा.लि., धुम्बाराही, एमडीः अमर प्रधान, मो. ९८५१०४८३२२
३८. निर बहादुर श्रेष्ठ, सुनसरी
३९. गुलाबचन चौधरी, सुनसरी
४०. शेखर खडका, सुनसरी
४१. चित्र बहादुर थामी, दोलखा
४२. भीम पौडेल, मोरंग
४३. खड्ग बहादुर कार्की, झापा
४४. वांग्चु शेर्पा, दोलखा
४५. कुमार नेपाली, सिन्धुली
-ज) अयुस इन्टरनेशनल प्रा.लि., बसुन्धरा, प्रो. अमृत सुनुवार, मो. ९८५१०५८९१३
४६. दावा शेर्पा, दोलखा
४७. कृष्ण श्रेष्ठ, सिन्धुली
४८. जित बहादुर थापा मगर, गोर्खा

Recent Videos:

Popularity: 15%

2 comments December 23rd, 2009

आजदेखि व्यवस्थापिका–संसद चल्ने

एचकेनेपाल डट कम-
एकीकृत नेकपा (माओवादी) ले लामोसमयदेखि अवरुद्ध गर्दै आएको व्यवस्थापिका–संसदको कारबाही आजदेखि सञ्चालन गर्न दिने भएको छ।

एमाओवादीले नागरिक सर्वोच्चता र प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिद्वारा चालिएको कदमको विरोध गर्दै संसद अवरोध गर्दै आएको थियो।

विसं २०६६ साउन २३ गतेदेखि संसद अवरुद्ध हुँदै आएपनि सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०६६/६७को बजेट पारित गराउनका लागि एमाओवादीले मङ्िसर ३ गतेदेखि तीन दिनका लागि सञ्चालन गर्न दिएको थियो।

नागरिक सर्वोच्चता र प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिद्वारा चालिएको कदमको विरोधमा माओवादीको धारणालाई संसदमा रेकर्ड गराउने अभिप्रायले नै संसद चल्न दिन लागेको माओवादी सूत्रबाट थाहा भएको छ।

उक्त पार्टीको बुधबार बस्ने संसदीय दलको बैठकपछि संसद चल्न दिने भएको नेता वर्षमान पुनले बताउनुभयो।

Recent Videos:

Popularity: 15%

Add comment December 23rd, 2009

एमालेका किसान नेता माओवादीमा

एचकेनेपाल डट कम-
नेकपा (एमाले)को भातृ सङ्गठन अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष धर्मदत्त देवकोटा एकीकृत नेकपा (माओवादी)मा प्रवेश गर्नुभएको छ।

नयाँ बानेश्वर चोकमा आयोजित माओवादी विरोधसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फूलमाला र अवीरलगाई उपाध्यक्ष देवकोटालाई माओवादीमा प्रवेश गराउनुभएको हो।

नेपालमा क्रान्ति सम्पन्न गर्ने एउटै मात्र शक्तिशाली पार्टी एकीकृत नेकपा (माओवादी) भएकाले आफू सो पार्टीमा प्रवेश गरेको उहाँको भनाई थियो।

देवकोटाले एमालेमा निकट भविष्यमा ठूलो विद्रोह हुने बताउँदै आफू कुनै लोभले नभई नेपाली क्रान्ति पूर्ण सफल बनाउनुपर्छ भन्ने धारणाका साथ माओवादीमा आएको धारणा राख्नुभयो।

Popularity: 15%

4 comments December 23rd, 2009

बन्दले मोरङ र सुनसरीमा ३० करोडभन्दा बढी नोक्सान

एचकेनेपाल डट कम-
एकीकृत नेकपा (माओवादी)द्वारा तीनदिनसम्म गरिएको आमहडतालका कारण यहाँका उद्योग व्यवसाय ठप्प हुँदा दैनिक ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको उद्योगी व्यवसायीहरूले बताएका छन्।

उद्योग तथा व्यापार ठप्प हुँदा मोरङ र सुनसरीमा मात्र दैनिक ३० करोड भन्दा बढीको नोक्सानी हुने गरेको मोरङ व्यापार सङ्घले जनाएको छ।

मोरङ व्यापार सङ्घका महासचिव अविनास बोहराकाअनुसार असुरक्षा र लामो लोडसेडिङको मार खेपिरहेको पूर्वको उद्योग व्यापारलाई यस्ता बन्द र हडतालले झनै धरासयी बनाएको छ।

यस्तो अवस्थाले लगानीकर्ताहरूको मनोवल घट्नुका साथै स्वदेशी पूँजी पलायन हुने सम्भावना बढेको महासचिव बोहराको भनाई छ।

एकदिनको नेपाल बन्दले मुलुकलाई एक अर्ब भन्दाबढी आर्थिक नोक्सानी हुने गरेको उद्योगी व्यापारीहरूले बताएका छन्।

आमहडतालले औद्योगिक क्षेत्रमा मात्र हैन राजस्व असुलीमा पनि गम्भीर असर पुर्‍याएको सरकारी अधिकारीहरूले जनाएका छन्।

हडतालका कारण भन्सार नाकाहरूबाट हुने आयात–निर्यात बन्द हुँदा राजस्व असुलीमा पनि गम्भीर असर परेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

आयात निर्यात ठप्प हुँदा विराटनगर भन्सार कार्यालयलाई मात्र एक दिनमा रु.दुई करोड २५ लाख रुपैँया राजस्व घाटा हुने प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले बताउनु हुन्छ।

Popularity: 15%

Add comment December 23rd, 2009

बाख्री चराउन गएकी एक बालिकाको कुटपिटबाट मृत्यु

एचकेनेपाल डट कम-
अर्काको खेतमा बाख्री चराउन गएकी बालिकाको खेत धनीको निर्मम कुटाइबाट मृत्युभएको छ।

सप्तरीको बक्धुवा–५ निवासी बिन्दादेवी सदाकी सात वर्षीया छोरी अनुकुमारी सदाको मृत्युभएको हो।

दिउँसो दुईबजेतिर सरस्वतीदेवी यादवको खेतमा बाख्री चराउँदै गरेको बेला आक्रोसित बनेका सरस्वतीदेवी यादव र उनका छोरा सरोजकुमार यादवले निर्ममतापूर्वक कुटपिट गरेपछि उनको घटनास्थलमै मृत्युभएको थियो।

घटनापछि यादव परिवारका आमा र छोरा दुवै फरार भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि स्थानीय सगरमाथा अञ्चल अस्पतालमा पुर्‍याइ फरार रहेका आमा र छोराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Popularity: 15%

6 comments December 23rd, 2009

पूर्वप्रधानमन्त्री चन्दको जग्गा कब्जा

एचकेनेपाल डट कम-
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गोकुलेश्वर–३ मा रहेको १०० रोपनी भन्दाबढी जग्गा एकीकृत नेकपा (माओवादी) निकट अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी)ले कब्जा गरेको छ।

जग्गा कब्जा गरेको स्वीकार्दै एकीकृत नेकपा (माओवादी) बैतडीका सह–इन्चार्ज दलबहादुर धामीले पूर्वप्रधानमन्त्री चन्दको जग्गा कब्जा गरी सेटीगाउँ उच्च माविलाई हस्तान्तरण गरेको बताउनुभयो।

अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी)का गाउँ कमिटी संयोजक गगनसिह मालको नेतृत्वमा ४/५ सयको सङ्ख्यामा गएको माओवादी कार्यकर्ताहरूको समूहले गोकुलेश्वर–३ स्थित कोटगाउँ र बेतालथला गाउँमा रहेको ६/७ ठाउँको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो।

कब्जा गरिएको जग्गा खेतीयोग्य र पाखो गरी १०० रोपनी भन्दा बढी रहेको छ।

Popularity: 15%

3 comments December 23rd, 2009

अब वार्ता दिल्लीसँग–अध्यक्ष प्रचण्ड

एचकेनेपाल डट कम-
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले आफ्ना माग पूरा गर्न नसक्ने भएकाले अब सीधै दिल्लीसँग वार्ता गर्नुपर्ने स्थिति आएको बताउनुभएको छ।

माओवादीद्वारा आह्वान गरिएको तीनदिने आमहडतालको अन्तिम दिन नयाँबानेश्वर चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–’नागरिक सर्वोच्चता’ यतिबेला दिल्ली पुगेकाले हाम्रो वार्ता अब सीधै दिल्लीसँग गर्नुपर्ने भएको छ, वर्तमान सरकार, नेपाली काङ्ग्रेस, नेकपा (एमाले)सँग थुप्रै वार्ता गरियो तर केही उपलब्धि भएन।

अहिलेको सरकार आकाशवाणी र रिमोटकन्ट्रोलबाट चलेकाले उसले जनता र राष्ट्रको आवाजलाई नसुनेको आरोपलगाउँदै अध्यक्ष प्रचण्डले अब राष्ट्रिय स्वाधीनताको लडाईं नजिती नागरिक सर्वोच्चताको लडार्इं जित्न नसकिने बताउनुभयो।

आफूहरूले तेस्रोचरणको आन्दोलन गरिसक्दा पनि भारत सरकारको इशारामा काङ्ग्रेस–एमाले गम्भीर नबनेको आरोप लगाउँदै उहाँले माओवादीलाई काङ्ग्रेस, एमाले वा थापाको पार्टीजस्तो नठान्न आग्रह गर्नुभयो।

अध्यक्ष प्रचण्डले भारतले माओवादीलाई कमजोर र अन्य पार्टीजस्तै ठाने ठूलो भूल हुने पनि उल्लेख गर्नुभयो।

भारतीय सेनाका प्रधानसेनापति दीपक कपुरले नेपाली सेनाका प्रधानसेनापतिलाई माओवादी सेना समायोजन नगर्न दिएको सल्लाहबाट नाङ्गो रुपमा नेपाली राष्ट्रियतामाथि हस्तक्षेप भएको धारणा राख्दै उहाँले नेपालको मामिलामा बोल्ने अधिकार कसैलाई छैन, यसरी बोलेर सीधा हस्तक्षेप हुँदा पनि सरकार किन बोल्दैन भन्ने प्रश्न गर्नुभयो।

भारतले नेपाल सरकारलाई हतियार दिएर नेपाली जनतासँग लडाइँ लड्ने तयारी गरिरहेको अध्यक्ष प्रचण्डको आरोप थियो।

उहाँले सन् १९५० को असमान सन्धि खारेज गर्न, गोप्य सन्धि–सम्झौतालाई खुला गर्न, आवश्यकताअनुसार नयाँ सन्धि–सम्झौता गर्न, सीमा समस्या समाधान गर्न, सुस्ताको अतिक्रमण रोक्न, कालापानीबाट भारतीय सेना हटाउन, नेपाल–भारतबीच व्यापारमा देखिएको पारवहनको असमानता हटाउन नेपाल–भारत–चीनबीच उच्चस्तरीय संयन्त्र गठन गरी नेपालको आर्थिक विकासमा तयार हुन र सम्पूर्ण इतिहासको समीक्षा गरी नयाँ एकताका लागि तयार रहन भारतलाई आग्रह गर्नुभयो।

आगामी जेठ १४ गतेभित्र संविधान नबने राष्ट्रपति पनि नरहने भएकाले तोकिएको समयभित्र संविधान बनाउनुको विकल्प नभएको अध्यक्ष प्रचण्डले तर्क गर्दै भन्नुभयो–उनीहरू तयार नभए जनता आफैंले सडकबाट नयाँ संविधान बनाउनेछन्।

सोही पार्टीका उपाध्यक्ष एवम् संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि संविधानसभा विघटन गरिए राष्ट्रपति नरहने बताउनुभयो।

उहाँले संविधान नबनाइकन कसैले संविधानसभाको औचित्य समाप्त पार्न नसक्ने ठोकुवा पनि गर्नुभयो।

माओवादीले आमहडतालको अन्तिम दिन आज दिउँसो १२ बजेदेखि सवारी साधन खुला गरेको थियो। माओवादीले काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख नाकाबाट र्‍याली निकाली दिउँसो १ बजे नयाँ बानेश्वरचोकमा विरोधसभाको आयोजना गरेको थियो। सभामा सर्वसाधारणको उल्लेख सहभागिता थियो।

Popularity: 15%

3 comments December 23rd, 2009

माघ १० गतेदेखि अनिश्चितकालीन आमहडताल

एचकेनेपाल डट कम-
एकीकृत नेकपा (माओवादी)ले आफ्ना माग पूरा नभए आगामी माघ १० गतेदेखि अनिश्चितकालीन आमहडताल गर्ने भएको छ।

तीनदिने आमहडतालको समापनका दिन नयाँ बानेश्वरचोकमा आयोजित विरोधसभामा बोल्नेक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो घोषणा गर्नुभएको हो।

उहाँले चौथोचरणको आन्दोलनअन्तर्गत यही पुस १० देखि माघ १० गतेसम्म राष्ट्रिय जागरण र विदेशी दलालविरुद्ध देशभर भण्डाफोर अभियान चालिने जानकारी पनि दिनुभयो।

अध्यक्ष प्रचण्डले रायमाझी आयोगले अपराधी ठहर्‍याएका दोषी, विदेशी दलाललगायतलाई जनतासामु नङ्ग्याइनेछ भन्नुभयो।

Popularity: 14%

Add comment December 23rd, 2009

बन्दविरुद्ध बन्द

एचकेनेपाल डट कम-
सर्वसाधारणको चाहनाविपरीत बन्द गरिएको जनाउंदै जिल्लाका युवाले आज बन्दविरुद्ध बन्द गरेका छन्। त्रिशूली र बट्टारमा स्थानीयबासीले सडक बन्द गराएका हुन्।

एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपतिको कदम सच्चिनुपर्ने र नागरिक सर्वोच्चता कायम हुनुपर्ने जनाउँदै गरेको तीनदिने आमहडतालको विरोध गर्दै आज बिहान त्रिशूली र बट्टारवासीले मध्याह्नदेखि पासाङल्हामु मार्गको काठमाडौं–त्रिशूली सडकखण्ड अवरुद्ध गरेका हुन्।

सर्वसाधारणले बजारमा रहेको बीच सडकमा टेबुल बेञ्च राखेर अवरुद्ध गरेका हुन्।

माओवादीले गरेको आमहडतालले उल्टै नागरिक सर्वोच्चता हनन भएको जनाई अब कहिले पनि जुनसुकै दलले गरेको बन्दले कोही पीडित हुन नपरोस् भन्दै बन्द गरिएको त्रिशूलीका सागर श्रेष्ठले बताउनुभयो।

माओवादीले मध्याह्न १२ बजेदेखि आमहडताल सकिएको जनाएपनि सर्वसाधारण नागरिकले बन्दविरुद्ध बन्द गरेका हुन्।

Popularity: 14%

1 comment December 23rd, 2009


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2009
M T W T F S S
« Nov   Jan »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category

More news....