Archive for June, 2010
एचकेनेपाल डट कम संवाददाता-
दलहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री माधवकुमार नेपालले बुधवार साँझ राजीनामा दिएका छन्। नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
सम्बोधनपछि नेपालले शितल निवास पुगेर राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा पत्र बुझाएका छन्।
राष्ट्रपतिले राजीनामा स्वीकृत गरेपछि माधव नेपाल प्रधानमन्त्रीको पदबाट मुक्त हुने छन्। अर्को प्रधानमन्त्री नबनेसम्म नेपाल काम चलाउ सरकारको प्रधानमन्त्री रहने छन्।
गत जेठ १४ गते संविधानसभाको म्याद थप्नुअघि तीन दलबीच राजनीति गतिरोध अन्त्यको लागि प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिने सहमति बमोजिम नेपालले राजीनामा दिएका हुन्।
माधवकुमार नेपालको राजीनामापछि अब को प्रधानमन्त्री बन्लान्? आफ्नो प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्
सम्बोधनको पूर्ण पाठ
आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु!
तेह्र महिनाअघि मैले प्रधान मन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन्। तत्कालीन प्रधान मन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका–संसदबाट म विधिवत् प्रधान मन्त्रीमा निर्वाचित भएको थिएँ। ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश, जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु। राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात–अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु।
शान्ति प्रक्रिया आरम्भ भएपछि राष्ट्रको सर्वोपरी हित तथा नया“ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने साझा मूल कार्यलाई सम्पन्न गर्ने न्यूनतम सहमतिका आधारमा सबै सरकार गठन भएका हुन्। तर पनि, ती सबै साझा कार्यहरु सम्पन्न भएका छैनन्। स्वाधीन, सबल, समृद्ध, स्वाभिमानयुक्त र शान्त लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो साझा आकांक्षा र लक्ष्य हो। यसैका लागि हामीले लोकतान्त्रिक सङ्घर्षको लामो र कष्टसाध्य यात्रा गरेका हौं र यस यात्राको क्रममा हामीले गत चार वर्षमा महत्वपूर्ण उपलब्धिहरु पनि हासिल गरेका छौं।
तिनै उपलब्धिको जगमा हाम्रो अग्रगामी यात्रा जारी छ। यद्यपि, यस यात्राका क्रममा देशलाई दिगो शान्तिको मार्गमा अग्रसर गराउन मैले पटक–पटक सहयात्राका लागि संवाद गरेको तथा बाह्रबुँदे सहमति गर्दै ऐतिहासिक जनआन्दोलनमा सहकार्यमा जुटेको एउटा पक्ष हाल असहमति र निषेधको मानसिकतामा रहेको अप्रिय स्थितिको हामीले सामना गरिरहेका छौं। यस्तो अवस्थाबाट देशलाई अविलम्ब मुक्त गर्दै विस्तृत शान्ति सम्झौता र त्यसका आधारमा भएका विभिन्न सहमतिहरुको कार्यान्वयनका लागि सहमति र समझदारीको राजनीतिक यात्रालाई अघि बढाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्दछ। यही कुरालाई आत्मसात् गर्दै मैले सरकारको नेतृत्व गरेदेखि नै संविधानसभामा रहेका सबै राजनीतिक दलहरु, विशेषगरी प्रमुख विपक्षी दलस“ग राष्ट्रिय सवालहरुमा सहमतिका साथ अघि बढ्न निरन्तर प्रयत्न गरेको छु। यद्यपि, यो प्रयास प्रमुख विपक्षी दल एनेकपा (माओवादी) को निरन्तर असहयोग र विरोधका कारण सफल हुन सकेन।
आदरणीय दिदी–बहिनी र दाजुभाइहरु!
देशको असाधारण राजनीतिक अवस्थामा सरकारको नेतृत्व सम्हालेदेखि नै हामीले संसद्देखि सडकसम्म निरन्तर अवरोध, घेराउ, आन्दोलन र आमहडतालको सामना गर्नुपर्यो। हाम्रो अनेक प्रयत्न हु“दाहु“दै पनि देशले अवलम्बन गरेको लोकतान्त्रिक प्रणाली र संवैधानिक व्यवस्था अनुरुप सरकार सञ्चालन र प्रतिपक्षको भूमिकाको संयोजन कायम हुन सकेन। राजनीतिक सहमति वा विमतिहरुको समीक्षा र संश्लेषण गर्दै व्यवस्थापिका–संसद्भित्रै सरकार सञ्चालनका सन्दर्भमा विधिवत निर्णय वा निष्कर्ष निकालौं भन्ने हाम्रो मान्यता रह्यो। तर, लोकतान्त्रिक संस्कृति र मान्यताप्रतिका प्रतिबद्धताहरु पालनाको उल्टो हामीले अमर्यादित प्रहार झेल्नुपर्यो।
यस्ता प्रहारहरु प्रतिपक्षको कक्षबाट मात्र भएनन्, अनपेक्षित दिशा र स्थानबाट समेत भए। आरम्भदेखि नै सरकारलाई असफल पार्ने अभियान नै चलाइयो। तर पनि, देश र जनताप्रतिको जिम्मेवारीवोध गरी हामीले अविचलित रुपमा आफ्नो कर्तब्य निर्वाह गर्यौं। २२ दलको समर्थनमा हामीले सरकार गठनका समयमा तय गरेको साझा सहमतिको न्यूनतम कार्यक्रमका आधारमा नै काम गर्यौं। अत्यन्त प्रतिकूल परिस्थितिमा पनि भिन्न राजनीतिक विचार भएका राजनीतिक दलहरुको एकता र सुझबुझको परिणामस्वरुप मेरो नेतृत्वको सरकार १३ महिनासम्म बहुमतका साथ अगाडि बढ्यो र अहिले पनि त्यो बहुमत कायमै छ।
संवेदनशील संक्रमणकालमा देशले रोजेको र खोजेको लोकतन्त्र, दिगो शान्ति तथा मानवअधिकारका पक्षमा हामी दृढतापूर्वक उभिएका छौं। सबै प्रकारका अधिनायकवादी सोच र कार्यहरुका विरुद्ध अविचलित रुपमा क्रियाशील रहँदै दवाव र धम्कीलाई अस्वीकार गरेका छौं। विगत द्वन्द्वकालका पीडाको पुनरावृत्ति हुननदिन संविधान र कानुन अनुरुपका जनअधिकार तथा कानुनी राज्यको रक्षाका लागि पाइला चालेका छौं। शान्ति प्रक्रियालाई प्रमुखता दिँदै माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापनाका लागि विशेष समितिलाई क्रियाशील तुल्याउँदै अयोग्य लडाकुहरुलाई शिविरबाट विदा गरिएको तथ्य जगजाहेर छ। शिविरमा रहेका लडाकुहरुको समायोजन र पुनःस्थापना सम्बन्धमा विस्तृत खाकासहितको कार्यतालिका र निर्देशिका तयार गरेर पनि एनेकपा (माओवादी) को असहयोगका कारण यसमा थप प्रगति हासिल हुन नसकेको यथार्थ मैले यहा“ उल्लेख गर्नैपर्दछ।
द्वन्द्वपीडितहरुलाई राहत उपलब्ध गराइएको छ र द्वन्द्वकालमा मारिएकाहरुलाई शहीदको सम्मान प्रदान गरिएको छ। संविधान निर्माणको कामलाई सरकार गठनको विषयसँग जोडेर प्रतिपक्षले संविधानसभाको कार्यप्रक्रियालाई समेत गतिहीन तुल्याएको कुरा यहाँ उल्लेख गर्नुपर्दा मलाई अत्यन्त दुःख लागेको छ। शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन र संविधान निर्माण कार्यलाई सम्पन्न गर्न राजनीतिक दलहरुको सहमति र सहकार्य अत्यावश्यक छ। यसका लागि राजनीतिक दलका नेताहरुको सुझबुझ र समझदारी आवश्यक हुन्छ। यस्तो समझदारी लोकतान्त्रिक र संवैधानिक मान्यतामा आधारित भएर मात्र टिकाउ हुन सक्छ।
तर, यस्तो सहमति र समझदारी एनेकपा (माओवादी) को निषेधको राजनीतिका कारण कायम हुन सकेन। सरकारका तर्फबाट संविधान निर्माणका लागि वातावरण सिर्जना गर्ने कार्यमा हामीले सदैव तत्परताका साथ भूमिका खेलेका हौं। संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना र राजनीतिक शून्यता, अस्थिरता र द्वन्द्वको सिर्जनाको खतरालाई ध्यानमा राखी हामीले संविधानसभाको कार्यकाल एक वर्षका लागि बढाउने प्रस्ताव व्यवस्थापिका–संसदमा पेस गरी पारित गराएका छौं।
अनेकौं व्यवधान र चुनौतीहरुको सामना गर्नुपरे पनि हाम्रो कार्यकालमा तुलनात्मक रुपमा शान्ति–सुरक्षाको स्थितिमा उल्लेखनीय सुधार भएको छ।
विशेष सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका सङ्गठित अपराध, हिंसात्मक कार्य र राजमार्ग बन्द जस्ता क्रियाकलाप नियन्त्रण गर्नुका साथै सुरक्षा निकायको सुधार, सुदृढीकरण र परिचालनतर्फ विभिन्न कामहरु भएका छन्। राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्नुका साथै औद्योगिक सुरक्षा बल गठनको सैद्धान्तिक आधार तय भइसकेको छ। राष्ट्रिय परिचयपत्र निर्माणको कामलाई अघि बढाइएको छ। जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, युवा नीति, औद्योगिक नीति, सूचना तथा प्रविधि नीति, शहरी खानेपानी तथा सरसफाई नीति लागू गर्नुका साथै पर्यावरणको रक्षाका लागि विश्वकै ध्यानाकर्षित गर्न सगरमाथाको आधारशिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक आयोजना गरेको कुरा सर्वविदित छ।
राजस्व परिचालनलाई उच्च स्तरमा कायम राख्दै काठमाण्डौं–हेटौंडा द्रूत मार्ग, बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र पोखरामा ठूला हवाई मैदान, मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग जस्ता ठूला विकास आयोजनाहरुलाई विशेष जोडका साथ अघि बढाइएको छ। सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरी पर्यटनको माध्यमद्वारा देशको अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य स्पष्ट गरिएको छ। कृषि, बन, जलस्रोत आदि जस्ता अन्य महत्वपूर्ण क्षेत्रमा स्पष्ट सोच र योजनाका साथ कार्यक्रम अगाडि बढाइएका छन्। जनता आवास, कर्णाली रोजगार, दलित, मुस्लिम महिला तथा कमलरीका लागि शिक्षा र तालिम जस्ता सामाजिक उत्थानका कार्यक्रमलाई महत्वका साथ कार्यान्वयन गरिएको छ।
टेलिफोन सेवाको व्यापक रुपमा विस्तार गरिएको छ। जेष्ठ नागरिक, जेष्ठ र द्वन्द्वपीडित पत्रकारहरुका लागि विशेष कोषको स्थापना र कार्यक्रम लागू गरिएको छ। महिला हिंसाविरुद्ध विशेष कार्यक्रम लागू गर्नुका साथै त्यस प्रयोजनका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै एकाईको स्थापना गरिएको छ। विगत एक दशकदेखि निष्क्रिय रहेका कतिपय सरकारी संयन्त्रहरुलाई पुनः सक्रिय तुल्याइएको छ। गणतन्त्र स्तम्भ निर्माण जस्ता केही कार्यहरु भने विभिन्न कारणले तत्काल अघि बढ्न नसकेको र सुशासनको दिशामा हामीले सोचे अनुरुप काम गर्ने स्थिति नरहेको कुरा भन्नुपर्दा मलाई दुःख छ।
विदेश सम्बन्धका क्षेत्रमा नेपालमा जारी शान्ति प्रक्रिया र विकास कार्यको पक्षमा सहयोग जुटाउन तथा राष्ट्रिय हित र गरिमाको अभिबृद्धि गर्न छिमेकी भारत र चीनलगायत विभिन्न मित्र राष्ट्रहरु तथा संयुक्त राष्ट्रसङ्घ समेतका अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरुस“गको सम्बन्धलाई अझ प्रगाढ तुल्याइएको छ। वैदेशिक सहयोगमा दोब्बर बृद्धि भएको छ। यसप्रकार जनताको अपेक्षा र देशको आवश्यकता अनुरुप सरकारले आफ्ना काम–कार्वाही अघि बढाएको कुरा यस अवसरमा स्पष्ट गर्न चाहन्छु।
आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु!
वर्तमान जटिल र संवेदनशील अवस्थामा देश र जनताका हितप्रति पूर्ण प्रतिबद्ध भई विवेकसम्मत पाइला चाल्नुपर्ने हुन्छ। यस्ता पाइलाहरु निश्चय पनि स्थापित र स्वीकृत राजनीतिक प्रणाली र संवैधानिक व्यवस्थाबाट निर्देशित हुनैपर्दछ। सङ्कीर्ण स्वार्थलाई परित्याग गरी वस्तुवादी किसिमले विगत र वर्तमानको समीक्षा गर्दै भविष्यको रेखाङ्कन गर्नुपर्दछ। यस सन्दर्भमा विगतलाई फर्केर हेर्दा जनताको व्यापक सहभागिताबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी माओवादीलाई हिंसाको बाटोबाट शान्तिको मार्गमा ल्याएर विस्तृत शान्ति सम्झौता सम्पन्न गर्ने तथा संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न गर्दै गणतन्त्र नेपालको आधार निर्माण गर्ने जस्ता उपलब्धिको स्मरण हुन्छ।
तर, सँगसँगै उक्त प्रक्रियामा भएका विभिन्न सम्झौता र सहमतिको कार्यान्वयन नहुँदा उत्पन्न जटिल मोडहरुको पनि यतिखेर सम्झना गर्नैपर्दछ। यस सन्दर्भमा एनेकपा (माओवादी) ले स्वयम् सरकारको नेतृत्व परित्याग गर्ने तर अरुमाथि आफूले प्रधानमन्त्रीको पदत्याग गर्नुपरेको दोषारोपण गर्ने, व्यवस्थापिका–संसद्को बैठक झण्डै पा“च महिनासम्म अवरुद्ध गर्ने, आफ्ना बाचाविपरीत बन्द र हड्तालको सिलसिला अगाडि बढाउँदै देशलाई अन्योलग्रस्त तुल्याउने, शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिक मर्यादालाई उल्लङ्घन गर्दै अरुमाथि अमर्यादित र अलोकतान्त्रिक रुपमा प्रहार गर्ने, सधैङ्का लागि परित्याग गर्ने भनिएको जबर्जस्ती चन्दा असुली र धम्की दिने गैरकानुनी काम बन्द नगर्ने, शिविरमा रहेका लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याई छ महिनाभित्र समायोजन र पुनःस्थापना गर्ने, कब्जा सम्पत्ति फिर्ता गर्ने र वाईसीएलको अर्ध–सैन्य संरचना भङ्ग गर्ने प्रतिबद्धता पूरा नगर्ने, सत्ता कब्जाको मनस्थिति राखी भ्रम, भय र आतङ्कको माध्यमबाट देश र जनतालाई अनिश्चयको दिशातर्फ धकेल्ने चेष्टा गर्ने, बहुदलीय राजनीति स्वीकार गरेको कुरा गर्ने तर अरु राजनीतिक दलहरुको अस्तित्व स्वीकार नगर्ने जस्ता प्रतिपक्षका बिडम्बनायुक्त व्यवहारबारे यहाँ चर्चा गर्नुपर्दा मलाई तीतो अनुभूति हुन्छ। यस्ता क्रियाकलापहरुको समीक्षा गर्दै एनेकपा (माओवादी) हिंसा, उग्रवामपन्थी उन्माद र सर्वसत्तावादी चिन्तन र क्रियाकलापबाट मुक्त भई लोकतान्त्रिक नागरिक पार्टीमा रुपान्तरित हुने अपेक्षा गरेको छु।
उपर्युक्त पृष्ठभूमिमा, हामीले भरखरै थपेको संविधानसभाको एक बर्षको कार्यकालको अत्यधिक सदुपयोग गरी शान्ति प्रक्रियालाई कसरी सार्थक निष्कर्षमा पुर्याउन सक्छौं र नया“ संविधान निर्माणको अभिभारा कसरी कार्यान्वयन गर्न सक्छौ“, कार्यान्वयन हुन बाँकी रहेका सम्झौता र सहमतिलाई कसरी पूरा गर्न सक्छौं, हिंसा र द्वन्द्वका सबै रुपहरुको अन्त्य गर्दै दिगो शान्तिको दिशामा कसरी अगाडि बढ्न सक्छौं, पटक–पटक सहमति गर्ने तर तिनको पालना र कार्यान्वयन नगर्ने प्रवृत्तिलाई हटाउ“दै पारस्परिक विश्वासको सिर्जना कसरी गर्न सक्छौं र जनताबीच राजनीतिक दलहरुप्रतिको विश्वासलाई स्थापित गरी देशमा समृद्धि र स्थिरता कसरी कायम गर्न सक्छौं भन्नेबारेमा गम्भीर हुनैपर्दछ।
यसमा गम्भीर हुँदै देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर मात्र हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा रहेका विमति र अन्तरविरोधहरुको समाधान गर्न सक्छौं। सहमतिको वातावरण नहुँदा देश र जनताले हानी मात्र ब्यहोर्नुपर्ने कुरामा दुई मत हुन सक्दैन। यस्तो यथार्थलाई मनन गरी द्वन्द्व, निषेध, बन्द र हडतालबाट देशलाई कुनै फाइदा नहुने तथा मुलुक अशान्ति, अन्योल र द्वन्द्वतर्फ धकेलिएर यसको स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता र आर्थिक स्थिति कमजोर हुने यथार्थप्रति जिम्मेवार भएर सोच्न म सबैलाई आग्रह गर्दछु।
आज देश परिवर्तन र रुपान्तरणको संक्रमणकालीन पीडा खेपिरहेको छ। हामीले अब आगामी तीन महिनाभित्र शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको समायोजना र पुनःस्थापनाको काम पूरा गरी देशलाई दिगो शान्तिको मार्गमा अघि बढाउनुपर्नेछ। हाम्रा सामु विगतको द्वन्द्वबाट उत्तरदानका रुपमा प्राप्त कतिपय असजिला विषयहरु मात्र छैनन्, संक्रमणकालबाट नाजायज फाइदा उठाउने चेष्टामा लागेका देशका विभिन्न भागहरुमा हत्या–हिंसामा संलग्न अनेकौं समूहका अवैध क्रियाकलापहरु नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पनि छ। साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतान्त्रिक अग्रगतिका साथ अघि बढ्नुपर्ने छ।
लोकतन्त्रबाट प्राप्त नयाँ परिवेश एवं बदलि“दो स्थितिमा सिर्जित जनताका आकांक्षाहरुलाई सम्बोधन गर्नुपर्ने छं। त्यस्तै ११ महिनाभित्र नयाँ संविधान निर्माण गरी राज्यको पुनःसंरचनाको माध्यमबाट देशमा सङ्घीय प्रणाली लागू गर्दै सबै समुदाय र क्षेत्रका जनतालाई अधिकारसम्पन्न तुल्याउनुपर्नेछ। यस्तो परिस्थिति विद्यमान रहेको अवस्थामा हाम्रा छिमेकी देशहरुका नीति र प्रगति, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा भइरहेका घटना र परिघटनाको प्रभाव हाम्रो जस्तो भू–राजनीति भएको देशमा कस्तो पर्छ भन्नेतर्फ पनि हामीले सोच्नै पर्दछ। वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश र हाम्रा सामु रहेका चुनौतीहरुलाई ध्यानमा राखेर सोच्दा नेपाल र नेपालीको हित र उन्नतिका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नु अपरिहार्य देखिन्छ। यही भएर नै मैले पटक–पटक सहमति र सहकार्यका लागि सबैसँग आग्रह गर्दै आएको हु“। सहमतिको नया“ यात्रा आरम्भ गर्न मैले प्रमुख तीन राजनीतिक दलका नेताहरुस“ग अनेक पटक आग्रह गरेको छु।
साथै, सरकारमा सहभागी राजनीतिक दललगायत अन्य राजनीतिक दलहरुस“ग सरकारको विकल्पबारे ठोस निष्कर्ष निकाल्नका लागि बारम्बार आग्रह गरेको छु। राजनीतिक दलका नेताहरुको आग्रह अनुरुप मैले राष्ट्रिय सहमतिको खोजीका लागि जेठ १४ गतेपछि दिएको एक महिनाको समय पर्याप्त नै हो भन्ने लाग्दछ। प्रतिपक्षी एनेकपा (माओवादी) का नेताहरुलाई समेत मैले उपयुक्त राजनीतिक निकास र सहमतिका लागि अनेकौं पटक आग्रह गरें।
तर पनि, कुनै सहमति हुन सकेन। सरकारले व्यवस्थापिका–संसद्मा नीति र कार्यक्रम तथा बजेट पेश गर्न ढिलो भइसकेको छ। यस्तो परिस्थितिमा देशलाई अनिर्णय र अनिश्चयमा राखिरहनु उचित नहुने हु“दा व्यवस्थापिका–संसद्मा सरकारको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले पूर्णता पाओस् र त्यसका लागि राजनीतिक निकास र सहमतिको मार्ग प्रशस्त होस् भन्ने आशयका साथ आजैका मितिदेखि मैले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेको छु।
आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु!
राजनीतिक यात्रा सरल रेखाबाट अघि बढ्दैन भन्ने कुरा मलाई राम्रोस“ग थाहा छ। यस यात्रामा सहयोगी र अवरोधक दुवै हुन्छन् भन्नेमा पनि मलाई कुनै शङ्का छैन। काम गर्दा कमी–कमजोरी रहन सक्छन् भन्ने पनि यथार्थ नै हो। सरकार सञ्चालन गर्दा कुनै कमी–कमजोरी रहेका भए म त्यसका लागि आत्माआलोचित छु। मेरो १३ महिने कार्यकालमा संयुक्त सरकारका सहभागी र सहयोगी राजनीतिक दलबाट प्राप्त निरन्तर सहयोगका लागि म ती सबै दल, दलका नेता, सांसद र कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अत्यन्त प्रतिकूल परिस्थितिमा पनि शान्ति र लोकतन्त्रका पक्षमा जनसमुदायबाट प्राप्त न्यानो माया र सहयोगका लागि म सिङ्गो मन्त्रिपरिषद् र स्वयम् आफ्नो तर्फबाट आभार प्रकट गर्दछु। अनैकौं अप्ठ्याराहरुको सामना गर्दै सरकारको पक्षमा उभिने मेरो पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु। नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया र आर्थिक–सामाजिक विकासका लागि निरन्तर योगदान गर्दै हामीलाई सहयोग गर्ने सबै मित्र राष्ट्र एवं अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।
मेरो राजीनामापछि शान्ति प्रक्रियाका बा“की कामहरु अविलम्ब पूरा गरिनेछन् भनी सार्वजनिक उद्घोष गर्ने एनेकपा (माओवादी) ले आगामी दिनहरुमा अवश्य पनि आफ्नो बचन पूरा गर्ने छ भन्ने मैले आशा गरेको छु। साथै, राष्ट्रिय सहमतिको यात्रा आरम्भ गर्दै यथाशीघ्र नयाँ सरकार गठन गरी शान्ति प्रक्रिया र संविधान निर्माणको अभिभारा पूरा गर्ने कार्यमा राजनीतिक दलहरुको पूर्ण सफलताको कामना गर्दछु। प्रधान मन्त्रीको पदबाट राजीनामा दिए पनि मैले गर्दै आएको देश र जनताको सेवा अविचलित रुपमा निरन्तर जारी रहनेछ भन्ने अठोट पुनः प्रकट गर्न चाहन्छु।
धन्यवाद
२०६६ असार १६
माधवकुमार नेपालले राजीनामा दिएको कदमलाई कसरी हेर्नुभएको छ? के नेपालको राजीनमापछि देशमा राजनीतिक गतिरोधको अन्त्य होला? आफ्नो प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्
HKNepal.com- LIVE update:
प्रधानमन्त्रीको सम्बोधनः
——————————————————————————–
राजीनामा पत्र बुझाउन नेपाल ७ बजे शितल निवासतर्फ प्रस्थान गर्ने
——————————————————————————–
सम्बोधन सकिएको छ
——————————————————————————–
सबैलाई धन्यवाद दिंदै नयाँ सरकारको गठन अविलम्ब होस् भन्ने ईच्छा व्यक्त
——————————————————————————–
काम गर्दा गल्ति हुन्छन्, त्यसको लागि आत्मलोचित रहेको भनाई
——————————————————————————–
राजनीति गतिरोध अन्त्यको लागि राजीनामा दिएको घोषणा
——————————————————————————–
मुलुक अशान्ति अन्योल र द्वन्द्वतर्फ धकेलिने अबस्था भएकोले सबै गम्भीर भएर सोच्न आग्रह
——————————————————————————–
सरकारले बैदेशिक सहायता दोव्वर पारिएको
——————————————————————————–
छिमेकी र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सम्बन्ध प्रगाढ बनाइएको
——————————————————————————–
सामाजिक उत्थानका कार्यक्रम महत्वका साथ कार्यान्वयन गरेको, जेष्ठ नागरिक र जेष्ठ पत्रकारहरुको लागि कोषको व्यवस्था गरिएको।
——————————————————————————–
सन् २०११ लाई पर्यटन बर्षको रुपमा मनाउने तयारी भएको
——————————————————————————–
माओवादीले बन्द र हड्ताल गरेर, सत्ता कब्जाको आतंक मच्चाएर, चन्दा असुली, हत्या, हिंसा बढाएर अघि बढेको। नागरिक पार्टी बन्न माओवादीलाई आग्रह
——————————————————————————–
जनताको चाहना अनुसार राजतन्त्रको अन्त्य गरेर माओवादीलाई राजनीतिको मूलधारमा ल्याएको
——————————————————————————–
देश र जनताको आवश्यकता अनुसार सरकार चलेको
——————————————————————————–
सरकार अझै बहुमतमा रहेको छ
——————————————————————————–
संविधानसभामा रहेका सबै दलहरूसंग सहकार्यको प्रयाश गरेको
——————————————————————————–
सरकारको पाला सुरक्षा व्यवस्थामा सुधार र सुदृढ भएको दाबी
——————————————————————————–
सरकारको तर्फ संविधान निर्माणको लागि हमेशा तत्पर रहेको खुलासा
——————————————————————————–
शान्ति प्रक्रियालाई महत्व दिंदै लडाकु समायोजना गर्ने प्रयाश गरेको
——————————————————————————–
माओवादीबाट असहयोग, सरकार गिराउने षडयन्त्र भइरहेको
——————————————————————————–
देश, जनता र लोकतन्त्रको पक्षमा इमान्दार हुने प्रयत्न गरेको
——————————————————————————–
१५ महिनाअघि प्रधानमन्त्रीको पद सम्हालेदेखि अनेकौं घुम्तिहरू व्यहोरें
——————————————————————————–
ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्बोधन सुरू
——————————————————————————–
सम्बोधन सुरू भएको छ
——————————————————————————–
सञ्चारकर्मीहरु सम्बोधन गर्ने हलमा भेला। मन्त्रीहरुको पनि हलमा प्रवेश।
——————————————————————————–
प्रधानमन्त्री माधवकुमार नेपालले केही बेरमा राजीनामा दिने भएका छन्
नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरिरहेका छन्
——————————————————————————–
माधवकुमार नेपालले राजीनामा दिएको कदमलाई कसरी हेर्नुभएको छ? के नेपालको राजीनमापछि देशमा राजनीतिक गतिरोधको अन्त्य होला? आफ्नो प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्
Popularity: 9%
June 30th, 2010
राम श्रेष्ठ, साउदी अरब/ एचकेनेपाल डट कम -
नेपाली जन प्रगतिशिल मञ्च साउदी अरबका केन्द्रीय महासचिव प्रेमध्वज लामा गत शुक्रबार आफ्नै क्याम्प (कोठा)मा अचानक आगलागी हुंदा गम्भीर अग्नी दुर्घटनामा पर्नुभएको छ।
दमामको दल्लास्थित लामाको कोठामा पेट्रोलियम पदार्थयुक्त किटनाशक औषधि छर्किएको अवस्थामा एकजना साथी बाहिरबाट आई चुरोट पिउंदा उक्त अग्नि दुर्घटना हुन गएको थियो। दुर्घटनामा लामाको दाहिने हात र दुबै गोडा आगोको लपेटमा परेका थिए।

गोडाको जलन अलि गम्भीर भएको हुंदा पूर्णरूपमा दुरूस्त हुन ४ महिनासम्म अस्पतालमै रही उपचार गर्नुपर्ने डाक्टरले जनाएका छन। हाल लामालाई दमाम सेन्ट्रल हस्पिटलको बर्न युनिटको आइसियुको रूम नं. २ मा राखी सघन उपचार गरिदै छ।
गैरआवासीय नेपाली संघ साउदी अरब सहयोगी मित्र प्रेम लामाज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। साथै निम्न बमोजिमका महानुभावहरूले तत्कालै ७३० रियाल उपलब्ध गरी सहयोग गर्नुभएको छ।
१. राजु सैयदः सा.रि. १२०
२. यास्मिन बेगमः सा.रि. १२०
३. धरम के.सी. सा.रि. १४०
४. चोला पाठकः सा.रि. ७०
५. राजु पौडेलः सा.रि. ७०
६. पुरूषोत्तम श्रेष्ठः सा.रि. ७०
७. हरि घिमिरेः सा.रि. ७०
८. डम्बर तामांगः सा.रि. ७०
Popularity: 9%
June 30th, 2010
एचकेनेपाल डट कम संवाददाता-
सरकारले मेची र महाकाली जोड्ने विद्युतीय रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ।
सिंहदरवारमा बुधवार बसेको मन्त्रीपरिषदको बैठकले मेची-महाकाली रेलमार्गका लागि अत्तरिया, भालुवाङ, बुटवल, माडी, पथलैया, ढल्केबार, कोशी ब्यारेज, इटहरी र काकडभिट्टामा रेलमार्गको प्वाइन्ट पहिचान गर्ने निर्णय गरेको छ।
बैठकले रेलमार्गको प्वाइन्ट पहिचानका लागि विकास समितिमा थप छलफन गर्ने निर्णय पनि गरिएको सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले बताए।
त्यसै गरी, बैठकले काठमाण्डौ-पोखरा रेलमार्गको अध्ययन कार्यलाईसमेत अघि बढाउने निर्णय गरिएको पोखरेलले जानकारी दिएका छन्।
Popularity: 9%
June 30th, 2010
एचकेनेपाल डट कम संवाददाता-
संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन ठूला दलले संविधान लेखन र शान्तिप्रक्रियामा ध्यान नदिएर मुलुकलाई खाडलमा धकेल्ने काम गरेको भनी साना दलहरूले स्पष्टिकरण लिएका छन्।
संविधानसभा भवन नयाँ बानेश्वरमा तीन दलका शीर्ष नेताहरूलाई बोलाई सो स्पष्टिकरण लिंदै संविधानसभाको समयावधि बढाउने सिलसिलामा तीन दलबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न दबाव दिएका थिए।
बैठकपछि एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य बाधक प्रधानमन्त्रीको राजीनामा नआउनु नै हो भन्दै प्रधानमन्त्रीको राजीनामापछि समस्याको गाँठो खोलिने तर्क गर्नुभयो।
उहाँले बहुमतीय सरकारले शान्ति र संविधान बनाउन सक्दो रहेनछ भन्ने कुरा विगत दुई बर्षको अनुभवले पुष्टि गरिसकेको बताउँदै प्रधानमन्त्रीले जति छिटो राजीनामा दिनुु हुन्छ त्यति नै चाँडो दलहरूबीच सहमति हुन्छ भन्नुभयो।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले शान्तिप्रक्रिया र संविधान लेखन कार्यमा भएको ढिलाई भएकाले त्यसलाई कसरी गतिशील तुल्याउन सकिन्छ भन्ने बारेमा छलफल भएको बताउदै यी काम पूरा गर्न राष्ट्रि्रय सहमति अनिवार्य शर्त भएकाले दलहरूबीच संवाद र सहमति आवश्यक छ भन्नुभयो।
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सानादलले संविधान लेखन र शान्तिप्रक्रियालाई प्राथमिकता दिन आफूहरूलाई बोलाएको बताउँदै मुलुकको प्राथमिकतामा परेको विषयमा अलमलिनु हुँदैन भन्ने नै बैठकको निष्कर्ष हो भन्नुभयो।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलले मुलुकलाई अन्यौलको भुमरीमा धकेल्ने काम गरेकाले आज साना दलले उनीहरूसँग स्पष्टिकरण लिएका हुन् भन्नुभयो।
स्वतन्त्र सभासद् बबनसिंहले भने सानादलहरू नै सरकारमा आफ्नो स्थान कसरी स्थापित गराउन सकिन्छ भन्ने दाउमा रहेकाले यस्तो बैठकको कुनै औचित्य नरहेको भनाइ राख्नुभयो।
बैठकमा तीन ठूला र १५ साना दल तथा केही स्वतन्त्र सभासद्को सहभागिता रहेको थियो।
Popularity: 9%
June 30th, 2010
एचकेनेपाल डट कम संवाददाता-
बेलायतले युरोपबाहिरबाट आफ्नो मुलुकमा प्रवेश गर्ने कामदारलाई नियन्त्रण गर्ने भएको छ। गैर युरोपिय कामदारका निम्ति अध्यागमन सीमा तोक्न त्यहाँको मिलिजुली सरकारले परामर्श गर्ने जनाइएको छ।
बेलायती राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सीमा निर्धारण गर्न १२ हप्तासम्म व्यापारीवर्गलगायत सरोकारवालाहरूसँग परामर्श गरिने छ।
अन्तरिम सीमा वा परामर्शबाट नेपाली विद्यार्थी र गोर्खा प्रभावित नहुने स्पष्ट गर्दै उक्त दूतावासले परामर्शसम्बन्धी दस्तावेजमा नेपाली उद्यमी व्यवसायी तथा सरकारी धारणालाई बेलायतले स्वागत गर्ने जनाएको छ।
Popularity: 9%
June 30th, 2010
एचकेनेपाल डट कम संवाददाता-
सञ्चारमन्त्री शंकर पोखरेलले श्रमको सम्मान गर्न र आर्थिक—सामाजिक विकासका लागि स्वावलम्बी बन्न चीनबाट सिक्नु पर्ने बताएका छन्। चीनबाट नेपालले ‘लाहुरे प्रवृत्ति’ त्यागी स्वदेशमा श्रम गर्न प्रेरित हुनुपर्ने उहाँले बताउनुभयो।
‘अरबमा गएर अर्काको नियन्त्रण र दासतामा काम गर्न सक्ने हामी आफ्नै देशमा त्यही काम गर्न सङ्कोच मानिरहेका हुन्छौ ‘ उहाँले भन्नुभयो– ‘चीनको श्रमप्रतिको निष्ठाकै कारण आज विश्वमा बहुराष्ट्रिय कम्पनी र लगानी त्यतै आकर्षित भएका छन्। हामीले यसलाई आत्मसात् गर्न नसक्ने हो भने कुवाको भ्यागुतो बन्नेछौ।’
चाइना रेडियो इन्टरनेशनल (सीआरआई) को नेपाली सेवा सुरु भएको ३५ वर्ष प्रवेश तथा स्रोता क्लबहरुको राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रममा उहाँले त्यस्तो बताउनु भएको हो।
Popularity: 9%
June 30th, 2010
एचकेनेपाल डट कम संवाददाता-
आदिवासी जनजाति तथा थारु समुदायले जातीय मुक्ति र संविधान निर्माणमा दबाब दिनका लागि प्रशिक्षित गरेको राष्ट्रिय मुक्ति सेना ब्याक कमाण्डो सुनसरीको दुहवीमा सार्वजनिक गरिएको छ।
थारुहट सेनाको चौथो वटालियनको रुपमा प्रशिक्षित ब्ल्याक कमाण्डोले जातीय मुक्तिका लागि सशक्त रुपमा युद्ध गर्न सक्नेगरी तालिम दिइएको त्यसका कमाण्डर सगेन चौधरीले बताउनुभयो।
सैन्य शक्ति सार्वजनिक गर्न आयोजना गरिएको सभामा विभिन्न जनजातिका नेताहरुले थपिएको समयमा पनि संविधान निर्माण हुन नसक्ने परिस्थिति विकास भएकोमा चिन्ता प्रकट गरेका छन्।
Popularity: 9%
June 30th, 2010
एचकेनेपाल डट कम संवाददाता-
मकवानपुर जिल्ला अदालतले हेटौँडा नगरपालिका वडा नं. ८ कमाने निवासी ठूलो कान्छा मोक्तान लामालाई आफ्नै नाबालिका छोरीप्रति बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
न्यायाधीश बालचन्द्र शर्माको एकल इजलासले सो आदेश दिएको हो।
बाबुले आफ्नै सात वर्षीया छोरीलाई गत जेठमा पटकपटक गरी बलात्कार गर्दैआएको अभियोग लगाइएको छ।
पीडितले आफ्नी शिक्षिकालाई उक्त घटना बताएपछि सो अपराध सार्वजनिक भएको थियो।
Popularity: 8%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।
एमाले अध्यक्ष झलनाथ खनालसंग मंगलबार भएको भेटमा नयाँ सरकारको नेतृत्व आफूले लिने बताउंदै गच्छदारले सहयोग गर्न खनालसमक्ष आग्रह गरेका छन्।
एमाले र कांग्रेसले सरकारको नेतृत्व लिइसकेकाले अब बन्ने सरकार मधेशवादी दलले लिन पाउनु पर्ने बताएका छन्।
मधेसबादी दलहरूको आफूलाई समर्थन रहेको र आफूलाई साझा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गरेकाले आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
Popularity: 8%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
खसी चोर्ने क्रममा कटुवा पेस्तोलसहित पक्राउ परेका तीन भुटानी शरणार्थी युवकलाई कारागार चलान गरिएको छ।
जिल्ला प्रशासन मोरङको आदेशमा झापा, बेल्डागी–२ स्थित भुटानी शरणार्थी शिविरका १९ वर्षीय वसन्तकुमार राई, १८ वर्षीय टेकबहादुर राई र १९ वर्षीय बिर्ख तामाङलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
गत जेठ २२ गते मोरङको मधुमल्ला–१ का हरि श्रेष्ठको खसी चोरेर भाग्ने क्रममा उनीहरूलाई गाउँलेहरूले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए।
ती शरणार्थी युवकहरूविरुद्ध हात–हतियार तथा खरखजाना ऐनअन्तर्गत प्रहरीले मुद्दा चलाएको छ।
Popularity: 8%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
वि सं. २०६१ मङ्सिर २९ गते नेपाल सरकारले प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने घोषणा गरेको थियो।
नेपालको जुम्लामा पनि धान फल्ने गर्दछ जुन संसारको सवैभन्दा अग्लो धान फल्ने स्थान हो। गत आर्थिक वर्ष ०६५/६६ मा नेपालको आँकडा अनुसार कुल धान उत्पादन करिब ४५ लाख मेट्रिक टन भएको थियो र एक किलोग्राम धानको मूल्य १५ रूपैया थियो। उक्त परिमाणको धानको मूल्य करिब ६७ अर्ब रूपैया बराबर हुन आउँछ।
नेपालमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक बृद्धिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक बृद्धिदर नै ओरालो लाग्छ। त्यसैले धानले देशलाई अतुलनीय योगदान पुर्याएको छ।
Popularity: 7%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारलाई राम्रोसँग सञ्चालन गर्नको लागि धेरे प्रयास गर्दागर्दै पनि शान्ति र संविधान निर्माण गर्न असफल भएको बताउनुभएको छ।
अनेरास्ववियु वागमती विशेष ब्युरोले आयोजना गरको वृहत कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म शान्ति र संविधानको एजेण्डा पूरा नहुने स्पष्ट पार्नुभयो।
‘सबै राजनीतिक दल सम्वाद, सहमति र सहकार्यको आधारमा अगाडि बढनुपर्छ,’ उहाँले भन्नुभयो–’एकीकृत नेकपा (माओवादी)लाई सरकारमा समावेश गराएर मात्र शान्ति र संविधानको कार्यभार पूरा गर्नुपर्छ।’
राजनीतिक दलहरूबीच जेठ १४ गते सहमति गरेर एक वर्षको लागि संविधानसभाको समयसिमा थप्न नसकिएको भए मुलुक ठूलो दुर्घटनामा पर्ने खतरा देखाउँदै उहाँले थप्नुभयो,–संविधानसभाको समय थप्न नसकिएको भए देश मुठभेडमा गई शान्तिप्रक्रिया भङ्ग हुने खतरा हुन्थ्यो,लोकतान्त्रिक आन्दोलनको उपलब्धि हासिल गर्न सम्भव थिएन।
Popularity: 7%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)ले जनताले अबको ११ महिनाभित्र पनि संविधान नपाउने र जनतालाई ठूलो धोका हुने स्थिति विकसित भएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ।
पार्टीमा महासचिव लोकनारायण सुवेदीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- तीन बूँदे सहमति गरेर एक बर्षमा संविधान बनाउने ढोल पिट्ने तीन दलका नेतृत्वले एक महिना बितिसक्दा पनि संविधानको ‘स’ सम्म पनि उच्चारण नगर्नु र कुर्सीमा टाँसिने रकुर्सीमा जाने कुरालाई नै सर्बोपरी राखेर गतिविधि गर्नुले जनताले अबको ११ महिनाभित्र पनि संविधान नपाउने र उनीहरुलाई ठूलो धोका हुने स्थिति बिकसित भइरहेको अमान्य र अपाच्य स्थितीप्रति नेकपा (संयुक्त मार्क्सवादी) गम्भीर चिन्ता प्रकट गर्दै राजनीतिक गतिरोधलाई कायम राखेर देश र जनताप्रति यसरी प्रस्तुत हुने जिम्मेवार दलहरुको गैर जिम्मेवार नेतृत्वप्रति घोर बिरोध जनाउँदछ।
तीन ठूला दलहरुका यस्ता अबाञ्छित कृयाकलापले सामन्ती तथा नब सामन्ती प्रतिगामी शक्ति तथा बाहृय प्रतिकृयावादी शक्तिबाहेक अरु कसैलाई फाइदा पुग्दैन र नेपाली जनताको ६० बर्षको गणतन्त्रात्मक लोकतन्त्रको संर्घषलाई यसले घोर अबमूल्यन र अपमान मात्र गर्दछ भन्ने कुरा नेकपा (संयुक्त मार्क्सावदी) औल्याउँदछ, विज्ञप्तिमा भनेको छ।
Popularity: 7%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका नेताहरूको दश सदस्यीय उच्च स्तरीय टोली मंगलवार बिहान पौने ११ बजे चीन प्रस्थान गरेको छ।
माओवादी उपाध्यक्ष नाराणणकाजी श्रेष्ठको नेतृत्वमा गएको भ्रमण टोलीमा विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, हितराज पाण्डे, लोकेन्द्र विष्ट, सन्तोष बुढामगर, खगराज भट्ट, पवनमान श्रेष्ठ, सत्य पहाडी, गंगा दाहाल र कृष्णदेव सिंह दनुवार रहेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी नेताहरू चीन गएका हुन्। नेताहरूको विहान ल्हासा हुंदै बेइजिङ पुग्ने कार्यक्रम रहेको छ।
बेइजिङमा रहंदा माओवादी नेताहरूले चीनीयाँ सरकारको अन्तर्राष्ट्रिय ब्यूरो प्रमुखसहित कम्युनिष्ट पार्टीका उच्च नेताहरूसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भेटका क्रममा आपसी सम्बन्धका बारेमा गहन छलफल गरिने, दुई देशबीचको सम्बन्ध सुदृढ तथा नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी प्रवर्द्धनका लागि छलफल हुने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए।
Popularity: 7%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
दोलखा जिल्लाका ५१ गाविसका २१ जना सचिवहरूले मंगलवार दिउंसो सामूहिक राजीनामा दिएका छन्।
संयुक्त जातीय मुक्ति मोर्चा नेपालले तत्काल राजीनामा दिन धम्की दिएपछि उनीहरूले सबैले सामूहिक रूपमा राजीनामा दिएका हुन्।
उनीहरूले स्थानीय विकास अधिकारी शंकरबहादुर थापासमक्ष राजीनामा पत्र बुझाएका छन्।
Popularity: 7%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
रोलर मेसिनमा च्यापिएर मंगलबार विहान दोलखामा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा १८ वर्षीय रामेश्वर थामी रहेका छन्। चरिकोटस्थित कालीनाथ भिनियर एण्ड उडक्राफ्ट फर्निचरमा कार्यरत थामीको फर्निचर रोलर मेसिनमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
काम गर्ने क्रममा मेसिनमा कपडा च्यापिएपछि गम्भीर घाइते भएका थामीलाई उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Popularity: 7%
June 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
आज असार पन्ध्र राष्ट्रिय धान दिवस देशभर खेतमा रोपाइँ गरी दही-चिउरा खाएर मनाइँदैछ। ‘असारको पन्ध्र दहीचिउरा खानू, साउनको पन्ध्र खीर’ भन्ने लोकोक्ति प्रख्यात छ। आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाइन्छ।
आज रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरु पनि अरुको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छुपाछाप गरेर रमाइलो गर्छन्।
असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ। बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ।
रोपाइँ गर्दा आफ्ना दुःख पीर तथा जीवनका घटनालाई गीतका रुपमा असारे गीत गाउने पनि गरिन्छ। यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।
‘मानो रोपेर मुरी फलाउने’ यस समयमा खेतमा पानी नभएपछि कृषकमा असार पन्ध्रको खासै उमङ्ग देखिएको छैन।
Popularity: 21%
June 29th, 2010
भीम के सी कमल, लिस्बन/ एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजना तथा लिस्बन नगरपालिका एबं नेपाली दूताबास फ्रान्सको सहयोग र पोर्चुगलमा अवस्थित सम्पूर्ण नेपाली संघसंस्था, ब्यबसायी तथा नेपाली जनसमुदायको सकृय सहभागितामा जुन २५ र २६ तारिखका दिन अन्तर्राष्ट्रिय साँस्कृतिक मेलाको अवसरमा ‘नेपाल-डे’ सम्पन्न भएको छ।
नेपाल डे पोर्चुगिस नागरिक, पर्यटकहरु तथा आप्रबासी नेपालीहरुको उत्साहपूर्ण सहभागितामा भब्यरुपमा सम्पन्न भएको छ। पोर्चुगलको राजधानी लिस्बनको केन्द्रमा रहेको अलमेदा पार्कमा सम्पन्न उक्त ‘नेपाल-डे’ २०१० कार्यक्रममा प्रस्तुत नेपाली भेषभुषा, संस्कृति, कलात्मक सामग्रीहरु, लत्ता कपडा, नेपाली परिकारहरु, नेपालका रमणिय दृष्यहरु समेटिएको भिडियो एबं स्लाइड शो, नेपालको परम्परागत संगीत तथा नृत्यहरुले मेलामा आउने सबै आगन्तुकहरुको आकर्षण सहजै बढेको देख्न सकिन्थ्यो।
‘नेपाल-डे’ २०१० लाइ सफल पार्न नेपाली दूताबास फ्रान्सले पोष्टर, पम्पलेट, सिडी तथा प्रचार सामग्रीहरु उपलब्ध गराएको थियो भने लिस्बन नगरपालिकाले स्टल, मन्च तथा साउण्ड सिस्टम, प्रचार प्रसार र ब्यबस्थापनमा सहयोग गरेको थियो।
पोर्चुगलमा रहेका नेपाली रेष्टुरेण्ट ब्यबसायीहरु मकर हमाल (रेष्टुरेण्ट-एभरेष्ट), पुर्ण हमाल (रेष्टुरेन्ट-टेस्ट अफ नेपाल), कुमार श्रेष्ठ (रेष्टुरेन्ट-अन्नपुर्ण), सुर्य हमाल (रेष्टुरेन्ट-एभरेष्ट ए-सी), मन बहादुर पुर्जा (रेष्टुरेन्ट-माँया), रमेश गुरुङ (रेष्टुरेन्ट-सांग्रीला), बाला बि क (रेष्टुरेन्ट-लिटिल नेपाल), हेम सापकोटा (रेष्टुरेन्ट-हिउँचुली)ले स्वादिष्ट नेपाली खाना तयार गरी सौजन्य गरेको सो कार्यक्रममा नेपाली परिकारहरु मन पराइ पोर्चुगिसहरुले नेपाली खाना बारे समेत बिभिन्न जिज्ञासा राखेका थिए।
नेपालका पर्यटकीय स्थल, संस्कृति, परम्परा, नेपाल भ्रमण बर्ष २०११ का बिबिध पक्षहरुका बारेमा कमल गुरुङ, हेमन्त सेढाइ, लक्ष्मीप्रसाद सापकोटा, ज्योती गुरुङ, मकर हमाल, भीम केसी कमल, टिका आचार्य, भानु सापकोटा, पोर्चुगिस नागरिक तथा नेपाल-डे २०१० सफल पार्न पोर्चुगिसहरुद्वारा गठित समितिका सदस्य भिक्टर गोडिन्हो लगायतले आगन्तुकका बिभिन्न प्रश्न तथा जिज्ञासाहरुका बिषयमा जानकारी दिने क्रम निरन्तर रुपमा चलेको थियो।
लिस्बन नगरपालिकाकी कार्यक्रम निर्दिशक सुश्री आना फोर्ट तथा अन्य पोर्चुगिस एबं बिदेशी नागरिक र ठूलो संख्यामा नेपालीहरुले नेपाल पर्यटन बर्ष २०११ तथा एनआरएन पोर्चुगलको लोगो अंकित टीसर्ट लगाएर हिडदा सारा मेला स्थल नै नेपालमय भएको देखिन्थ्यो।
‘नेपाल-डे’ २०१० लाइ थप आकर्षक र उत्साहजनक बनाउन तमु समाज, नेपाल आदिबासी जनजाती महासंघ, नेपाल मगर संघ, युरोप शेर्पा किदुग, नेवा: पुच, तामाङ समुदाय र एनआरएन पोर्चुगलका महिला तथा पुरुषहरुले आ-आफ्नो परम्परागत पहिरन, गरगहना तथा नेपाली राष्ट्रिय पोशाक लगाइ पालैपालो पाहुनाहरुको स्वागत तथा जानकारी दिने काम गरेका थिए।
कार्यक्रमको अर्को आकर्षणको रूपमा रहेको नेपाली साँस्कृतिक कार्यक्रममा सारङ्गी, बाँसुरी, मादल र झ्याली सम्मिलित सुमधुर नेपाली संगीत प्रस्तुत गरिनुका साथै परम्परागत नेपाली भेषभुषामा सजिएका बालकलाकार हेभीना सेढाइ र शेर्पा समुदायका कलाकारहरु सोनम शेर्पा, पेम्बाछिरी शेर्पा, सेर्की शेर्पा, डाकु शेर्पा, ल्हमु शेर्पा, छिरिङ्मा शेर्पाद्वारा आकर्षक नृत्य देखाइएको थियो। पोर्चुगलमा सुपरिचित सारङ्गी उस्ताद एकिन्द्र हमालको सारङ्गीको धुन,कलाकार सुकुन पुनको मनमोहक बांसुरीको राग, भरत श्रेष्ठ, शङ्कर नेपाली तथा पन्च गुरुङको मादल र झ्यालीको तालमा सयौ पोर्चुगिस तथा नेपालीहरु छमछमी नाच्दै गरेको दृष्यले नेपालको परम्परागत मेला पर्बको झझल्को दिएको थियो।
कार्यक्रमलाइ रोचक, आकर्षक र उत्साहपूर्ण रूपमा सफल बनाउन सहयोग पुर्याउने पोर्चुगलबासी नेपाली दाजुभाइ दिदिबहिनीहरु, कलाकारहरु, संघसस्थाहरु, ब्यबशायीहरु, संचारकर्मीहरु, नेपाली दूताबास फ्रान्स, लिस्बन नगरपालिका र पोर्चुगिस शुभचिन्तकहरु सबैलाइ गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गर्नु भएको छ।
‘नेपाल-डे’ २०१०को ब्यबस्थापन तथा समन्वयमा खटेका गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद सदश्य तथा पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालले यो कार्यक्रमको भब्य सफलताबाट आफू उत्साहित भएको बताउदै आगामी दिनहरुमा समेत यस्तै उपयोगी र फलदायी कार्यक्रम गर्दै जान सके नेपाल पर्यटन बर्ष २०११ लाइ ठुलो टेवा पुग्ने र उल्लेख्य मात्रामा पोर्चुगिस पर्यटकहरु नेपाल भित्र्याउन सकिने बिश्वास ब्यक्त गर्दै गैरआवासीय नेपाली संघको यो अभियानमा पोचुगलबासी सबै आप्रबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ हातेमालो गर्दै अघि बढन आह्वान गर्नु भएको छ।
Popularity: 6%
June 29th, 2010
सुदर्शन रञ्जित, पोखरा/ एचकेनेपाल डट कम-
नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माणको सहयोगार्थ विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्न सुरु गरेका छन्।
पोखरा १ बगर स्थायी घर भई हाल कोरिया बस्दै आउनुभएका मदन के.सी.ले भवन निर्माण सहयोगार्थ आइतवार २५ हजार २५ रुपैया सहयोग गर्नुभएको हो। के.सी.ले आफ्ना स्वर्गीय बुबा देव र आमा मिठुको स्मृतिमा सो रकम सहयोग गरेको बताउनुभयो।

तस्वीरः सुदर्शन रञ्जित, पोखरा/ एचकेनेपाल डट कम
नेपाल कोरिया व्यापार संघका अध्यक्षसमेत रहेका के.सी.ले पत्रकार महासंघको भवन निर्माणको लागि आफू कोरिया फर्केपछि पनि त्यहाँ रहेका नेपाली दाजुभाइहरुसँग सहयोग संकलन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
के.सी. हाल कोरियामा ताजमहल रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएको छ। कोरियालगायत विश्वभरी नै नेपाललाई माया गर्ने दाजुभाईहरु प्रशस्तै रहेकोले सम्पर्क गर्न सके सबैले सहयोग गर्ने विश्वास समेत के.सी.ले व्यक्त गर्नुभयो।
विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएन ) का समेत कार्यकारी सदस्य रहेका के.सी.ले एनआरएनको तर्फबाट पनि आफूले सहयोगको लागि पहल गर्ने बताउनुभयो।
सो अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण कार्कीले के.सी.ले देखाएका सद्भावको लागि धन्यवाद दिंदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राखेको बताउनुभयो।
कोरियामा सहयोग संकलन गर्न सघाउ पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघको कोरिया शाखा र नेपाल कोरिया व्यापार संघलाई समेत पत्राचार गरिएको अध्यक्ष कार्कीले बताउनुभयो।
सो अवसरमा के.सी.को नेतृत्वमा सहयोग संकलन गर्न पत्रकार महासंघ कास्कीको नगदी रसिद प्याडसमेत हस्तान्तरण गरिएको थियो।
Popularity: 7%
June 28th, 2010
तिवारी हत्यामा माओवादी नेता पक्राउ
एचकेनेपाल डट कम संवाददाता, जुन २८-
हिन्दू युवा संघका केन्द्रीय अध्यक्ष काशिनाथ तिवारीको हत्याको अभियोगमा प्रहरीले माओवादी नेतालाई प्रकाउ गरेको छ।
पक्राउ पर्नेमा माओवादी जनवर्गीय सङ्गठन मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा भोजपुरा राज्यसमिति सदस्य जालिम मियाँ रहेका छन्। आइतबार राति पर्साको जगरनागपुरबाट उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आइतवार दिउंसो पक्राउ परेका भारत सीतामढी निवासी निरजुकमार सिंह, रामगढवाका अरबिन्द पटेल तथा पर्सा अलौ गाविस-७ का नरायण साह र वीरगन्ज उपमहानगरपालिका-१३ का श्रीलाल गुप्ताले दिएको बयानको आधारमा मियाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सञ्जीव शर्माले जानकारी दिए।
मियाको पक्राउपछि सोधपुछ भइरहेको छ।
____________________________________
तिवारी हत्याको विरोधमा वीरगञ्ज बन्द
एचकेनेपाल डट कम संवाददाता, जुन २७-
हिन्दू युवा संघका केन्द्रीय अध्यक्ष काशिनाथ तिवारीको हत्याको विरोधमा अनिश्चितकालीन वीरगञ्ज बन्द भएको छ।
हत्याको विरोधमा वीरगञ्जका शैक्षिक संस्था, व्यापारिक प्रतिष्ठान र बजार, कल कारखाना तथा यातायात बन्द भएका छन्। बन्दको कारण त्यहाँको जनजीवन प्रभावित भएको छ।
दोषीलाई कडा कारवाही, मृतकका तिवारीलाई शहीद घोषणा तथा उनका परिवारलाई क्षतिपूर्तिको माग गर्दै वीरगञ्ज बजार बन्द गरिएको हो।
रानीघाट-१३ निवासी ४५ वर्षीय तिवारीको शनिवार साँझ ५:३० बजे अशोक वाटिकास्थित शिवपार्वती मठमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका ३ जनाको समूहले उनीमाथि गोली प्रहार गरेका थिए। पिठ्यूँमा तीन राउण्ड गोली लागेर गम्भीर घाइते भएका तिवारीको नारायणी उपक्षेत्रिय अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिए लगत्तै मृत्यु भएको थियो।
घटनामा संलग्न चार जनालाई प्रहरीले शनिवार नै पक्राउ गरेको छ। उनीहरूसंग सोधपुछ भइरहेको प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले बताएका छन्।
Popularity: 10%
June 28th, 2010
एचकेनेपाल डट कम संवाददाता-
कैलाली (टीकापुर), असार १४- सीमावर्ती भारतीय बजार तिकुनियाका दुई व्यापारीसँग खैलाड गाविसको बिजुलिया जङ्गलमा तीनजना लुटेराले दिउसै ८ लाख लुटेरका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुखडबजारबाट भारु साटेर भजनीतर्फ फर्किरहेका प्रेमचन्द निषाद र धमेन्द्र निषादलाई पिछा गर्दै आएका लुटेराले जङ्गलमा पुगेपछि बाटो अवरोध गरी ‘हामी पुलिस हौं’ भनी गाडीको ब्लु बुक र लाइसन्स मागेको पीडित प्रेम चन्दले बताए।
उनका अनुसार झोलाबाट मोटरसाइकलका कागजात निकाल्दा लुटेराहरु पैसासहित झोला लिएर भागेका थिए।
लुटिएपछि भजनी पुगेका पीडित निषादद्वयले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्।
सो सम्बन्धमा बुझ्दा इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक कर्ण कार्कीले उजुरीकर्ता निषादद्वयले ८ लाख लुटपाट भएको उजुरी दिएका र अहिले लुटेराको खोजी तथा अनुसन्धान भइरहेको बताए। सीमावर्ती क्षेत्रमा बर्सेनि यसरी व्यापारीहरु लुटिँदैआएको प्रहरीले बताएको छ। (रासस)
Popularity: 7%
June 28th, 2010
एचकेनेपाल डट कम संवाददाता-
रक्षामन्त्री विद्यादेवी भण्डारीले एकीकृत नेकपा (माओवादी)को अवरोधका बाबजूद पनि तोकिएकै समयमा बजेट ल्याइछाड्ने बताउनुभएको छ। प्रेस चौतारी कास्कीले पोखरा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री भण्डारीले बजेटलाई मोलमोलाइको विषय बनाउने माओवादीको गतिविधि सही नभएको बताउनुभयो।
प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिए बजेट ल्याउन नदिने माओवादी अडानको प्रतिवाद गर्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार माओवादी लडाकू समायोजन हुने बताउनुभयो।
“३४ सय हतियार रहेकाले ‘एक हतियार बराबर एक लडाकू’ अनुसारनै लडाकू समायोजन हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसमा पनि योग्यतामा नपरे एकजना पनि समायोजन हुन सक्दैनन्।”
एमालेका उपाध्यक्षसमेत रहनुभएका मन्त्री भण्डारीले माओवादीलाई यसअघि सरकारको नेतृत्व दिनु पार्टीको ठूलो भूल भएको निष्कर्षसमेत एमालेले निकालेको दाबी गर्नुभयो।
अहिलेकै अवस्थामा राष्ट्रिय सरकार बन्ने सम्भावना नरहेको स्पष्ट गर्दै उहाँले अब पनि बहुमतकै सरकार बनाउने हो भने यो सरकार हट्नुको अर्थ छैन भन्नुभयो।
Popularity: 8%
June 28th, 2010
एचकेनेपाल डट कम संवाददाता-
काभ्रे जिल्लामा कार्यरत सम्पूर्ण गाविस सचिवले आफूहरू असुरक्षित भएको भन्दै सामूहिक राजीनामा दिएका छन्।
संयुक्त जातीय मुक्ति मोर्चाले तत्काल कार्यरत रहेको पदबाट राजीनामा दिन धम्की गाविस सचिवलाई दिएपछि गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुवाइमा स्थानीय विकास अधिकारी मेघनाथ काफ्लेलाई संयुक्त राजीनामा बुझाएका केन्द्रका सचिव विश्वनाथ दाहालले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘मोर्चाको धम्की आइसकेपछि राज्यबाट जिउधनको सुरक्षा हुन नसक्ने देखेर जीवनरक्षाका लागि जिल्लामा कार्यरत सबै गाविस सचिवले संयुक्त राजीनामा दिएका हौं।’
मोर्चाले २०६७ जेठ २५ गते जिल्लाका सबै गाविस सचिवलाई पत्र पठाई तत्काल राजीनामा दिन धम्की दिएको थियो। मोर्चाको केन्द्रीय कार्यालयको लेटर प्याडमा महासचिव मुक्तिदाताले हस्ताक्षर गरी च.न. १३ लेखी उक्त पत्र पठाइएको छ।
पत्रमा तोकिएको समयभित्र संविधान नबनाई राजनीतिक दलका नेताले बाहुलवादी राज्य सत्ताको पृष्ठपोषण गरेको आरोप समेत लगाएको छ।
गाविसमा कार्यरत सचिवलाई तत्काल फिर्ता हुन राजीनामा दिन पत्रमा भनिएको छ भने यदि तत्काल राजीनामा नदिए मोर्चाले जस्तोसुकै कारबाही गर्ने र त्यसको जिम्मेवारी सम्बन्धित गाविस सचिवले लिनुपर्ने धम्कीसमेत दिइएको छ।
Popularity: 7%
June 28th, 2010
एचकेनेपाल डट कम संवाददाता-
बालिका बलात्कारको अभियोगमा खोटाङ सप्तेश्वरछितापोखरी–४, का एक वृद्धविरुद्ध मुद्दा दर्ता गराइएको छ।
घाँस काट्न गएकी ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ७३ वर्षीय गौरीमान परियारलाई मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक जनकलाल चौधरीले बताउनुभयो।
परियारले फकाउँदा नमानेपछि जर्वजस्ती गरेको पीडित बालिकाले बताएकी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार परियारले जेठ ३१ गते बलात्कार गरेका हुन्।
Popularity: 7%
June 28th, 2010
आर.बी.बुढाथोकी “गाउले”कुबेत/ एचकेनेपाल डट कम-
कुबेतमा दूतावास खुलेपछि दिनानु दिन नेपलीहरुको समस्याहरु ओइरिन थालेपछि दूतावासले नयाँ आउने नेपालीहरुको सुरक्षा र सुबिधाका लागि बिशेष नियमहरु लागु गरेको छ।
किर्ते कागज पत्रमा नेपालबाट कुबेत उड्न हतारिने नेपालीहरु भोलि के परिणाम हुन्छ कसैले सोच्दैनन्। त्यसको गलत नतिजा अस्ति कुवेतको विमानस्थल अध्यागमन कार्यालयले ५ जना महिला कामदार सिधै नेपाल पर्काइ दिएपछि एक पटक सबै झस्केका छन।
म्यान पावर तथा एजेन्टहरुको लसैला कुराको लह लहैमा लागेर प्रति ब्यक्ति ४५ हजार खर्च गरेर आएका बाहिर निस्कन नपाउदै पर्कनु पर्दा अब भने सोच बिचार पुर्याएर आफ्नो भूमि छोड्नु पर्ने रहेछ भन्ने चेतना उनीहरुमा आएपछि ढिलै भए पनि घैटोमा घाम लागेको छ। दूताबासले जारी गरेको आबश्याक कागज पत्रको बेवास्ता गर्दा यस्ता नेपालीहरु बेखबर भएर फर्कन्ने क्रम दिनानु दिन बड्दै गएपछि दुताबासले नयाँ उपाय खोजेको छ।
यदि तपाईंको कुबेतबाट जारी गरिएको भिसा सक्कली हो या नक्कली त्यो अब दूताबासको आफ्नै वेब साइडबाट सजिलै हेर्न सकिने छ। तपाइले नेपाल बसीबसी यो कुराको जानकारी पाउनु खुशीको कुरा हो मात्र तपाईंले कम्प्युटर खोलेर दुताबासको साइड http://kuwait.mofa.gov.np टाइप गर्नुस् र services (सेवाहरू) हेर्नुहोस्, त्यस अन्तर्गत कागजात प्रमाणिकरण भन्ने शीर्षक हेर्नुहोस्, जसमा कुवेत आउन खोज्ने कामदारहरूको वारेमा जानकारी पाउन सक्नुहुनेछ। तपाइको नाम भए मात्र कुवेत आउनुहोस यदि तपाईंको नाम भेट्नु नभएमा केही समय कुर्नुस र अन्तत नभेटिएमा तपाईंलाई पठाएको भिसा नक्कली भनेर सम्झनुस वा तपाईंलाइ कुनै पनि जानकारी चाहिएमा नेपाली दूतावासको इमेल ठेगाना kuwait@mofa.gov.np मा सोधेर पठाउन सक्नु हुने छ। यसको जबाफ तपाईंले पाउनुहुने छ अधिक जानकारीको लागि दूताबासको टेली फोन नम्बरहरु ००९६५ २५२४३२५४, २५२४३२५७ मा आइतवार नेपालको समय अनुसार १२ बजेदेखि वेलुका ६.३० बजेसम्म सिधै फोन गर्न सक्नुहुने जानकारी पनि दूताबासले गराएको छ।
जुनसुकै कागजजात बनाउदा छिटो हुने लोभले पैसा तेरेर अरुलाई बनाउन दिनाले केही न केही गल्ती अवश्य देखिन्छ। जसको कारणले गर्दा कत्ति नेपालीहरु मिठो सपना बुनेर आफ्नो भूमि छोडे पनि अरुको भूमिमा बेखबर भएर फर्कनु परेको तितो सत्य कसैका सामु छुपेको छैन। त्यसैले केही ज्यादा समय लागे पनि कानुनी प्रक्रिया पुर्याएर गरेको कामले तपाईंलाई कहिल्यै पछुत्याउने छैन। अत अहिलेको सन्दर्भमा दूताबासले सबैको भलो र दिर्घकालका लागि लागु गरेको नियमहरुलाई इज्जतसाथ अङिकार गरेमा तपाईंले पनि इज्जतसाथ अरुकै भूमिमै भए पनि शिर ठडाएर जिउन पाउनु हुने छ। कुबेतमा दूताबास खुलेको छ सबै समस्याहरु दूताबासले सुल्झ्याउछ भनेर हेलचक्र्याइ गर्नाले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम होइन र ?? उदाहरनका लागि हालसालै दूताबासले प्रमाणिकरण गरेका नाम लिस्ट तल दिएको छ। यसरी तपाईंको नाम भेटिएमा मात्र उड्ने तर्खर गर्नुस नत्र….
भिषा २० अन्तर्गत कुवेतमा काम गर्न आउने कामदारहरूको कागजात प्रमाणिकरण
सि नं कामदारको नाम र ठेगाना राहदानी नं दर्ता नं मिति सर्टिफिकेट नं तलव (कुवेती दिनार) गर्नुपर्ने काम लिङ्क
१. हिमा कार्की, ज्यामिरगढी-८, झापा २६५३७८० 126, 23.6.2010 PPADH/2009/37/001 55 घरायसी
२. खिला श्रेष्ठ, सिद्धेश्वर-६, भोजपुर ३१६२४४७ 129.24.6.2010 PPADH/2009/37/003 50 घरायसी
Popularity: 6%
June 28th, 2010
Previous Posts