Archive for June 6th, 2010

मगरहरूलाई एक जुट हुन आग्रह

भिम गुरुङ, बुटवल /एचकेनेपाल डट कम -
मगरहरुको हक अधिकार प्राप्त गर्नको लागि सम्पूर्ण मगरहरु एक जुट हुनु पर्ने नेपाल मगर संघका केन्द्रीय अध्यक्ष झगबहादुर थापा मगरले बताउनु भएको छ।

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा मगर जागरण सचेतना र प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मगर संघ स्वस्च्छ सामाजिक संस्था भएकोले राजनैतिक रुपले मगर संघलाई हेर्न नहुने उहाको जोड थियो। नेपाल मगर संघ लुम्विनी अञ्चलका इन्चार्ज बालसिंह काउछा मगरको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष महेन्द्र थापा, महासचिव वसन्त घर्ति, मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासु, अधिवक्ता गौबहादुर आलेलगायतले बोल्नु भएको थियो।

जागरण सचेतना र प्रशिक्षण कार्यक्रममा संघियता वारेमा वसन्त घर्ति र महेन्द्र थापाले प्रशिक्षण दिनु भएको थियो भने कानुन सम्वन्धी गौबहादुर आलेले प्रशिक्षण दिनु भएको थियो । सचेतना तथा प्रशिक्षण कार्यक्रममा लुम्विनी अञ्चलका रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची जिल्लाका मगर वुद्धिजिवीहरुको सहभागिता रहेको थियो।

Recent Videos:

Popularity: 12%

1 comment June 6th, 2010

माओवादीले श्रेष्ठ अपहरण आरोपको भण्डाफोर गर्ने

एचकेनेपाल डट कम संवाददाता-
माओवादीले डा. भक्तमान श्रेष्ठको अपहरणमा आफ्नो पार्टीलाई मुछ्ने काम भएको भन्दै त्यसको भत्सर्ना गरेको छ।

माओवादी पदाधिकारीहरूको आइतबार बसेको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले श्रेष्ठको अपहरणका सम्बन्धमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको ठहर गरेको छ।

पार्टीलाई षडयन्त्रमूलक ढंगले श्रेष्ठको अपहरणमा मुछ्ने काम भएको भन्दै त्यसको भण्डाफोर गर्ने बैठकले निर्णय गरेको छ। श्रेष्ठको अपहरण सम्बन्धी माओवादी छानविन समितिको प्रतिवेदनको अध्ययनपछि पार्टीले यस्तो निश्कर्ष निकालेको हो।

बैठकपछि बोल्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीलाई लगाएको आरोप सरासर झुठ भएको बताएका छन्। उनले आफ्नो पार्टीमाथि लगाएको आरोपको भण्डाफोर गर्ने बताए। डा. श्रेष्ठलाई अपरण मुक्त गर्न काममा सरकार विफल भएको बताउंदै त्यसको कडा आलोचना गरे।

Recent Videos:

Popularity: 12%

Add comment June 6th, 2010

श्रीमतिको हत्या गरेपछि आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
अर्घाखाँचीको ठाडा गाविस-३ चाक्लाका डिलबहादुर सुनारले श्रीमतिको हत्या गरेपछि आत्महत्या गरेका छन्।

५२ वर्षीय सुनारले आफ्नी ४८ वर्षीया श्रीमति बसन्ती सुनारलाई बञ्चरो प्रयोग गरेर हत्या गरेपछि घर छेउको जंगलमा गएर रूखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

हत्याको कारण थाहा हुन नसकेपनि घरायसी विवादका कारण हत्या भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

दुबैको शव पोष्टपार्टमपछि आफन्तलाई जिम्मा लगाएकोछ।

Popularity: 13%

Add comment June 6th, 2010

सहमति कार्यान्वयन गर्न सभामुखद्वारा प्रधानमन्त्रीलाई आग्रह

एचकेनेपाल डट कम संवाददाता-
सभामुख सुवासचन्द्र नेम्वाङले जेठ १४ गते तीन दलबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरेका छन्।

सभामुख नेम्वाङले आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। नेम्वाङले तीन दलबीच भएको तीन बुंदे सहमति कार्यान्वयनमा ढिलाइ भएमा देश अनिर्णयको बन्दी हुने बताउंदै कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरेका छन्।

संविधानसभाको म्याद थपेर एक हप्ता बिति सक्दापनि संविधान निर्माणले गति लिन नसक्दा जनतामा चिन्ता छाएको नेम्वाङले प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। सहमति कार्यान्वयन नहुंदा आउँदो बजेट अधिबेशन प्रभावित हुन सक्ने नेम्वाङको सुझाव थियो।

Popularity: 13%

Add comment June 6th, 2010

बाग्लुङमा युनिटी लिडर पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
बाग्लुङमा युनिटीका एक जना लिडरलाई प्रहरीले गएराति प्रकाउ गरेको छ।

पक्राउमा पर्नेमा मुरारी केसी रहेका छन्। उनी बाग्लुङ बजारबाट पक्राउ परेका हुन्। सर्वसाधारणलाई झुक्याएर सदस्य बनाएको भन्दै पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक विकासराज खनालले बताए। पीडित सदस्यहरूले रकम फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने क्रम बढ्दै गएको छ।

प्रशासनले यसअघि नै जिल्लाका ८ जना लिडरको बैंक खाता रोक्का गरिसकेको छ भने युनिटीको कार्यालय प्रशासनले आफ्नो नियन्त्रणमा लिएको छ।

Popularity: 13%

Add comment June 6th, 2010

२१६६ विमोचित

डा. रविन्द्र समीर, काठमाडौँ / एचकेनेपाल डट कम-
मुक्तिनाथ घिमिरेद्वारा लिखित प्रयोगवादी लघुकथासङ्ग्रह २१६६ को विमोचन प्राज्ञ भाउपन्थीको प्रमुख आतिथ्य र वरिष्ठ लघुकथाकार विनय कसजुको विशेष आतिथ्यमा सम्पन्न भएको छ।

पचास वटा रचना सामेल उक्त कृतिको विमोचन कार्यक्रम लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको थियो। संयुक्तरुपमा विमोचित उक्त लघुकथासङ्ग्रहमाथि समालोचक डा. कुमार कोइराला, लघुकथाकार डा. रवीन्द्र समीर, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायतले बोल्नुभएको थियो।

अंग्रेजी बिषयका अध्यापक घिमिरेको पहिलो कृति २१६६ को प्रकाशन अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा. लि.ले गरेको हो।

विमोचित पुस्तकमाथि टिप्पणी गर्दै समालोचक डा. कोइरालाले लघुकथाको शीर्षक चयन महत्वपूर्ण हुने हुंदा यसप्रति सर्जक चनाखो रहनुपर्ने कुरा औल्याउनु भयो भने लघुकथाकार विनय कसजुले लघुकथामा शिल्पको प्रयोग कथानकजस्तै आवश्यक पर्ने हुंदा यसप्रति सर्जक चनाखो हुनुपर्ने बताउनुभयो।

Popularity: 13%

Add comment June 6th, 2010

नेपाली क्रीकेटका उपकप्तान ज्ञानेन्द्रकी आमालाई नेपाल पठाउन आग्रह

सुजन के सि, कुवेत सिटी/ एचकेनेपाल डटक कम-
बिगत दुई बर्षदेखि कुवेतमा गैरकानुनी रुपमा कार्यरत क्रीकेट उपकप्तान ज्ञानेन्द्र मल्लकी आमालाई नेपाल पठाउन नेपाली दूताबास कुवेतमा निबेदन दर्ता भएको छ।

बैदेशीक रोजगारीका लागि ४ बर्ष पहिला कुवेत आएकी ज्ञानेद्र मल्लकी आमा श्रीमती माया मल्ल बिगत २ बर्षदेखि कुवेतमा गैरकानुनी रुपमा कार्यरत छन्।

घरेलु नोकरानीको कामगर्न पुगेकी माया मल्ल मालिकको मानसिक र शारिरिक यातना, अभद्र ब्यबहार , कुटपिटले गर्दा आफ्नो शरिर नै जोखिम अवस्थामा पर्न जाने अवस्था देखिएकाले शरिर बचाउनका लागि काम गदै आईरहेको घर छोडी भाग्न वाध्य हुनु भएकी थिइन्। कुवेतको कानुन अनुसार मालिकको घर छोडी भाग्ने कामदार गैरकानुनी हुन्छन्। पुलिसको हात परेको खण्डमा जेलको सजाय भोग्नु पर्ने हुन्छ। त्यसैले श्रीमती माया मल्ल लुकीछिपी बस्न बाध्य भएकी हुन्।

मल्ल हाल नेपाल फर्कन चाहेपनि उनीसँग भिषा पासपोर्ट केही पनि छैनन्। उनलाई नेपाल फर्कने ब्यबस्था मिलाउन कुवेतका दुई ठूला संस्था माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब र एनआरएनए कुवेतले संयुक्त रुपमा नेपाली दूताबासमा निबेदन दिएका छन्। दुबै संस्थाका उपाध्यक्ष रहनु भएका धर्मराज गिरी निबेदन दर्ता गराउन दूताबास पुग्नु भएको थियो। निबेदनमा माया मल्ललाई यथासिध्र नेपाल पठाउने ब्यबस्था मिलाउन दूताबासलाई आग्रह गरेको गिरीले जानकारी दिनु भयो। यसै सन्दर्भमा हामीले दूतबासका सचिव पुष्पराज भटराई लाई संपर्क गरेका थियौ। भटराईले भन्नुभयो हामीले प्रकृया शुरु गरेका छौ। उहाँ पुलिस चौकी वा जेलमा केही दिन बिताई कानुनी प्रकृया पुर्याउनु पर्छ। तर उहाँको मनसाय पुलिसको हवाला नहुने भएकोले समय लाग्ने बताउनु भयो। तर, कुवेतका संघ संस्थाले भने दूताबासले केही नगरी कानमा तेल हाली बसेको बताउछन्।

स्मरण रहोस् गत महिना एलिट कप २०१० क्रीकेट खेल्न कुवेत आएका उपकप्तान ज्ञानेन्द्र मल्लले आफ्नी आमालाई नेपाली फर्कने प्रबन्ध मिलाई दिन महामहिम राजदूत मधुवन पौडेललाई आग्रह गरेका थिए त्यस्तै नेपाली टिमका म्यानेजर बिनोद मैनालीले पनि राजदूतलाई भेटी यथासिघ्र पहल गरिदिन अनुरोध गरेका थिए।

Popularity: 13%

Add comment June 6th, 2010

साकेला गीत प्रतियोगिता सम्पन्न

समला राई, काठमाडौं / एचकेनेपाल डट कम-
किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा जेष्ठ २२ गतेका दिन ललितपुरको नखिपोटमा साकेला गीत प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला समिति ललितपुर प्रथम, किरात राई यायोक्खा प्रारम्भिक कमिटी मानभवन ललितपुर दोस्रो, दुमी किरात राई फन्सिकिम केन्द्रीय कार्यसमिति तेस्रो र किरात राई विद्यार्थी संघ त्रि. वि. इकाइ समिति कीर्तिपुर सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगीहरूलाई प्रमाणपत्र तथा नगद रुपैयाँ प्रदान गरिएको थियो।

गायक तथा संगीतकार नवीनकिशोर राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भर्खरै नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानमा नियुक्त हुनु भएका किरात राई प्राज्ञहरू श्रवण मूकारुङ, चेतनारायण राई र शान्तिराम राईलाई सम्मान गरिएको थियो। रेडियो नेपालबाट आयोजित गायन प्रतियोगितामा दोस्रो भएका गायक राई नवीनलाई पनि सम्मान गरिएको थियो।

किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष तथा गायक जितेन राईले भने ‘भाषिक तथा जातीय पहिचानको लागि विभिन्न सांगीतिकरूपले पनि आन्दोलन गर्न सकिन्छ साथै यसको निम्ति विभिन्न धरातलबाट गीत गाउन आवश्यक रहेको छ।’ यस संस्थाको पाँचौं स्थापना दिवसको अवसर पारेर आम किरातहरुलाई संघीयताको बारेमा जागरण गराउन र साँस्कृतिक तथा भाषिक पहिचानको लागि विगतका वर्षहरूदेखि यस्ता कार्यक्रमको आयोजना गर्दै आएको आयोजक समितिले बताए।


तस्वीरः समला राई, काठमाडौं / एचकेनेपाल डट कम

किराती भेषभूषा तथा विभिन्न मौलिक किराती बाजागाजाको साथमा साकेला गीत प्रस्तुत गरिएको थियो। उक्त प्रतियोगितामा आठ ओटा किरात संस्थाहरू सहभागी भएका थिए। सहभागी हुनेहरूमा किरात पुमा राई तुप्खावाङखाला, केन्द्रीय कार्य समिति, किरात महिला सचेतना मञ्च ललितपुर, किरात राई सांस्कृतिक कलाकार संघ जिल्ला समिति ललितपुर, किरात राई चाम्लिङ खाम्बातिम, केन्द्रीय कार्यसमिति, किरात राई विद्यार्थी संघ, त्रि.वि. इकाइ समिति कीर्तिपुर, किरात राई यायोक्खा प्रारम्भिक कमिटी मानभवन ललितपर, दुमी किरात राई फन्सिकिम केन्द्रीय कार्यसमिति र किरात राई यायोक्खा जिल्ला कार्यसमिति भक्तपुरले प्रतियोगीतामा भाग लिएका थिए।

‘किराती हौं फुल्छौं सबै एउटै हाँगामा….., आपतविपत पर्दा हिंड्छौं एउटै तालमा..’ , ‘हाम्रो भाषा संस्कृति जोगाई राखौ है….. किरात राज्य चाहियो सबै लागौं है
सै सै ला हो सै सै ला’
यस्ता मिठास तथा जागरुक शब्दले भरिएका साकेला गीतहरू प्रस्तुत गरेका थिए।

किरात राई यायोक्खाका अध्यक्ष चतुरभक्त राई तथा निवर्तमान अध्यक्ष सुमाया राई, किरात राई पत्रकार संघका अध्यक्ष पदम राई, अधिकारकर्मी शान्तिकुमारी राई, गायक शम्भु राई, संस्कृतिकर्मी तीर्थराज मुकारुङ तथा अन्य कलाकारहरु उपस्थित थिए।


Popularity: 12%

Add comment June 6th, 2010

एनआरएन-चीनको वार्षिक अधिवेशन जुन २० मा गरिने

ग्वन्झाउ, चीन /एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एन.सी.सी.) चीनले आफ्नो दोस्रो वार्षिक अधिवेशन जुन २० तारिखका दिन आयोजना गर्ने भएको छ।

चीनको दक्षिणी ब्यापारिक सहर ग्वान्झाउस्थित होटल एशिया इन्टरनेशनलमा आयोजना गरिने कार्यक्रमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आई.सी.सी.)का अध्यक्ष देवमान हिराचन र चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्कीको आतिथ्यता रहने निश्चित भएको छ।

अधिवेशन आयोजक समितिका संयोजक एवम् एनआरएन-चीनका महासचिव सुन्दर थापाले दिनुभएको जानकारीअनुसार संस्थाले विगत एक वर्षमा हासिल गरेको प्रगति विवरण र आगामी वर्षको वाषिर्क कार्ययोजना प्रतिवेदन अधिवेशनमा प्रस्तुत गरिने जनाइएको छ। त्यसै गरी, अधिवेशनकै अवसर पारेर हालसम्म संस्थालाई उल्लेखनीय सहयोग गर्दै आइरहनुभएका महानुभाव र संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।

शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थलको विषयमा चीनमा विभिन्न भ्रमहरु फैलिरहेको सन्दर्भमा बुद्धको जन्मस्थलको बारेमा सही जानकारी प्रवाह गर्नका लागि चीनमा रहेका गैरआवासीय नेपालीहरुले खेल्नसक्ने भूमिकाका बारेमा छलफल गरिने थापाले बताउनुभयो।

अधिवेशनमा सहभागिताको लागि चीनका विभिन्न भागमा ब्यापार, व्यवसाय र पेशामा आवद्ध नेपाली एवम् सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई उपस्थितका लागि एनआरएन-चीनले अनुरोध गरेको छ।

थप जानकारीका लागिः
एनआरएन राष्ट्रिय समन्वय परिषद् चीन
ध्रुव पौडेलः 0086-13810922824 मोबाइल

Popularity: 12%

Add comment June 6th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2010
M T W T F S S
« May   Jul »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....