Archive for June 20th, 2010

हिन्दुराष्ट्रका निम्ति राप्रपा नेपालको अभियान

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउन आफ्नो पार्टीले निर्णय गरी देशव्यापीरुपमा अभियान सुरु गरेको बताउनुभएको छ।

राप्रपा नेपाल मोरङ–काठमाडौँ सम्पर्क कमिटीको आयोजनामा भएको भेलामा उहाँले देश धर्म निरपेक्ष भएसँगै अधर्मतिर उन्मूख हुँदै गएको बताउनुभयो।

अध्यक्ष थापाले सङ्घीयता, हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रबारे निर्णय गर्ने अधिकार जनतालाई दिएर जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने बताउनुभयो।

तीन ठूला दल सत्ता केन्द्रित राजनीतिमा लागेको आरोप लगाउँदै उहाँलेे सत्तालिप्त र एकाधिकारको खिलापमा आफ्नो पार्टी खुलेर लागेको बताउनुभयो।

कार्यक्रममा महामन्त्री गणेश शेरचन, सभासद् चन्द्रबहादुर गुरुङ, सहायक कोषाध्यक्ष तारा लुइटेललगायतले बोल्नुभएको थियो।

Recent Videos:

Popularity: 13%

5 comments June 20th, 2010

एमाओवादीद्वारा काँग्रेस कार्यकर्तामाथि आक्रमण

एचकेनेपाल डट कम संवाददाता-
विगत केही दिनदेखि एनेकपा (माओवादी)ले डर, धाकधम्की दिंदै नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई साङ्घातिक रुपमा कुटपिट गर्ने घटनाहरू हुने गरेकोतर्फ नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सो पार्टीले आज विज्ञप्ति प्रकाशित गरी ललितपुर जिल्ला मानिखेल–८ निवासी काँग्रेसका क्रियाशील सदस्य प्रवीण स्याङ्तानलाई असार ४ गते साँझ चापागाउँबाट आफ्नो घर जाने क्रममा १५/१६ जना माओवादी कार्यकर्ताले खुकुरी प्रहार गरी आक्रमण गर्दै भीरबाट फालिदिएकोमा काँग्रेसका स्थानीय कार्यकर्ताले फेला पारी अहिले ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको उल्लेख छ।

घाइते प्रवीण स्याङ्तानको टाउँकोमा गम्भीर चोट लागेकोले १८ वटा टाँका लगाइएको छ भने उहाँको अवस्था अहिलेसम्म पनि अचेत नै रहेको काँग्रेसले जनाएको छ।

Recent Videos:

Popularity: 13%

3 comments June 20th, 2010

पुलिसलाई लिग उपाधि

एचकेनेपाल डट कम संवाददाता-
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता–२०६७ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा आयोजित दशरथ रङ्गशालामा भएको प्रतिस्पर्धामा पुलिसले न्यूरोड टोलीलाई २–१ को गोलअन्तरले पराजीत गर्दै रु २० लाख प्राप्त गर्‍यो।

प्रतियोगितामा अपराजीत रहेको पुलिसको जीतका लागि जुमानु राईले खेलको २१औँ र ९०औँ मिनेटमा गोल गरे।

यसअघि विस २०६३ को लिग विजेता पुलिसको यो दोस्रो उपाधि हो।

न्युरोड टिमका लागि रन्जित श्रेष्ठले खेलको ६५औँ मिनेटमा सान्त्वना गोल गरे।

प्रतियोगिताको उपविजेता थ्रीस्टार, तेस्रो न्यूरोड टिम, चौथौँ नेपाल आर्मी क्लबले क्रमश रु दश, पाँच र तीन लाख प्राप्त गरे।

प्रतियोगितामा अनुसाशित टोली नेपाल आर्मी घोषित भयो।

प्रतियोगितामा सर्वोत्कृष्ठ प्रशिक्षक विजेता टिमका विराटकृष्ण श्रेष्ठ, गोलरक्षकमा थ्रीस्टारका किरण चेम्जोङ, मिडफिल्डरमा पुलिसका पर्वत पाण्डे, डिफेन्डरमा रोहित चन्द स्ट्राइकरमा सन्तोष साहुखला घोषित भए।

सर्वोत्कृष्ठ घोषित उहाँहरूले एक/एक वटा एफजेडएस यमाहा मोटरसाइकल प्राप्त गर्नुभयो।
प्रतियोगिताका विजयी टोली तथा खेलाडीहरूलाई एन्फा अध्यक्ष गणेश थापा, सभासद राजेन्द्र खेतान लगायतले पुरस्कार वितरण गर्नुभयो।

प्रतियोगितामा सङ्कटा र ब्वाइज युनियन रेलिगेसनमा परी बी डिभिजनमा घटुवा भएका छन्।

Popularity: 13%

Add comment June 20th, 2010

बाजागाजाका साथ भ्यागुताको बिहे

एचकेनेपाल डट कम संवाददाता-
वर्षायाम सुरु भइसक्दा पनि पानी नपरेपछि यहाँका किसानले पञ्चेबाजा घन्काउँदै वेदका ऋचा वाचनका साथ भ्यागुताको बिहे गराएका छन्।

वर्षाका देवता इन्द्र रिसाएका भन्दै पिपलाडी–३ गणेशपुरका किसानले वैदिक विधिपूर्वक भ्यागुताको विवाह गराएका हुन्।

मानिसको झै गरिएको भ्यागुताको बिहेमा वर र कन्या पक्ष भएर विधिपूर्वक विवाह सम्पन्न गर्नुका साथै जन्तीलाई भोजसमेत खुवाइएको गणेशपुरका किसान केशव जोशीले बताउनुभयो।

बिहेपछि भ्यागुता दम्पतिलाई झ्याइँझ्याइँ बाजा बजाउँदै नजिकको पोखरीमा छाडिएको थियो।

Popularity: 13%

Add comment June 20th, 2010

सर्वसम्मत नेतृत्वका लागि काँग्रेसमा गृहकार्य

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसमा सरकारको नेतृत्वका निम्ति सर्वसम्मतिको प्रयास भइरहेको छ। केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएमा पार्टी र संसदीय दलको विधानअनुसार सहमतिमा व्यक्ति चयन गर्ने निर्णय भएको प्रवक्ता अर्जुन नरसिंह केसीले भन्नुभयो।

बैठकले शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान कहिलेसम्म बनाउने भनेर प्रतिबद्धता सहितको वार्ता प्रक्रिया अघि बढाउन कांग्रेसले जोड दिएको उहाँले जानकारी दिनुभयो।

राष्ट्रिय सहमतिको सरकारको लागि काँग्रेसको दाबी रहेपनि अहिलेनै व्यक्ति चयन गर्दा दायरा साँघुरो हुने भएकोले त्यसबारेमा निर्णय नभएको बताइएको छ।

नेपाली काँग्रेसभित्र सरकारको नेतृत्वको लागि संसदीय दलका नेता रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाको चर्चा चलेको छ।

Popularity: 13%

Add comment June 20th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2010
M T W T F S S
« May   Jul »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....