Archive for June 25th, 2010

सानु गुरूङ दुई वर्षका लागि प्रतिबन्धित

एस, हङकङ/ एचकेनेपाल डट कम-
नेपालको धर्मश्री उपाधि र हङकङमा विभिन्न उपाधि जितेका सानु गुरूङ दुई वर्षका लागि प्रतिबन्धित भएका छन्। गुरूङलाई नेचुरल बडी बिल्डिङ एसोसिएसन (आइएनबीए) ले शारिरीक सुगठनका सबै खेलहरूमा प्रतिस्पर्धा गर्न दुई वर्षका लागि प्रतिबन्धित गरेको हो। (more…)

Popularity: 18%

Add comment June 25th, 2010

एक हप्तामा राष्ट्रिय सहमति वन्ने सम्भावना -खनाल

मणिकुमार श्रेष्ठ, धनकुटा/एचकेनेपाल डट कम -
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको वताएका छन। नेकपा एमाले धनकुटाको प्रतिनिधी परिषदको प्रथम वैठकको शुक्रबार धनकुटामा उद्घाटन गर्दै अध्यक्ष खनालले राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको वताएका हुन्।

उनले आउने हप्ता अत्यन्त महत्वपूर्ण हप्ता भएको वताउनु हुदै राष्ट्रिय सहमतिको सरकार वन्ने सम्भावना रहेको वताए । अध्यक्ष खनालले राष्ट्रिय सहमतिको सम्भावना आवश्यक भएको तर त्यसको लागि कांग्रेस र माओवादीको इच्छा शक्तिको खाँचो रहेको वताए।

अध्यक्ष खनालले अहिलेको राजनीतिक गतिरोध आउनुमा राजनीतिक दलहरुबीच वहुमतीय पद्धतीमा जानु नै गल्ती भएको वताउदै राष्ट्रिय सहमति भएमा नयाँ संविधान पनि वन्ने र अहिलेको गतिरोध पनि अन्त्य हुने पनि बताए। मूलुकमा सामजिक आर्थिक रुपान्तरणका प्रयाशहरु भइरहेको भएपनि संक्रमाणकालिन अवस्थाका कारण सोचे अनुरुप हुन नसकिरहेको अध्यक्ष खनालले बताए। एमालेले लिएको कार्यनीति र कार्यदिशाले मात्रै मूलुकलाई सही मार्गनिर्देश गर्ने बताउँदै अध्यक्ष खनालले अहिले सरकार, सदन र सडक सबैमा एमालेले अगुवाइ गरिरहेको बताए। अध्यक्ष खनालले भने -”एमालेले लिएका सही कार्यदिशा र कार्यनीतिको विकल्प अन्य हुन सक्दैन । यसले मात्रै मूलुकलाई अघि बढाउन सक्ने कुरा प्रमाणित हुँदै गएको छ।”

त्यस अवसरमा अध्यक्ष खनालले पार्टीमा प्रवेश गर्ने एकीकृत नेकपा माओवादी धनकुटाका सल्लाहकार सदस्य युद्धबहादुर खड्का, माओवादीकै कार्यकर्ता नेत्रबहादुर दर्जीलाई स्वागत गरेका थिए। त्यस्तै, अध्यक्ष खनालले पार्टीको पक्षमा राम्रो काम गरेबापत युवा संघ नेपाल र युथ फोर्स धनकुटा तथा पार्टीको कार्ययोजना अनुरुप काम गर्न सफल आहाले र लेगुवा गाउँ कमिटीहरुलाई पनि सम्मान गरेका थिए।

एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङ्ग, केन्द्रीय सदस्य लालबाबु पण्डित, एमाले कोशी अञ्चल समन्वय कमिटीका सचिव जीवन घिमिरेले बोलेका थिए।

सोही कार्यक्रममा वोल्दै शान्ति तथा पुन निर्माण मन्त्री रकम चेम्जोङ्गले अहिलेको सरकार सहमतीय सरकारको पर्खाइमा रहेको वताएका छन्।

नेकपा एकालेका केन्द्रीय समितिका सदस्य समेत रहनु भएको मन्त्री चेम्जोङ्गले अहिलेको सरकारले शान्ति प्रक्रियालाई टंगोमा पुर्‍याउन नसक्ने वताउदै यस्तो वताएका हुन। नेकपा एमाले धनकुटाको प्रतिनिधि परिषद वैठकको उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री चेम्जोङ्ग वास्तवमा अहिले राष्ट्रिय सहमतिको सरकार आवश्यक छ।

त्यसको लागि पहिले राजनीतिक दलहरुबीच सहमति हुनु पर्ने मन्त्री चेम्जोङ्गको भनाई थियो। मन्त्री चेम्जोङ्गले माओवादी लडाकुहरुको समायोजन तथा ब्यवस्थापन नभएसम्म जारी शान्ति प्रक्रिया नटुंगिने बताएका छन्। शान्ति प्रक्रियाको मुख्य पक्ष माओवादी लडाकुहरुको समायोजन र ब्यवस्थापन रहेको बताउँदै मन्त्री चेम्जाङ्गले लडाकुहरुको समायोजन र ब्यवस्थापनका लागि माओवादी इमान्दार नरहेको बताए । उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनका लागि राजनीतिक सहमति अनिबार्य रहेको बताए।

अहिले पनि माओवादीले क्यान्टोनमेन्टमा रहेका लडाकुहरुको समायोजन र ब्यवस्थापन गर्न नचाहेको बताउँदै मन्त्री चेम्जोङ्गले भने -”माओवादी लडाकुहरुकै भरमा देशमा अराजकता, आतंक र हिंसा मच्च्याइरहेको छ। जुन बिस्तृत शान्ति सम्झौता बिपरीत रहेको छ।” मन्त्री चेम्जोङ्गले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नागरिक समाजले राजनीतिक दलहरुलाई दवाव दिनु पर्ने बताए।

द्वन्द्वका क्रममा क्षति भएका भौतिक संरचनाहरुको पूनर्निर्माण कार्य सरकारले जारी राखेको बताउँदै मन्त्री चेम्जोङ्गले सीमित स्रोत र साधानहरुको पुनर्निर्माण कार्यलाई जारी राखेको बताए। उनले आगमी दिनमा पनि यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण कार्यलाई निरन्तरता दिने पनि बताए।

Recent Videos:

Popularity: 13%

Add comment June 25th, 2010

परदेशबाट पदम किराती

सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम-
धरतीमा बसेर आकासको तारा झार्नेले
के नै पाउछु भन्देऊ हजुर धोका नपाए..

राजेश पायल राईको स्वरमा सजिएको यो गीतले पाउनुपर्ने चर्चा त पाएको छैन तर पनि यो गीत सुन्ने संगीत अनुरागीहरुलाई पक्कै पनि राम्रो लाग्दछ भन्ने विश्वास गर्न सकिन्छ।

खोटाङमा जन्मेका हाल रोजगारको सिलसिलामा ओमान भासिएका पदम किरातीले उक्त गीतलाई आफ्नो मस्तिष्कबाट उब्जाएका हुन् । गीतले भनेजस्तो उनले प्रेमपीडा भोग्नु परेको त छैन तर पनि आफ्ना जीवनका केही अन्तरंग भावनाहरुले भने गीतमा ठाउँ पाएको उनी स्वीकार्छन्।

व्यवसायिक गीतकार नभएपनि सौखका रुपमा अर्थात् भनौ आफ्ना मनमा उब्जिएका भावनाहरुलाई साट्ने माध्यम गीत, कवितालाई बनाएको उनको धारणा छ।

दीप श्रेष्ठ, राजेशपायल राई, पावल चाम्लिङ, जुना प्रसाई, जगदीश समाल, झुमा लिम्बू, आभा मुकारुङलगायतका नेपाली संगीत क्षेत्रका स्थापित कलाकारहरुको स्वरमा उनका शब्दहरुले ठाउँ पाइसकेका छन् र उनले आफ्नो एकल रचनामा एल्वमसमेत तयार पारिसकेका छन्।

नेपाली संगीत क्षेत्रको खस्किदो व्यापारको मारमा उनी पनि परेका छन् तर पनि आफ्नो एल्वमले नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान पाउने उनको विश्वास छ । यसै वर्ष आफ्ना गीत तथा कविताहरुको संग्रह पुस्तकको रुपमा समेत ल्याउने तयारीमा जोसिएका पदम त्योभन्दा पहिले तयार भइसकेको आफ्नो गीति एल्वमलाई श्रोता माझ ल्याउने तयारीमा छन्।

राजेश पायल राईको स्वर रहेको धरतीमा बसेर बोलको गीतको भिडियो तयार भएर टेलिभिजनमा प्रसारण भइसकेको छ भने वरिष्ठ गायक दिप श्रेष्ठले गाउनुभएको उनको गीतको भिडियोसमेत बनाउने सुरमा छन् उनी।

परदेशमा बसेर गाउँघरको याद पोखेका उनको रचनालाई दीप श्रेष्ठले पनि साह्रै मनपराएर गाउनुभएको छ । जसबाट पनि पदम किरातीलाई आफू साँच्चिकै गीतकारको रुपमा जमेको अनुभव भएको छ । जुन कुरा उनी खुलेरै भन्न रुचाउँछन्।

परदेशबाट लेखेको चिठ्ठी मेरो आप्पालाई
नरोइ बस्नु फर्केर आउँछु भन्दिनु आमालाई

Recent Videos:

Popularity: 13%

3 comments June 25th, 2010

माओवादी वृत्तचित्र भारतमा प्रतिबन्धित

एचकेनेपाल डट कम संवाददाता-
भारतले नेकपा माओवादीको दश वर्षे जन युद्धमा आधारित वृत्तचित्र ‘फ्लेम अफ द स्नो’ भारतमा प्रदर्शन गर्न रोक लगाएको छ।

माओवादी निकट भारतीय वरिष्ठ पत्रकार आनन्दस्वरुप बर्मा र डिस्कभरी च्यानलमा काम गरिसकेका आशिस श्रीवास्तवले निर्माण गरेका १ घण्टा २५ मिनेट लामो वृत्तचित्र भारतमा प्रदर्शन गर्न रोक लगाएको हो।

भारतको झारखण्डलगायत अन्य माओवादी प्रभाव क्षेत्रहरूमा बल पुग्न सक्ने भन्दै भारतले प्रतिबन्ध गरेको छ। अतिवादलाई समर्थन गर्ने खालको वृत्तचित्रलाई स्वीकृति दिन नमिल्ने भन्दै चलचित्र प्रमाणीकरण बोर्ड नयाँ दिल्लीले वृत्तचित्रलाई प्रदर्शन अनुमति नदिइएको हो।

Popularity: 13%

Add comment June 25th, 2010

वाइसीएल विघटन हुदैन, विस्तार हुन्छः प्रभाकर

एचकेनेपाल डट कम संवाददाता-
माओवादी पोलिटव्युरो सदस्य तथा पूर्व शान्तिमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वाइसीएल विघटन नहुने बताएका छन्।

रुकुम सदरमुकाम खलंगामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता प्रभाकरले वाइसीएल विघटन नहुने बताउंदै यसलाई सुदृढ गर्दै विस्तार गरिने बताए।

वाइसीएल विकास कार्यमा लागिरहेको र जनताबीच लोकप्रिय बन्दै गएको बताउंदै अझ यसलाई हरेक गाउंमा विस्तार गरिने प्रभाकरले बताए।

देशमा विकास नचाहनेहरूले वाइसीएल विघटनको कुतर्क गरेको उनको आरोप थियो। युवा विना समाज र देशको विकाश असम्भव रहने बताउंदै प्रभाकारले वाइसीएल कार्यकर्ताहरूलाई विकाशका लागि सामाजिक काम गरेर जनतामाझ लोकप्रिय हुन निर्देशन दिएका छन्।

सत्तारूढ तथा अन्य दलहरूले वाइसीएलको अर्धसंरचना विघटन हुनु पर्ने माग उठाइरहंदा पछिल्लो पटक प्रभाकरको यस्तो भनाई सार्वजनिक भएको हो।

Popularity: 13%

Add comment June 25th, 2010

हप्ता दिनमै राष्ट्रिय सरकार बन्ने खनालको दाबी

एचकेनेपाल डट कम संवाददाता-
एमाले अध्यक्ष झलनाथ खनालले हप्ता दिनभित्रै राष्ट्रिय सरकार बन्ने दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीहरूसंग बोल्दै राजनीति गतिरोध अन्त्यका लागि हप्ता दिनभित्र सबै दलहरू सम्मिलित राष्ट्रिय सरकार बन्ने अध्यक्ष खनालले बताएका छन्।

बहूमतीय सहमतिमा राष्ट्रिय सरकार बन्न नसकेपछि सबै दल सम्मिलित सहमतिमा राष्ट्रिय सरकार बनाउने प्रयाश भइरहेको खनालले बताए। जसले सहमति कायम गर्छ उसैको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ, राष्ट्रिय सरकार बनेलगत्तै संविधान लेखन प्रक्रिया अगाडि बढ्नेछ, खनालले भने।

Popularity: 13%

Add comment June 25th, 2010

रक्सौल रेल दुर्घटनामा ४ नेपाली घाइते

एचकेनेपाल डट कम संवाददाता-
वीरगञ्ज, असार ११- वीरगञ्को सीमावर्ती सहर भारतको रक्सौलमा बिहीबार भएको रेल दुर्घटनामा चारजना नेपाली घाइते भएका छन्।

दुर्घटनामा एकसयभन्दा बढी घाइते भएकामध्ये पर्सा जिल्ला सेढवा गाविस वडा नं. ८ निवासी शिवशङ्कर साह, बारा जिल्ला निवासी महम्मद अताउनल हक, बुद्धिराम र महम्मद मुस्तकिम रहेका छन्। दुर्घटनामा चारजना भारतीयको मृत्यु भएको थियो।

नरकटियागन्जबाट घोडासनका लागि हिँडेको २१८ नम्बरको रेल रक्सौल र भेलाही स्टेसनबीचमा रहेको हवाई मैदानअगाडि रेलको लिक पार गर्दै गरेको बालुवा लोड गरेको जे.ए.१२.सि ३७६९ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा अधिकांश रेलको इन्जिनमा झुन्डिएर यात्रा गरिरहेकाहरू रहेको बताइएको छ।

रेलचालक सकुशल रहेका र ट्रकचालक र सहचालक फरार रहेका छन्। (रासस)

Popularity: 13%

Add comment June 25th, 2010

अपाङ्गता भएका महिलाहरुको लागि नेतृत्व विकास तालिम सुरु

मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
अपाङ्ग महिला संघ केन्द्रीय कार्यसमिकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएको महिलाहरु सवै क्षेत्रबाट हेपिएको वताएकी छिन्।

देशमा जतिसुकै ठूला भाषण गरे पनि अपाङ्गता भएका महिलाहरुको विषयमा बनेको कानुन विवादरहित नरहेको वताउदै अपाङ्गता भएका व्यक्तिहरु पनि अरु समान भएको वताइन । अपाङ्गता भएका महिलाहरुको सशक्तिकरणका लागि धनकुटामा भएको ३ दिने नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष दाहालले यस्तो वताएकी हुन्।

कार्यक्रममा धनकुटाका स्थानीय विकास अधिकारी बाबुराम गौतमले अपाङ्गताको सवाल सामाजिक सवैले सहयोग गर्नु पर्ने वताए । यसै गरी रेडियो मकालुका स्टेशन मेनेजर शोविस चेम्जोङ्गले अपाङ्गता भएका महिलाहरुको क्षमताको आधारमा उचित काममा समायोजन र अवसर दिनुपर्नेमा जोड दिए।

यसैगरी कार्यक्रमको अवसरमा वोल्दै अन्तरपार्टी महिला सञ्जाल धनकुटाकी अध्यक्ष टिका भण्डारीले महिला भएकै कारण विभेद हुने गरेको वताए। कार्यक्रममा विभिन्न राजनितिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

बिहीबारदेखि सञ्चालन भएको नेतृत्व विकास तालिममा अपाङ्गता भएका महिलाहरुको सवाल तथा अपाङ्गता भएका महिलाहरुले भोग्नु परेको समस्याको वारेमा जानकारी दिने अपाङ्ग सेवा सघं धनकुटाले जनाएको छ । तालिममा धनकुटा, झापा, मोरङ्ग, सुनसरी, सप्तरीका गरी १४ जनाका सहभागिता रहेको छ।

अपाङ्ग महिला संघ पूर्वाञ्चल क्षेत्रीय कार्यालय मोरङ्गको आयेजनामा सञ्चालन भएको तिन दिने तालिममा अपाङ्ग महिला संघका केन्द्रीय अध्यक्ष टिका दाहाल लगायतले सहजीकरण गरिहनु भएको छ । तालिम अपाङ्ग सेवा संघ धनकुटा र अपाङ्ग महिला संघ धनकुटा च्याप्टरको स्थानीय संयोजनमा सञ्चालन भएको हो।

Popularity: 12%

Add comment June 25th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2010
M T W T F S S
« May   Jul »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....