Archive for February 14th, 2010

धरान हङकङ मञ्चको १०औं वार्षिक उत्सव स्थगित

एस हङकङ/ एचकेनेपाल डट कम, फेब्रुअरी १४-
विविध कार्यक्रमहरूसहित भव्यरूपले मनाउन लागेको धरान हङकङ मञ्चको १०औं वार्षिक उत्सव कार्यक्रम खराब मौसमका कारण स्थगित भएको छ। (more…)

Popularity: 13%

Add comment February 14th, 2010

हङकङेली नेपाली तेस्रो स्थानमा छन्- प्रा. डा. गोविन्दराज भट्टराई

एस, हङकङ / एचकेनेपाल डट कम-
प्रा. डा. गोविन्दराज भट्टराईले विदेशमा रहेका नेपालीहरूमध्ये हङकङेली नेपाली तेस्रो स्थानमा रहेको बताएका छन्। नेपाली साहित्यका प्रशिद्ध समालोचक तथा प्राज्ञ डा. भट्टराईले विभिन्न विधा र गतिविधिको आधारमा अमेरिकामा बस्ने नेपाली पहिलो, बेलायतका नेपाली दोस्रो र हङकङमा बस्ने नेपाली तेस्रो स्थानमा रहेको बताएका छन्। (more…)

Popularity: 13%

Add comment February 14th, 2010

माओवादी पाँचौँ चरणको आन्दोलनमा

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) ले विद्रोह गरी जनयुद्ध घोषणा गरेको दिनका रुपमा पाचौँचरणको आन्दोलनको प्रारम्भ स्वरुप आगामी चैत २४ गतेसम्म विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदैछ।

सो पार्टीले संसदीय व्यवस्थाप्रति वितृष्णा फैलाउँदै जनयुद्ध घोषणा गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ।

पार्टी कार्यालयले तय गरेको पाचौँचरणको आन्दोलनका एजेन्डाहरुमा क्रान्तिका नयाँ विचार र नेतृत्व, नीति कार्यक्रम र योजनाको ठोस प्रयोग गर्न पूर्वनिर्धारित राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति, नयाँ संविधान र राष्ट्रिय संयुक्त सरकारलाई निरन्तरता दिँदै अघिबढ्नेलगायत रहेका छन्।

जसअनुरुप फागुन १ गते जनयुद्ध दिवस, १४ गते बलिदान दिवस, १४देखि २१ गतेसम्म सहिद सप्ताह, २४ गते श्रमिक महिला शत्वार्षिकी, चैत ५ गते सांस्कृतिक दिवस र चैत २४ गते जनआन्दोलन दिवस मनाउनुका साथै फागुन १ देखि चैत २४ गतेसम्म राष्ट्रिय स्वाधीनताका पक्षमा देशव्यापी घरदैलो अभियान सञ्चालन गरिने भएको छ।

Recent Videos:

Popularity: 13%

2 comments February 14th, 2010

तिब्बतको वाणिज्यदूतावास भवन नेपाली शैलीमा बन्ने

एचकेनेपाल डट कम संवाददाता-
चीनको विशेष प्रशासनिक क्षेत्र तिब्बतको सदरमुकाम ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको नयाँ भवन नेपाली शैलीको बन्ने भएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१० बाट बनाउन सुरु गरिने नेपाली शैलीको वाणिज्यदूतावास भवनको लागि महावाणिज्यदूतावासले डिजाइनिङको प्रक्रिया अगाडि बढाइसकेको छ।

चरणबद्धरुपमा निर्माण गरिने योजना रहेको महावाणिज्यदूतावास भवनका लागि चीन सरकारले पहिलो वर्ष २० लाख चिनियाँ युवान वरावरको रकम विनियोजन गरेको जनाइएको छ।

ल्हासास्थित नर्वुलिङ्कामा अवस्थित ८ हजार ३७५ वर्गमिटर क्षेत्रफलको जग्गा नेपाल सरकारले ७० वर्षका लागि सन् २००५मा लिजमा लिएको थियो।

तिब्बतमा बस्ने नेपालीहरुको रेखदेख गर्ने, दुई देशबीचको सम्बन्ध विकसित पार्ने र यहाँ भएका नेपालीहरुबाट कर उठाएर नेपाल पठाउने उद्देश्यले सन् १८५६ मा नेपालले ल्हासामा नेपालको सरकारी वकिलको कार्यालय स्थापना गरेको थियो।

Popularity: 13%

Add comment February 14th, 2010

कान्तिपुरलाई धम्कीको पत्रकार महासङ्घद्वारा भर्त्सना

एचकेनेपाल डट कम संवाददाता-
सञ्चार उद्यमी जमिम शाहको हत्यासम्बन्धी प्रकाशित समाचारका विषयलाई लिएर कान्तिपुर दैनिक र दी काठमाडौँ पोष्ट दैनिकका सम्पादक तथा कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशकलाई कारवाही गर्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सञ्चार उद्यमीको हत्या भएको एकहप्ता बितिसक्दा पनि राज्यले घटनालाई गम्भीरतापूर्वक नलिनु र हत्यारालाई पक्राउ गर्न नसक्नु सुरक्षा संयन्त्रको असफलता भएको ठहर गर्दै महासङ्घले समाचार प्रकाशन गरेकै कारण सञ्चारकर्मी तथा सञ्चार उद्यमीलाई पुनः कारवाही गर्ने धम्की आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ।

Popularity: 13%

Add comment February 14th, 2010

आज ग्याल्बो लोसार

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा. रामवरण यादवले ग्याल्बो लोसार पर्व एवम् नयाँ वर्ष २१३७ को अवसरमा देश तथा विदेशमा रहनुभएका ग्याल्बो लोसार पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ।

नेपालको उच्च पहाडी र हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायद्वारा ग्याल्बो लोसार पर्व नयाँ वर्षको रुपमा विशेष उल्लासका साथ मनाइने चलन छ।

राष्ट्रपति डा. यादवले दिनुभएको शुभकामना सन्देशमा नेपालका सबै चाड–पर्व, सम्वत्, संस्कृति र परम्पराहरु साझा राष्ट्रिय सम्पदा हुन् भन्दै यस्ता पर्वले नेपालीहरुलाई राष्ट्रियताको बाटोमा एक भई अघि बढाउन मद्दत पुर्‍याउने छ भन्ने विश्वास लिएको बताउनुभएको छ।

यसैगरी, प्रधानमन्त्री माधवकुमार नेपालले ग्याल्बो लोसार पर्वको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा शेर्पा जातिको महान् चाड ग्याल्बो लोसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री नेपालको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषताको अनुपम सङ्गम रहेको नेपालमा विविधताबीचको राष्ट्रिय एकता र स्वाभिमान हाम्रा राष्ट्रिय पहिचान हुन् भनिएको छ।

हिमाली आदिवासीको रुपमा शेर्पा जातिले हिमाल आरोहणको माध्यमबाट स्वदेश तथा विदेशमा कमाएको बहादुरी र ख्याति प्रशंसनीय छ भन्दै सन्देशमा प्रधानमन्त्री नेपालले आफ्नो भाषिक एवम् साँस्कृतिक पहिचानको जगेर्ना गर्दै नेपाली लोक संस्कृतिको उत्थान एवम् विकासमा योगदान पुर्‍याउनु सबै धर्म, जाति र सम्प्रदायका नेपालीहरुको दायित्व रहेको बताउनुभएको छ।

Popularity: 13%

Add comment February 14th, 2010

मातृकाको सुरक्षादस्ता सार्वजनिक

मातृकाको सुरक्षादस्ता सार्वजनिक
एचकेनेपाल डट कम संवाददाता-
मातृका यादवले नेतृत्व गर्नुभएको नेकपा (माओवादी)ले धनगढीमा आफ्नो सुरक्षादस्ता सार्वजनिक गरेको छ।

‘युवा जनसुरक्षा बल’ नाम दिइएको सुरक्षादस्ताका सहभागी २५/३० जना युवाले खरानी रङको ‘ट्रयाक सुट’ पहिरेका थिए।

माओवादी जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी)ले आफ्नो सुरक्षादस्ता सार्वजनिक गरेको बताइएको छ।

सुरक्षादस्ताले स्थानीय चटकपुर चोकबाट मार्चपास गर्दै पार्क मोडमा पुगेर कोणसभा समेत गरेको छ।

मार्चपासका क्रममा संशोधनवाद मुर्दावाद, नव संशोधनवाद मुर्दावाद, विस्तारवाद मुर्दावादजस्ता नारा लगाइएको थियो।

कोणसभामा नेकपा (माओवादी)का कैलाली इन्चार्ज भीम चौधरी, लालबहादुर भडैलगायतले बोल्नुभएको थियो।

Popularity: 13%

Add comment February 14th, 2010

सेना समायोजनमा दस दलको जोड

एचकेनेपाल डट कम संवाददाता-
सत्तारुढ १० राजनीतिक पार्टीका शीर्ष नेताहरुको हिजो बसेको बैठकले अस्थायी शिविरमा रहेका माओवादी लडाकुको समायोजन तथा व्यवस्थापन गरी संविधान निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

बैठकमा जारी शान्तिप्रक्रिया र संविधान निर्माण कार्यलाई एकैसाथ अघि बढाई दिगो शान्ति र स्थिरताका साथ मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा नेताहरुले व्यक्त गर्नुभएको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो।

जारी शान्तिप्रक्रियाको भावना विपरीत पछिल्ला दिनमा एकीकृत नेकपा (माओवादी)का तर्फबाट संविधान निर्माणपछि मात्र लडाकु व्यवस्थापन गर्नुपर्नेजस्ता धारणा सार्वजनिक हुनथालेकोप्रति गम्भीर असहमति जनाउँदै बैठकमा नेताहरुले लडाकु समायोजनको मार्गचित्र निर्माण गरी अघि बढ्ने वातावरण निर्माण गर्न पहल गरिने विषयमा पनि छलफल भएको थियो।

सरकार सञ्चालन प्रक्रियाका सन्दर्भमा सबैभन्दा ठूलो सत्तासाझेदार नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट केही गुनासो आएको जानकारी दिंदै प्रवक्ता शुक्लले वर्तमान सरकारको स्थायित्वका पक्षमा काङ्ग्रेसका प्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको पनि बताउनुभयो।

सत्तारुढ दलमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना पार्टी, नेकपा(माले), नेकपा (संयुक्त), राप्रपा, राजपा र समाजवादी प्रजातान्त्रिक जनता पार्टी छन्।

Popularity: 12%

Add comment February 14th, 2010

म्याग्दी प्रवासी नेपाली संघ मोनाले म्याग्दीमा कार्यालय स्थापना गर्ने

पूर्ण बिक पहाडी / एचकेनेपाल डट कम-
म्याग्दी प्रवासी नेपाली संघ मोनाले आउदो बैशाखबाट म्याग्दीमा कार्यालय स्थापना गर्ने जनाएको छ।

म्याग्दी प्रवासी नेपाली संघका संयोजक प्रकाश पुनका अनुसार पहिला नै खोल्ने भनिए पनि केही समस्याको कारण खोल्न नसकेको र हाल चाहिने सम्पूर्ण कार्यहरु पुरा भई सकेको हुदा बैशाखबाट कार्यालय शुरु हुन्छ भन्नु भयो। उहाँले मोनाको एनइसिलाई पनि जानकारी गराई सकेकाछौ अब म्याग्दीबासी मिलेर म्याग्दीमा बिकास गर्नु पर्छ भन्ने सबैको छ तर यसलाई कमान्ड गर्न नसकेको हुदा हामी अलि पछाडी परेका छौ अब म्याग्दी प्रवासी नेपाली संघ मोनाले नै यसको जिम्मा लिउनु पर्छ र लिन्छ।

यहि योजनामा हामी अगाडि बढेकाछौ आउदो १ वर्षभित्र हामीले ग्लोवल सम्मेलन गर्ने योजनासहित कार्यालयको स्थापना गर्ने छौ। अहिले ११ देशमा मोनाको स्थापना भएको भए पनि हाम्रो सम्पर्कमा सबै आएका छैनन्। उहाँहरुलाई सम्पर्कमा ल्याउन र बहराईन, मलेसिया,कोरिया,कतारलगायतका देशमा भएको म्याग्दी सेवा समितिलाई पनि हामीले मोनामा नै ल्याउने योजना छ।

यदी हाम्रो योजना अनुसार हामी अगाडि बढ्न सक्यौ भने ५ वर्षभित्र म्याग्दीमा अहिलेको म्याग्दी हुने छैन एउटा बिकासित र म्याग्दीबासीले म्याग्दीमा नै स्वरोजगारको बातवरण बन्ने छ। हामीसंग पैसा छ तर सहि ठाँउमा लगानी गर्न सक्ने अवस्था छैन। यो समस्यालाई अब म्याग्दी प्रवासी नेपाली संघले नै भूमिका खेल्नु पर्छ भन्ने मलाई लाग्छ भन्नु भयो। म्याग्दी अथवा म्याग्दी भन्दा बाहिरी जिल्लामा बसोबास गर्नुहुने सबैमा उहाँले यसकार्यमा हातेमालो गर्नको लागी हार्दिक अपिल गर्नु भयो। उहाँले म्याग्दीमा विभिन्न किसिमका खानी तथा हाइड्रोपावरको उत्खन्न गर्न सकेमा हामी बिदेशमा जानु नपर्ने र हामी एउटा नमुना जिल्लको रुपमा स्थापित हुन सकिन्छ। यसको लागि सबै पक्षबाट सहयोग हुनु जरुरी छ। उहाँले मोनालाई पनी छिटै दर्ता गर्ने जानकारी दिनु भयो। पुरानो मोना दर्ता गर्ने भनी गठन गएको समितिलाई पनी उहाँले सहयोग गर्नुहुने छ भन्ने आशा ब्यक्त गर्नुभयो।

Popularity: 12%

Add comment February 14th, 2010

नेपाली जन प्रगतिशील मञ्च बहराइनको अन्तरक्रिया कार्यक्रम

सन्तोष दाहाल, बहराइन / एचकेनेपाल डट कम-
नेपालमा चलिरहेको राजनैतिक तरलता र प्रवासिन वाध्य नेपालीहरुको स्थितीलाई मध्य नजर राख्दै नेपाली जनप्रगतिशील मञ्च बहराइनले नेपाली जनयुद्धको १५ औं वाषिर्क उत्सव पारेर १२ फेव्रुवरी २०१० का दिन बहराइनको सित्रास्थित मोःमो इन्टरनेशलन क्याट्रीङ्ग सेन्टरको हलमा राष्ट्रिय स्वाधिनता, नागरिक सर्वोच्चता, संघीय गणराज्य र प्रवासीहरुको भूमिका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रमका सभापति सोही मञ्चका अध्यक्ष अर्जुन धमलाले गर्नु भएको थियो भने प्रमुख अतिथि समाजसेवी गम गुरुङ्ग हुनुहुन्थ्यो । बहराइनस्थित बिभिन्न संघ संस्थाका प्रतिनीधिहरु अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। नेपाली एकता समाज बहराइनका प्रतिनिधी श्यामलाल पन्थले नेपालमा किन संघीय गणराज्य चाहियो - अहीले नेपाल गणराज्य नहुंदा त नेपालको सीमा मिचेकोबारे बोल्न नसकेको बेला नेपाललाई बिभिन्न जातीय गणराज्यमा टुक्राईएको बेला त्यो जातीय गणराज्यले सीमा रोक्न सक्छ ? भारतमा बिभिन्न राज्य भएकोले ती राज्यहरुमा एक आपसमा लडिरहेका छन् र त्यहाँ जातीय दंगा चलिरहेको अबस्थामा भारत केन्द्रिय सरकारले केही गर्न सकीरहेको छैन भने नेपालमा पनि त्यस्तै जातीय दंगा हुदैन भन्ने के ग्यारेन्टी छ? उहाँको सवालहरुलाई जन प्रगतीशिल मञ्चका उपाध्यक्ष देबीलाल डुम्रले प्रष्ट्याउनु भएको थियो। मञ्चका का.वा. महासचिव डबेन्द्र तिरुवाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको बिच बिचमा लालबहादुर पुर्वछाने मगर र देबीलाल डुम्रेले जनवादी गीत गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो। कार्यक्रमको समापन सोही कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष अर्जुन धमलाले गर्नु भएको थियो।

Popularity: 12%

Add comment February 14th, 2010

बेल्जियमस्थित संस्थाद्वारा ब्राम्हाण तथा क्षेत्रीको आन्दोलनलाई समर्थन

नेशन नेपाल, बेल्जियम-
हालै ब्रम्हाण तथा क्षेत्री समाजले गरेको जातिय राज्य र जातिय आरक्षण बिरुद्धको आन्दोलनलाई बेल्जियम स्थित (ओष्टेन्डे - ब्रुज)मानबिय भेदभाव उन्मुलन परिषद तथा HUMINITY DISCRIMINATION ERADICATION COUNCIEL FOR NEPAL ऐक्यवद्धता जनाएको छ।

अध्यक्ष लालबहादुर नेपालीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा भनिएको छ कुनै पनि सिङ्गो समूह वा सिङ्गो जात पछि परेको हुँदैन। दिनमै ३ लाखको ब्यापार गर्ने सुनार, दमाई पनि छन् भने दु:ख गरेर पढेर पनि होटेलमा भाडा माझेर जीबन गुजारा गरेका ब्राम्हाण, तथा क्षेत्री भनिने पनि छन्।

जसरी २ हातले मात्र ताली बज्द छ। भेदभाब मुक्त समाजको लागि ब्राम्हाण, क्षेत्री दमाइ पोडे या हामी सबैको हातेमालोको जरुरी छ अन्यथा जातिय राज्य, जातिय आरक्षणको अबधारणाले मुलुक गृहयुद्धमा फस्ने र हामी अन्त्यमा आन्तरिक शरणार्थी हुनु पर्ने दिन धेरै टाढा हुने छैन। जातिय आधारमा आरक्षण ब्यबस्था गर्दा अन्य जाती भनिएकाको अधिकारको हनन हुने हुँदा गरीबीको आधारमा प्क्याकेज सुबिधा वा अन्य ब्यबस्था मात्र राष्ट्रको हीतमा हुने एक मात्र बिकल्प हो।

२४ लाख अपाङ्गलाई केही दिन नसकेको सरकारसँग सपाङ ब्यक्तिहरुले भिक्षा माग्नु अल्छिपना र स्वार्थीपना हो भन्दै भारतमा स्वयम दलित भनिने डा. अंबेडकरले संबिधान लेखे पनि आफू स्वयं निर्वाचनबाट हारेको कारण बुद्धिष्ट धर्ममा प्रबेश गरेको स्मरण गराउदछौ। दलितले दलित चर्च र गैरदलित चर्च निर्माण भएको छ। अरक्षण नभएको अवस्थामा पनि १३ भाषामा पीएचडी पास गरेका डा. अंबेडकर र आ के नारायण कोटा वा आरक्षणबाट नभै आफ्नो क्षमताबाट संबिधानबिद - राष्ट्रपति भएका हुन्। चन्द्रमा पुगे पनि पहिलो दलित भन्ने खालको दलित या अन्य होच्याउने भेदभाब युक्त शब्दको अन्त्य गरी भेदभाब युक्त समाजको निर्माण गर्न अपिल गर्दै हामी एक-अर्कामा हातेमालो गर्न चाहेको र ब्राम्हाण, तथा क्षेत्री समाजको अभियानमा ऐक्यवद्धता जनाउन हाम्रा मातहतमा रहेका अन्य संस्थाहरुको साथमा युरोप र अन्य ठाउँमा हस्ताक्षर गराएर संबिधान सभा, नेपाल सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिने जानकारी गराउदै सबै नेपाली हौ भन्ने भावनाको बिकास गरी समाता मुलक राष्ट्रको निर्माणमा योगदान गर्न सबै पक्ष संघ अपिल गर्दछ।

Popularity: 12%

1 comment February 14th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2010
M T W T F S S
« Jan   Mar »
1234567
891011121314
15161718192021
22232425262728

Posts by Month

Posts by Category

More news....