एचकेनेपाल डट कम संवाददाता-
ललितपुर प्रहरीले ठगी मुद्दामा पक्राउ परेका युनिटी लाइफ इन्टरनेशनलका सात जनालाई विहीवार सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरिएकाहरूमा नेत्र राजवंशी, भीम गुरुङ, शिशिर योगी, सुदीप घिमिरे, भीम खत्री, रामदेव यादव र इन्द्र विक रहेका छन्। विभिन्न समयमा पक्राउ परेका उनीहरू युनिटीका विभिन्न विभागका प्रमुखहरू रहेको प्रहरीले पत्रकार सम्मेलन गरी बताएको छ।
युनिटीका प्रमुख जिम्मेवार व्यक्तिहरू काशीराम गुरुङ, कृष्ण क्षेत्री, विष्णु क्षेत्री, महेन्द्र केसी भने अझै फरार रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई ठगी एवम बैंक तथा वित्तिय संस्था ऐन २०६३ अन्तर्गत कारवाही अघि बढाउन शुक्रवार अदालतमा पेश गरिने तयारी भइरहेको छ।
देशका विभिन्न भागहरूमा गरी युनिटीविरुद्ध २ हजार ७ सय ४१ वटा ठगीको उजुरी परेको प्रहरीले बताएको छ।
ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले युनिटीले विभिन्न प्रलोभन दिएर ३ लाख ६६ हजार ३ सय ४२ जनाबाट ५ करोड ३२ लाख अमेरिकी डलर संकलन गरेको बताए।
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
किरात राई यायोक्खा धनकुटाले सप्तकोशी उच्चबाँध बहुउद्धेश्यीय परियोजनाको विस्तृत आयोजना डिपीआर तत्काल नरोके कडा आन्दोलन गर्ने चेतावनी दिदै विरोध जनाएको छ।
सप्तकोशी उच्चबाँध तथा सुनकोशी कमला डाईभर्सनको लागि परियोजना संचालन गर्ने उद्धेश्यले डिपीआर गर्नेलाई बर्तमान सरकारले व्यापक सुरक्षा दिएर कार्य अगाडि बढाएको भन्दै किराँत राई यायोक्खाले जिल्ला कार्य समिति धनकुटाले विरोध गरेको हो । नेपाल सरकारले आई.एल.ओ महासन्धी १६९ मा हस्ताक्षर गरिसकेको भएपनि स्थानीय सरोकारवालाहरुसँग परामर्श नगरि उक्त डिपीआर परियोजनाको कामलाई निरंकुश ढंगले अगाडि बढाएकोले तत्काल रोक्न यायोक्खाले माग गरेको छ।
सप्तकोशी उच्चबाँध डिपीआर निर्माण कार्य नेपाल र भारत दुवै देशका लागि फाईदा जनक नभएकोले रोक्न आग्रह गर्दै किरात राई यायोक्खा धनकुटाले यदि आफूहरुको मागलाई सरकारले वेवास्ता गरे त्यसबाट आउने सम्पूर्ण घटनाको जिम्मेवारी बर्तमान सरकारले लिनुपर्ने विहीबार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ। किराँत राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष संजयसन्तोषी राईद्वारा जारी विज्ञप्तिमा सप्तकोशी उच्चबाँध डिपीआर निर्माण गर्दा उदयपुर जिल्लाको मैनामैनीदेखि धनकुटा जिल्लाको आहाले सुनाखम्बी बीचमा २ सय ६९ मीटर अग्लो सप्तकोशी उच्चबाँध निर्माण गर्नुपर्ने भएकोले जसका कारण सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर र संखुवासभाको अरुण, तमोर र सुनकोशी नदी किनारमा रहेका हजारौ स्थानीयवासीहरु विस्थापित हुनसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
सप्तकोशी उच्चबाँध डिपीआर निर्माण भएमा लाखौ स्थानीयवासीहरु त विस्थापित हुन्छन् नै थप लाखौ हेक्टर खेतीयोग्य उर्बरभूमि डुबानमा पर्नुको साथै आसपासमा रहेका पहाडी भागहरु धसिदै भूक्षय भई प्राकृतिक प्रकोपको सम्भावना हुने निश्चित देखिन्छ। त्यसकारण सप्तकोशी उच्चबाँध निर्माण गर्दा यसतर्फ सरकार र सरोकारवाला पक्षहरुको ध्यान जरुरी भएको छ । विज्ञप्तिमा उल्लेख छ।
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
धनकुटामा अपाङ्ग महिलाहरुका लागि संचालित २ महिने आवसिय पुनर्ताजगी सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको छ।
अपाङ्गता भएका महिलाहरुको आय स्तरमा वृद्धि गर्ने उद्देश्यले सिलाई कटाई तालिम दिएको हो । अपाङ्ग सेवा संघ धनकुटाको आयोजनामा भएको तालिममा धनकुटा जिल्लाका ८ वटा गाविसका ८ जना र धनकुटा नगरपालिकाका २ जना अपाङ्ग महिला गरी जम्मा १० जनाको सहभागिता रहेको थियो।
तालिम अपाङ्ग सेवा संघ धनकुटा, प्लान नेपाल मोरङ्ग, घरेलु तथा साना उद्योग विकास समिति धनकुटा र आठ वटा गाविसहरुको संयुक्त सहयोगमा सम्पन्न भएको हो।
कुसुम सीप विकास प्रशिक्षण केन्द्र धनकुटामा संचालित तालिममा प्रशिक्षण केन्द्रका कुसुम रानाले प्रशिक्षण दिएकी थिइन। बुधबार भएको तालिमको समापन कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रशिक्षार्थीहरुलाई प्रमणपत्र वितर गरेका थिए । अपाङ्ग सेवा संघ धनकुटाका अध्यक्ष यमवहादुर वस्नेतको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमको संचालन संघका सहसचिव सुमन वस्यालले गरेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
एमाले अध्यक्ष झलनाथ खनाल विहावार विहान राजधानीमा आयोजित एक कार्यक्रममा लडेर घाइते भएका छन्।
दायाँ खुट्टामा चोट लागेर घाइते भएका खनाललाई डेन्टल एण्ड कलेज अस्पतालको आकस्मिक कक्षमा सामान्य उपचारपछि थप उपचारको लागि मनमोहन अस्पताल सोह्रखुट्टेमा लगिएको छ।
पकनाजोल नयाँ बजारस्थित पिपुल्स डेण्टल एण्ड कलेज अस्पतालका संस्थापक तीर्थरत्न बर्जाचार्यको ७ औं पुण्यतिथिको अवसरमा माल्यार्पण गर्ने क्रममा उनी मञ्चको प्वालमा खुट्टा अल्झेर लडेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको करिब ३० लाख नेपाली रुपैयाँ बराबरको दैनिक उपभोग्य सामाग्रीहरु नेपाल चीन सिमानाको कोरलामा एक महिना भन्दा बढी समयदेखि अलपत्र अवस्थामा रहेको छ।
चीन सरकारले उपलव्ध गराएको सामाग्रीहरु एक्कासी स्थानीय विकास मन्त्रालयको निर्देशनमा नेपाली अधिकारीले नबुझेकाले सामान सिमा क्षेत्रमा अलपत्र परेको हो।
चीन सरकारले नेपाल सरकारलाई जिम्मा लगाई सकेको समान लिनको लागि मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी उमेसकुमार ढकालको नेतृत्वमा एक टोली चीनको झोङ्वासेन पुगेको समयमा एक्कासी सामान नलिन आदेश आएकाले टोली त्यतिकै फर्केको थियो।
चीन सरकारले यो वर्ष नेपालका हिमाली १० जिल्लाका सर्वसाधारणका लागि चामल, नुन, दाल, चिनी लगायतका दैनिक उपभोग्य सामान सहयोग स्वरुप उपलब्ध गराएको थियो।
चीन सरकारले गृह मन्त्रालयसँग गरेको सम्झौता अनुसार सीमा क्षेत्रमा पर्ने कोरला नाका भएर सामान लिन गएको प्रजिअ ढकालको टोलीले सामान लोडगरेपछि स्थानीय विकास मन्त्रालयका सचिव श्यामप्रसाद मैनालीले सामान नबुझ्न निर्देशन दिएपछि उनीहरु त्यतिकै फर्केको बताइएको छ।
उपल्लो मुस्ताङ्गको छोसेर गाविसका बासिन्दाले आफूहरुलाई सहयोग स्वरुप आएको सामाग्रीहरु पनि नेपाल सरकारले बुझेर हस्तान्तरण गर्न नसकेको भन्दै गुनासो पोखेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
झापासँगै जोडिएको इलामको चुलाचुली गाविसस्थित बालज्योति माध्यमिक विद्यालयमा आफ्ना बुहारीलाई नियमित अध्ययन गर्न पठाउने सासू तथा ससुराहरु सम्मानित भएका छन्।
सो विद्यालयको बालज्योति साथी क्लबले उहाँहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेमा सोही ठाँउकी इन्द्रमाया राई, अम्रिका दाश, बलमाया हाङरुम्बा र हेमबहादुर इङ्नाम रहनु भएको छ।
उहाँहरुलाई महिला कल्याण समाज इलामकी कार्यक्रम संयोजक मीरा थापाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकप्रसाद राईको अध्यक्षतामा भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)ले आफ्नो भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसीएल) ,सुर्खेतका जिल्ला सदस्य करबहादुर बुढाको नेकपा (एमाले)सम्बद्ध युवा सङ्घका कार्यकर्ताले हत्या गरेको आरोप लगाएको छ।
सङ्घका कार्यकर्ताले बुढाको हत्या गरेको भन्दै माओवादीले त्यसको निन्दा गरेको छ। साथै उसले दोषीलाई कडा कारबाही गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
बुढाको कुटपिटबाट मृत्यु भएपछि उनको शव झुन्ड्याइएको आरोप पनि उक्त पार्टीले लगाएको छ। उनको गए राति हत्या भएको उनीसम्बद्ध पार्टीको दाबी छ।
एचकेनेपाल डट कम संवाददाता-
जङ्गली च्याउ खाएकी एकजना महिलाको मृत्यु भएको छ। विषाक्त च्याउ खाएकी पाँचथर याङनाम –७ की ४२ वर्षीया राधिका जवेगुको उपचारका लागि धरानतर्फ लैजादा बाटोमा मृत्यु भएको हो।
च्याउ खाएका उनका पति र छोराको अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
प्रहरीले भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपहरणसम्बन्धी वास्तविक विवरण शीघ्र सार्वजनिक गर्ने बताएको छ।
प्रहरी प्रवक्ता विज्ञानराज शर्माले डा श्रेष्ठको अपहरणसम्बन्धी विवरणको शूक्ष्म विश्लेषण भइरहेको तथा गहनरुपमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
नेपाल प्रहरी टोलटोलमा पुगेर शान्ति सुरक्षा कायम गर्न प्रयासरत रहेको र सोहीअनुरुप थप दरबन्दीका निम्ति आवश्यक प्रयास भइरहेको उहाँले बताउनुभयो।
ईपीएसका लागि नेपालमा जुन १५ देखि १८ सम्म आवेदन
उमेश बस्नेत, द. कोरिया/ एचकनेपाल डट कम-
आवेदकको योग्यता १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको हुनुपर्ने
नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
वैदेशिक रोजगार विभाग
ई।पि।एस शाखा ग्वार्को ललितपुरको
के एल् टी परीक्षाका लागि आवेदन फाराम प्राप्त गर्ने
आवेदन फाराम बुझाउने तथा परीक्षा संचालन वारेको
अत्यन्त जरुरी सूचना
नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय र गणतन्त्र कोरीया श्रम मन्त्रालयबीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली ईपीएस् अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्ने क्रममा दोश्रो कोरियन भाषा परीक्षा संचालन गर्ने सम्बन्धमा एच् आर डी कोरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन ईच्छुक योग्य नेपाली नागरिकबाट देहाय वमोजिमका विवरण खुलाई दर्ता आवेदन फाराम आह्वान गरिएको छ।
१। परीक्षाको मितिः
कः २०६७ भाद्र १२ गते शनिवार र १३ गते आईतवार तद्नुरुप सन् २०१० को अगष्ट २८ र २९ तारिख आवेदन संख्याको आधारमा अवाश्यक भएमा परीक्षाको दिन थप हुन सक्नेछ ।
खः एक दिनमा २ सिफ्ट गरि परीक्षा संचालन गर्न सकिनेछ
२। अनुमानित उत्तीर्ण संख्या चार हजार ४००० हुनेछ ।
कः यो परीक्षा रोजगार आवेदन Manufacturing sector उत्पादनमूलक क्षेत्र का लागि मात्र संचालन गरिएको हो ।
खm परीक्षा केन्द्र भवन र परीक्षाको समयका वारेमा August १२ २०१० मा EPS कार्यालयको सूचना पाटी वेव साइट www.epsnepal.gov.np र दैनिक पत्रिकामा सूचना प्रकाशित गरिनेछ ।
३। आवेदकको योग्यताः
क: नेपाली नागरिक
ख: उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको अर्थात सम्ब्न्धित उम्मेदवार सन् 1971 August 30 देखि सन् 1992 August 29 तदनुसार विसं२०२८ भाद्र १४ देखि २०४९ भाद्र १३ बीच जन्मिएको हुनु पर्नेछ
ग: अवैध कार्यमा संलग्न भई जेल सजाय नपाएको हुनु पर्नेछ
घ: गणतन्त्र कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरि कोरियाबाट समातिएर फिर्ता पठाईएको हुनु हुदैन ।
š: नेपालबाट अन्य मुलुकमा जान रोक लगाएको हुनु हुदैन ।
४। आवेदन फारम पाईने मिति र समयः
क: परीक्षा आवेदन फाराम दशरथ रंगशालाको तोकिएका ठाउका काउन्टरबाट June 15~18, 2010 तदनुसार २०६७ असार १ गते देखि ४ गते सम्म विहान ९।०० बजे देखि बेलुका ६।०० बजेसम्म निशुल्क उपलब्ध हुनेछ ।
खः आवेदन तरिकाः परीक्षा आवेदन फाराम व्यक्ति स्वयं उपस्थित भई बुझाउनु पर्नेछ ।
५। आवेदन फारामः
परीक्षा आवेदन फाराम निशुल्क दर्ता स्थानमा उपलब्ध गराईनेछ ।
परीक्षा आवेदन फारामको नं। उल्लेख भएको हुनेछ र एक व्यक्तिलाई एउटामात्र फाराम उपलब्ध गराईनेछ । सच्चाउनु परेमा टिपेक्सको प्रयोग गर्न सकिनेछ ।
आवेदकले परीक्षा शुल्क तिरेर आवेदन फाराम दर्ता गराए पछि मात्र भ्एक्प्ीत् मा समावेश हुन सक्नेछन् ।
६। आवेदन फाराममा टास्नु पर्ने परिचयपत्रको फोटोकपीः
आवेदकले आवेदन फाराममा राहदानी वा नेपाली नागरिकताको फोटोकपी टास्नु पर्नेछ ।
उल्लेखित दुई परिचय खुल्ने कागजात वाहेक अन्य कागजातहरुको फोटोकपी मान्य हुने छैन । राहदानीको फोटोकपी लाई प्राथमिकता दिईनेछ ।
६ महिना यता खिचेको 3.5×4.5cm को २ दुई प्रति फोटो ।
७ परीक्षा शुल्कः
परीक्षा शुल्क यू।एस।डलर १७ लाग्नेछ । आवेदकले जुन दिनमा दर्ता फाराम बुझाउने हो सो को अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट नेपाली रुपैयाको हिसाब गरिनेछ र सो हिसाबबाट हुन आउने नेपाली रुपैया परीक्षा शुल्क वापत दशरथ रंगशालास्थित दर्ता फाराम लिने ठाउं नजिकै रहने ग्लोबल बैंकको काउण्टरमा बुझाउनु पर्नेछ । विषेश कारणबश आवेदन फाराम रद्द गर्न चाहनेहरुले दर्ता अवधि भित्र रद्द गर्न सक्नेछन् । तर त्यसको लागि निजले रकम बुझाएको भौचर सहित उपस्थित हुनु पर्नेछ । र त्यस्ता व्यक्तिहरुले पुनः दर्ता गर्न पाउने छैनन
८। परीक्षा प्रणाली र अंकभारः
प्रश्न पत्र प्रश्न संख्या कुल पूर्णाङ्क समय
Listening 25 100 30 minutes
Reading 25 100 40 minutes
total 50 200 70 minutes
EPS-KLT वस्तुगत बहुउत्तर (Multiple Choice) को मूल्यांकनमा आधारित हुनेछ ।
दुबै परीक्षाको बीचमा मध्यान्तर हुने छैन लगातार सूचारु हुनेछ ।
रोजगार आवेदन फाराम भर्नको लागि आवश्यक योग्यता ।
कूल पूर्णाङ्क २०० मा ८० अंक भन्दा बढि अकं प्राप्त गर्ने मध्ये उच्चतम अंक प्राप्त गरेका व्यक्तिहरु रोजगार आवेदन फाराम भर्न योग्य हुनेछन् ।
९।परीक्षाको दिनमा तयारीः
कः प्रवेश पत्र
खः राहदानी वा नागरिकताको सक्कल प्रमाणपत्र आवेदन फाराम भर्दा पेश गरेको परिचय पत्रको सक्कलै प्रति ।
गः निवेदन फाराम तथा उत्तरपुस्तिकामा OMR प्रयोजनको लागि कालो बलपेनको प्रयोग गर्नु पर्नेछ ।
घ: राहदानी वा नागरिकताको सक्कल प्रमाणपत्र नलिई आएमा परीक्षामा समावेश हुन दिईनेछैन ।
१०। नतिजा प्रकाशनः
क: भाषा परीक्षाको नतिजा सेप्टेम्बर ३०, २०१० तदुनसार आश्विन १४ २०६७ गते EPS कार्यालयको वेव साइट www.epsnepal.gov.np HRD Korea को website: www.hrdkorea.or.kr तथा EPS-KLT को website: http://epsklt.hrdkorea.or.kr/ तथा बैदेशिक रोजगार विभागको सूचना पाटीमा प्रकाशित गरिनेछ ।
११। अन्य विवरणः
क: उत्तीर्ण भएका आवेदकहरुको नतिजा प्रमाणपत्र October 14, 2010 देखि वैदेशिक रोजगार विभाग ई।पि।एस शाखाबाट वितरण गर्ने योजना रहेको छ ।
ख: परीक्षा भवन कोठा भित्र मोवाईल फोन क्यासेट प्लेयर PDA, MP3 जस्ता विद्युतीय उपकरणहरु साथमा लैजान पूर्ण रुपमा निषेध गरिएको छ । परीक्षामा लान निषेध गरिएका अन्य बस्तुहरु लान मनाहि गरिएको छ ।
ग: भाषा परीक्षामा नक्कल गर्ने परीक्षार्थी २ वर्षका लागि पुनः EPS-KLT परीक्षामा समेल हुनसक्ने छैनन् ।
घ: कोरियान भाषा परीक्षाको आवेदन फाराम भर्दाको नाम जन्म मिति निजको पासपोर्टको भन्दा फरक परेमा भाषा परीक्षामा उत्तीर्ण भए पनि कोरीया प्रवेश गर्न पाउने छैन ।
कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारीका लागि शतप्रतिशत ग्यारेण्टी भने होईन ।
अवैध कार्यमा संलग्न भई जेल सजाय नपाएको हुनु पर्नेछ ।
कोरीयन भाषा परीक्षामा उत्तीर्ण भएतापनी स्वास्थ्य परीक्षण प्रहरी रिपोर्टमा असफल भएका वा गणतन्त्र कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरेका हुनु हुदैन ।
गणतन्त्र कोरिया श्रम मन्त्रालय नेपाल सरकार श्रम तथा यातायात व्वस्था मन्त्रालयबीच भएको समझदारी पत्र वमोजिम नेपाली कामदारहरुलाई कोरीया पठाउने कानुनी अधिकार वैदेशिक रोजगार विभागलाई मात्र हुनेछ । EPS-KLT उत्तीर्ण भएका र बैदेशिक रोजगार विभागको सूचीमा सुचीकृत भएका रोजगार खोज्ने व्यक्तिहरुलाई मात्र कोरीयाका रोजगारदाताहरुले रोजगारी दिनेछन् ।
EPS मा वैदेशिक रोजगार विभाग ई।पि।एस कार्यालय वाहेक कुनै पनि निजी संघ संस्था मेनपावर शैक्षिक संस्था वा व्यक्तिहरुको संलग्नता नहुने व्यहोरा समेत जानकारी गराईन्छ । त्यस्तो पाईएमा प्रचलित कानून वमोजिम कडा कारवाही गरिनेछ।