Archive for July 3rd, 2010
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
पूर्वाञ्चल विकास क्षेत्रबाट २०६६ सालको एसएलसी परीक्षामा ९४ हजार १ सय ९९ जना विद्यार्थी सामेल भएकोमा ५८ हजार ६ सय ३८ जना विद्यार्थीले उत्तीर्ण गरेका छन्। यो ६२.२५ प्रतिशत हो।
जसमा २ हजार ४ सय ७४ जनाले विशिष्ट श्रेणीमा पास गरेको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । यसैगरी १८ हजार ५ सय ७० जना प्रथम श्रेणी, ३४ हजार २ सय १४ जना दोस्रो श्रेणी र ३ हजार ३ सय ८० जनाले तेस्रो श्रेणीमा पास गरेको क्षेत्रीय शिक्ष निर्देशनालय धनकुटाका शाखा अधिकृत रामबहादुर थापाले जानकारी दिएका छन।
पूर्वको झापा जिल्लाबाट १४ हजार १ सय ६७ जनाले विद्यार्थीले परिक्षा दिएकोमा ७ हजार ७ सय ६ जनाले उर्तिण गरेका छन । यसै गरी इलामबाट ५२ सय ५३ जना विद्यार्थी सामेल भएकोमा ३२ सय ५३ जनाले उत्तीर्ण गरेका छन । ताप्लेजुङ्गबाट २३ सय २७ जना विद्यार्थी सामेल भएकोमा १९ सय ५२ जनाले उत्तीर्ण गरेका छन।
यसै गरी, पाँचथरबाट ३९ सय ४५ जनाले परिक्षा दिएकोमा २९ सय ५७ जनाले विद्याथीले एलएलसी उत्तीर्ण गरेका छन । संखुवासभाबाट २३ सय २५ जनाले परीक्षा दिएकोमा १५ सय ९६, तेह्रथुमबाट २३ सय ७५ जनाले परिक्षा दिएकोमा १८ सय ५१ जना विद्यार्थीले उत्तीर्ण गरेका छन । मोरङ्गबाट १५ हजार १ सय ९३ जनामा ९ हजार ९ सय ९७ र भोजपुरबाट ३३ सय ५६ जनाले परिक्षा दिएकोमा १४ सय २८ जनाले पास गरेका छन।
यसै गरी, सुनसरीबाट ११ हजार ६ सय ६० जनामा ८ हजार ७ सय ८१, सोलुबाट १६ सय ६४ मा १२ सय ८६ र खोटाङ्गबाट ४५ सय १९ जना विद्यार्थीले परिक्षा दिएकोमा ३१ सय ७५ जनाले उर्तिण गरेको शाखा अधिकृत रामबहादुर थापाले वताए।
यस्तै ओखलढुंगाबाट २९ सय ४६ जनामा ११ सय २८ जना, उदयपुरबाट ६ हजार ९८ जनामा ४४ सय ९३ जनाले उत्तीर्ण गरेका छन । यसै गरी सप्तरीबाट ८ हजार २ सय ३ जनामा २६ सय ६७ जना र सिराहाबाट ७ हजार ३ सय २ जना विद्यार्थी सामेल रहेकोमा ४ हजार ९ सय ७७ जना विद्यार्थीले एसएलसी उत्तीर्ण गरेको शाखा अधिकृत थापाले जानकारी दिनु भएको छ । शाखा अधिकृत थापाको अनिसार यो तंथ्यांकमा केही परिवर्तन हुन सक्ने छ।
यसैगरी प्रवेशिका परिक्षामा धनकुटा जिल्लाबाट १ हजार ४ सय ४ जनाले उत्तीर्ण गरेका छन । जसमा १५ जनाले विशिष्ट श्रेणीमा पास गरेको जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ।
यसैगरी, २ सय ९९ जनाले प्रथम श्रेणी, ९ सय ५९ जनाले दोस्रो श्रेणी र १ सय ३१ जनाले तेस्रो श्रेणीमा उर्तिण गरेको जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईले वताए । २०६६ सालको एसएलसी परीक्षामा धनकुटा जिल्लाबाट २ हजार ८ सय ६६ जना विद्यार्थी समेल भएका थिए।
Popularity: 6%
July 3rd, 2010
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी सहायक निरीक्षक वसन्त अधिकारीले अनुशासन र कडा कारवाही हुन नसक्दा सवारी नियम उलंघन भई जोखिम वढी रहेका वताएका छन्।
नेपाल पत्रकार महासंघ धनकुटाको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा शनिबार आयोजित जोखिम न्यूनीकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो वताएका हुन । सवारी निमयको पालना नगर्दा जोखिम व्यवस्थापनमा समस्या भइरहेको वताउदै उनले जोखिम न्यूनीकरणमा सवै सचेत नभएसम्म जोखिम न्यूनीकरण गर्न नसकिने वताए।
कार्यक्रममा धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले नागरिक आफैले जोखिम सिर्जना गर्ने गरेकोले जोखिम न्यूनीकरणमा समस्या भएको वताए उनले जोखिम न्यूनीकरण गर्नका लागि एउटा संस्था वा एक जना व्यक्तिले मात्रै सम्भव नहुने भएकोले सवै लाग्नु पर्ने वताए ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जोखिम जोखिम व्यक्ति आफैले सिर्जना गरेकोले न्यूनीकरण गर्नका लागि आफै अगाडी वढ्नु पर्ने वताउँनु भयो । त्यसैगरी गोकुण्डेश्वर उच्च माविका प्रधानाध्यापक महानन्द पोख्रेलले जोखिम यातायात क्षेत्रमा मात्रै नभएर विद्यालयमा पनि हुने गरेको वताए । विद्यालयमा हुने गरेका जोखिमको न्यूनीकरणका लागि सवै लाग्नु पर्ने वताउनदै जोखिममा परेकाहरुको उपचारका लागि शिक्षकहरुलाई प्राथमिक उपचार विधिको ज्ञान हुनु आवश्यक रहेका वताए । त्यस्तै नेपाल उद्योग वाणिज्य संघ धनकुटाका जयन्द्र प्रधानले अरु क्षेत्रमा जस्तै उद्योगमा पनि त्यतिकै जोखिम हुने गरेको वताए।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संचालन सचिव नगेन्द्र राईले गर्नु भएको थियो । कार्यक्रममा महासंघका सदस्य हिमा चेम्जोङ्गले स्वागत मन्तव्य राखेका थिए।
Popularity: 6%
July 3rd, 2010
उत्तम बाबु श्रेष्ठ (मिडिया संयोजक) वोष्टन अमेरिका-
एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए) को अठ्ठाइसौं सम्मेलन बोष्टन अमेरिकामा जारी छ। जुलाई २ देखि ४ सम्म चल्ने सम्मेलनको नेपालका लागि अमेरिकाका राजदूत डा शंकर शर्मा र संयुक्त राष्ट्रसंघको लागि नेपाली स्थायी प्रतिनिधी ज्ञानचन्द्र आर्चायले संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो। एएनएका वर्तमान अध्यक्ष सिमोन ढुंगानाले झण्डात्तोलन गरी सुरू भएको कार्यक्रममा नेपालका विभिन्न जनजातिका भेषभूषा, पन्चेवाजा र जनजातिका बाजागाजासहित झाँकीहरु प्रस्तुत गरिएका थिए।


उद्घाटनपछि नेपाल फोरम कार्यक्रम संचालन गरिएको थियो। फोरममा संविधान निर्माणका चुनौती र अवसर नामक अर्न्तक्रिया कार्यक्रममा नेपाली काँग्रेसका अर्जुन नरसिंह केसी, एमालेका प्रदिप ज्ञवाली, सभासदहरु सपना मल्ल, लक्की शेर्पा, भुपु सेनापति रुक्मांगत कटुवाल, म्यागासासे पुरस्कार विजेता महावीर पुनले बोलेका थिए। बेलैमा संविधान नबनाएकोमा सहभागीहरुले नेताहरुमाथि आक्रोश पोखेका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
अमेरिकामा रहेका बायोमेडिकल विषयमा अध्ययन गरिरहेका विद्यार्थी तथा उक्त विषयमा अनुसन्धानरत प्राध्यापकहरुले वायोमेडिकल विषयक फोरम संचालन गरेका थिए। कार्यक्रमका वक्ताहरूमा एमआइटीका नेपाली प्राध्यापक डा उत्तमलाल राजभण्डारी, हार्वड विश्वविद्यालयका नेपाली प्राध्यापक डा. शिव गौतम, डा. रुमा राजभण्डारी, डा. वत्सल देवकोटा र डा जगत थापा थिए।
कार्यक्रममा काठमाडौ नामक वृतचित्रको प्रदर्शनसमेत गरिएको थियो।
सममेलनकै क्रममा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको उद्घाटन नेपाली दूतावासका सेक्रेटरी कालीप्रसाद पोख्रेलले गरेका थिए। कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठ, उद्घोषण गोविन्द सिं रावत र स्वगत मन्तव्य हेमन्त श्रेष्ठले गरेका थिए। कार्यक्रममा १३ वर्षीया वाल कवियत्री कृत्री ज्ञवालीको कविता संग्रह मेरो मनको कविता (पोइम फर्म माई हार्ट)को विमोचन गरिएको थियो। कार्यक्रममा अमेरिकाका विभिन्न शहरमा रहेका नेपालीहरु विचका नेपाली साहित्यको गतिविधीको बारेमा विद्याविमल वराल (न्युर्योक), भारती गौतम (बोष्टन), सुन्दर श्रेष्ठ -फ्लोरिडा), धुव्र थापा -क्यलीफोर्निया), गोविन्द सिं रावत -क्यानडा)ले बोलेका थिए।

सम्मेलनमा भाग लिन अमेरिका विभिन्न भागबाट करीब ८ हजार नेपालीहरु बोष्टन आइरकेका छन्।
Popularity: 6%
July 3rd, 2010
एचकेनेपाल डट कम संवाददाता-
एमाले अध्यक्ष झलनाथ खनालले अहिलेको अवस्थामा माओवादी नेतृत्व स्वीकार्न गर्न नसकिने बताएका छन्।
माओवादी नेतृत्वसंगको भेटपछि सञ्चारकर्मीहरूसंग बोल्दै खनालले विगतका सहमतिहरू कार्यान्वयन नभएसम्म माओवादी नेतृत्व स्वीकार नहुने बताएका छन्।
खनालले राष्ट्रिय सहमतिको सरकारको पक्षमा एक मत भएपनि थप छलफल हुन बाँकी रहेको बताए। तीन बुंदे सहमति बमोजिम प्रधानमन्त्रीको राजीनामा आइसकेकाले माओवादीले पनि सहमतिको पहिलो बुंदा कार्यान्वयन गर्नु पर्ने आग्रह आफूले गरेको खनालले बताए।
माओवादीले निशर्त आफ्नो नेतृत्वमा सरकार बन्न दिन एमालेसमक्ष प्रस्ताव राखेको छ। बैठकपछि उपाध्यक्ष बाबुराम भट्टराईले एमाले गएर फेरि एमालेकै सरकार आउन नसक्ने बताएका छन्। उनले दुई पक्षबीच सहमतिको प्रयाश जारी रहने बताए।
Popularity: 6%
July 3rd, 2010
एचकेनेपाल डट कम संवाददाता-
एमाले संसदीय दलले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
शनिवार बसेको दलको बैठकले अन्तिम समयसम्म राष्ट्रिय सरकार गठनमा जोड दिने निर्णय गरेको छ। एमालेले सकभर आफ्नै पार्टीको नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार गठन गर्ने नभए अन्तिमसम्म हुनै पर्छ भनेर दावी नगर्ने भएको छ।
त्यसै गरी, माधवकुमार नेपालले व्यवस्थापिका संसदमा बहूमत हुंदाहुदै पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएकोमा बैठकले धन्यवादसमेत दिएको छ।
बैठकमा एमाले सभासदहरूले तीन बूंदे प्रतिवद्धता कार्यान्वयन नगरेसम्म माओवादी नेतृत्वको सरकार स्वीकार गर्न नहुने सुझाव दिएका छन्। उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिनुमा पार्टी नेतृत्व दोषी रहेको आरोपसमेत लगाएका छन्। पार्टीकै असहयोगका कारण प्रधानमन्त्रीले बहुमतको सरकारबाट राजीनामा दिन वाध्य पारेकोमा नेतृत्वको कडा आलोचना गरे। त्यस्तै, प्रधानमन्त्रीले आफूहरुसँग छलफलै नगरी राजीनामा दिएकोमा असन्तुष्टि जाहेर गरेका थिए।
Popularity: 6%
July 3rd, 2010
एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर, अषाढ १९ - भक्तपुरको कटुञ्जे गाविस वडा नं. २ सुशीला भैरवस्थानमा बस्ने आमाछोरा यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तीर्ण भएपछि टोलमै खुसियाली मनाएका छन्।
कटुञ्जेकी ३३ वर्षीया आमा सरस्वती जोशीले ७१.३ प्रतिशत ल्याइ प्रथम श्रेणीमा र १४ वर्षीय छोरा योगेश जोशीले ८५.१ प्रतिशत ल्याइ विशिष्ट श्रेणीमा भएपछि आमा छोरालाई बधाइ दिन बिहानैदेखि टोलका मानिस भेला भएका थिए।
आमा सरस्वतीले बारा परसुनाको जनता माविबाट र छोरा योगेशले ओम मावि कटुञ्जेबाट एसएलसी परीक्षा दिएका थिए।
बधाइ थाप्दै सरस्वतीले घरनजिकको कलेजमा व्यवस्थापन विषयमा उच्च शिक्षा अध्ययनगरी नोकरी गर्ने लक्ष्य राखेको बताइन।
योगेशले भने विज्ञान विषय लिएर अध्ययन गरी चिकित्सा विज्ञान पढ्ने इच्छा रहेको बताए।
श्रीमती र छोराको खुसीमा रमाएका राजकुमार जोशी यी दुवैको इच्छा पूरा गर्न पढाइलाई निरन्तरता दिन आफूले सघाउने बताउछन्।
(रासस)
Popularity: 6%
July 3rd, 2010
एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङबाट मकाउका लागि उडेको हेलिकप्टर शनिवार दिउंसो भिक्टोरिया हारबरको समुद्रमा खसेको छ। (more…)
Popularity: 3%
July 3rd, 2010
एचकेनेपाल डट कम संवाददाता-
बाटोमा साइड नदिएको भन्दै प्रहरीलेले रेडियो पत्रकारमाथि कुटपिट गरी आधा घण्टा प्रहरीचौकीमा थुनेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका सई अरुणकुमार कुशवाहाले मिथिलाञ्चल एफएमका पत्रकार सन्तोषकुमार सिंहलाई कुटपिट गरेका हुन्।
साइकलमा हिडिरहेका सिंहलाई आफू सवार रिक्सालाई साइड नदिएको भन्दै कुटपिट गर्नुका साथै आधा घण्टा प्रहरी चौकीमा थुनेपछि छाडेका छन्।
Popularity: 6%
July 3rd, 2010