चर्चाबाट सदैव टाढा नेपाली साहित्यका महारथी रत्नध्वज जोशीको परिचय
-नरेन्द्रराज प्रसाई रत्नध्वज जोशी ढिलोढिलोगरी बोल्थे तर मीठो बोल्थे । उनी नरम शब्दहरू कुँदेर रोचक शैलीमा आफ्ना भावनाहरूको. प्रस्तुति गर्ने गर्थे । जोशीले. बाँचुन्जेल सधैँ आफूलाई सादा जीवनमा बाँधिरहे।
रत्नध्वज जोशीको साहित्यिक यात्राको आरम्भ कविताबाट नै भएको थियो । उनको प्रथम रचना १९९६ सालमा प्रकाशित भएको थियो । उनको प्रथम कविता ‘शारदा’मा ‘वसन्त गौरव’ शिर्षकमा छापिएको थियो । जोशीले आलोचनाका फाँटमा रामकृष्ण शर्माकै प्रेरणाबाट हात हालेका थिए । साँच्चै भन्ने हो रामकृष्ण शर्मा समालोचक जोशीका गुरु थिए।
रत्नध्वज जोशीले पनि रामकृष्ण शर्माले झैँ महाकवि लक्ष्मीप्रसाद देवकोटाका काव्यको आलोचना नै गरे । वास्तवमा त्यस समीक्षाबाट यी उत्साहित भएका थिए । त्यति मात्र होइन गोपालप्रसाद रिमालको ‘मसान’का आलोचक पनि रत्नध्वज जोशी नै थिए ।
इन्द्रध्वज जोशी तथा रत्नमाया जोशीबाट ललितपुरको नागबहालमा १९७३ साल साउनमा रत्नध्वज जोशी जन्मेका थिए । उनी ललितपुरको त्यस्तो ठाउँमा बामे सरेका थिए जहाँका बासिन्दाहरू पन्चानब्बे प्रतिशत नेवारीमा मात्रै कुराकानी गर्ने गर्थे । त्यसैले जोशीले पनि दश वर्षको उमेरसम्म नेपाली क ख ग पनि जानेका थिएनन् । त्यति मात्र होइन त्यस बेलासम्म उनले नेपाली भाषामा आमाबाबु भन्नेसमेत पनि जानेका थिएनन् ।
रत्नध्वज जोशीले घरायसी धुलेपाटीमा ठूलो वर्णमाला पढेका थिए । घरायसी अध्ययन र द्यौपाटन पाठशालामा पढेका आधारमा उनले १६ वर्षा उमेरमा चार पास गरेका थिए । त्यसपछि उनी सरकारी गुठी तहसिलको नौसिन्दामा भर्ना भएका थिए । १८ वर्षको उमेरमा सरकारी नोकरीमा प्रवेश भएका जोशी क्रमशः शिक्षासेवामा पनि आबद्ध हुँदै गए । उनी २००४ सालमा पाटनको त्रिपद्म विद्यालयको शिक्षकमा भर्ना भए । त्यस स्कूलको उनी नेपाली पढाउने गुरुबाबु थिए । त्यस बेला उनी विद्यार्थीहरूलाई बिहान आफ्ना घरमा ट्युसन पढाउने गर्थे भने बेलुकापख जोरगणेश प्रेसमा भाषाबारे प्रुफ हेर्ने काम गर्थे ।
रत्नध्वज जोशीको विवाह २००१ सालमा भएको थियो । त्यसैबेला जोशीले नेवारी भाषाको ‘बन्द द्वैमासिक नेपाल’ र ‘धर्मोदय’ पत्रिकाको सम्पादनमा पनि आफ्नो कौशल देखाएका थिए । ‘धर्मोदय’मा यी १४ महिनासम्म कार्यरत रहे ।
कविताका माध्यमबाट साहित्यमा पाइला टेके तापनि उनको साहित्यप्रतिको झुकाउ समालोचनाले बोकिदिएको थियो । उनको प्रथम समीक्षात्मक लेख संवत् १९९९ मा प्रकाशित भएको थियो । गोविन्दबहादुर मल्ल गोठालेको ‘औँठी’ शिर्षकको कथाका विषयमा समीक्षात्मक अभिव्यक्ति समर्पण गरेर उनी समीक्षात्मक विधामा अग्रसर भएका थिए । उनी एउटा कुशल निबन्धकार पनि थिए ।
रत्नध्वज जोशी समीक्षाका भरपर्दा व्यक्ति थिए । उनका मनपरेका कविमध्ये उनी कविवर मवीवि शाहलाई अत्यन्तै श्रद्धा गर्थे । कवि महेन्द्रका विषयमा उनले थुप्रै लेखे र शाहका काव्यका बारेमा घोत्लिएर २०१९ सालमा उनले एउटा बृहत् ग्रन्थ नै निर्माण गरे ‘हाम्रो काव्यपरम्परामा उसैका लागि ।’ सो समालोचनात्मक ग्रन्थ चर्चित पनि बन्यो । वास्तवमा समालोचक जोशीलाई टड्कारो रूपमा चिनाउने ग्रन्थ पनि ‘हाम्रो काव्य परम्परामा उसैका लागि’ नै भयो ।
रत्नध्वज जोशी प्रायः काव्य पढ्ने रहर गर्थे । उनी कविता पढेर समालोचना कोर्ने गर्थे । जोशीको लेखाइमा यथार्थताको विवरण भेटिन्छ । उनी थोरै शब्दमा धेरै भन्ने समीक्षक थिए । उनको समालोचकीय कार्यको नमुना हो- ‘’चाँदनी शाहका कविताहरू अज्ञात कवयित्रीकै नाउँबाट कसैले पढे पनि मोतीरामले भानुभक्तको रचना देख्नेबित्तिकै मोहित भएझैँ सहृदय पाठकलाई लाग्नेछ ।'’ वास्तवमा रचनाकारका रचनामा डुबेर, पौडेर उनी आफ्नो प्रतिक्रिया व्यक्त्याउँथे, आफूले भन्नुपर्ने सारा कुरा एउटै हरफमा पनि टुङ्याउन सक्थे ।
रत्नध्वज जोशीले काव्य, खण्डकाव्य, कथा, नाटक आदिको समीक्षामा आफ्ना बलिया पैताला टेके । आलोचकका रूपमा उनी कहिल्यै पूर्वाग्रही भएनन् । कुनै कृतिको समीक्षा गर्दा उनी पुस्तकभित्र पस्नु पर्छ कृतिका लेखकभित्र पस्नुहुँदैन भन्ने धारणा राख्थे । उनले फुटकर केही कविता, केही निबन्ध र अनेकौँ समालोचना लेखे । उनले जम्मा ९ वटा पुस्तक लेखे । ती ग्रन्थहरूमध्ये छवटा कृतिचाहिँ समालोचनामा नै आधारित थिए । समालोचनाका क्षेत्रमा उनको कलम त्यति गहिरो, भरपर्दो र योग्य छैन भने तापनि नेपाली समालोचनाका क्षेत्रमा जोशीले आफ्नो बेग्लै धरातल स्थापित गरेका छन् । यिनले हिन्दीको प्रभावमा समीक्षा लेखे, यी रामकृष्ण शर्माको नक्कल गरेर समीक्षामा भित्रिए अनि यी आफ्नो निष्ठालाई अगि बढाउन समीक्षामा लागिपरे भनिए तापनि नेपाली समालोचनाका विधामा उनी अमर भए । वास्तवमा यिनले जति लेखे आफ्नो अडानमा लेखे, आफ्नो ब्रहृमले देखेको कुरा लेखे र सत्यमा बाँधिएर लेखे ।
रत्नध्वज जोशीको प्रथम प्रकाशित कृति ‘मानसालङ्कार’ हो । यो २००२ सालमा प्रकाशित भएको थियो र यिनको प्रथम कृति पनि यही नै हो । त्यसै गरी ‘हाम्रो. काव्य परम्परामा उसैका लागि’ यिनको पहिलो समीक्षात्मक ग्रन्थ हो र यो कृति २०१९ सालमा प्रकाशित भयो । उनले ‘आधुनिक नेपाली साहित्यको. झलक’ नामक समीक्षात्मक ग्रन्थलाई २०२१ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित गराए । उनले २०२३ सालमा ‘साहित्यको अध्ययन’ नामक समालोचना, २०२५ सालमा ‘नेपाली कथाको कथा’ समालोचना र २०२५ सालमा ‘साहित्य-समीक्षा’ नामक समालोचना पनि प्रकाशित गरे । उनले ‘साहित्यको चिन्तन’ र ‘ऋतुविचार र लेखनाथ’ नामक समीक्षात्मक ग्रन्थ लेखे । उनले ‘नेपाली नाटकको इतिहास’ पनि प्रकाशित गराएका थिए ।
२०२६ सालदेखि २०२९ सालसम्म नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा सहसदस्य भएका बखत उनैको सम्पादनमा ‘प्रज्ञा’ त्रैमासिक प्रकाशित हुने गर्थ्यो । त्यस बेला जोशी नेपाली भाषासाहित्यको सृजना, सम्पादन र सङ्गठनात्मक क्रियाकलापमा निक्कै सक्रिय भएका थिए । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहसदस्यता समाप्त भएपछि जोशीलाई सोही प्रतिष्ठानमा विद्वत्वृत्ति प्रदान गरियो र त्यसपछि पुनः दुई वर्षम्म जोशीलाई प्रतिष्ठानले पुस्तक तयार गर्ने काम सुम्प्यो । केही समयपछि २०३५ साल साउनदेखि उनी पाटन क्याम्पसमा प्राध्यापन-सेवामा संलग्न भएका थिए ।
रत्नध्वज जोशीका नेवारी भाषामा पनि केही कृतिहरू प्रकाशित थिए । उनका नेवारी भाषाका प्रकाशित प्रमुख कृतिहरू हुन्- ‘नारद मोह’ -खण्डकाव्य), ‘निबन्ध छ पुँच’, ‘निबन्ध ति पुँच’, ‘लिःस’, ‘निबन्ध स्व पुच’ र ‘साहित्यया पिःसाः ।’
रत्नध्वज जोशीले नेपाली साहित्यमा लेखनाथ पौडयाल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे र ताराप्रसाद जोशीका प्रभावले अगि बढ्ने प्रेरणा पाएका थिए ।
रत्नध्वज जोशीको जीवनको दुर्भाग्य नै आफ्नो घरायसी आर्थिक विपन्नता थियो । घरको दयनीय आर्थिक कारणले नै उनको बाल्यजीवन आफ्नो मावलीमा बितेको थियो । जीवनको यौवनावस्थामा उनी आर्थिक कारणले धेरै. थेच्चारिएका थिए । प्राज्ञ भएपछि केही दिन, केही महिना र केही वर्षउनले. पेटभरि भात खाएर नेपाली साहित्यको आराधना गरेका थिए तर प्राज्ञबाट हटेपछि उनी निराशा-निराशैमा आफूलाई दुखाउन थाले । यस सांसारिक मोहको जाललाई चटक्कै त्यागेर रत्नध्वज जोशी २०४६ सालमा स्वर्गीय भए।
naiprasai@gmail.com
मणिकुमार श्रेष्ठ,धनकुटा/ एचकेनेपाल डट कम-
पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा क्षेत्रीय प्रशासक नुहदा महत्वपूर्ण कामहरु मन्त्रालयबाट नै हुने गरेको छ।
क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा क्षेत्रीय प्रशासक नभए पछि कामु तथा निमित्तलाई महत्वपूर्ण निर्णय गर्ने अधिकार नभएको कारण यस्ता निर्णयहररु मन्त्रालयबाट नै हुने गरेको हो । पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यलय धनकुटाका निमित्त क्षेत्रीय प्रशासक धरणीधर खतिवडाले त क्षेत्रयि प्रशासन कार्यालय काम विहीन कार्यालय भएको वताए । उनले यस खालको कार्यालय सरकारले सञ्चालन गर्नु भन्दा वन्द गरे राम्रो हुने समेत वताए । अधिकार विनाको दायित्व मात्र वोध गर्नु पर्ने खालको कार्यालय सञ्चालन गर्नु भन्दा त अन्यठाँउमा गएर काम गर्नु राम्रो हुने निमित्त क्षेत्रीय प्रशासक खतिवडाको भनाई छ।
क्षेत्रीय प्रशासन कार्यालय सरकारले एउटा विकास क्षेत्रको सम्पुण जिल्लाको सम्पूर्ण कामहरु क्षेत्रीय प्रशासन कार्यालय बाट हुनु पर्ने हो तर धेरै जसोकामहरु मन्त्रालयबाट सिधै जिल्लामा सम्पर्क भएर काम हुने गरेको छ । क्षेत्रीय प्रशासन कार्यालयले त क्षेत्र भरीको गतिविधीको वोदार्थ मात्र मन्त्रालय तथा सामन्य रुपमा अन्य जिल्ला संग समन्वय हुने गरेको छ । सिधै जनताको सर्म्पर्क नहुने हुदा यो कार्यालयमा कोही पनि क्षेत्रीय प्रशासक भएर आउनै चाहदैनन नि. क्षेत्रीय प्रशासक खतिवडाले भने । खतिवडाले देश भरिको ५ वटा क्षेत्रीय प्रशासन कार्याल मध्ये हेटौडामा बाहेक अन्य ठाँउमा क्षेत्रीय प्रशासक नभएको फास्टलाई वताए । उनले क्षेत्रीय प्रशासन कार्यालय धनुकटामा दरवन्दी अनुसारको कर्मचारी र सेवा सुविधा समेत नभएको वताए।
पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय स्थापना भएको १० वर्षको अवधिमा हालसम्म ५ जनालाई मात्र सरकारले क्षेत्रीय प्रशासक तोकेको छ । जसमा सरकारले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको स्थापना गर्दा २०५७ सालमा कुमार पौडेललाई क्षेत्रीय प्रशासक तोकेर पठाएको थियो।
त्यसपछि ०५८ साल वैशाख २३ गते तत्कालिन सरकारले चण्डीप्रसाद श्रेष्ठलाई क्षेत्रीय प्रशासक तोकेको थियो । जसले ०५८ साल कार्तिक १० गतेसम्म मात्र क्षेत्रीय प्रशासक भएर काम गरेका थिए । त्यस पछि लक्ष्मी प्रसाद भट्र्राईले ६ महिना कायम मुकायक क्षेत्रीय प्रशासक चलाएका थिए ।
त्यस पछि ध्रुवजी अधिकारीले ०५९ असार १७ गते क्षेत्रीय प्रशासक भएर काम गरेको पाईन्छ । उनले ४ महिना मात्र क्षेत्रीय प्रशासक भएर काम गरेको थिए । त्यसपछि ५९ सालमा विष्णुदत्त उप्रेतीले क्षेत्रीय प्रशासक भएरएक वर्ष०६० चैत्र १० गतेसम्म प्रशासक भएर कामर गरेको पाइन्छ ।
त्यसपछिका ३ वर्षसम्म क्षेत्रीय प्रशासन कार्यलय धनकुटा कामुले चलाएका छन । जसमा ०६० साल फाल्गुन १८ गतेबाट ०६१ साल असार २९ गतेसम्म ललितबहादुर थापा कामु क्षेत्रीय प्रशासक भए । रेवतीराज काफ्लेले ०६१ साल भदौ २ गते देखि ३ महिना कामु क्षेत्रीय प्रशासक चलाए । छविलाल पन्तले ०६१ पौष २४ गतेबाट फाल्गुन सम्म क्षेत्रीय प्रशासक भएर काम गरे ।
त्यसपछिका नेपालको राजनितिक तरलताको फाइदा उठाउदै तत्कालित राजा ज्ञानेन्द्रले जगदिश खड्कालाई क्षेत्रीय प्रशासक तोकेर पठाएका थिए । उनले जनआन्दोलन ०६२-६३ को सफलता नहुदासम्म क्षेत्रीय प्शासक भएर काम गरेका छन । वास्तवमा हालसम्म पर्ुवाञ्चल क्षैत्रीय प्रशासक कार्यालयमा उनैले सवैभन्दा वढि क्षेत्रीय प्रशासक हुने मौका समेत पाएका छन । वास्तवमा त्यसवेलाको समयमा जनतालाई दमन गर्नका लागि उनले ०६२/६३ सालसम्म क्षेत्रीय प्रशासक भएको हुन सक्ने अनुमान गरिएको छ । त्यसमा पनि पर्ुवाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाको क्षेत्रीय प्रशासक हुने सवै भन्दा पछिल्ला प्रशासक पनि उनै हुन । भने स्थापनमा कुमार पौडेल क्षेत्रीय प्रशासक हुने मौका पाए ।
त्यसपछि शंकरलाल चौधरीलाई तत्कालिन सरकारले ०६३ साल साउन २३ गते काुमु क्षेत्रीय प्रशासक वनाएर पठाएको थियो । उनले पनि ५ महिनासम्म मात्र कामु प्रशासक भएर काम गरेको पर्ुवाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाका सुचना अधिकारी तथा शाखा अधिकृत गणेशप्रसाद वरालले वताएका छन ।
उनका अनुसार हालसम्म क्षेत्रीय प्रशासन कार्यलय धनकुटाको कोही पनि क्षेत्रीय प्रशासक भएर नआएका वताए । त्यस पछि ०६३ पौष २६ गतेदेखि ०६४ असार सम्म कुलाधर देवजाले निमित्त प्रशासक भएर काम गरेका छन ।
यसै गरी गणेशबहादुर खत्रीले ०६४ असार १८ गतेबाट भदौ ३० गतेसम्म क्षेत्रीय प्रशासक भएर काम गरे । त्यसै गरी नरेन्द्र दाहालले ०६४ असोज ७ गतेबाट एक महिनासम्म तिमित्त क्षेत्रीय प्रशासक भए । त्यस पछिका एक वर्षसम्म दिप वस्न्यातले कामु क्षेत्रीय प्रशासक भएर कार्यालय सञ्चालन भएको सुचना अधिकारी वरालले वताए ।
त्यस पछि फेरी पछि गणेशबहादुर खत्री कामु क्षेत्रीय प्रशासक भएका थिए । ०६६ कार्तिक ४ गतेबाट धरणीधर खतिवडा कामु क्षेत्रीय प्रशासक भएर क्षेत्रीय प्रशासक कार्यालय धनकुटा आएका थिए । खतिवडाको कामुको जिम्मा ६ महिना मात्र रहेको कारण अहिले निमित्त भएर काम गर्नु परिहेको शाखा अधिकृत वरालले लताएका छन ।
कति छन त ? क्षेत्रीय प्रशासनमा कर्मचारी
पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा ३९ जनामा दरवन्दी रहेको ठाँउमा २० जना मात्रै कर्मचारी कार्यरत छन । सचिव -क्षेत्रीय प्रशासक)को दरवन्दी खाली रहेको छ । यसै गरी सह-सचिवको दरवन्दीमा अहिलेको निमित्त क्षेत्रीय प्रशासक कार्यरत छन।
त्यस्तै ३ जनाको उप-सचिवको दरवन्दी पुरै खाली रहेको छ । यसै गरी ६ जना अधिकृत रहेको ठाँउमा १ जना मात्र अत्रिकृत कार्यरत रहेको सु्चान अधिकारी तथाशाखा अधिकृत गणेशप्रसाद वरालले वताए । धरानमा सर्म्पर्क कार्यालय रहेको क्षेत्रीय प्रशासन कार्यालय धनुकटामा ४ जना नायवसुव्वाको दरवन्दी रहेकोमा ४ जना नासुको दरववन्दी खाली रहेको छ । ४ जना खरिदारको दरवन्दी रहेको ठाँउमा ४ जना नै खरिदार कार्यरत छन भने दर्ुइ जना खरिदार विषेश नासुमा वढुवा भएका छन ।
यसै गरी ३ जना र्टाईपिसट रेहेको दरवन्दीमा २ जना करारमा कार्यरत छन भने १ जनाको दरवन्दी खाली रहेको छ । लेखामा १ जना कार्यरचत छन । सहयोगी ७ जना रहेका छन भने १ जना पिए कार्यरत छन । यसै गरी धरान सर्म्पर्क कार्यलयमा ३ जना कर्मचारी कार्यरत रहेको क्षेत्रीय प्रशासन कार्यालय धनकुटाका सुचना अधिकारी वरालले वताए । अन्य केही कर्मचारीलाई सरकारले नतोकेको कारण १९ जनाको दरवन्दी खाली रहेको वताए ।
क्षेत्रीय प्रशासन कार्यालयमा सेवा सुविधा जनता संग प्रत्यक्ष काम गर्न नपाईने भएका कारणले कर्मचारी नआएको वरालले वताए।
उमेश बस्नेत, पुरु जोशी/दक्षिण कोरिया एचकेनेपाल डट कम-
दक्षिण कोरियाका सकृय नेपाली संस्थाहरुमध्ये एक खोटाङ सेवा समितिले यहि आउंदो कोरियन चाड छुसकको अवसरमा आयोजना गर्न लागिएको विविध साँस्कृतिक कार्यक्रमका लागि ३१ सदस्यीय मूल तयारी समिति गठन गरेको छ।
मुकुन्द राईको संयोजकत्वमा गठन गरिएको सो मूल तयारी समितिका सदस्यहरु निम्नानुसार रहेको छ।
क्रमसं नाम र पद सम्पर्क नं ठेगाना
१ मुकुन्द राई संयोजक ०१० ९४५५ १३६५ उईजम्बु
२ उमेश बस्नेत सदस्य ०१० ५७७३ ४८४८
३ प्रकाश थापा सदस्य ०१० ५८११ ३१५१ देगु
४ लोचन राई सदस्य ०१० ३७९४ ५३६८ ईन्छन्
५ रबिन राई सदस्य ०१० २८९२ ४६४५ बुसान
६ नारायण कु श्रेष्ठ सदस्य ०१० ९५९० २५२३ सउल
७ आश्विन राई सदस्य ०१० ८६९१ १३५८ उईजम्बु
८ बिमल दाहाल सदस्य ०१० ३१४१ ३५४५ ग्वाङ्जु
९ सुरेश श्रेष्ठ सदस्य ०१० ४९६८ ७८३७ फाजु
१० अशोक राई सदस्य ०१० ३३९४ ३५४९ सउल
११ सन्तोष राई सदस्य ०१० ३१४१ ९८८४ छनान्
१२ रोशन भट्टराई सदस्य ०१० ४९६७ ९८६७ सउल
१३ उर्मिला राई सदस्य ०१० ४२९२ ९८८८ बुसान
१४ मदन राई सदस्य ०१० ८६७१ ५५९७ ईन्छन्
१५ हेम राई सदस्य ०१० ३२७२ ४९७७ आन्सान
१६ डिल्ली कुमार श्रेष्ठ सदस्य ०१० ५८४९ २०३४ थेसो
१७ मणिदास श्रेष्ठ सदस्य ०१० ३५८७ १७४८ मासक
१८ भूपाल राई सदस्य ०१० २७० २९६९ ग्वाङ्जु
१९ संगीता राई सदस्य ०१० ८६७१ २६६३ सुवन
२० मदन राई सदस्य ०१० ६८७२ ७१०० सुवन
२१ हरि थापा सदस्य ०१० ५८१० २०६० उईजम्बु
२२ माधब भट्टराई सदस्य ०१० ७२१४ ००९१ देगु
२३ तारा नारायण राजभण्डारी सदस्य मासक
२४ ध्रुब भट्टराई सदस्य ०१० ४६१९ ७१९० उईजम्बु
२५ सन्तोष बुढाथोकी सदस्य ०१० ८३९६ ५०६०
२६ माधब राई सदस्य ०१० २८९७ ५१८३
२७ नरेन्द्र राई सदस्य ०१० ८६७१ ८१६६
२८ प्रेमचन्द्र राई सदस्य ०१० ८६८२ ७४१३
२९ भीम प्रसाद राई सदस्य ०१० ५८१२ ७०४०
३० लाक्पा शेर्पा सदस्य ०१० ३१४७ २८६०
३१ समुन्द्र राई सदस्य ०१० ५७८६ ४०९४
दक्षिण कोरियाका नेपालीहरुको साझा तथा छाता संस्था नेपाली सम्पर्क समितिको स्वीकृति पाई आयोजना गर्न लागिएको सो साँस्कृतिक कार्यक्रममा निमन्त्रणा गरिने कलाकारहरुको पनि छनौट गरिएको छ जसमा आधुनिक गायक राजेशपायल राई, पप गायक क्रान्ति आले, पप गायिका मौसमी गुरुङ, लोक दोहोरी गायिका सृजना बिरही थापा, हाँस्य कलाकार तथा उद्घोषक माम्ती छोष पवन कली नृत्यकार अपेक्षा राई रहेको छन्।
एचकेनेपाल डट कम संवाददाता-
गोरखाको गोर्खा नगरपालिका र फिनाम गाविस संगमस्थल ढुङ्गगाढेमा वाइसीएलले शनिवार दिउंसो कांग्रेस कार्यकर्ताहरूमाथि आक्रमण गरेका छन्। आक्रमणबाट एक प्रहरीसहित चार कांग्रेस कार्यकर्ताहरू घाइते भएका छन्।
घाइते हुनेहरूमा प्रहरी जवान अनिलकुमार थापा, मसेल गाविसका लोकबहादुर रावल, पन्द्रुङ्गका सुन्दरकुमार गुरुङ र सोही गाविसका सुरजकुमार गुरुङ रहेका छन्। टाउको, अनुहार र हात खुट्टामा चोट लागेका उनीहरूको गोर्खा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। संगै रहेका सात जना कांग्रेस कार्यकर्ता बेपत्ता छन्। बेपत्ता हुनेहरुमा राजकुमार गुरुङ, रोशन गुरुङ, धुर्व गुरुङ, टेकवहादुर गुरुङ, राजेश गुरुङ, मञ्जीत गुरुङ र मनोज गुरुङ रहेका छन्।
पाँच वटा मोटरसाइकलमा काठमाडौ हिडेका कांग्रेस कार्यकर्तामाथि वाइसीएलले आक्रमण गरेको कांग्रेसका जिल्ला कोषाध्यक्ष सुकदेव दुवाडीले जनाएका छन्। जिल्ला अध्यक्ष रमेश पोखरेलसहित ६० जनाको वाइसीएल टोलीले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको हो। उनीहरूले खुकुरी, रड र नाईन स्टीक लगायतका हतियार प्रयोग गरी आक्रमण गरेको दुवाडीले बताए।
दुल्लभ उच्च मावि संचालक समिति गठनको विषयमा शुक्रवार माओवादी र स्थानीयबासीबीच भएको विवादका कारण आक्रमण भएको हुनसक्ने प्रहरीले बताएको छ। समितिमा अधिकांश कांग्रेस निकटहरू परेको भन्दै माओवादीले विरोध गर्दै आएका थिए।
उता, माओवादीले घटनामा पार्टीको नियोजित संलग्नता नभएको बताएको छ। जिल्ला ईन्चार्ज कृष्ण धितालले घाइते र बेपत्ता भएका सबै स्थानीय गुण्डा भएकाले उनीहरुलाई सर्वसाधारणले आक्रमण गरेको धितालले बताएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं जिल्ला अदालतले थुनामा रहेका अभियुक्तलाई कुटपिट गरी हत्या गरेको अभियोगमा तीन प्रहरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
पुर्पक्षका लागि थुनामा पर्नेहरूमा महानगरिय प्रहरी बृत्त कालीमाटीमा कार्यरत प्रहरी सहायक निरीक्षक मधुसुदन बिष्ट, सि.आर.भी कालीमाटीमा कार्यरत प्रहरी जवान रोशन विष्ट र महानगरिय प्रहरी विभाग गौचरनमा कार्यरत कृष्णप्रसाद खतिवडा रहेका छन्। उनीहरूलाई केन्द्रीय कारागारमा राखिएको छ। न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले उनीहरूलाई थुनामा राख्न आदेश दिएको हो।
ठगी अभियोगमा पक्राउ परेका पित्तलको मूर्ति सफा गर्ने सानु सुनारलाई प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएपछि उपचार गर्न अस्पताल लैजाँदा गर्दा उनको गत जेठ ७ गते राति बाटोमा मृत्यु भएको थियो।
सुनारकी पत्नी गीता सुनारले उनीहरूविरूद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै अदालतमा मुद्दा हालेपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
एचकेनेपाल डट कम संवाददाता-
चितवन, असार १२ - एकतिस दिनअघि अपहरणमा परेका मध्यमाञ्चल ग्रामीण विकास बैंक, धादिङका प्रबन्धक विश्वनाथ अधिकारी आज बिहान चितवनको जुगेडीबाट अपहरण मुक्त भएका छन्।
गएराति १२ बजे अपहरणकारीले श्रीमती मनशोभा अधिकारीलाई टेलिफोन गरी जुगेडी गाविस-१ स्थित नारायणगढ-मुग्लिङसडकखण्डमा छोडिएको जनाएपछि भाइसहित पुगेकी अधिकारीले उन उद्धार गरेकी थिइन्।
हात खुट्टा बाँधिएको अवस्थामा उद्धार गरिएका अधिकारीको अहिले भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
उहाँलाई छाडिएको ठाउँमा डेमोक्र्याटिक सेकुरेटी फोर्स नाम गरेको पर्चा भेटिएकाले अपहरणको आशङ्का फोर्सप्रति गरिएको छ।
पारिवारि सूत्रका अनुसार उहाँको अपहरणमुक्तिका लागि फिरौती रकम नदिएको बताइएको छ।
यसअघि विपी कोइराला मेमेरियल क्यान्सर अस्पताल, भरतपुरका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठ १९ दिनपछि अपहरणमुक्त भएका थिए। (रासस)
एचकेनेपाल डट कम संवाददाता-
जग्गा विवादमा गोली चल्दा गएराति महोत्तरीको धर्मपुर-६ पडरियामा एक महिला घाइते भएकी छिन्।
गोली लागेर घाइते हुनेमा नसिवुल राईनकी ३० वर्षीया पत्नी सकिला खातुना रहेकी छिन्। तिघ्रामा गोली लागेर गम्भीर घाइते भएकी खातुनालाई अञ्चल अस्पताल लगिएपनि त्यहाँ तिघ्राको गोली निकाल्न नसकेपछि राति नै धरान अस्पताल लगिएको छ।
जग्गा विवादमा तनाव बढेपछि छिमेकी सरिफ राईनले मंसुर राईनलाई लक्षित गरी हानेको गोली खातुनालाई लागेको प्रहरीले जनाएको छ। घटनामा संगल्न सरिफ राईन र नाम नखुलेको एक भारतीयलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ।